Friday, August 13, 2010

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

अगष्ट १२ २०१० काठमाडौं । कपिलवस्तु दिवस विश्व अभियान समितिका लागि आजको दिन विशेष दिनको रुपमा स्मरणीय रहनेछ । भगवान् बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमको निवारण गर्न नेपाल सरकारको तर्पुबाट पहल गरी दिन र नेपाली संचार माध्यमहरुले यस विषयलाई बढी गम्भिरतापूर्वक उठाई दिन ध्यान आकृष्ट गर्ने उद्देश्यले नेपालमा उपलब्ध विश्व अभियान समितिसँग आवद्ध सदस्य तथा सल्लाहकारहरुबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्य भयो ।

यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा।sविताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस अभियानलाई विशेष गरी बौद्धधर्मावलम्बी मुलुकहरु जस्तै ः थाइल्याण्ड श्रीलंका चिन जस्ता देशहरु फैलाउनु पर्ने सुझाव दिनु भयो । विभिन्न देशका बौद्धधर्मावलम्बी जनतालाई समेत संलग्न गराउँदा यो अभियानले अझ सफलता पाउछ भन्ने उहाँको अर्को सुझाव रह्यो । सन् २०११ नेपालले पर्यटन वर्ष मनाउने क्रममा युवा तथा संस्कृति मन्त्रालय र पर्यटन मन्त्रालयसँग समन्वय र सहकार्य गरी अभियानलाई बढाउनु पर्ने पनि उहाँले सुझाव दिनुभयो ।

यस अभियानका सल्लाहकार एवम् संविधानसभा सदस्य तथा कपिलवस्तु जिल्लाका तर्पुबाट प्रतिनिधित्व गर्नु हुने सांसद श्री दिपकुमार उपाध्यायज्यूबाट कपिलवस्तुमा रहेका भगवान् बुद्ध सम्बन्धित पुरातत्व कै नक्कल गरी भारतमा बन्दै गरेको नक्कली कपिलवस्तुबारेमा प्रधानमन्त्रीज्यू र उपस्थित पत्रकार मित्रहरुलाई राम्ररी जानकारी दिनु भयो । बुद्धसँग सम्बन्धित चार पवित्रस्थल मध्य तीन स्थल भारत मै रहेका र एक बुद्धजन्मस्थल लुम्बिनी र कपिलवस्तु नेपालमा रहेकोमा यसमा भ्रम सिर्जना गर्नु पर्ने कुनै कारण नभएको कुरा उहाँले स्पष्ट पार्नुभयो ।

यस अभियानका अर्का सल्लाहकार डा। आरजु देउवा राणाबाट यस अभियानका सदस्यहरुबाट आधुनिक विद्युतीय प्रविधि इन्टरनेटको सकि्रय रुपमा प्रयोग भएको प्रशंसा गर्नुभयो । सल्लाहकार राजेन्द्र श्रेष्ठबाट प्रधानमन्त्रीसँगको समय मिलाउन र यस कार्यक्रममा सकि्रय रुपमा संलग्न हुनु भएको थियो ।

कपिलवस्तु दिवस विश्व अभियानको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालका लगभग सबै टिभी कार्यक्रमहरुमा राम्रो कभरेज भएको छ । नेशनल टिभीले एक छुट्टै कार्यक्रममा करीव आधा घण्टाको समय बुद्धजन्मस्थलबारेको भ्रम र नेपालका सरकारी निकायहरुको उदासिनता र यस अभियानले उठाउँदै आएको प्रश्नलाई समेटिएको छ ।

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

अगष्ट १२ २०१० काठमाडौं । कपिलवस्तु दिवस विश्व अभियान समितिका लागि आजको दिन विशेष दिनको रुपमा स्मरणीय रहनेछ । भगवान् बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमको निवारण गर्न नेपाल सरकारको तर्फबाट पहल गरी दिन र नेपाली संचार माध्यमहरुले यस विषयलाई बढी गम्भिरतापूर्वक उठाई दिन ध्यान आकृष्ट गर्ने उद्देश्यले नेपालमा उपलब्ध विश्व अभियान समितिसँग आवद्ध सदस्य तथा सल्लाहकारहरुबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्य भयो ।

यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा।sविताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस अभियानलाई विशेष गरी बौद्धधर्मावलम्बी मुलुकहरु जस्तै ः थाइल्याण्ड श्रीलंका चिन जस्ता देशहरु फैलाउनु पर्ने सुझाव दिनु भयो । विभिन्न देशका बौद्धधर्मावलम्बी जनतालाई समेत संलग्न गराउँदा यो अभियानले अझ सफलता पाउछ भन्ने उहाँको अर्को सुझाव रह्यो । सन् २०११ नेपालले पर्यटन वर्ष मनाउने क्रममा युवा तथा संस्कृति मन्त्रालय र पर्यटन मन्त्रालयसँग समन्वय र सहकार्य गरी अभियानलाई बढाउनु पर्ने पनि उहाँले सुझाव दिनुभयो ।

यस अभियानका सल्लाहकार एवम् संविधानसभा सदस्य तथा कपिलवस्तु जिल्लाका तर्पुबाट प्रतिनिधित्व गर्नु हुने सांसद श्री दिपकुमार उपाध्यायज्यूबाट कपिलवस्तुमा रहेका भगवान् बुद्ध सम्बन्धित पुरातत्व कै नक्कल गरी भारतमा बन्दै गरेको नक्कली कपिलवस्तुबारेमा प्रधानमन्त्रीज्यू र उपस्थित पत्रकार मित्रहरुलाई राम्ररी जानकारी दिनु भयो । बुद्धसँग सम्बन्धित चार पवित्रस्थल मध्य तीन स्थल भारत मै रहेका र एक बुद्धजन्मस्थल लुम्बिनी र कपिलवस्तु नेपालमा रहेकोमा यसमा भ्रम सिर्जना गर्नु पर्ने कुनै कारण नभएको कुरा उहाँले स्पष्ट पार्नुभयो ।

यस अभियानका अर्का सल्लाहकार डा। आरजु देउवा राणाबाट यस अभियानका सदस्यहरुबाट आधुनिक विद्युतीय प्रविधि इन्टरनेटको सकि्रय रुपमा प्रयोग भएको प्रशंसा गर्नुभयो । सल्लाहकार राजेन्द्र श्रेष्ठबाट प्रधानमन्त्रीसँगको समय मिलाउन र यस कार्यक्रममा सकि्रय रुपमा संलग्न हुनु भएको थियो ।

कपिलवस्तु दिवस विश्व अभियानको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालका लगभग सबै टिभी कार्यक्रमहरुमा राम्रो कभरेज भएको छ । नेशनल टिभीले एक छुट्टै कार्यक्रममा करीव आधा घण्टाको समय बुद्धजन्मस्थलबारेको भ्रम र नेपालका सरकारी निकायहरुको उदासिनता र यस अभियानले उठाउँदै आएको प्रश्नलाई समेटिएको छ ।

बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु

*रामकुमार श्रेष्ठ
” तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग । प्रश्न सुन्ने बित्तिकै प्रश्नको प्रकृतिले गर्दा शरिरमा पैदा हुन गएको एक तमासको परिबर्तनको असर अनुहारमा स्पस्ट देखेर होला शायद मलाई अफ्टेरोमा नपार्ने अभिप्रायले “अहिले अलिक हतार छ पछि फुर्सदमा कुनै बेला कुरा गरौंला” भनेर हात हल्लाएर बिदा भए ती मित्र । औपचारिकता निभाउँदै र सहमति जनाउँदै हात हल्लाएर बिदा त गरें, तर सामना गर्न परेको वेलायती मित्रको जिज्ञासाले दिमाग शून्यप्राय: भएको थियो । सानोभन्दा सानो गल्ती प्रमाणित हुँदा जो कोहीले पनि ठूलोभन्दा ठूलो सजाय र दुस्परिणाम भोग्न वाध्य हुन पर्ने संस्कारयुक्त देशमा बसेर त्यत्रो अभियोग लगाइेएको ब्यक्तिलाई कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय प्रधानमन्त्री बनेका ब्यक्ति त कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको पार्टीको केन्द्रीय समितिले देशमा सोच्न, गर्न पर्ने महत्वपूर्ण काम कुरा नै केही नभएको झैं गरी त्यस्तो ब्यक्तिलाई अभियोगबाट कसरी मुक्त गर्ने बिषयमा नै प्राथमिकता दिंदा दिंदा अन्तत्वगत्वा मन्त्रिपरिषदबाट नै मुद्दा फिर्ता लिने निर्णय गरेर अझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सहभागीको रुपमा समेत लिएर गएको जस्तो हास्यास्पद र त्योभन्दा बढी अत्यन्तै लज्जास्पद बिषयमा बिदेशीको मुखबाट प्रश्न सामना गर्न पर्दा एउटा स्वाभिमानी नेपालीको हालत कस्तो हुन्छ होला । खुकुरीको मार निस्चित रुपमा अचानोलाई नै थाहा हुन्छ ।

ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको भए तापनि आइतबारको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री भीम रावलले धमलाको मात्र मुद्दा फिर्ता लिने प्रस्ताव राखेर उनीविरुद्धको हातहतियार तथा खरजना, ज्यान मार्ने उद्योग तथा फिरौतीको मुद्दा फिर्ता लिने निर्णय गरी बर्तमान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन धमलालाई परराष्ट्रमन्त्रीको कोटामा अमेरिका लिएर गएको छ । मधेसी मन्त्रीहरुले एकै अभियोगका अन्यलाई समेत रिहा गर्नुपर्ने अडान राख्ने मौका पाएपछि रामशुभक महतो र वीरेन्द्र केएमको मुद्दा पनि सरकारले फिर्ता लिने निर्णय गरेको छ । गत फागुनमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको थियो । धमला २८ चैतमा पुनरावेदन अदालतको आदेशमा तारेखमा छुटेका थिए भने रामशुभक र केएम थुनामै छन् । पत्रकार महासंघ सहितका स्वतन्त्र छानवीनले रामशुभक महतोलाई निर्दोष ठहर्याए पनि अदालतले चाहिँ धमलालाई रिहा गर्न आदेश दिएको थियो । परराष्ट्रमन्त्री सुजाता कोइरालाको आग्रहमा गृहमन्त्रीले धमलाविरुद्धको मुद्दा फिर्ता लिने प्रकृया अगाडि बढाएका हुन । यसअघि परराष्ट्रमन्त्री कोइरालाले धमलालाई प्रेस सल्लाहकार बनाउने इच्छा जाहेर गरेकी थिइन्, तर फौजदारी अभियोगमा मुद्दाका आरोपी भएकाले त्यो प्रयास सफल हुन भने सकेको थिएन ।

सार्क बिस्तार प्रसंग र नेपाली परिबेश

*रामकुमार श्रेष्ठ
दक्षिण एशियाली मुलुकहरु बीच कृषि, ग्रामीण बिकास, संचार, यातायात, कला, संकृति, खेलकूद जस्ता बिभिन्न नौ क्षेत्रमा क्षेत्रीय सदभाब कायम गर्ने अभिप्रायले ८ डिसेम्बर १९८५ मा बंगलादेश, भुटान, भारत, मालदिभस, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकार तथा राष्ट्र प्रमुखहरुले सार्क स्थापनालाई औपचारिक रुप दिए । भारतको प्रस्ताबमा १३ नोभेम्बर २००५ मा अफगानिस्तानलाई ल्याइयो र ३ अप्रिल २००७ मा यस्ले सदस्यता लिएपछि सार्कको सदस्य संख्या ८ पुग्यो । बिभिन्न चरणमा गरेर अस्ट्रेलिया, चीन, यूरोपियन युनियन, ईरान, जापान, मौरिटस, म्यानमार (बर्मा), दक्षिण कोरिया र अमेरिका गरी नौ मुलुकहरु पर्यबेक्षकको रुपमा छन । इण्डोनेसिया र रसिया सार्कको पर्यबेक्षकको रुपमा आउन चाहन्छन भने चीन, ईरान र म्यानमार सदस्यको रुपमा । ईरान र म्यानमारलाई सदस्यता दिने संबन्धमा कुनै बिबाद छैन, तर चीनलाई सार्कको सदस्यता दिलाइनु पर्छ भन्ने पक्षमा पाकिस्तान र बंगलादेश देखा परेका छन र हाल नेपाल पनि यही पक्षमा देखिन्छ, तर भारतको लागि भने यो प्रस्ताब सहज रुपमा पाच्य हुन सक्ने देखिदैन ।

एशियाका शक्ति राष्ट्रहरु चीन र भारत अमेरिकाका संभाव्य प्रतिष्पर्धी हुनु, अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले तयार पारेको र त्यहाँको सरकारले स्वीकार गरी अपनाएको “एशिया – २०२५” नामक रणनीतिक दस्तावेजले २१ औँ शताब्दीको पहिलो चौथाईमा आफ्नो ध्यान दक्षिण एशियामा केन्द्रित हुनु पर्छु भन्दै ह्वाइट हाउसले आफ्नो दूरगामी लक्ष्य प्रष्ट पार्नु र अमेरिका आफ्नो प्रतिस्पर्धी नजन्मोस् भन्ने चाहनु अनि सार्कमा जे जस्ता मुलुकहरु पर्यबेक्षक र सदस्यको रुपमा आइरहेका र आउन चाहेको देखिन्छ यस्ले दक्षिण एशिया बिस्व राजनीतिको एउटा महत्वपूर्ण केन्द्र हुन आएको देखिन्छ । नेपालको भू-राजनितिक अवस्था, महाशक्ति र एशियाका उदाउँदो शक्ति राष्ट्रहरुको आ-आफ्नै तर परस्पर बिरोधी स्वार्थको चेपुवामा पर्न पर्ने वाध्यता अनि त्यसमाथि हाम्रा राजनीतिकर्मीहरु नेपाली जनताको दिलको आशनलाई भन्दा सिंहासनलाई बढी महत्व दिएर त्यस्को लागि जे पनि गर्न नहिचकिचाउने प्रबृतिले प्रबृत्त हुनु जस्ता कारणले गर्दा नेपाल उपर्युक्त सबै परस्पर बिरोधी स्वार्थको केन्द्र बिन्दु जस्तो देखिन आएको छ यस्को कमजोर बस्तुस्थितिको कारण । संबिधान सभा निर्वाचनको अनपेक्षित परिणामका कारण संबिधान निर्माणको लागि चुनाव भएको भन्ने बिर्सिएर देश निर्माण कार्यभन्दा कुर्सीको खेलमा लागिरहेको बानीलाई निरन्तरता दिनको लागि अन्तरिम संबिधानमा रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी परिवर्तन गरिएबाट सिर्जित अत्यन्त तरल राजनीतिक अवस्थाका कारण नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष वाह्य शक्तिहरुको बिभिन्न तवरबाट हुने चलखेलको संभाबना अझ बढेको र बढने बातावरण तयार भएको देखिन्छ देखिनमा आएका घटनाक्रमहरुले गर्दा ।

निडरता

*रामकुमार श्रेष्ठ
करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न गर्न र सोधेका प्रश्नहरुको जबाफ दिन डराउन हुन्न भनी संझाइरहेको बेलामा ६ वर्षकी छोरी पूजा संदा झैं उनको उमेरकाहरुलाई जवाफ दिन अति कठीन प्रश्न तेसार्छिन्, “वावा अस्ति श्यामलाई असाध्यै मूर्ख छ पट्टक्कै डराउँदैन भन्नु भएको होइन अनि अहिले फेरि दादालाई डराउन हुन्न किन भन्नु भएको त?” “बदमाशी गर्न नडराउने मानिसलाई मूर्ख भनिन्छ तर राम्रो काम गर्न भने डराउन हुन्न नि त । शिक्षकहरुसंग प्रश्न गर्ने र सोधेका प्रश्नहरुको जबाफ दिने भनेको त बढी जान्नको लागि हो त यस्तो काममा डराउन हुन्न नि छोरी” – संक्षेपमा यस्तो जबाफ दिएँ छोरीको जिज्ञासा पुरा गर्न मैले । योभन्दा बढी जान्न पहिला छोरी ठूलो हुनुपर्छ भन्दै छोरीलाई तानेर काखमा राखी माया गर्न थाल्छु । छोरीको खुशीको सीमा थिएन सधै अनेक बहाना बनाएर काखमा बस्न खोज्नेलाई आफैले काखमा राखिदिएकोमा ।

