Sunday, October 24, 2010

'नयाँ मुलुक'मा जंगबहादुरको सालिक राख्न माग

ekantipur By जनक नेपालनक

काठमाडौ, कार्तिक ७ - नेपालगन्ज- सुगौली सन्धीमा गुमेको राप्ती पश्चिमको तराई भू-भाग बेलायती साम्राज्यबाट फिर्ता भएको १५० औं बर्षगाँठ मनाइने भएको छ ।

बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा विभिन्न कार्यक्रमसहित उक्त दिनको स्मरण गर्न लागिएको छ । अंग्रेजसंगको युद्धमा पराजित भई सन् १८१५ मा सुगौली सन्धीमा गुमेको उक्त भू-भाग ४५ बर्षपछि फिर्ता भएको हो ।

'गुमेको भू-भाग तत्कालिन प्रधानमन्त्री जंगबहादुरले अंग्रेजलाई खुशी पारेर फिर्ता गरेका हुन्'- १५० औ बर्षगाँठ कार्यक्रमका संयोजक दिनेशप्रसाद श्रेष्ठले भने,- गुमेको भू-भाग फिर्ताहुँदाको खुशीको स्मरणका लागि कार्यक्रम गर्न लागिएको हो । बर्दियास्थित गैरसरकारी संस्था महासंघ, राधाकृष्ण थारु जनसेवा केन्द्र, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका संघ-संस्थाले संयुक्त रुपमा बर्षगाठ कार्यक्रमको आयोजना गर्न लागेका हुन् । कार्यक्रमको प्रमुख अतिथि बेलायती राजदूत जोन एन्थोना टकनट हुने संयोजक श्रेष्ठले बताए ।

सन् १८५७ मा बेलायती शासनबिरुद्ध भारतमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुरले फौज सहयोग गरेपछि खुशी भएर बेलायती साम्राज्यले सन् १९६० मा नेपालको भूमि फिर्ता गरेको हो । 'जे जसरी भए पनि गुमेको भूमि फिर्ता गराउनसक्ने जंगबहादुर व्यवहारवादी राष्ट्रनायक हुन'-श्रेष्ठले भने ।

बर्षगाँठ कार्यक्रमका आयोजकले राप्तीपश्चिमका चार जिल्लामा कात्तिक २९ गते सार्वजनिक विदा दिन र राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारसंग माग गरेका छन् । साथै, पूर्व-पश्चिम राजमार्गको कोहलपुर चौराहमा जंगबहादुरको सालिक राख्नसमेत उनीहरु माग गरेका छन् । 'जंगबहादुरलाई जतिसुकै खलनायकको चित्रण गरिए पनि उनी नायक हुन'-श्रेष्ठले आइतवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दर्ै भने,-उनी जस्ता राष्ट्रवादी नायकको सालिक नबन्नु अन्याय हो ।नेपालजनक नेप

ekantipurल

No comments:

Post a Comment