निर्भयता, भयहीनता, महसूरपना जस्ता शब्दहरुलाई पर्यायबाचीको रुपमा मान्न सकिने निडरताको बारेमा सामान्यत मानिसहरुले खासै सोचेको अथवा चासो दिएको पाइन्न यसलाई बिशेषणको रुपमा प्रयोग गर्न र कहिलेकाही त्यस्ता ब्यक्तिहरुको कुरो गर्न वाहेक यद्यपि ब्यक्तिगत एबं सामाजिक जीवनमा यस्ले गर्दा पर्न सक्ने क्षणिक एबं दूरगामी संभाबित बिभिन्न परिणामहरुका कारण यसबारे सोचिनु र यस्लाई महत्व दिइनु भने अति आबस्यक देखिन्छ । ब्यक्ति ब्यक्तिमा पाइने निडरताको प्रकृति र त्यस्को श्रोत अनुसार त्यस्को असर ब्यक्ति, समाज, देश र संपूर्ण बिस्वमा आ-आफ्नै किसिमले परिरहेको हुन्छ । वास्तबमा निडरता के हो त, यो आबस्यक कुरा हो कि होइन, निडरताका श्रोतहरु के के हुन सक्छन्, यस्लाई कसरी वर्गीकरण गर्न सकिएला, निडरताले ब्यक्ति र समाजमा के कस्ता असरहरु पार्न सक्ला त – यी यस्ता प्रश्नहरु हुन जुन निडरताको बिषयमा गहन जानकारी हासिल गर्न सहायकसिद्ध हुन सक्छन् ।

कांग्रेसको अघोषित रणनीति र शान्ति प्रकृया

*रामकुमार श्रेष्ठ

प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको नेपाली कांग्रेस संबिधान सभाको निर्वाचनपस्चात नराम्रोसंग पाखा लाग्न पुग्यो । स्पस्ट बहुमत पाएको कांग्रेसले जन चाहना र देशको आवश्यकतानुरुपका कार्यहरुलाई प्राथमिकता दिदै संयमताका साथ देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर भै नेकाको एक छत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिती र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा गर्न सक्छ कि भन्ने आशा राख्ने ठाउँ रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारतको युद्ध हुँदैन । संबिधान सभाको निर्वाचन परिणामले यही वास्तबिकताको पुस्टि गर्छ । सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्‍यो त्यस्को मल जल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादको बिषयभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर् ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन ।

संबिधान सभाको निर्वाचनपस्चात प्राप्त परिणामको कारण निर्वाचन परिणामदेखि हालसम्म देखाएका बिभिन्न व्यबहारहरुको आधारमा नेपाली कांग्रेसले व्याबहारिक रुपमा जे जस्तो रणनीति अख्तियारी गरेको देखिन्छ त्यो शान्ति प्रकृयाको बर्खिलाफमा रहेको आभास हुन्छ । शुरुमा त्यत्ति लामो समयसम्म अनेक बहाना बनाएर सत्ता हस्तान्तरण नगरिनुले गिरिजालाई लगाइने गरिएको कुर्सीको संबन्धमा प्रयोग गरिने गरिएको पर्यायबाची पुन: प्रमाणित गरी इतिहासमा आफूलाई लागेको आरोपहरुमा नेपाली जनताले केही हदसम्म आँखा चिम्लिदिने बातावरण गुमाउन पुगेको देखिन्छ भने आफूलाई नेपालको एक मात्र प्रजातान्त्रिक शक्ति भनेर कहिल्यै नथाके पनि ब्यबहारमा चुकिरहेको पार्टी पुन: प्रजातान्त्रिक मूल्य र मान्यताको परिभाषालाई सामान्य अवस्थामा नभएर आफू अनुकूल व्याख्या गर्न पर्ने अवस्थामा पुग्न वाध्य भएको देखिन्छ । निर्वाचन अघि अन्तरिम संबिधानमा ब्यबस्था भएको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतमध्ये माओबादीले आफूले छाडने संकेत दिएको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्राप्त निर्वाचन परिणामको कारण राजनीतिक बातावरण आफ्नो अनुकूलता बनाउने ढोका खुल्ला गरी राख्नको लागि प्रजातान्त्रिक मून्य र मान्यतालाई हदसम्म बदनाम गराउन सहायक सिद्व प्रजातन्त्रको पुन:स्थापनापस्चातको सांसद किनबेच जस्ता घृणित फोहोरी खेललाई निर्लज्जतापूर्बक ब्युताउन प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन गर्न एमालेसंग मिलेर जुन भूमिका खेलियो त्यो नै अहिलेको देशको अस्थिरताको लागि सबभन्दा ठूलो कारक तत्व बन्न पुगेको देखिन्छ । यो निर्णय लिने बित्तिकै राष्ट्रिय राजनीतिमा अहं भूमिका निर्बाह गर्ने ब्यक्तिहरुको चारित्रिक धरातललाई बुझ्नेहरुले अनुमान लगाइ सकेका थिए कि देशको राजनीति यही कारणले गर्दा अस्थिर हुनेछ भनेर र भयो पनि त्यही । उक्त निर्णयले गर्दा खेल्न सकिएको घृणित खेलको कारण केहीले आफूलाई भाग्यमानी बनाउन सफल भएको ठान्न पाए तापनि समग्रमा देशको लागि भने यो नै अस्थिरताको मूल कारण भएकोले दुर्भाग्य साबित भएको छ । सबैको सामू प्रस्ट भैसके अनुरुप नै जुन समयाबधिमा जस्ले देशको लागि जे जस्तो योगदान दिए सोही अनुरुप एउटा स्पस्ट जनमत देखिएपछि पनि यस्तो जटील अवस्थामा सरकारमा समाबेश नगरी नहुने जनमत बिपरीतका ब्यक्तिहरुको ठूलो जमातमा नेपाली जनताले बुझ्न नसकेका त्यस्ता बिशेष बिशेषताहरु के रहेछन त जब कि उनीहरु सबका बारेमा आबस्यक पर्ने जान्न पर्ने संपूर्ण ब्यक्तिगत ईतिहासबाट नेपाली जनता अनभिज्ञ त छैनन- नेपाली जनताले यस यक्ष प्रश्नहरुको जबाफ कहिले पाउने हुन ठेगान छैन ।

माओबादीले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण मन्त्रालयहरु नेत्रित्व गर्ने पार्टीले लिन नहुने भनी मूलत: गृह, अर्थ र रक्षा जस्ता मन्त्रालयहरुको कारण लामो बिबाद भै रक्षा नपाएकै कारण नेपाली कांग्रेस सरकारमा सहभागी भएन । तर अहिलेको सरकारमा नेतृत्व गर्ने एमालेलाई खासै ठुलो बिबाद गृह, रक्षा र अर्थ सबै अच्चम्मैसंग दिन राजी हुनुले के कुरा प्रमाणित हुन्छ भने सहमतिको माला जति जपे पनि नेपाली कंग्रेस माओबादीले सरकारको नेतृत्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिमा छ । संभबत प्रधानमंत्रीलाई हटाउन दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन नगरिएको भए नेकाको रक्षा मन्त्रालय नपाएकै कारण सरकारमा सहभागी नहुने चर्तिकला देख्न पाइन्नथ्यो कि । त्यस्तो हुन्थ्यो भने त्यो नै राष्ट्रिय सरकार बन्थ्यो र शुरुमा नेकाको मलजल पाएर तयार भैरहेको बातावरणमा राष्ट्रपतिद्धारा बिजारोपण गरिएको कटुवाल रुपी बॄक्ष एमालेको अस्थिर स्वभाबका कारण उपयुक्त बातावरण पाएर हलक्कै बढन पाएको कटुवाल प्रकरणको कारण देशमा देखा परेका यी तमाम समस्याहरु र त्यस्का कारण देखा परेका अनेकन लज्जास्पद गाइजात्राहरुलाई नेपाली जनताले देख्न र भोग्न पर्ने संभाबना रहन्नथ्यो । यसै सन्दर्भमा देखा परेको अर्को रमाइलो हास्यास्पद पक्ष हो चौथो ठूलो पार्टीमा देखा परेको संभाबित फूटलाई मध्यनजर गरी समर्थक पक्षलाई उप प्रधानमन्त्री, चार मन्त्री, तीन राज्यमन्त्री र एक सहायक मन्त्री दिने सहमति गर्नु हो जस्को पछाडि गच्छदार समूहलाई बहुमत बनाउन सहयोग गरी सो समूहलाई आधिकारिक बनाइ सत्ता समिकरण टिकाउने प्रयास भएको स्पस्ट छ । तर लामो समय र बारंबारको मन्त्री परिषदको बिस्तारपछि पनि मन्त्री बन्न नपाउनेहरु आफ्नो समूहमा नबस्ला र आफू स्पस्ट अल्पमतमा परिएला भन्ने त्रासले मन्त्रीको नाम दिन गच्छेदार असमर्थ रहेको स्पस्ट देखिन्छ । आखिर मन्त्री बन्ने आशमा बसिरहेकाहरु मन्त्री बन्न जती ढिला भयो आफू उपप्रधानमन्त्री बन्ने समय त लम्बिन्छ । यसरी जे जस्ता पृस्ठभूमिबाट हाल देशको सबभन्दा ठूलो पार्टी प्रतिपक्षमा र साना पार्टीहरु सत्तामा बस्ने जटील अवस्थाहरु सिर्जना भएका छन, त्यस्को लागि जिम्मेवार अन्तरिम संबिधानमा परिवर्तन गरेर बिभिन्न चलखेलद्धारा सत्ता प्राप्तीको संभाबित ढोका खुलाई राखेको कारण नै रक्षा मन्त्रालयको निहु बनाएर सरकारमा सहभागी नबनी प्रतिपक्षमा बसेको अनुमान गर्न सकिन्छ ।

नेपाली सिमाना मिचिएको तथा नेपालीमाथि गरिएका अनेकन अमानबीय दुर्व्यबहार बिरुद्ध नेपाल र संसारभरबाट कार्यक्रम भै रहंदा एकातिर त्यस्तो केही नभएको भन्दै हिडने पररास्ट्र मन्त्री तथा प्रभाबशाली कांग्रेस नेता संसदीय समितिद्धारा नै सिमा मिचिएको प्रतिबेदन दिंदा समेत यस्तो संबेदनशील बिषयमा बोलिएको झूठको कारण न त रजिनामा दिने र क्षमा याचना गर्ने आबस्यक्ता देख्छन भने अर्कोतिर सरकारको नेत्रित्व गर्ने पार्टी भने अझसम्म यसबारे केही बोल्नु नै आबस्यक देख्छ जस्ले गर्दा कतिपय कारणले गर्दा बन्न परेका अन्धभक्त कार्यकर्ताहरु समेत यस बिषयमा संकलित हस्ताक्षर संकलनमा समेत हस्ताक्षर गर्न हच्किरहेको देखिन्छ बिरोध कार्यक्रममा नै सहभागी हुने प्रसंग त टाँढाको कुरा भयो । राष्ट्रियताको यस्तो संबेदनशील प्रसंग र देशमा भ्रस्टाचारका त्यत्रा ठूला ठूला उदाहरणहरुमा चुक्क नबोल्नेहरु पशुपतिको पूजारी प्रकारणमा भने कत्ति न अरास्ट्रिय निर्णय भयो अथवा कत्ति न ठूलो भ्रस्टाचार नै भए झै गरेर जे जस्ता गतिबिधी प्रदर्शन गर्न अग्रसर भए यस्ले बिरोधको लागि बिरोध गरी उक्त अघोषित रणनीति प्राप्तीकै लागि संघर्ष गरेको देखिन आउँछ । थाहा छैन संसदीय समितिद्धारा पेश गरिएको उक्त प्रतिबेदनमा सरकारद्धारा ध्यान दिने साइत जुर्ने भने कहिले हो ?

बिगतमा भएका आफ्ना कमी कमजोरीको यथार्थ बिस्लेषण गरी त्यस्का आधारमा पस्चाताप गरेर देशको यस्तो जटील संक्रमण अवस्थामा होसियारी पूर्वक अगाडि बढ्नु पर्ने यथार्थतालाई मनन गर्दै गुमेका जन बिस्वास फर्काउन देश र जनताप्रति गरिएको जिम्मेवारी महसूस दिलाउन तदनुरुपका कृयाकलाप अगाडि बढाइनु आबस्यक थियो केही ठूला पार्टीहरुका सामू, तर दुर्भाग्य नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनका खातिर भएको चुनाबपस्चात लक्षित उद्धेस्य प्राप्तिका खातिर नभै प्राप्त चुनाव परिणाम र सोही परिणामका कारण अन्तरिम संबिधानमा परिवर्तन गरेर सत्ता प्राप्तीका लागि खुलाइराखेको संभाबित ढोकाबाट प्रबेश गर्ने बातावरण बनाउनमा नै तल्लिन भएको र गणतन्त्र स्थापना अघि जस्तै सत्ता प्राप्तीका लागि गरिएका फोहोरी खेलको राम्रै पुनराबॄति गराइेएको देखिन्छ । गिरिजा बाबुलाई राम्रै बुझ्नेहरु बर्तमान सरकारको स्वरुपको पछाडि नेकाको एमालेसंग पर्म लगाउने भूमिकाको रुपमा लिन्छन र दाम चढाउने, निबेदन हाल्ने जस्ता संभब भएसम्मका संपूर्ण संभाबनालाई परिक्षण गर्न नचुकेका बर्तमान प्रधानमन्रीको मनकांक्षा पुरा गरिदिने सहायक आशिर्बादकर्ता बनिदिएर जीबनभरको सपना पुरा गरिदिएकोमा ऋण चुक्ता कार्य सहज बनाउने ‘ग्राण्ड डिजाइन’ को रुपमा समेत लिन्छन जानिफकारहरु । बिभिन्न कारणबश अनुमान गरिएको उक्त ‘ग्राण्ड डिजाइन’ कमजोर बन्दै गएको अनुभब धेरैतिरबाट गरिए तापनि डिजाइनकर्ताको आशातित फलको यथार्थता भबिस्यकै गर्भमा रहेको छ ।

जे होस प्राप्त चुनाव परिणामका कारण भए गरिएका गल्ती कमजोरीलाई महसूस गरी जन विश्वाश जित्ने नयाँ रणनितीका साथ अगाडि बढेर जुन उद्धेस्य प्राप्तिका लागि चुनाव गरिएको थियो त्यस्मा लाग्न पर्नेमा ‘नानीदेखि लागेको बानी’ प्रदर्शन गर्दै संबिधान निर्माणमा भन्दा ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने झैं आफूलाई एक मात्र प्रजातान्त्रिक शक्ति भनेर नथाक्ने शक्ति सत्ताको लागि संसारमा कहीं नदेखिएको लोकतन्त्रको उपहास हुने जस्तो सुकै हतकण्ठा अपनाउन पनि पछि नपरी सहमतिको माला जति जपे पनि माओबादीले सरकारको नेत्रित्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिका साथ अगाडि बढेको देख्दा शान्ति प्रकृयाको बिषयमा रटने गरिएको रटाइको यथार्थता हात्तिको देखाउने दाँतभन्दा फरक होला र ? – शंका गर्ने ठाउँ प्रशस्त रहन्छ । यो देशको लागि ठूलो बिडम्बना हो र यस्ले देशलाई अझ धेरै पछाडि धकेल्ने कुरामा सन्देह छैन । तात्कालिन रुपमा आफूलाई क्षणिक फायदा भएको देखिने यस किसिमका खेलका खेलाडीहरुले शत्रुघाति खेल खेलिरहेका छन अथवा आत्मघाति अथवा राष्ट्रघाति र यस्ले उनीहरुको नाम ईतिहासमा साँच्चै सुनौला अक्षरले लेखिने छ अथवा ईतिहासमा कालो धब्बा बन्नेछ – त्यो समयले प्रमाणित गर्ने नै छ ।

Published links: http://www.mysansar.com/temp/2511.html

http://www.nepalarab.com/articles_view.php?id=423

http://www.gorkhaonline.net/literature.php?cid=120

http://www.facebook.com/note.php?note_id=140581996275&ref=mf

http://www.solidaritykhabar.com/index.php?option=com_content&view=article&id=4161:2009-08-16-03-14-17&catid=70:2009-02-12-10-56-54&Itemid=92

http://thedipak.wordpress.com/2009/03/25/new-poll-2/

Facebook Note

बिना गुरुका नेपाली शाशकहरु

*रामकुमार श्रेष्ठ

देश बिदेशमा बस्ने नेपालीहरुले यो बर्षको गुरु पूर्णिमालाई स्वत: स्फूर्त रुपमा निकै महत्वका साथ आधुनिक तबरबाटै भने पनि मनाएर चित्त बुझाए । जे जस्तो तबरबाट यस् पून्य दिनलाई मनाएर आफ्नो संस्कृति जोगाउने र ज्ञानको कदर गर्ने कार्य गरे त्यस्को कदर गरिनै पर्छ । ट्विटरमा खासै नदेखिए तापनि फेसबूकमा भने गुरु पूर्णिमाका सामग्रीहरु प्रचूर मात्रामा देखिएका थिए । मेरो लिस्टमा भएका करीब ६०० साथीहरुले १२ घण्टामा गरेका पोस्टिङ्लाई आधार मान्दा जम्मा २६८ पोस्टिङमा १५% याने कि ४० पोस्टिङ् गुरु पूर्णिमासंग सम्बन्धित र ८५% याने कि २२८ पोस्टिङ् अन्य थिए । बिदेशीहरुलाई यस तथ्यांकमा समाबेश नगराउने हो भने जम्मा १६८ पोस्टिङमा २५% याने कि ३६ गुरु पुर्णिमासंग संबन्धित र ७५% याने कि १३२ अन्य भएको देखियो । जून १५ देखि गुरु पूर्णिमासम्मको ३ हप्ताको समयाबधिमा निस्चित दिनमा एउटै बिषयबस्तुमा केन्द्रित भएर समग्रीहरु प्रस्तुत गरिएको यो तेश्रो पटक हो । यस अघि पहिलो पटक जून १५ मा भारतद्धारा नेपाली भू-भागमा गरिएको सीमा अतिक्रमणको बिरोधमा र दोश्रो पटक माइकल ज्याक्सनको मृत्‍यु भएको दिन २६ जून मा । १५ असारको दिन पनि सान्दर्भिक सामग्रीहरुको प्राचुर्यता नभएका होइनन । यसरी इन्टरनेट देश बिदेशमा छरिएर रहेका नेपालीहरु बीच राष्ट्रियता, कला, साहित्य एबं आफ्नो बिभिन्न किसिमका संस्कृति जोगाउने राम्रो माध्यम भएको देखिन्छ । राणा, पन्चायत, बहुदलीय प्रजातन्त्र र शिशु गणतन्त्रको शासन सबैद्धारा भोगिदै र टोकिदै आएका नेपाली जनता प्रत्येकको आचार र बिचारको थाहा पाउन पर्ने जति सबै ईतिहास थाहा पाइसकेर वाक्क भैसकेकाहरुकै अनेक चक्रब्यूहका कारण सत्तो श्राप गर्दा गर्दै थकित भैसकेकाहरुकै जनता बन्न परेर नागरिक बन्ने सपना सदा सदाको लागि चकनाचुर हुने त हैन भनी चकित चकित नेपालीले गुरु पूर्णिमाको दिनलाई कुनै पनि राष्ट्रिय स्तरका शाशक बन्न लालायितहरुले कुनै महत्व नै नदिएको देख्नु त स्वाभाबिकै थियो र पनि उनीहरु धन्यवादका पात्र भने यस कारणले भए कि उनीहरुमा अन्तरनिहित देश र जनतालाई संधै कहाली लाग्ने गरी बाँच्न वाध्य पार्ने डरलाग्दो भूतको अथाह श्रोतको खानीयुक्त आचार र बिचारलाई परिवर्तन गरिदिने कुनै गुरु छैन भन्ने यथार्थताको खुलासा गर्न कन्जुस्याइं भने गरेनन ।

‘गु’ र ‘रु’ मिलेर बनेको गुरुको शाब्दिक अर्थ खोज्दा ‘गु’ ले अन्धकार र ‘रु’ ले प्रकाश जनाउँछ । जस्ले आफूमा अन्तर्निहित ज्ञानरुपी प्रकाशले अरुमा भएको अज्ञानरुपी अन्धकारलाई हटाउन सक्छ उस्लाई गुरु भनिन्छ । बैज्ञानिकहरुको अनुसार सामान्यतः मानिसले आफ्नो क्षमताको औसत ३ प्रतिशत मात्र क्षमतालाई प्रयोगमा ल्याउँछन र बैज्ञानिकहरुको दृष्टिकोणमा अहिलेसम्ममा सर्बाधिक क्षमताको प्रयोग गर्ने आइन्स्टाइनले आफ्नो क्षमताको ८-१३ प्रतिशत (यो बिभिधता यस सम्बन्धमा पाइएको मत मतान्तरको आधारमा राखिएको) प्रयोग गरे । अतः यदि सामान्य एउटा मान्छेले आफ्नो क्षमतामा कुनै उपायद्धारा ५-१० प्रतिशत बृद्धि गर्न सकेको खण्डमा ऊ आन्स्टाइन जति क्षमतावान हुन सक्ने भयो । “संसारको बारेमा जान्न पर्ने हरेक कुरा जान्नेछु भन्ने लागेको थियो, तर जति बढी जान्दै गएँ उति नै बढी यो असम्भब छ भन्ने अनुभूति हुँदै गयो किनकि जान्न पर्ने अथाह कुराहरु अझै बाँकी नै छन । मलाई लागेको थियो कि एक दिन बिस्व बिज्ञानको रहस्य समाधान गरी यस्लाई गणितीय सूत्रमा सूत्रबद्ध गर्नेछु ता कि यो कुनै रहस्य बन्न नसकोस, तर गणितीय समस्या झन झन ठूलो ठूलो बन्दै गयो र संसारको समस्या समाधान गरिनुको अलावा यो आँफै समस्या बन्यो । अब यो समस्या समाधान गर्नु असंभब छ ।“- यो भनाइ हो महान बैज्ञानिक आइन्स्टाइनको । यसबाट के स्पस्ट हुन्छ भने मानब मात्रमा बिद्यमान अज्ञानताको पहाड अकल्पनीय र भीमकाय छ र पनि यस्ता यथार्थतालाई महसूस गर्न नसकी अहंपना प्रदर्शन गर्नेको नै बाहुल्याता पाईन्छ यत्र तत्र । एउटा भनाइ छ घमण्ड त्यस्ले गर्छ जस्ले केही जानेको छ, तर जस्ले बुझेको छ उस्ले कदापी घमण्ड गर्न सक्तैन । के कस्ता गतिबिधि गरेर देशको लागि कस कस्ले के कस्तो योगदान गरे भन्ने कुरा जन चेतनाको स्तर धेरै माथि उठिसकेको कारण स्व-व्याख्या आबस्यक नपर्ने भए तापनि बिना हिचकिचावट स्व-व्याख्या रुपी ढालद्धारा आत्मा सुरक्षा गर्नमा ब्यस्त राष्ट्रिय स्तरको शाशकको रुपमा स्थापित अधिकांश जान्नेहरुको स्थान कहाँ कसरी अबस्थित छ भन्ने कुराको बेली बिस्तारको आबस्यक्ता खासै देखिन्न ।

सामान्यत गुरु आध्यात्मिक र भौतिक गरी दुई किसिमको मान्न सकिन्छ । भौतिक गुरुको रुपमा शैक्षिक संस्थाहरुमा अध्यापन गर्ने र सहकर्मी एबं नातेदारहरु लिन सकिन्छ जस्ले भौतिक जीबन यापनका खातिर कुनै न कुनै रुप र स्तरमा भौतिक आँखा खोल्न सहयोगीको भूमिका निर्बाह गर्न सकोस । भौतिक गुरुहरुको कारण भौतिक जीवन यापनका उपयुक्त उपायहरुका संभाबना बढी भौतिक जीवन सहज हुन सक्ने संभाबना बढन सक्छ र भनिन्छ यस्ले वाह्य आँखा खोलिदिन्छ । सामान्यत भौतिक जीवन यापन गर्नेहरु अधिकांश प्राय: काम, क्रोध, लोभ र मोह जालमा फस्ने भएको कारण नैतिकबान नहुने भएकोले जीवन र जगतको ज्ञानको आधारमा अज्ञानता हटाउँदै नैतिकवान बन्न भित्री आँखाको श्रोत मानिने आध्यात्मिक यात्राको पनि आवश्यकता पर्छ भनिन्छ भलै आध्यात्मिक यात्रामा लाग्ने सबै नैतिकबान हुन्छन र भौतिक यात्रामा लाग्ने सबै अनैतिक हुन्छन भन्ने निस्चितता भने छैन नै । र पनि आध्यात्मिक यात्रामा लागेपस्चात मानिसमा आएको बिभिन्न किसिमका सकारात्मक परिबर्तन देख्न सकिने र भौतिक सम्मुन्नतिको शिखरमा पुगेका पास्चात्य देशका जनताहरुमा पाइने बिभिन्न किसिमका तनाबयुक्त जीवनबाट मुक्ति पाउनका लागि उनीहरुमा पूर्बीय दर्शन अपनाउने बढदो प्रब्रित्तिप्रति आँखा चिम्लन पनि सकिन्न ।

धेरै बर्ष अघि राणाकालको जंग बहादुर तथा पञ्चायत कालका सूर्य बहादुर जस्तै बहुदलीय प्रजातन्त्रको नाममा बहादुर नराखिए तापनि बहादुर भएका गिरिजाले एउटा धार्मिक कार्यक्रममा राती सबैले दिनभरि आफूले गरेका काम कुराहरुको समीक्षा गर्न ५ मिनेट आँखा चिम्लन पर्ने भन्ने आशयको सल्लाह दिंदा ठानिएको थियो बहुदलीय प्रजातन्त्रका सबभन्दा बहादुर मानिएका गिरिजाले ध्यान शुरु गरेर आफ्ना कमी कमजोरीको समीक्षा गर्न थालने भएपछि त देशको मुहार पक्कै फेरिनेछ, तर इतिहासमा नाम अमर बनाउने धेरै अबसर आइपर्दा समेत देश खुम्च्याएर पार्टी र पार्टी खुम्च्याएर ब्यक्ति र परिवारमा सीमित भएको र कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने आरोपबाट मुक्ति पाउन नसकेका गिरिजाले त्यो सल्लाह अरुलाई दिएर उनीहरुलाई सन्तमा परिणत गर्दै आफ्नो भित्री इच्छा पूर्तिलाई सहज र सुरक्षित तुल्याउने हतियार बनाउन खोजिएको पो रहेछ भन्नेहरुकै बाहुल्यता देखिने बातावरण बन्न गयो आजसम्मका उनका संपूर्ण गतिबिधिका आधारमा त ।

जे जस्ता तिकडम गरेर पनि आफूलाई शाशककै दर्जामा दर्ज्याउन तल्लिनहरुका राता पिरा अनुहारहरु पनि आजकाल कस्तो फुङ परेको जस्तो आभास हुन थालेको छ । कबिता पढेका जस्ता भाषण, सकी नसकी कर बल र लोक लाजले बाध्यताबश हाँसिएका अप्राकृतिक हाँसो, केटाकेटी पनि फिस्स हास्ने किसिमका बर्बराहटहरु, रुन पनि नसकेको हाँस्न पनि नसकेको फुलिएको जस्तो देखिने सार्वजनिक थुप्रै क्लिपहरु, पाएको कोटाभित्र परेर शाशक बन्न प्रतिक्षारत मित्रहरुको इच्छाहरुलाई अल्पमतमा परिएला भनेर दबाइदिनु पर्ने बाध्यताहरु, पत्याउदैनन भन्ने थाहा पाउँद पाउँदै पनि बोल्नु पर्ने संकटहरु, अर्होट पर्होट गरिनु पर्नेहरुकै अर्होट पर्होट मान्दिनु पर्ने ज्यानमारा अनि इज्जतमारा परिस्थितिहरु आदि आदि हुन आजका केही यथार्थताहरु । अनि कसरी राता पिरा अनुहारहरुमा निर्जिबताको ठाउँमा सजिबता सलबलाओस ? नजानी नजानी गरिएका गल्ती, कमी कमजोरीहरु खासै पीडाको श्रोत हुन सक्तैनन, तर जानाजान बोलिएका झुट्टाहरु, थाहा पाइ पाइ गरिएका गल्तीहरु, बुझी बुझी पचाइेएका बुझ पचाइहरु, विश्वाश गर्दैनन भनी थाहा पाउँदा पाउँदै बोल्न पर्ने वाध्यताहरुलाई साथ लिएपछिका पीडा भुक्तभोगीलाई नै थाहा होला । देश र जनतालाई त अधकल्चो बनायो बनायो, बिदेशमा नेपाली हुँ भन्न नै आँट गर्न अफ्टेरो त बनायो बनायो, तर नाम सुनाम र कुनाम दुई थरीको हुन्छ भन्ने यथार्ततालाई बिर्सेंर आफू पनि भित्रभित्रै रुनु न हाँस्नुको यस्तो ज्यानमारा अवस्थामा रहेर आँफैलाई पनि भित्र भित्रै कत्ति पानी पानी पार्दै जिउने हो ? भित्री ब्यथा सबैको आ-आफ्नै देखिन्छ – कोही कम्युनिस्ट भएपछि आस्तिक कसरी बन्ने भन्ने त्रासमा छन त कोही आस्तिक बन्न जाँदा हातबाट नफुस्कनु पर्ने कुरा फुस्किएला भन्ने आतंकको चपेटामा, अनि कोही अंकुश लगाउने साइत खुस्किएला भन्ने चिन्तामा, तर पनि सिंहासनकै प्रश्नलाई असर पार्न सक्ने शक्तिशाली भनिएका र मानिएका धर्म गुरुहरुकहाँ भने अनुकूल पर्दा बुर्कुसी मार्न कोही पछि परेको देखिन्न ।

भनिन्छ सिंहासनभन्दा ठूलो दिलको आसन । यसैले त होला केही नगरिकनै राजा बन्न पाउने सिद्धार्थ बुद्धत्व प्राप्त गर्न हिंडे र आज संसारकै हाय हाय भएका छन । राजा भएका भए उस्लाई कस्ले पो चिन्थ्यो र ? सिंहासनमा बसेर इतिहासमा नाम लेखाउँदैमा अजर अमर हुने भए त त्यस्ता नाम लेखाउने अनगिन्तिले दुनियाँको गाली गलौजको शिकार किन बन्नु पर्थ्यो र ? मर्ने दिनको ठेगान छैन, मरेको भोलिपल्ट दुई दिन भै हाल्छ । स्वार्थपूर्ण दुनियाँबाट माथि उठेर यथार्थमै बहु जन हिताय सिद्धान्त अनुरुप काम गर्न सामान्यत: भौतिक संसारमा बाच्नेहरुबाट संभबना बिरलै देखिने भएकोले भित्री आँखा खोलेर यस किसिमको ब्यक्तित्व बिकास गर्न आध्यात्मिक गुरुहरुको आबस्यक देखिन्छ केही अपबाद बाहेक । अत: आफू पनि निर्धक्कसंग हाँस्न र देश र जनतालाई पनि हाँस्ने बनाउन शिघ्रातिशिघ्र आफूमा अन्तर्निहित अन्धकार रुपी अज्ञानतालाई हटाउने गुरु धारण गरेर यो बर्ष ढिला भए पनि आगामी बर्ष चाँही साँच्चै नै गुरु पुजन गर्न कम्मर कस्ने हो कि त शाशक बन्न तछाड र मछाड गर्ने महोदयहरु हो ।

८ जुलाई, २००९ केण्ट, बेलायत

Published link: http://www.khasskhass.com/beenaguruka.htm

http://www.gorkhaonline.net/literature.php?cid=116

http://nepalarab.com/articles_view.php?id=397

बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र


हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, बिस्वका प्रतिष्ठित अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यस्मा नेपाल सरकारको प्रत्यक्ष सहभागिता बिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समय अघि शुरु गरिएको बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा आज काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन जाने दलमा अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, अभियानका पदेन सल्लाहकार तथा कपिलवस्तुका सांसद दीपकुमार उपाध्याय, कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिका तर्फबाट सार्क संयोजक राज श्रेष्ठ, नेपाल संयोजक लक्ष्मण पुरी, जापान संयोजक ओम गुरुङ र वेल्जियम संयोजक सन्तोष न्यौपाने हुनुहुन्थ्यो ।

ज्ञापन पत्र बुझाउने क्रममा अभियानका सल्लाहकार द्धय डा कबिताराम श्रेष्ठ र दीप कुमार उपाध्यायले अभियानको आबस्यक्ता र महत्वलाई प्रकाश पार्नुका अतिरिक्त बिषयबस्तुमाथि प्रकाश पार्नु भएको थियो र प्रधानमत्रीले अभियानबारे आफू सकारात्मक भएको बताउनु भएको थियो । उक्त समारोहमा थुप्रै टेलिभिजन सन्चारकर्मीहरुको उपस्थिति थियो भने UNN ९० ले ज्ञापन पत्रको कार्यक्रमबारे १० बजे नै समाचार प्रसारण गरेको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमाण्डौं
नेपाल ।

बिषय: बुद्धको जन्मस्थानबारे सिर्जित विश्वव्यापी भ्रम निवारण

शान्तिका दूत एवम् नेपाललाई विश्व सामु परिचित गराउने प्रमुख आधार बुद्धको महत्व आजको विश्वसन्दर्भमा झनझन बढ्दो छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्व स्वीकार्य महामानव गौतम बुद्ध सम्पूर्ण विश्व नागरिकको साझा सम्पत्ति भएको कुरा निर्विवाद हो । अर्को विवादरहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ । युनेस्कोले लुम्बिनीलाई विश्वसम्पदा सूचिमा समावेश पनि गरेको छ । बुद्ध विश्वकै साझा सम्पत्ति भएका कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न । तर उनको महानता र प्रसिद्धीले क्षेत्रगत आधारमा नाजायज तरिकाबाट गलत ढङ्गले आपुनो भनी प्रमाणित गर्छ भने त्यो दुस्प्रयास मात्रै हो । विश्व जनमतलाई दिग्भ्रमित तुल्याउँदा मौन बस्नुले यस्ता दुस्प्रयासलाई अझ प्रोत्साहित गर्दछ ।

भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको हो भन्दै विश्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेको छ । अहिले लगभग अन्तिम अवस्थामा पुगिसकेको नक्कली लुम्बिनी निर्माण गर्नका लागि करोडौं रुपयाँको लगानी भएको छ । नेपालको आपुनै किसिमका राजनीतिक सामाजिक आर्थिक र शैक्षिक अवस्थाका कारण यस्ता गतिविधिका विरुद्ध प्रभावकारी रुपमा आवाज उठ्न सकिरहेको छैन ।

यसै सन्दर्भमा विश्व शान्तिका लागि भगवान् बुद्धका शान्ति सन्देशलाई अरु प्रचार प्रसार गर्ने विश्वशान्ति अभियानमा संलग्न अन्य संस्थाहरुसँग हातेमालो गर्ने नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीको विकास र प्रचार प्रसारमा सहयोग पुर् याउने भगवान् बुद्धको विश्वव्यापी महत्वबाट नाजायज फायदा लिनका लागि गरिएका गतिविधिले नेपालको राष्ट्रियतामाथि देखा परेका समस्याको निराकरण गर्न प्रयासरत रहने जस्ता उद्देश्यहरु लिएर गतबर्षदेखि प्रत्येक बर्ष डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसको रुपमा मनाउन विश्वभर छरिएर रहेका नेपाली बुद्धिजीविहरुको पहलकदमीमा यो अभियान सुरु गरिएको हो ।

गौतमबुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने सबभन्दा राम्रो प्रमाणको रुपमा रहेको अशोकस्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् अण्टोन फुहररले विश्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी प्रत्येक वर्ष डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसको रुपमा रोजिएको हो ।

यस अभियानले मौन रहेका नेपालीहरुद्वारा अस्वीकृत गरिनु पर्ने यस्ता दुस्प्रयासका विरुद्ध विश्वभर जनमत सिर्जना गर्नुलाई पनि आपुनो उद्देश्यका रुपमा समेटेको छ । सत्यको रक्षा गर्दै विश्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु हाम्रो कर्तव्य हो भने शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर पनि हो ।

गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु यो समस्या हामीहरुको विरोधको कारण ईतिहास बनिसकेको छ; PBS जस्ता ठूलो कम्पनीद्वारा निर्मित भिडिओ “ठे Buddha” मा राजकुमार सिद्धार्थलाई भारतीय भनी उल्लेख गरिनु विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मभूमि भारत भनेर उल्लेख गरिनु जस्ता सम्पूर्ण समस्याको जड कारण भने कै नेपालको तर्फबाट सरकारी बुद्धिजीवि तथा पत्रकारहरु कुनै पनि तहबाट सशक्त विरोध नगरिएका कारण भारतले लामो समयसम्म एकलौटी तवरबाट भ्रम सिर्जना गर्न पाएको अवसरको परिणाम पनि हो । यस्लाई नेपालको राष्ट्रियतामाथिको समस्याको रुपमा पनि लिइनु पर्ने देखिन्छ किनकि यसका पछाडि नियतभन्दा पनि लामो समयसम्म गरिएका दुस्प्रयास र यसका विरुद्ध नेपालबाट हुन नसकेका प्रतिरोधका कारण सिर्जित भ्रमले पनि काम गरेको देखिन्छ । वास्तवमा महत्वपूर्ण कुरा त भगवान् बुद्ध र बुद्धका उपदेशहरु हुनुपर्ने हो तर बुद्धका बारे प्राप्त जानकारीको श्रोतको नियतबारे भने विश्वजनमत अनभिज्ञ देखिन्छन ।

नेपाल सरकार नेपाली संचार माध्यम र बुद्धिजीविहरुका मौनताका कारण नेपालको तुलनामा धेरै गुणा सशक्त भारतीय संचारमाध्यम र त्यहाँका बुद्धुजीविको एकलौटी र एकतर्फी अभियानले विश्वमा यतिसम्म प्रभुत्व जमाउन सफल भएको छ कि हाल अधिकांश देशका पाठ्यपुस्तकमा समेत बुद्ध भारतमा जन्मेको हो भनी लेखाउने वातावरण बनिसक्यो । त्यसैले नयाँ बन्दै गरेको नक्कली लुम्बिनीको कारण नेपालको राष्ट्रियतामाथि आँच आउने जुन किसिमको नयाँ समस्या देखा परेको छ त्यस्को निराकरण गर्न प्रयासरतः रहनु प्रत्येक सच्चा नेपालीको कर्तव्य पनि हो भन्ने हामी ठान्दछौं ।

वास्तबमा यो समस्या लामो समयसम्म समस्याको रुपमा रहन सक्तैन यदि नेपाल सरकारले यसलाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याका समाधनका लागि नक्कली लुम्बिनी जस्ता विषयमा सिधै भारत सरकारसँग कुरा गर्नुपर्दछ । विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलको बारेमा भएका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत् सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउनु पर्छ । नेपाल सरकारको तर्पुबाट यति कदम चाल्ने हो भने पनि यो समस्या र यसका पृष्ठभूमिमा रहेर देखापरेका र पर्ने अन्य समस्याहरु स्वतः कमजोर भएर जानेछन् । जाकारीया जस्ता प्रवृतिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन् र उठाइहाले पनि कुहिराको काग जस्तै आफै हराएर जानॆछन् ।

नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसँग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ता कि दिग्भ्रमित विश्वका जनतामा भएका भ्रम निवारणमा सहयोग पुगोस् । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई “अन्तरराष्ट्रिय शान्ति सहर”को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समयभित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्नुपर्दछ ताकि व्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुनसकोस् ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिव ऊथान्तले गौतमबुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर् यो र संयुक्त राष्ट्र विकास कार्यव्रुमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनीको विकासको विस्तृत कार्ययोजना ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको उक्त गुरु योजना आधा शताव्दीभन्दा बढी समय व्यतित भैसक्दा पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको सन्दर्भमा यसतर्फ पनि नेपाल सरकारको ध्यान आकृष्ट गराउन चाहन्छौं । यस्ले गर्दा बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याएर वास्तविक कुरालाई स्वतः स्फूर्त रुपमा प्रचार प्रसार गर्न सघाउ पुग्ने थियो ।
उपर्युक्त कुराहरु नेपालको विकास र नेपालको राष्ट्रियताको संरक्षणसंग मात्र सम्बन्धित नभएर सत्य र शान्तिका पर्यायवाची महामानव एवम् महान् दार्शनिक गौतमबुद्धमाथि गरिएको अन्यायको प्रतिरक्षा पनि हुने छ । यी कुराहरु विश्व शान्तिकै एउटा अंश पनि हुने भएकाले नेपाल सरकारद्वारा नक्कली लुम्बिनी जस्ता बिषयमा सिधै भारत सरकारसँग कुरा गर्ने र विभिन्न देशका पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी गर्न अविलम्ब कदम चालियोस भनी आग्रह गर्दछौं ।

रामकुमार श्रेष्ठ

विस्व संयोजक
कपिलबस्तु दिवस अभियान

यस अभियानलाई संस्थागत गर्न रामकुमार श्रेष्ठ वेलायतको विश्व संयोजकत्वमा पछि दुई जना थपी २१ जना पुर् याउने गरी हाललाई १९ सदस्यीय कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा अबि शर्मा संयोजक क्यानडा, बाबुराजा महर्जन संयोजक न्यूजिल्याण्ड, भानु पौड्याल संयोजक क्यानडा, विनय शाह संयोजक हङकङ, चन्द्र राई संयोजक क्यानडा, डा. हरिकुमार श्रेष्ठ संयोजक ताइबान, हरि नेपाली संयोजक कतार ,लक्ष्मण देबकोटा संयोजक पोर्तुगल, लक्ष्मण पुरी संयोजक नेपाल, श्रीमती लक्ष्मी सिंखडा संयोजक अमेरिका, ओम गुरुङ संयोजक जापान, राज श्रेष्ठ संयोजक नेपाल, रामहरि श्रेष्ठ संयोजक वेलायत, सन्तोष न्यौपाने संयोजक बेल्जियम, सुश्री सानु घिमिरे संयोजक अस्ट्रेलिया, शैलेश श्रेष्ठ संयोजक अमेरिका ,शम्भु कट्टेल संयोजक अमेरिका र सुजन न्यौपाने संयोजक अस्ट्रेलिया छन ।
अभियानको गतिविधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी नौ जनाको सेक्रेटरियटको ब्यवस्था गरिएको छ जस अनुसार बाबुराजा महर्जन अस्ट्रेलिया न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने, हरी नेपाली मध्यपूर्बका देशहरु हेर्ने, राज श्रेष्ठ सार्क मुलुकहरु हेर्ने, बिनय शाह र ओम गुरुङ जापान हङकङ चीन तथा त्यस भेगका देशहरु हेर्ने, शैलेश श्रेष्ठ अमेरिका र दक्षिणी अमेरिका हेर्ने, चन्द्र राई क्यानडा हेर्ने र अर्को ब्यवस्था नहुन्जेलसम्मको लागि सन्तोष न्यौपाने यूरोप हेर्ने । विश्व संयोजक स्वतः सेक्रॆटरियटमा रहनेछन ।

अभियानको उद्धेश्य प्राप्तिको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्वपक्षीय सहयोग र सद्भावलाई सहज बनाउन हाललाई ५ जना नेपाली र दुई जना विदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएको छ जसअनुसार एनेकपा माओवादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संविधानसभाका सदस्य तथा सांसद डा आरजु देउवा राणा, एमालेका तर्फबाट पूर्वमन्त्री तथा पार्टी केन्दिय सदस्य राजेन्द्र श्रेष्ठ, वुद्धिजीविका तर्फबाट डा. कविताराम श्रेष्ठ र उद्योग ब्यवसायीका तर्फबाट अस्ट्रेलियाको न्यूसाउथवेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका हुनुहुन्छ भने विदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको साजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेन्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त व्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलवस्तुका सांसदहरु र लुम्बिनी विकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिनेछ ।

Wednesday, August 11, 2010

प्रभू आशिर्बाद

*रामकुमार श्रेष्ठ

Hanuman

प्रिय,

मैले त भनेकै थिएँ नि

कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर

तर तिमीले कहिल्यै पत्याइनौ

ल तिमी आँफै हेर त

कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ

तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात

रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ -

टहटह जुन लागेको कस्तो रमाइलो रात

उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ

ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक

देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ

होइन के हो यस्तो यो ?

प्रिय तिमीले बुझिनौ

रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ? -

यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,

परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब

तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि

चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,

प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने

स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।

देख्यौ त प्रिय मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन

मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,

गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,

यहाँ के हुन्न प्रिय

यहाँ त सबै थोक हुन्छ

संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –

रात दिन हुन सक्छ अनि दिन रात

औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी

केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय

सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले

अल्छि गरेर के हुन्छ र

अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि

जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय

जुन बेला जस्तो आबस्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ

पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।


लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय

यहाँ लाज त लोकलाई पो हुने भयो त

लोकको तोक शोकमा किन पर्दैन त प्रिय

चौबिसै घण्टा ब्यस्त प्रभूसंग

नारी खौंचेर लिन खोजेपछि टक्कर

आइपर्छ नि त नसोचेको अक्कर

प्रभूको आशिर्बाद पायौ भने त प्रिय

तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो

जे भए पनि केही फरक पर्दैन नि प्रिय

जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने

लोकतन्त्र प्रभूतन्त्रमा

औंसीको रातमा

टहटह जुन लाग्न थाल्छ प्रिय

टहटह जुन

त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय

प्रभू आशिर्बादको मर्म ।

२४ मइ, २००९

Published in www.mulbato.com Link: http://www.mulbato.com/?p=3413&cpage=1#comment-1943

www.dcnepal.com Link http://www.nepalipress.com/news_main_n.php?id=710

http://www.facebook.com/note.php?note_id=111418411275

http://nepalarab.com/literature_view.php?id=246

http://www.sahityasagar.com/2009/05/blog-post_692.html

http://www.samakalinsahitya.com/?show=detail&art_id=1268

http://www.nepalupclose.com/News-Details.aspx?PostID=14241

गणतान्त्रिक नेपालको राजनीतिमा गणितीय खेलको सूत्राधार र यस्का असरहरु

*रामकुमार श्रेष्ठ

बहुदलीय शासन प्रणाली अन्तर्गत हुने निर्बाचनमा कुनै निस्चित पार्टीले सरकार गठन गर्न आबस्यक बहुमत ल्याउन नसकेको अवस्थामा राजनीतिमा गणितीय खेल शुरु हुन थाल्ने संभाबना बढन थाल्दछ, जस्का कारण अनपेक्षित किसिमका घृणित खेलहरुको समेत मन्चन हुन सक्तछ । यस किसिमको परिस्थितिको सिर्जना बिकसित देशहरुमा कमै हुन्छ भने सामान्यत: गरीब एबं बिकासोन्मुख देशहरुमा बढी हुने संभाबना रहन्छ ती देशहरुमा पाइने फरक फरक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरुहरुको कारणले गर्दा । प्राप्त भौतिक एबं आर्थिक सम्मुन्नतिको आधारमा सम्बन्धित देशको बिस्व रंगमन्चमा आफ्नै किसिमको स्थान निर्धारण हुने र सोही अनुरुप यस्तो परिस्थितिमा वाह्य शक्तिको पनि प्रभाब पर्ने, नपर्ने अथवा के कति पर्न सक्ने भन्ने कुराको समेत निर्धारण हुन सक्दछ । शक्तिशाली राष्ट्रको रुपमा गणना हुँदा हुँदै पनि साधन र श्रोतको अभाबमा कहिलेकांही साधन र श्रोतको लागि भर पर्नु पर्ने देशको दबाबको कारण महत्वपूर्ण निर्णय स्वतन्त्र रुपमा गर्न कठीन पर्ने कुरा केही समय अघि यूक्रेनले ग्याँसको लागि रसियाको दबाबमा पर्न परेको एउटा घटनाले प्रमाणित गरेको छ । बिद्यमान आर्थिक बिप्पन्नता मात्र नभएर यस्को भू-राजनीतिक अवस्थाको कारण पनि नेपालले यहाँ हुन खोज्ने हरेक बिशेष राजनीतिक घटनाक्रममा बाह्य शक्तिहरुको आफ्नै किसिमको चलखेल र दबदबाको सामना गर्न परेको देखिन्छ । त्यो के कस्तो उद्धेस्य प्राप्तीको लागि किन हुन्छ भन्ने कुरा लुक्न नसकेको रहस्य हो यद्यपि त्यस्को लागि शक्ति प्रयोग कर्ता र प्रभाबित दुबै पक्षले स्वीकार गर्ने गरेको भने पाइन्न जुन अस्वाभाबिक होइन पनि । समय, परिस्थिति र अवस्थानुरुप उनीहरुमा देखिने र उनीहरुद्वारा गरिने बिभिन्न किसिमका गतिबिधिका आधारमा यस्लाई बुझ्न र अनुमान गर्न नसकिने भने होइन ।
नेपालको बर्तमान अवस्था अति तरल छ र जुनसुकै बेला जे पनि हुन सक्तछ । कसैलाई पनि कुन बेला के हुन्छ भन्ने कुराको अनुमान गर्न अति कठीन छ । संबिधान सभाको निर्बाचनमा प्रत्यक्षतर्फ माओबादीले बहुमत ल्याए तापनि समानुपातिकको कारण स्पस्ट बहुमत कुनै पनि पार्टीले ल्याउन नसकेपछि बिभिन्न खेलहरु र घटनाहरु हुने क्रममा भएका केही खेल र घटनाले गर्दा आज हुन नपर्ने यस किसिमको अन्योल र अस्थिरताको सूत्रपात भएको छ । पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापना पस्चात समेत लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापाले कसरी प्रधानमन्त्रित्व हत्याउन बारम्बार सफल भए त्यो सबैले बुझिरहेकै छन । पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए । रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्तताले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । भ्रस्टाचारीमाथि कार्यबाही गरिनुभन्दा जोगाउने संस्कारको बिकास प्रबल हुन थाल्नाले भ्रस्टाचार झन झन संस्थागत हुँदै बढन थालेको भन्ने कुराको प्रतिबाद गर्न कठीन देखिन्छ । यथार्ततालाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्तताहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई – यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड र बज्रपात ।
शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने आशंकाको बाबजूद तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा रहेको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर दरबारले सत्ता आफ्नो हातमा लिएपछि सन्चालन गर्दै आएको अन्य पार्टीहरुको लज्जास्पद फितलो आन्दोलन सशक्त रुपमा अगाडि बढन सक्यो र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त तत्कालिन राजा ज्ञानेन्द्रद्धारा नै सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । यस्तै पृष्ठभूमिको आधारमा नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । यस किसिमको नतिजापस्चात निर्वाचनको क्रममा कसैले पनि नसोचेको किसिमले देखा परेको सबैभन्दा ठूलो नयाँ शक्ति सत्तामा शक्तिशाली बनेको बनी भ्रस्टाचाररी माथिको कार्यबाही सशक्त रुपमा अगाडि बढेको खण्डमा जनस्तरबाट त्यस्को बिरोध हुनुभन्दा समर्थन हुने भएको र त्यसबाट आफू र आफ्ना संस्थाहरुको बचेँ खुसेको इज्जत पनि धुमिल हुने संभाबनाबाट जोगिन खुला राजनीतिमा पोख्त भैसकेकाहरुबाट अनेक राजनीतिक खेलहरु शुरु गर्न थालेको अनुमान धेरैले गरे । त्यस किसिमको खेल भएको अनुमान गर्नेहरु त्यसरी खेल खेल्नेहरुकै कारण पहिलो परिणामको रुपमा मान्छन गणतन्त्र घोषणामा भएको अत्यधिक ढिलाई । आफूहरुमाथि पर्न सक्ने संभाबित खतरालाई कमजोर बनाउन गणतन्त्र घोषणाभन्दा माओबादीबाट रास्ट्रपति पद कसरी हात पार्ने भन्ने खेल नै सो ढिलाइको कारण थियो र माओबादीले गणतन्त्रको घोषणालाई बढी महत्व दिएर रास्ट्रपति पदबाट पछि हटेको भनिन्छ र देखिन्छ पनि । जेहोस गणतन्त्र नेपालको ईतिहासमा गणतन्त्र घोषणा ढिलाइमा आफ्नो स्वार्थको लागि गरिएको यस किसिमको ढिलाई एउटा कलंकित घटनाको रुपमा रहनेछ ।
उक्त परिणामपछिको दोश्रो खेलको मन्चन मानिन्छ माओबादीले छाडेको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन गर्न खेलिएको भूमिकालाई । यसरी गरिएको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन जिम्मेवार देखिन्छ र यो निर्णय गर्ने बित्तिकै यस किसिमको राजनैतिक संभाबनाहरुको अडकलबाजी भैसकेको थियो नेपाली राजनीतिका हस्ती मानिदै आएकाहरुको सबै किसिमका चारित्रिक बिशेषताहरुका आधारमा जुन अडकलबाजी अस्वाभाबिक थिएन र भयो पनि त्यस्तै । बिगतमा भएका आफ्ना कमी कमजोरीको यथार्थ बिस्लेषण गरी त्यस्का आधारमा पस्चाताप गरेर देशको यस्तो जटील संक्रमण अवस्थामा होसियारी पूर्वक अगाडि बढ्नु पर्ने यथार्थतालाई मनन गर्दै गुमेका जन बिस्वास फर्काउन देश र जनताप्रति गरिएको जिम्मेवारी महसूस दिलाउन तदनुरुपका कृयाकलाप अगाडि बढाइनु आबस्यक थियो केही ठूला पार्टीहरुका सामू, तर दुर्भाग्य नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनका खातिर भएको चुनाबपस्चात लक्षित उद्धेस्य प्राप्तिका खातिर नभै प्राप्त चुनाव परिणाम र सोही परिणामका कारण अन्तरिम संबिधानमा परिवर्तन गरेर सत्ता प्राप्तीका लागि खुलाइराखेको संभाबित ढोकाबाट प्रबेश गर्ने बातावरण बनाउनमा नै तल्लिन भएको र गणतन्त्र स्थापना अघि जस्तै सत्ता प्राप्तीका लागि गरिएका फोहोरी खेलको राम्रै पुनराब्रिति गराइेएको देखिन्छ ।
माओबादीले नेत्रित्व गरेको सरकारपछि गठन भएको बर्तमान सरकारका बिषयमा शुरुदेखि नै थुप्रै अनौठा बिशेषता एबं बिसंगतिहरु देखिन्छन । आशिर्बादको प्रसंगलाई थाँती राख्दा पनि अधिकांशद्धारा आलोचित, चित्त बुझाउन नसकिने र लोकतन्त्रकै उपहास हुने पहिलो प्रसंग हो मन्त्री हुनेहरुमा चुनाबमा हारिएका कैयौं ब्यक्तिहरु मात्र नभएर प्रधानमन्त्री लगायत सबभन्दा दोश्रो ठूलो पार्टीको नेत्रित्व गर्ने ब्यक्ति नै पनि हुन । यसरी चुनाबमा पराजितहरुकै भीड मन्त्री परिषदमा राख्नै पर्ने वाध्यता के परेछ त ? यस्तो जटील अवस्थामा नराखी नहुने नेपाली जनताले थाहा पाउन नसकिएका उनीहरुमा त्यस्ता बिशेष बिशेषता के रहेछन त जब कि उनीहरु सबका बारेमा आबस्यक पर्ने जान्न पर्ने संपूर्ण ब्यक्तिगत ईतिहासबाट नेपाली जनता अनभिज्ञ त छैनन ? यी प्रश्नहरुकै सेरोफेरोमा हुनु पर्छ केही जटील यथार्तताहरु जस्ले गर्दा यत्र तत्र उठाइेएका प्रश्नहरु र आफ्नै पार्टी कार्यकर्ता र नेताहरुले समेत हीनताबोध गर्न पर्ने र गर्न पार्ने गरी उठाइेएका वाध्यात्मक परिस्थितीहरु अनुत्तरित छन । दोश्रो बिशेषता हो माओबादीले सरकारको नेत्रित्व गर्दा महत्वपूर्ण मन्त्रालयहरु नेत्रित्व गर्ने पार्टीले लिन नहुने भनी गृह र रक्षाको लागि त्यत्रो रडाको मच्चाउने र रक्षा नपाएको कारण नै सरकारमा नजाने नेपाली कांग्रेस गृह, रक्षा र अर्थ सबै सरकारको नेत्रित्व गर्ने एमालेलाई बिना खासै बिबाद अच्चम्मैसंग दिन राजी हुनु । यसबाट के प्रस्ट हुन्छ भने नेपाली कंग्रेस माओबादीले सरकारको नेत्रित्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा कसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिमा छ । तेस्रो बिशेषता हो चौथो ठूलो पार्टीको फूटपछिको फोरमको एउटा घटकलाई चार मन्त्री, तीन राज्यमन्त्री र एक सहायक मन्त्री दिने सहमति गर्नु जस्को पछाडि गच्छदार समूहलाई बहुमत बनाउन सहयोग गरी सो समूहलाई आधिकारिक बनाइ सत्ता समिकरण टिकाउने प्रयास भएको स्पस्ट छ । तर लामो समयपस्चात भएको मन्त्री परिषदको बिस्तारपछिको यति लामो समयपस्चात पनि मन्त्री बन्न नपाउनेहरु आफ्नो समूहमा नबस्ला र आफू स्पस्ट अल्पमतमा परिएला भन्ने त्रासले मन्त्रीको नाम दिन गच्छेदार असमर्थ रहेको स्पस्ट देखिन्छ । आखिर मन्त्री बन्ने आशमा बसिरहेकाहरु मन्त्री बन्न जती ढिला भयो आफू उपप्रधानमन्त्री बन्ने समय त लम्बिन्छ । यसरी जे जस्ता प्रिस्ठभूमिबाट हाल देशको सबभन्दा ठूलो पार्टी प्रतिपक्षमा र साना पार्टीहरु सत्तामा बस्ने जटील अवस्थाहरु सिर्जना भएका छन, त्यस्को लागि जिम्मेवार उक्त दोश्रो निर्णय नै भएको कारण सो निर्णय गर्न भूमिका निर्बाह गर्नेहरु नै देशको बर्तमान अबस्थाप्रति जिम्मेवार भएको कुरामा शंका छैन । किनकि त्यस किसिमको निर्णय परिवर्तन नगरिएको खण्डमा नेपाली कांग्रेस रक्षालाई निहुँ बनाएर सरकार बाहिर बस्ने संभाबना न्यून रहन्थ्यो । नेका सरकार बाहिर बस्नुको कारण नै अन्तरिम संबिधानमा गरिएको उक्त परिवर्तन नै हो जस्ले गर्दा बाहिर बसेर सरकार गिराउने भूमिका निर्बाह गरी खुला गरिराखेको ढोकाको उपयोग गर्न सकियोस ।
सेनापति प्रकरणबाट शुरु भएको अहिलेको समस्या पहिला रास्ट्रपति र त्यसपछि एमालेबाट घ्यू थपिदै गएको देखिन्छ । राष्ट्रपतिको कदमको त प्रसंग बेग्लै छ र केस सर्बोच्चमा पुगिसकेको छ , तर एमालेको पार्टीको तर्फबाट अध्यक्ष र महासचिबले र पार्टीको नेत्रित्व गर्ने नेताको हैसियतले उपाध्यक्षले समेत मन्त्री परिषद मार्फत सेनापति बिषयमा एउटा निर्णय दिइसकेपछि पुन: मध्यमार्गीको नाममा बरियताक्रममा तेस्रो नम्बरमा रहेकोलाई प्रस्ताब गरिसकेपछि प्रधानमन्त्रिको पासा पल्टने आशको संभाबनाका कारण आफ्ना दुबै बिकल्पलाई लत्याएर गरेको निर्णयले एमालेमाथि लाग्ने गरेको आरोप पुन: उजागार भै नेकासंग मिलेर सत्तामा जानको लागि खोलीराखेको ढोकाबाट प्रबेश गर्न गणितिय खेललाई निम्त्याएर पुन: लज्जास्पद गाइजात्रा को शुरुवात गरेको देखिन्छ । यसै घटनाको सिलसिलामा कुटनितिज्ञहरुको ब्यापक दौडधूप त भयो भयो, भरतीय पक्षले चिनिया पक्षलाई आरोप लगाइदिएपछि केही जटीलता समेत थपिन पुगेको देखिन गयो । यस पटकको गणितिय खेलको शुरुवात भैसकेपछि सबैको ध्यान तान्न समर्थ चौथो ठुलो पार्टीभित्र लाज लाग्दो घटना मात्र देखा पर्नुका साथसाथै भारतीय पक्षले दिएको चुनौती प्रकाशमा आयो । सत्ता समीकरण धरापमा नपरोस भन्नाका खातिर नेका र एमालेले गच्छेदार समूहलाई बहुमत बनाइ आधिकारिक बनाउन आबस्यकताभन्दा धेरै मन्त्रीहरु दिन बाध्य भएको देखिन्छ ।
सर्बोच्च अदालतका न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले प्रधानसेनापति कटवालको उमेर विवादसम्बन्धी मुद्दामा गत वैशाख २३ गते व्यक्तिगत फाइल झिकाउने आदेश गरेको थियो र त्यस आदेशानुसार सर्बोच्चले दुईपटक पत्रमार्फत जङ्गी अड्डालाई ताकेतासमेत गरिसक्ता पनि अझसम्म प्रधानसेनापति कटवालको व्यक्तिगत फाइल सर्बोच्च अदालतमा नपुगेको प्रसंग अहिले ब्यापक रुपमा उठिरहेको छ । यस प्रसंगलाई अहिले बढिरहेको राजनीतिक घटनाक्रमसंग अलग राखेर हेर्नुभन्दा एकार्कामा घनिस्ट रुपमा अन्तरसंबन्धित भएको घटनाकै रुपमा नै हेरिनु पर्ने हुन्छ । किनकि राजनीतिक पार्टीहरुको बिभाजित अवस्थाको भरपूर फायदा कटुवालले लिएको देखिन्छ र यी सब घटनाको संभाबना नेका प्रतिपक्षमा बस्नुको परिणाम मान्न सकिन्छ । कथंकदाचित घटनाहरु अनाबस्यक किसिमले अगाडि बढदै गएर अनुमान गरिएका केही दुर्घटना भएको खण्डमा देशमा ठूलो अनिस्ट हुन सक्छ र त्यस्को लागि जिम्मेवार संबिधान सभाको निर्वाचनपस्चात आफ्नो सीमित स्वार्थको लागि अन्तरिम संबिधानमा गरिएको परिवर्तन नै हुनेछ भन्ने कुरामा संदेह छैन ।
यसरी के स्पस्ट हुन्छ भने मुखले संधै देश र जनताको लागि भनेर रटेर कहिल्यै नथाक्नेहरुले व्याबहारिक रुपमा देश र जनताको लागि कहिल्यै सोच्नै सकेनन र संधै जतिसुकै निर्लज्जतालाई स्वीकार्न परे पनि कुर्सी नै उनीहरुको लागि सर्बाधिक महत्वको बिषय बन्न पुग्यो । जनताले दिएको पाठलाई पनि अंगीकार गर्न सकेनन बरु अझै जनतालाई नीतिगत रुपमा आँट गर्न नसके पनि व्याबहारिक रुपमा भने अस्तित्वहीन ठानी आँफैलाई सर्ब शक्तिमान ठान्ने पुरानै सोंचले ग्रस्त छन नेता र पार्टीहरु – दिनानुदिन देखा परेका घटनाहरुले यही प्रमाणित गर्छ । उनीहरुको यस्तै मानसिकताले गणतन्त्र प्राप्ती पछि पनि देशमा देखा पर्ने पुरानै निर्लज्ज प्रa[तिहरुको पुनराa[तिले गर्दा जनता निराश निराश हुन वाध्य छन । त्यो बाध्यता अब के कस्तो रुपमा प्रस्फुटन हुने हो त्यो भने अब हेर्न बाँकी नै छ र संभबत त्यो सकारात्मक परिवर्तन दायक हुनेछ ।
वेलायत जुन, २००९

http://www.nepalarab.com/articles_view.php?id=376

http://www.samudrapari.com/detail.php?article_id=2257&cat_id=5

http://www.facebook.com/note.php?note_id=122543171275

http://www.gorkhaonline.net/literature.php?cid=115

Facebook Note

संकल्प

*रामकुमार श्रेष्ठ

उफ !

दिन निकै बितिसक्ता पनि

हामी त अझै अलमस्तिएछौं –

आफूले आफैलाई नबुझ्ने गरी;

हामी त आफै हराइ सकेछौं

आफ्नो पहिचान नै गुमाउने गरी ।

समय त आखिर समय न हो

आफ्नो गति लिइ छाड्छ;

त्यस्को गति नबुझ्नु त

हाम्रो आफ्नै कमजोरी हो

त्यस्को गतिमा आफू समाहित हुन नसक्नु त

हाम्रो आफ्नै लाचारी हो ।

हेर त –

संगै यात्रा गर्नेहरु मात्र पनि

कहां कहां पुगिसकेछन्

अनि

मानब-मानब बीचको अन्तराललाई निहार त

हामी त मानब मूल्यबाट नै बिाचत भै सकेछौं

तर पनि हामीलाई कति प्यारो हो

हाम्रो आफ्नै आलस्यता;

हामीलाई कति सुन्दर हो

हाम्रो आफ्नै गुड्डी हकाईंहरु;

हामी कति गर्बान्वित हौं

आफ्नै प्रशंसाप्रति

त्यसैले अब त अबिलम्ब

संकल्प गरिहाल्नु पर्छ

भोलि भोलिको कुसंस्कार तोडेर

हाम्रा यी कुलतहरुलाई तिलाजलि दिदैं

अबिरल कठोर यात्रा शुरु गर्न

बिहानको झुल्के घाममा त

हामीले निकै दूरी तय गरी सक्नु पर्नेछ

र धेरैलाई उठाइ सक्नु पर्नेछ

एक्काइसौं शताब्दी अनुरुपको

उद्धेस्य पुरा गर्न

हाम्रो साथ दिनु भनेर ।

http://www.khasskhass.com/sankalpa.htm

एउटा आत्मा कहानि

*रामकुमार श्रेष्ठ

कामै भए पनि ए साथी हो

सुन न त एउटा आत्मा कहानि

गाइजात्रै गाइजात्रामा एउटा थपनि।

कसैले भनेन-

हिमाल तिम्रो हातबाट गुम्छ,

पहाड तिम्रो हातबाट गुम्छ,

तर ढुक्कसँग भनिदिएँ

अति गर्बसाथ हुँकारीदिएँ-

तराइ तिम्रो हातबाट गुम्छ-

कस्को छ यस्तो स्वच्छ अनि निस्कलंकित मन,

भित्र जे छ त्यही बोलिदिएँ,

मनको कुरा खोलिदिएँ-

राजदूत् होइन मन्त्री हुँ त

केको कुटनीति, भने भन्छन यसलाई सूदनीति !

लाज कस्ले केको लागि मान्ने यहाँ,

भ्रस्टाचार गर्नु गरेर पनि फुर्ति लगाउने ठाउँमा,

रातो पासपोर्ट बेचेर पनि शानको जीबन बिताउने गाउँमा,

पुरुष भएर सुत्केरी भत्ता खाएँ त के भो ?

लाटा सुधा जनताले बारम्बार पत्याएकै हो।

भाषाको तौर तरीका किन याहाँ

कुरोको चुरो चाहिन्छ जाहाँ,

बिरोधको लागि बिरोध गर्नु पो थियो -

चर्किरहेको बिबाद सेना समायोजनको,

बोल्न हुने नहुने थाहा के मलाई -

ओकलिदिएँ अन्तर्कुनामा लुकिरहेको थियो जो ।

गोर्बाच्योभले त शान्ति नोबेल पुरस्कार पाए,

मैले भने कठै बरा त्यो चिताउने कसरी हाय,

मैले जे बोलें त्यो पुरा भए पनि लछार्पाटो लाउन त सकिन्छ नै के र ?

कुर्सी ओगटिरहने सूत्राधार मात्र नभए होला त अरु के र ?

http://www.shrijana.com/000/?p=904

युगान्तकारी युद्ध

*रामकुमार श्रेष्ठ

cheet

युद्ध लडिरहेका छौ रे तिमी

देशमा आमूल परिवर्तन ल्याउन,

युद्धस्तरमा लाग्ने योद्धाको रुपमा चिनाउन,

तर तिम्रो यो कस्तो युद्ध हो कुन्नि ?

न कसैले कुनै परिवर्तनको अनुभूति नै गर्न पाउने,

न समाज परिवर्तनका कुनै सम्यन्त्र नै कसैले देख्न पाउने,

खैर केही छैन

परिवर्तनको अनुभब त तिमीले गरेका नै छौ,

अनि तिम्रा आफन्त, साथी-भाइ र आसेपासेले गरेका नै छन -

अरुले गरे नातावाद, कृपावाद, अन्याय, अत्याचार, भ्रष्टाचार

आफूले गरे बिकासको सूत्राधार -

शायद यही त होला तिम्रो युगान्तकारी परिवर्तनको परिभाषा

जुन तिमी दिने गर्थ्यौ

र आशाको त्यान्द्रो झुन्ड्याउदै

ठूलो समूह तिम्रो साथ दिदै पछि-पछि लाग्थे,

तर बिचराहरु खुइय: सुस्केरा हाल्छन पस्चाताप गर्दै आज -

उनीहरुको लागि त पुरानै घाऊ बल्झिरहेछ

पुन: पुन: दोहोरिएर पुरानै डरलाग्दो ईतिहास ।

युगान्तकारी परिबर्तनपछि त

देश शान्त हुनु पर्ने हो

आँधि हुरिपछिको स्वच्छ रमाइलो बातावरण जस्तै,

जनताहरु खुलस्त रमाउन सक्नु पर्ने हो

केटाकेटी अभिभाबकको मायामा रमाए जस्तै,

भाषण र आस्वासन खाँदा खाँदा

सुकेनासको महामारिको चपेटामा परेका जनताहरु

अब त बिकास खाएर निरोगी हुन पाउनु पर्ने हो,

भरपर्दो भाबिस्यसंगै निर्धक्क सुत्न पाउनु पर्ने हो

तर ख्वै ? के हो यो ?

सपना जस्तै लाग्ने बारम्बारका तथाकथित यी परिवर्तन

किन आइरहन्छन हामीलाई जिस्काउन ?

अब त हामीले गीता हात हातमा लिनु पर्‍यो -

महाभारतका कथा सुनाउदै

सही नयाँ नयाँ योद्धा जन्माउन,

जस्ले अर्जुनको जस्तो युगान्तकारी युद्ध लडन सकोस

समाजको लागि आवश्यकतानुसार

पितालाई पिताको रुपमा

अनि गुरुलाई गुरुको रुपमा दण्डवत गर्दै

धर्म रक्षाको लागि बाण चलाऊने आट गर्न सकोस,

नत्र त केटाकेटिको जस्तै

ख्याल-ख्यालको अर्थहीन वेहुला कति पटक फेर्ने ?

बिरालाले बच्चा सार्दै सिर्जना गर्ने छिन छिनको घर जस्तै

नपुंसक नालायक मान्छे मात्र कति फेर्ने?

त्यसैले अब त अर्जुन जन्माउने अभियानमा लाग्नु पर्‍यो

जस्ले युगान्तकारी युद्ध लडोस

र नयाँ युगको सूत्रपात गरोस्

जहाँ सबै

युद्धबाट फर्किएको श्रीमानको काखमा

श्रीमती भाब्-बिभोर हुँदै लुटपुटिए जस्तै

लुटपुटिन सकुन,

हराउन सकुन,

नझस्किकन ढुक्कसँग सुत्न सकुन ।

Published in www.shrijana.com on 16/10/2008 Link: http://www.shrijana.com/000/?p=606

देवता

*रामकुमार श्रेष्ठ

ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता

सवै नै चाहन्छन् त गर्छ के एउटा ।

जाने चुनाब पनि देवता हो रे वाद पनि देवता

नेता जति जनता भए जनता जति नेता ।

घाम पनि देवता हो रे जुन पनि देवता

देश उँभो लाग्दैन नि भ्रष्टाचारी फेर्दा ।

पानी पनि देवता हो रे हावा पनि देवता

जनता आफै बुझ्ने भए नेता खान्छन् कावा ।

धूलो पनि देवता हो रे माटो पनि देवता

अझै पनि गल्ती ढाक्ने धुत्र्याईं त्यागि देऊ नेता ।

देश नै आमा हो रे अनि हो रे देवता

इतिहासले धिक्कार्छ है नटुक्र्याउ यस्लाई नेता ।

मन पनि देवता हो रे भावना नि देवता

भाषणले बिगि्रसक्यो कर्म गर नेता ।

जताततै देवतै देवता ख्वै देखिन्न नि एउटा

सत्कर्मले जन्माउँछ रे जताततै देवता ।

२३ मइ २००८

Published link: http://www.khasskhass.com/devata.htm

मस्कोदेखि बेइजिङसम्म

(बिपरीत गोलार्ध – 2)

*रामकुमार श्रेष्ठ

आफ्नो इन्जिनियरिङ्ग अध्ययन सकाएर स्वदेश फर्कन पर्ने बेला भएको र चीन समाजबादी देश भएको कारण तात्कालिन परिस्थिति अनुसार नेपालबाट चीन सामान्य अवस्थामा जान संभब नभएकोले बिस्वका सात आस्चर्यमध्यका एक The Great Wall हेर्ने इच्छा पुरा गर्नका खातिर जसरी पनि चीन जाने निर्णय गरेको थिएँ धेरै यूरोपेली मुलुकहरुको यात्रा गरिसकेकोले । यो कुरा हो १९९१ को । चीन भर्खर भर्खर बिस्वको लागि खुला गरिएको र मस्को – बेइजिङ ट्रेन हप्तामा २ वटा मात्र भएकोले मस्कोबाट बेइजिङ जाने टिकट हात पार्नु निकै कठीन काम थियो त्यस बेला यूरोपेलीहरुको लागि अति चल्तिको रुट भएकोले । बिहान सबेरैदेखि टिकटको लागि धाउँदा पनि कैयौं दिनसम्म टिकट हात पार्न नसकेपछि बढी पैसा तिरेर (५० अमेरिकी डलर) एकतर्फी यात्राको लागि एक हप्ता लाग्ने सो यात्राको दुई तर्फी टिकट् हात पारें झण्डै दुई महिनापछिको यात्राको लागि । बढी पैसा तिरेर पनि त्यति सस्तोमा त्यति लामो यात्राको टिकट हात पारेको सुन्दा सबैलाई अच्चम्म लाग्न सक्छ, तर त्यस बेलाको रुसमा हरेक कुरा यति सस्ता हुन्थे कि जसबारे बर्णन गर्ने हो भने बूढा बूढीहरुले उनीहरुको समयको बर्णन गर्दा हामीलाई कथा लागे जस्तै लाग्न सक्छ अन्य ब्यक्तिहरुको लागि । बिपरीत गोलार्ध – १ को यात्रा उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फको थियो भने यस यात्राको बिशेषता हुनेछ - पश्चिमी गोलार्धबाट पूर्बी गोलार्धको यात्रा ।

मस्कोदेखि बेइजिङ्सम्मको यात्राको समयमा रुसमा भएको घटनाको ऐतिहासिक महत्व रुसको लागि मात्र नभएर बिस्वकै लागि ठूलो छ । मेरो यात्रा शुरु हुने दिन थियो २० अगस्ट, तर १९ अगस्टमा तात्कालिन कट्टरपन्थी रुसी कम्युनिस्टहरुले क्रिमिआमा बिदा मनाइरहेका तात्कालिन रुसी रास्ट्रपति मिखाइल गोर्बाच्योभलाई अपदस्त गरी शाशनको बागडोर आफ्नो हातमा लिएका थिए । केजिबी र पुलिसका प्रमुख लगायत ८ जनाको समूहले देशलाई राष्ट्रिय दुर्घटनाबाट जोगाउन भनी उक्त कदम चालेका थिए । उक्त दिन बिहान सात बजेदेखि रेडियो र टेलिभिजनहरुले मिखाइल गोर्बाच्योभ शारीरिक अश्वस्थताको कारण राष्ट्रपतीय दायित्व बहन गर्न असमर्थ भएको खबर प्रसारण गरिरहेका थिए । रेडियो र टेलिभिजनहरुले मनोरन्जनका सामाग्रीहरु बन्द जस्तै गरेका थिए भने क्लासिकल संगीत र समाचारहरु मात्र प्रसारण गरिरहेका थिए । कट्टरपन्थीहरुले बोरिस यल्त्सिनलाई उन्को १७ अगस्टको काजाकस्तानको भ्रमणको बेलामा अथबा त्यस्को लग्गत्तै मस्को नजिकै रहेको उन्को दाचामा कब्जा गर्ने योजना केही कारणबश त्यागिदिए जुन उनीहरुको योजना बिफल हुनुका कारणमध्येको एक थियो । अमेरिकी रास्ट्रपति जर्ज बुश आफ्नो छोटो बिदा नसकाइ बिचैमा ह्वाइट हाउस फर्किए र कुलाई बिकास बाधकको संज्ञा दिए । यत्रतत्र तैनात गरिएका ट्यांकका बाबजुद १९ अगस्टकै बिहानको ९ बजे नै यल्त्सिन रसियन संसद भबनमा आइ इभान सिलाएभ र रुस्लान खस्बुलतोभका साथ मिलेर देशमा असंबैधानिक तत्वहरुबाट कु भएको भन्दै घोषणापत्र जारी गरे र सैनिकलाई त्यसमा सहभागी नहुन आग्रह गर्नुका साथै गोर्बाच्योभलाई जनताको नाममा संबोधन गर्न आग्रह गर्दै हडतालको आह्वान गरे । मस्कोबासीहरु दिउँसोदेखि संसद भबन आइ यसलाई घेराबन्दी गर्नतिर लागेकाले गेन्नाडी एनाएभले दिनको ४ बजे संकटकालको घोषणा गरे भने ५ बजे एउटा प्रेस कन्फेरेन्समा गोर्बाच्योभ देशबासीको नाममा संबोधन गर्न शारीरिक अस्वस्थताका कारण असंभब भएको जीकिर गरे । यता ट्यांक तैनात गर्ने समूहका प्रमुख मेजर एव्डोकिमोभ भने केही लिबरल भैदिएका कारण यल्त्सिन एउटा ट्यांकमा चढेर एकत्रित समूहलाई संबोधन गर्न पुगे जुन घटनालाई बेलुकिको टिभिले प्रसारण गरिदियो ।

भोलिपल्टको यात्राको लागि दिउँसो ओदेस्साबाट मस्को उडन पर्ने थियो, तर केही साथीहरु रुस छाडेपछि फर्कन नपाईन पनि सक्ने संभाबना भएकोले मेरो सो कार्यक्रम रद्द गर्ने सल्लाह दिइरहेका थिए तर पनि आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार जब म बेलुकी मस्को पुगें त राती अबेरसम्म ब्यस्त हुने मस्को साँझको लग्गत्तैपछि नै सुनसान जस्तै देखिन्थ्यो । मेट्रोबाट बाहिर निस्कने बेलामा एकदमै सुनसान जस्तै भएको कारण भित्रभित्रै एक किसिमले डर लागिरहेको कारण छिटोभन्दा छिटो गन्तब्यस्थल पुग्न छिटोछिटो हिडिरहँदा २ जना बूढाबूढी एकदमै दबेको स्वरमा कुरा गरेको सुनेर अलि ढिलो गरी हिंडन थालें । उनीहरु भनिरहेका थिए -”ख्वै के हो के हो, कोही भन्छन नजरबन्दमा छ रे अनि कोही भन्छन मारिसक्यो रे । अब के के हुने होला !” मलाई अडकल काटन कुनै कठिनाइ भएन प्रसंग गोर्बाच्योभको बारेमा चलिरहेको छ भनेर । म फेरि कदम छिटोछिटो चाल्छु त्रासमय बातावरण छोट्याउने अभिप्रायले र केही बेरपछि गन्तब्य स्थानमा पुगेर तयार भइसकेको खाना खाँदै चलेका बिभिन्न हल्लाहरु र अडकलबाजीहरुको कुराकानी गर्दै सुत्छौं अब भोली के के सुन्न र देख्न पर्ने होला त भन्दै ।

२० अगस्टमा के हो के हो ठानी आवश्यकताभन्दा धेरै अघि नै ट्रेन स्टेसन पुगें, तर आफ्नो सीटमा पुगेर बस्ने बित्तिकै भित्र भित्रै कता कता एक हप्ता लाग्ने लामो यात्रामा बाँकी ३ सीटमा नेपाली, अंग्रेजी, हिन्दी र रुसी भाषामध्ये कुनै पनि भाषा बोल्न नसक्ने बिदेशीहरु परिदिएको खण्डमा यात्रा सहज र रमाइलो हुन सक्ने संभाबना नहुने चिन्ताले सताउन थाल्यो । त्यही ट्रेनमा कुनै पनि नेपाली नहुने तर मंगोलिया पुगेपछि भने २ जना परिचित नेपाली मित्रहरु अर्को ट्रेनबाट आएर म चढेको सोही ट्रेनमा यात्रा गर्नु पर्ने जानकारी पाइसकेको थिएँ, तर त्यति बेला यात्राको झन्डै पाचौ दिन भैसकेको हुने थियो । सोंच्दसोंच्दै एउटी अधबैंसे महिला आइपुगिन, बुझ्दा उनी चीनमा रुसी भाषा पढाउन जान लागेकी रहिछिन र उनको नाम थियो तान्या । कुरा गर्दा गर्दै केही छिनमा अर्की अधबैंसे महिला आइपुगिन, जस्को नाम थियो अलबर्टिना । त्यस ट्रेनमा हल्याण्डको ४० जनाको समूह यात्रा गर्दै रहेछ र उनी त्यस समूहकी टोली नेत्री भएकी र उनमा आफ्नो भाषाका अतिरिक्त अंग्रेजी र चिनीया भाषामा राम्रो ज्ञान रहेको जानकारी प्राप्त भयो कुराकानीको सिलसिलामा । केही समयपछि एउटी बूढी चिनीया महिला आइन । यसरी ४ बिभिन्न देशको हामीहरुमध्ये कुनैले केही भन्न खोजेको खण्डमा एकले अर्कोलाई बुझाउँदै सबैको कुरा सबैले बुझ्न बुझाउन सकिने राम्रो अन्तरराष्ट्रिय समूह बन्यो । हाम्रो कम्पार्टमेण्ट ट्रेनको करीब बीचतिर रहेकोले त्यो अर्को फायदा थियो जस्ले गर्दा अति लामो ट्रेनको बीचमा रहने रेस्टुरेण्टमा जान धेरै हिडन नपर्ने भएकोले ।

यात्रा शुरु भयो र यात्रा शुरु भएकोमा ताली र सिट्ठीबाट अनुमान गर्न सकिन्थ्यो सबै कति खुशी थिए भनेर । यात्राको रमाइलो हुँदाहुँदै पनि सबैको ध्यान रुसमा भएको तात्कालिन परिबर्तनबाट टांढिन सकिरहेको थिएन । रेडियो हुनेहरु समाचारहरु नियमित सुन्ने गर्थे भने रेडियो हुनेसंग नहुनेहरु समाचार अपडेट गर्ने गर्थे । ट्रेनको गतिको कारण रेडियो सुन्नमा कठीनाइ उत्पन्न हुने भएकोले रोकिनुपर्ने स्टेशनमा १०-१५ मिनटको लागि रोकिंदा रेडियो हुनेको वरिपरि बसेर समाचार सुन्न सकभर कोही चुक्थेनन । मेजर एव्डोकिमोभ केही लिबरल भैदिएका कारण २० अगस्टको मध्यान्हतिर उनलाई त्यहाबाट हटाएर यानाएभले जनरल कालिनिन नियुक्त गरे सो प्रयोजनको लागि जस्ले २० अगस्टको रातको ११ बजेदेखि बिहानको ५ बजेसम्म्को लागि कर्फु जारी गरे । संसद भबन घेरिराख्ने प्रदर्शनकारी बिरुद्ध ट्यांक र हेलिकप्टरद्वारा आक्रमण गर्ने योजना बन्दा यस्ले रक्तपात निम्त्याउने भएकोले असंभब भनी बिबाद देखा परे पनि बिहान २ बजे आक्रमण गर्ने योजना तयार भयो तर योजना मुताबिक टुकडिहरु सन्चालन गरिएनन बरु गोर्बाच्योभसंग संझौता गर्ने भनी बिहान ५ बजे उनलाई भेटन प्रतिनिधि मण्डल क्रिमिया पुगे । तर गोर्बाच्योभले उनीहरुलाई भेट गरेनन बरु सत्तामा फर्किए र कुमा संलग्न १ जनाले आत्महत्या गरेकाले बाँकी ७ जनालाई गिरफ्तार गरे । यसरी ३ दिन भित्रै उक्त कुको अन्त्य भयो ।

मंगोलिया हुँदै मस्कोबाट बेइजिङ पुग्दा करीब ६५५२ कि मि दूरी तय गरिने रहेछ । वास्तबमा यो कुनै नयाँ बनेको रुट नभएर यो त १८९१ मा नै शुरु गरी ९०००० भन्दा बढी कामदार प्रयोग गरेर मस्कोदेखि भ्लादिभोस्टकसम्म करीब ६००० माइल दूरीको रेलमार्ग बनाइएको रहेछ १४ बर्ष लगाएर । मस्कोदेखि बेइजिङ्सम्मको यात्राको क्रममा बीचमा ३ महत्वपूर्ण स्थानहरु पार गरिन्छ : साइबेरियाको इर्कुत्स्क ; बिस्वकै सबभन्दा पुरानो, सबभन्दा गहिरो र सबभन्दा स्वच्छ पानी भएको ताल बैकाल र मँगोलियाको राजधानि उलान बाटोर । रुसको चारको समयमा सबभन्दा कढा सजाय दिन साइबेरिया लगेर छाडिदिने प्रचलन थियो भने अहिले त्यही साइबेरिया सम्मुन्नत साइबेरियाको रुपमा खडा थियो । त्यस ठाउँमा पुग्दा मनमनै सोचेको थिएँ “बिस्वमा आफ्नो साम्राज्य फैलाउन सफल ब्रिटिशलाई हराएको ईतिहास बोके पनि बिकासले संधै ठगिदै आएको मेरो देशले पनि अब साइबेरियाले जस्तै छिट्टै काँचुली फेर्नेछ प्रजातन्त्रको पुनर्स्थापना भएकोले।” आज १७ बर्षपछि यी पंक्तिहरु लेख्दा आफ्नो सो सोंच र नेपालीको सपनालाई साकार रुप दिन असक्षम नेताहरुद्धारा निर्लज्जता पूर्वक प्रदर्शित “आँफै बोक्सी आँफै धामी” गाइजात्रा हेर्न बिबस छु । थाहा छैन भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि कहिलेसम्म ढुक्कसंग सुत्ने अनि गोपाल प्रसाद रिमालको एक युगको सो एक दिनलाई कहिलेसम्म सपना देख्दै बस्ने हुन नेपालीहरु ? चित्त बुझाउन सकारात्मक सोंचलाई पाल्दै नकारात्मक परिणामलाई कहिलेसम्म भोग्न पर्ने हो नेपालीहरुले – बिकल्प समाप्त भैसकेको नै हो त भन्दै ?

त्यस ट्रेनमा म बसेको कम्पार्टमेण्ट नजिकैका कम्पार्टमेण्टहरु हल्याण्डका ग्रुप र १८ बर्ष मुनिका चिनीया केटीहरुले भरिएको महसूस हुन्थ्यो जताततै उनीहरु मात्र देख्न र भेटन पर्दा । १८ बर्ष मुनिका केटीहरुको अन्तरराष्ट्रिय खेलमा सहभागी भएर फर्किएका रहेछन उनीहरु । कतिपय अङ्रेजी भाषा सिक्नको लागि नजिकिन खोजेको पाइन्थ्यो । यात्राबधि भरिमा मेरो सबभन्दा नजिकको मित्र बन्न पुगे हल्याण्डका Acoustic Engineer पिटर हान । अग्लो, साधारण, भद्र र केही हदसम्म लज्जालु स्वभाबका पिटरसंग लामो समयसम्म पत्राचार हुने गर्थ्यो । केयर नेपालको प्रोजेक्ट मैनेजर भएर अफिसियल कामको सिलसिलामा मेरी श्रीमती डेनमार्क गएकी बेलामा उ नेपाल आएको र उस्को पूर्व निर्धारित कार्यक्रमको प्रकृतिले गर्दा समयाभाब समेत देखिएकोले आफूकहाँ लिएर जानुको सट्टा ठमेलमा नै एक दिन संगै डिनर गरें । समूहमा आएकोले घुमाउने काममा खासै सहयोग गर्न नपरे तापनि उस्को पूर्व निर्धारित कार्यक्रममा नपरेका केही स्थानमा लिएर जान्थें समय ब्यबस्था गर्न सकिएको खण्डमा । नेपालबाट फर्केपछि पनि उ संपर्कमा रही रह्यो उस्को आमाको क्यान्सरले मृत्‍यु नभएसम्म । त्यस बेला इमेलको शुरुवात भै नसकेकोले ती भद्र मित्रसंगको संबन्ध बिच्छेद भयो संभबत आमाको मृत्‍युले लामो समय उनी शोकमा परेको र ठेगाना परिवर्तन गर्दा मेरो ठेगाना समेत कारणबश गुमाउन पुगेर हो कि !

ट्रेन उलान बाटरमा केही समय रोकिएर हिंडेको करीब एक घण्टापछि मस्कोबाट अर्को ट्रेनमा आइ त्यहाँबाट त्यस ट्रेनमा चढेका राजेन्द्र र राजन मलाई खोज्दै मकहाँ आइपुगे । केही बेरको कुराकानीपछि संगै उनीहरु बसेको ठाउँमा गयौं । त्यहाँ एकजना मंगोलियन भेट भयो जो बेइजिङमा पढदै रहेछन । उनी राम्ररी रुसी भाषा बोल्न सक्ने भएकाले हामीहरु बीच कुराकानी गर्न कुनै समस्या भएन । कुराकानीबाट थाहा लाग्यो कि उ मंगोलियाको ख्यातिप्राप्त संगीतकार रहेछन । उसैबाट हामीले बेइजिङबारे आबस्यक धेरै जानकारी प्राप्त गर्यौं भने ध्यान दिनु पर्ने र होसियार हुनु पर्ने कुराहरु पनि ।

ट्रेन चीनको सिमा प्रबेश गर्ने बित्तिकै रोकियो । कारण रहेछ रुस र मँगोलियाको तुलनामा चीनको ट्रेन लीग सानो भएको कारण पांग्रा फेर्न पर्ने । ट्रेन निकै लामो भएको कारण निकै समय लाग्ला भनेको त ट्रेनलाई बिभिन्न भागमा टुक्र्याएर करीब ३ घण्टा भित्रै संपूर्ण काम सकियो ।

बिना भिषाको यात्रा

चीन प्रबेश लगत्तै भिषा चेकिङ शुरु भयो, तर तान्याको भिषा देखिएन । म र अलबर्टिनाले तान्या चीनमा रुसी भाषा सिकाउन आएको कुरा बताइदियौं संबन्धित अधिकारी समक्ष्य । तिनले आफूसंग भएका त्यस संबन्धी संपूर्ण कागज पत्रहरु देखाइ दिइन । उक्त चिनीया गएर अर्को चिनीयासंग फेरी आयो । केही बेरको कुराकानीपछि उनीहरुले तान्याको पासपोर्ट लिएर गएकाले उनी आत्तिन थाली । भिषाको लागि तिनले कुनै पनि प्रकृया गरेकै रहिनछ र त्यसबारे उनी पूर्ण रुपले अनभिज्ञ रहिछिन । हामीलाई मंगोलियन मित्रले ट्रेनको अन्तिम यात्रासम्म यात्रा नगरी उसंगै बीचमै उत्रन सल्लाहा दिएकोले हामी उसंगै बीचैमा उत्रिएकोले तान्याको समस्या के कसरी समाधान गरियो वा गरिएन केही थाहा हुन सकेन ।

नेपाल कुन चरोको नाम हो?

सानो छँदा पढने गरिन्थ्यो: “नेपाल बुद्ध र सगरमाथाको देश भनेर संसारभर प्रसिद्ध छ ।” तर “जहाँ जानु बारी कर्कलाको घारी” भने झैं जत्ति देश घुमिए पनि हरेक ठाउँमा आफुलाई नेपाली भनेर चिनाउन खोज्यो केही निस्चित स्थानमा बाहेक नेपाललाई चिनाउन बाबुको बिहे देख्नु पर्ने । जस्तो धेरै नेपाली बिद्यार्थी भएको ठाउँमा उनीहरुले हासिल गर्ने राम्रो परिणामको कारण नेपाल भनेपछि सबैले सहजै चिन्छन । नेपाललाई चिनाउन अलि सजिलो दरबार हत्याकाण्ड र माओबादी गतिबिधीपछि भएको देखिन्छ । यसरी अधिकांश ठाउँमा नेपाल अपरिचित रहनुमा २ वटा कारण प्रमुख रुपमा देखिन्छन – पहिलो आन्तरिक र दोस्रो बाह्य । आन्तरिक कारणमा देशमा “अरुले तपाईं भनोस नभनोस आफैं मपाइं” भन्ने तर सिन्को भाँच्न नसक्ने अनि अरुले केही गर्न खोजे पनि आफ्नो अस्तित्व समाप्त हुने ठानी केही गर्न नै नदिने बातावरण तयार गर्ने प्रब्रित्तिका असक्षम नेताहरु जस्ले गर्दा देश कहिल्यै अगाडि बढन नसकी बिस्व रंगमन्चमा अस्तित्वहीन जस्तै हुनु र बाह्य कारणमा भारतीय नीति जस्ले नेपाललाई संधै स्वाभिमानपूर्वक अगाडि बढन बिभिन्न तबरबाट ब्यबधान खडा गरी आफ्नो कठपुतली जस्तो बनाइ राख्न खोज्नु । उदाहरणको लागि अन्तरराष्ट्रिय पत्रिका टाईम्सले बुद्धलाई भारतीयहरुले आफ्नो भनी प्रमाणित गर्न गरेको अनेकौं दुस्प्रयासको खण्डन गर्दा समेत उनीहरु उही गलत कुरालाई सही प्रमाणित गर्ने कामबाट पछाडि हटेको पाइन्न । अर्को ज्वलन्त उदाहरण हो पशुपतिको पूजारी प्रकरण । भारतीयहरुले के गर्छ त्यो बच्चा बच्चालाई थाहा छ । पशुपतिको पूजारिको बिषयमा भारतीयहरुको जुन किसिमको प्रतिकृया आयो उनीहरुको नीति अनुरुप न त कुनै अनौठो हो न त अस्वाभाबिक नै, तर देशको बर्तमान तरल अवस्थामा त्यति संबेदनशील कुरामा सोच बिचारै नगरी होमा हो मिलाएर भारतलाई दुलाहा बनाउँदै आफू जन्ती बन्नु के स्वाभिमानी, परिपक्क र बुद्धिमानी निर्णय मान्न सकिएला त ? सिमाना चेपिदा, कैयौं ठूला ठूला भ्रस्टाचार अथबा त्यस्तै अन्या कुरामा चुक्क नबोल्नेहरु भारतीयको सट्टा नेपाली पूजारी राख्ने निर्णय गर्दा त्यत्रो टाउको किन र कसरी दुख्न पुग्यो होला त नेता महोदयहरुको ? अधिकारको प्रयोग दुरुपयोगको रुपमा मात्र गर्न माहिर भएकाहरुबाट के आधारमा कहिले कर्तब्यपरायणताको अपेक्षा गरेर देश सही दिशातिर जाला भन्ने कल्पना नेपालीहरुले गर्ने हो पत्तो छैन । धेरै हदसम्म यस्तो परिणामप्रति आफूलाई जन्ती बनाउँदै नेताहरुलाई बेहुला बनाउने जनता पनि जिम्मेवार देखिन्छन । अस्तित्वहीन नेताहरुलाई नंग्याउनुभन्दा उनीहरुको कार्यकर्ता बनिदिएपछि उनीहरु झनझन हौसिनु कुन अनौठो कुरो भयो र ? कार्यकर्ता नभएर जनता बन्ने संस्कृतिको बिकास नभएसम्म हाम्रो जस्तो धेरै गर्न बाँकी अति कम बिकसित देशमा कहिल्यै पनि केही हुने सक्ने आशा गर्न सकिन्न । राष्ट्रबादी निर्णयमा प्रकृयागत त्रुटी भयो त राष्ट्रबादी निर्णयकै खिलाफ फेरी अर्को निर्णय गर्न बाध्य बनाएर कस्ले कुन ठूलो स्याबासी दिनु पर्ने र गर्ब गर्नु पर्ने महान काम गरेको देखियो ? के आजसम्म कुनै नेताले यो प्रकृयागत त्रुटीको तुलनामा अन्य ठूलो गल्ती नै गरेका छैनन ? के हरेक कुरामा सबै पार्टीको राय सल्लाह लिदै सबैको चित्त बुझाउंदै निर्णय गर्ने हो भने देश अगाडि बढन सक्ला त ? एक दिन अबस्य पनि मर्नु पर्छ भन्ने कुरालाई मनन गर्दै आँखा चिम्लेर केही समय चोर औंला आफूतिर नठड्याएसम्म यी प्रस्नहरुको सही जबाफ पनि पाउन सक्तैन कसैले पनि । जे होस यस यात्रामा समेत आफूलाई नेपाली भनेर चिनाउन बिभिन्न बिदेशिहरु र यतिसम्म कि कैयौं चिनीयाहरुलाई समेत बुताले भ्याउन्जेलसम्म प्रयास गर्दा पनि कहिलेकांही असमर्थ हुनुपर्दा कति हीनताबोध हुन्थ्यो होला – “खुकुरीको मार अचानोलाई नै थाहा हुन्छ ।”

ग्रेट वाल

चीन प्रबेश गरेको केही समयपछि ट्रेन रोकियो केही समयको लागि, कारण रहेछ त्यस ठाउँबाट ग्रेट वाल एकदमै नजिक पर्ने भएकोले कथंकदाचित यदि कसैले समयाभाबको कारण ग्रेट वाल जाने समय जुटाउन नसकेको खण्डमा त्यही अबसरबाट पनि चित्त बुझाउन सक्ने भयो । सबैले हतार हतार आ-आफ्नो क्यामरालाई काम दिन थाले । पहिल्यै यसबारे थाहा पाउनेहरु दगुरेर ग्रेट वाल नै पनि पुग्न भ्याए । हामीहरु २ हप्ता चीन बस्ने योजना भएकोले त्यस्तरी हतारिनु पर्ने पनि थिएन । चीन गएर जो ग्रेट वाल जाँदैन उस्ले चीन घुमेको भनेर भन्न मिल्दैन भन्ने एउटा भनाइ रहेछ त्याँहा । वास्तबमै पूर्वको शांघाइगुआनदेखि पस्चिमको लोप नुरसम्म फैलिएको ६७०० किमी (४१६० माइल)भन्दा बढी लामो संसारकै ७ आस्चर्यमध्यकै एक र बिस्व इतिहासमा नै महत्व राख्ने ग्रेट वाल जाने मौका चीन नै गैसकेको कुन यात्रीले पो चुकाउला र !

ग्रेट वाल एक्कै पटकमा बनाएको नभएर यस्का कतिपय भागहरु इ पू ५ औं शताब्दीमा बनाउन शुरु गरिएका थिए र ती बिभिन्न प्रान्तहरुको सुरक्षाको अभिप्रायले बिभिन्न समयमा बनाइएका थिए । चीनको एकीकरणपछि सम्राट क्विन शिहुआङले उत्तरतिरबाट हुने आक्रमणबाट जोगिने अभिप्रायले बिभिन्न समयमा बनाइएका बिभिन्न पर्खालहरुलाई एउटै बनाएर ग्रेट वालको रुप दिए । निर्माण र पुनर्निर्माण गरी इ पू ५ औं शताब्दीमा बनाउन शुरु गरी १६ औं शताब्दीसम्म सो

The Great Wall The Great Wall2

कार्य जारी रह्यो । शताब्दीयौं लामो निर्माण परियोजनाको प्रकृयामा २-३ मिलियन चिनियाहरु मरेको अनुमान गरिन्छ र अधिकांश खण्ड मिङ शासन कालमा बनाइएको थियो र उनको शासन कालमा झन्डै १ मिलियनले ग्रेट वालमा सुरक्षा दिए ।

नयाँ नेपालीलाई स्वागत गर्दै बस्दै

पुगेको पहिलो दिन हामी तिनै जना होटलमा बस्यौं र भोलिपल्ट मंगोलियन मित्रलाई भेटन गयौं उस्कै सल्लाह मुताबिक जस्ले पढाई सकाएर नेपाल जाने बेला भएको एकजना नेपालीसंग भेट गराइदिए । उनकै सल्लाह मुताबिक सोही दिनदेखि उनी बसेकै होस्टलमा बस्ने गरी आयौं । केही दिनदेखि धमाधम नेपाली बिद्यार्थीहरू नेपालबाट आउने क्रम शुरु भयो – पहिलो समूहमा एमबिबिएसका लागि सुबोध, अनुपमा, सुनिता, रस्मी आदि आए । उनीहरु नेपालबाट आउन्जेल हामी बेइजिङ्संग केही हदसम्म परिचित हुन थालिसकेकोले नयाँ आउनेहरुलाई घुमाउने काममा समेत लाग्थ्यौं आफूहरु पनि घुम्दै । बेइजिङ छाडने बेलासम्ममा नीजि खर्चमा पढन आउने झन्डै ४० जना नेपाली बिद्यार्थीहरुलाई स्वागत गर्न पाइयो । सबैसंग राम्रो संबन्ध हुंदाहुंदै पनि पहिलो समूहमा आउने सुबोध, सुनिता र अनुपमा मेरो अति निकटमा रहन्थे भने सुनिताको निकट रहेको कारण अमेरिकाको टेड, टेडसंग नजिक रहेको कारण मकाउकी ताचियाना र सुबोधकी दिदी भएकी कारण अध्ययनको अन्तिम तयारीमा रहेकी डा उर्मिला मसंग संधै नजिक रहने साथीहरु थिए । ताचियाना नजिक हुनुको अर्को कारण थियो उन्की आमा रुसी भएकीले उनी केही हदसम्म रुसी भाषा बोल्न सक्नु । घुमिफिरी रुम्जाटार भने झैं मेरो छोरो जन्मदा डा उर्मिला प्रसुतिग्रिहमा र छोरी जन्मदा अनुपमा डा को रुपमा कान्ती अस्पतालमा भेट हुन पुगे भने डा को रुपमा नै भेट नभए पनि सुबोधसंग धेरै भेटघाट भैरहन्थ्यो । खोजनिमा नभए पनि सोधनीमा भने सीमित रहिन सुनिता टेडसंग बिहे गरेर अमेरिका गएकीले ।

नामै पनि बिग्रने

संधै नबागन्तुक र कहिलेकांही पुराना नेपाली साथीहरुलाई समेत साथमा लिएर घुम्न जाने गरेकोमा नबागन्तुकहरुको पढाई शुरु भएको दिन आफ्नै किसिमले घुमेर फर्कदा होस्टलमा आइपुग्ने बेलाको पार्क नजिकै रहेको अर्को होस्टलबाट निस्कदै गरेकी एकजनाले त्यत्तिकै मलाई लक्षित गरेर “नि हाउ” (चिनीया भाषामा गरिने अभिबादन) भनिन । परिचयको क्रममा थाहा लाग्यो कि उनको नाम लि थियो र उनको उद्धेस्य थियो अंग्रेजी भर्खर सिक्न थालेकीले मबाट अरु बढी अंग्रेजी सिक्नु । मैले आफ्नो नाम रामकुमार बताएँ , तर उस्ले लामकुमाल भनिन । धेरै चोटि दोहोर्याउन लगाउँदा पनि लामकुमालबाट रामकुमार हुन सकेन । त्यसपछि कुमार हटाएर राम मात्र भन्न लगाएँ, तर पनि लाम राममा परिवर्तन हुन सकेन । धेरै अरु उदाहरण प्रस्तुत गरें र भएको शब्दको एक एक अक्षर गर्दै रा भन्न लगाएँ, तर हात लाग्यो शून्य । सार्है गोबर गणेश नै रहिछ भनेर मनमनै गाली गरें र धेरै त्यहाँ बसे ज्वरो नै आउँला भन्ने डरले आज धेरै थकाई लागेकोले भोली भेटौं भनी छुट्टीएँ । होस्टलमा पुग्ने बित्तिकै नेपालीहरु जमघट गरेर कुराकानी गरिरहेको पाएँ – त्यसबेला प्रसंग चलिरहेको रहेछ रस्मी अमात्य (तुलसिलाल अमात्यकी छोरी) को । म पुग्ने बित्तिकै सुनिताले चिनियाहरुले र नभन्ने भएकोले रस्मीको नाम लस्मीमा परिवर्तन भएकोले आज रस्मीको मूड बिग्रिएको कुरा बताइन । म आवश्यकताभन्दा अलिक बढी हाँसेको देखेर सबै अकमकिए, किनकि एकापसमा सबैको आनिबानी करीब करीब थाहा भैसकेको थियो । जब मैले त्यहाँ आइपुग्नु अगाडिको घटना सुनाएँ त हास्ने पालो थियो अब अरुको ।

एउटै देशमा २ किसिमका मुद्रा

चीन पुगेपछि बैंक गएर १०० डलर सांटदा त्यस बेलाको दर अनुसार करीब ५५० युयान हात परेको थियो भने १०० डलर बैंक बाहिर पनि सांटेको थिएँ जसबाट बैंकमाभन्दा बढी पाएको थिएँ । पसलहरुमा सामान्यत केटीहरु बसेको पाइन्थ्यो र एउटै पसलमा पनि एउटासंग किन्न खोज्दा अर्कोले आफूकहाँ आइदेओस भन्ने किसिमले बोलाइरहेको पाइन्थ्यो । मंगोलियन मित्रले पहिले नै सिकाइसकेको थियो कि सामान किन्दा एकदमै मोलिमोलाउ गर्नु पर्छ र सामान पनि राम्रोसंग हेर्नु पर्छ भनेर । केही चिनीया शब्दहरु अल्बर्टिनासंग सिकेको थिएँ र तिनै शब्दहरुलाई आबस्यक्तानुसार उपयुक्त ठाउँमा प्रयोग गर्नेभन्दा अरु बिकल्प थिएन । लाटो भाषा बोल्ने र मोलिमोलाउ गर्दा कागजमा अंकमा लेख्न लगाउने र आफूले उनीहरुले भनेकोभन्दा आधाबाट शुरु गर्ने गरिन्थ्यो । उनीहरु बिस्तारै घटदै आउने र हामीहरु बिस्तारै बढदै जाँदा करीब बीचतिर नआइ पुगुन्जेलसम्म यो प्रकृया जारी राखथ्यौं । मूल्य निस्चित गरेपछि पैसा दिंदा सबैले बैंकमा साटेर हात परेको पैसा माग्थे । उक्त पैसा सक्किएपछि मात्र थाहा लाग्यो कि बैंकबाट साटेर प्राप्त भएको पैसा पनि बाहिर साटदा केही बढी पाइने रहेछ र डलर ब्ल्याकमा साटदा र बैंकमा साटेर प्राप्त युयानलाई नै फेरी ब्ल्याकमा साटदा हात पर्ने परिणाम उस्तै हुने रहेछ । यसरी बैंकमा साटेर पाइने चिनीया मुद्रा र सामान्य नागरिकले प्रयोग गर्ने मुद्रा उस्तै देखिने भए तापनी डिजाइन र मूल्यमा केही फरक रहेछ जुन कुराको जानकारी बैंकमा साटिएको पैसा सकिएपछि मात्र थाहा लाग्यो ।

लेनिनपछि माओ शब दर्शन

लेनिन र माओ र उनीहरूले प्रतिपादित गरेका सिद्धान्तहरुलाई मानु नमान्नु एउटा कुरा हो , तर पनि मान्ने नमान्ने सबै उनीहरुको शब हेर्न पुगेको पाईन्छ । लेनिनको शब हेर्न मस्कोमा जहिले पनि घण्टौंको लाममा नबसी उद्धेस्य पुरा गर्न कहिल्यै संभब भएन । घण्टौं बिताएर पनि राम्रोसंग हेर्न नपाईने अर्को समस्या – जब शब राखिएको ठाउँमा प्रबेश गरिन्छ त सुताइएर राखिएको लेनिनको शबलाई हेर्दै बिस्तारै हिडदै गर्नु पर्ने भएकोले । ठानेको थिएँ माओको शब हेर्न पनि त्यसरी नै घन्टौं बिताउनु पर्छ होला, तर जब संबन्धित ठाउँमा पुग्यौं त खासै ठूलो लाम लाग्नु परेन । लेनिन र माओलाई राजनैतिक गुरु मान्नेहरुको लागि त यी दुबैको शब हेर्ने अबसर पाउनु भनेको आस्तिकहरुको लागि आ-आफ्नो आस्थानुसारको ठूलो तिर्थस्थलको दर्शन गरे जस्तै हुन सक्छ भने अन्यको लागि मानब ईतिहासको बिभिन्न काल खण्डको बिशेष परिस्थितिलाई एउटा निर्दिस्ट दिशा दिन सक्षम ब्यक्तिको अध्ययन गर्ने सिलसिलाको एउटा पाटोको अध्ययन गर्ने सुबर्ण अबसर ।

White_pagoda

स्वेत प्यागोडा


China route

Moscow -Beijing Route

अरनिको र स्वेत प्यागोडा

१३ औं शताब्दिमा काठमान्डौँमा जन्मी १२ बर्षको कलिलै उमेरमा तात्कालिन चिनीया बादशाह कुब्लाई खांको निमन्त्रणामा बुद्धिस्ट मन्दिरहरुको लागि प्यागोडा बनाउनका लागि नेपाली कलाकार अरनिको (बलबाहु) चीन गएका थिए र उनलाई जाँच्नको लागि एउटा पुरानो तामाको मूर्ति मरमत गराउन लगाइँदा पहिलाको भन्दा झन राम्रो बनाइदिएकाले सम्राट उनीसंग निकै प्रभाबित भए । उन्ले बनाएको प्रसिद्ध कलाकारिता बेइजिङको मिआओभिङ मन्दिरको स्वेत प्यागोडा अझै पनि देख्न सकिन्छ जसलाई हेर्नको लागि भनेर चीन छाडनु १ दिन अघि मात्र एक्लै हतार हतार जाँदा जाँदै पनि भाषाको समस्याले गर्दा संबन्धित ठाउँमा पुग्दा दिनको ४ भन्दा बढी भैसकेको थियो, तर दुर्भाग्य सो दिन सो प्यागोडा ४ बजे नै बन्द भैसकेको रहेछ । चीनमा मात्र नभएर तिब्बत, इन्डोचाइना, मलाया तथा अन्य ठाउँमा नेपाली आर्किटेक्ट फैलाउन सफल अरनिकोको सो कार्यलाई बाहिर बाहिरबाट हेरिए तापनि सम्बन्धित ठाउँमा नै पुगेर पनि नजिकबाट हेर्न नपाएकोमा खिन्न हुँदै फर्किएँ ।

यूरोपको तुलनामा एशियाली मुलुकहरुको भ्रमण त्यत्तिकै त सस्तो हुने त्यसमाथि होटलको पैसा जोगिने भएपछि त द्रिश्याबलोकनका लागि प्रशस्त स्थानहरु भएकोले हामी ढुक्कसंग बेइजिङ २ हप्ता बस्यौं । त्यसबेला नै पनि यूरोपकै हाराहारीका सुपर मार्केटहरु पाइने भए तापनि अंग्रेजीमा लेखेको कतै पनि नपाईने र अंग्रेजी बोल्नेहरु पनि खासै भेटन नपाईने भएकोले घुम्नको लागि भने असाध्यै अफ्टेरो हुन्थ्यो । मेट्रोहरु चढदा अथबा झर्न पर्दा स्टेशनहरुमा लेखिएका नामसंग नक्सामा लेखिएको नाम चिन्हहरु भिडाएको झैं गरी भिडाउने गर्थौं । समग्रमा २ हप्ताको चीन बसाइ असाध्यै रमाइलो भयो र सो रमाइलो बसाइको अन्त गर्दै २ हप्तापस्चात एउटा एेतिहासिक मोड पार गरेको रुसतर्फ फर्कियौं । फर्कदा भने मेरा अन्य ३ जना साथीहरुमा चिनीया बुढाहरु थिए जसमध्ये १ जना बरिस्ठ अर्थशास्त्री थिए । उनीहरुलाई नेपाल चिनाउन कुनै कठीनाइ भएन । तिनै जना अलि अलि अंग्रेजी बोल्ने भएकोले मलाई ढिलो गरी बोल्न आग्रह गर्थे । उमेरमा धेरै फरक भए तापनि हामी यात्राभरी अति निकटका साथी भएका थियौं । यसरी मस्को-बेइजिङ यात्राको १ महिना अति रमाइलोसंग बिताएर मस्को आइपुग्दा रुसको मुद्राको अबमुल्यन पहिलाभन्दा बढी भैरहेको पाइयो प्रत्येक दिन रुबलको मूल्यमा आएको गिरावटले गर्दा ।

नोट:

१ त्यसबेला खिचिएका फोटोहरु त्यत्ति गुणस्तरयुक्त नभएकाले अनुरोध मुताबिक फोटो उपलब्ध गराएर सहयोग गर्नु हुने नेपाली दूताबास बेइजिङमा कार्यरत कन्सुलर निर्मलजीलाई धन्यवाद,

२ बेइजिङबाट फर्कदा महत्वपूर्ण कुराहरु टिपिएको डायरि हराएको र लामो समय पस्चात सो संस्मरण लेखिएकोले कतिपय कुराहरु संझनाको भरमा लेख्न परेकोले कतिपय कुरामा चाहेर पनि सुक्ष्मतम रुपमा जान संभब नभएकोले त्यसबाट पर्न गएको प्रतिकूल असरप्रति क्षमाप्रार्थी छु ।

Published link: http://www.shrijana.com/000/?p=2648

http://www.samakalinsahitya.com/?show=detail&art_id=1279

http://gaindakot.com.np/article_detail.php?id=995