Saturday, October 9, 2010

माओबादीमा आउने र माओबादीबाट जानेको फेहरिस्त

को-को आए ?

  • २० असोज रिभोल्युसनरी लेफ्ट विङका नेता कृष्ण अधिकारी र नेमकिपाका दुई दर्जन कार्यकर्ता माओवादी प्रवेश । उनले माओवादी त्याग गरी रिभोल्युसनरी लेफ्ट विङ गठन गरेका थिए ।
  • १३ असोज पूर्व शाही मन्त्री राधाकृष्ण मैनाली माओवादीमा प्रवेश ।
  • ४ असोज नवजनवादी मोर्चा नेपालका उपाध्यक्षद्वय कृष्णकुमार राई र दीनानाथ भण्डारीसहित दुई दर्जन नेता-कार्यकर्ता माओवादीमा प्रवेश ।
  • ४ असोज नेकपा एकीकृतका युवा संघका अध्यक्ष उदय राई माओवादीमा प्रवेश ।
  • २७ फागुन ०६६ कांग्रेस नेता एवं पूर्वमन्त्री हरिशंकर परियारलगायतका नेता-कार्यकर्ता माओवादीमा प्रवेश । उनी देउवा सरकारका पाला आवास तथा भौतिक योजना सहायकमन्त्री थिए ।
  • २१ चैत्र ०६६ एकीकृत नेकपा माओवादी र नवराज सुवेदीले नेतृत्व गरेको नेकपा एकीकृतबीच पार्टी एकीकरण, ६ बुँदे एकतापत्रका आधारमा एकता -हाल सुवेदी र लीला थापा पोलिटब्युरो सदस्यमा र अन्य ६ जना नेता केन्द्रीय सदस्य) ।
  • १५ चैत्र ०६६ हर्कबहादुर शाहीले नेतृत्व गरेका नेपाल मजदुर किसान पार्टी विद्रोही र माओवादीबीच एकीकरण । हाल शाही माओवादी केन्द्रीय समिति सदस्य ।
  • २३ साउन ०६६ तमलोपाका नेता रामकुमार शर्मा माओवादीमा प्रवेश । हाल शर्मा माओवादी केन्द्रीय सदस्य ।
  • १४ असार ०६६ एमाले राप्ती अञ्चल कमिटीका सदस्यसमेत रहेका रुकुमका एमाले नेता हस्तबहादुर केसी माओवादीमा प्रवेश । उनी एमालेका तर्फबाट संविधानसभामा समानुपातिकतर्फका उम्मेदवारसमेत थिए । हाल माओवादी केन्द्रीय सल्लाहकार सदस्य ।
  • १९ असार ०६६ नेकपा मसालका बुद्धिजीवी परिषद्का महासचिवसमेत रहेका मसालका नेता हुकुमबहादुर सिंह माओवादीमा प्रवेश । उनले मोहनविक्रम सिंहसँग नजिक रहेर काम गरेका हुन् । उनी हाल माओवादी केन्द्रीय सल्लाहकार सदस्य ।
  • ०६६ जेठ ३१ कलाकार जेवी टुहुरे माओवादीमा प्रवेश । युवराज लामालगायतका सिनेकर्मी पनि माओवादीमा प्रवेश । एमाले कलाकार शम्भु राई पनि माओवादीमा प्रवेश ।
  • ०६६ जेठमा एमाले नेता डा. डिल्लीराज खनाल माओवादीमा प्रवेश । माधव नेपाल प्रधानमन्त्री भएलगत्तै उनी माओवादीमा प्रवेश गरेका थिए । हाल खनाल माओवादी केन्द्रीय सल्लाहकार सदस्य ।
  • ०६६ जेठ २६ टेकबहादुर साहसंकरले नेतृत्व गरेको नेकपा माले क्रान्तिकारी र माओवादीबीच एकता । साहसंकर केन्द्रीय सल्लाहकार सदस्य राम आचार्य र दिनेश पन्थी केन्द्रीय सदस्य ।
  • ०६५ पुस २९ माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाशले नेतृत्व गरेको एकता केन्द मसालबीच पार्टी एकता, नयाँ पार्टीको नाम एकीकृत नेकपा माओवादी -हाल प्रकाश उपाध्यक्ष, दसजना माओवादी पोलिटब्युरो सदस्य) ।
  • २० चैत्र ०६४ मा एमाले नेता एवं पूर्वराजदूत विष्णुहरि शर्मा माओवादीमा प्रवेश -हाल माओवादी केन्द्रीय सल्लाहकार सदस्य) ।
  • ०६४ असोज ७ कृष्णदास श्रेष्ठले नेतृत्व गरेको नेकपा मालेमा केन्द्र र माओवादीबीच एकता -हाल श्रेष्ठ माओवादी केन्द्रीय सल्लाहकार संयोजक) ।
  • ०६३ महासचिव नन्दकुमार प्रसाईंले नेतृत्व गरेको नेकपा मालेमा केन्द्र र माओवादीबीच एकता -प्रसाईं हाल माओवादी केन्द्रीय सदस्य) ।
  • ०६३ भीमबहादुर कडायतले नेतृत्व गरेको लोकतान्त्रिक मञ्च र माओवादीबीच एकता -कडायत हाल माओवादी केन्द्रीय सदस्य) ।
  • ०६३ केशव नेपालले नेतृत्व गरेको नेकपा २००६ र माओवादीबीच एकता -नेपाल हाल माओवादी केन्द्रीय सदस्य) ।
  • १ साउन ०६३ अजय शर्मा तत्कालीन एकता केन्द्र मसालबाट माओवादीमा प्रवेश -शर्मा हाल माओवादीको सिफारिसमा अस्ट्रेलियामा राजदूत छन् ।
  • ०६० गोपाल खम्बू -किराती)ले नेतृत्व गरेको किरात वर्कर्स पार्टी र माओवादीबीच एकता -किराती हाल माओवादी पोलिटब्युरो सदस्य) ।
  • ०५७ मा दीनानाथ शर्माले नेतृत्व गरेको विद्रोही नेकपा मसाल र माओवादी एकता -शर्मा माओवादी स्थायी समिति सदस्य) ।
  • पूर्वजर्नेल कुमार फदुङ, पूर्वअञ्चलाधीश सूर्यबहादुर सेनदेखि एमाले केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई र राममान श्रेष्ठ माओवादीमा प्रवेश ।

को-को गए ?

  • ०६७ जेठ मथिला राज्य समितिका नौ सदस्यले पार्टी छाडे । जिल्लास्तरीय नेता श्रीचन मुखियाको नेतृत्वमा क्रान्तिकारी माओवादी पार्टी घोषणा ।
  • ०७६ वैशाख ३ माओवादी पाल्पा सल्लाहकार गर्जामगर राष्ट्रिय जनमोर्चामा प्रवेश ।
  • २९ माघ ०६५ मातृका यादवद्वारा पार्टी पुनर्गठनको घोषणा । माओवादीद्वारा उनलाई पार्टीबाट निष्कान गरिएको घोषणा । मातृका यादवसँगै सभासद् जगत् यादवले पनि पार्टी त्यागे । हाल मातृका यादव नेकपा माओवादीको संयोजक छन् ।
  • ०६४ मा लक्ष्मण थारूले माओवादी परित्यागको घोषणा गरे । तर, उनलाई माओवादीले पहिला नै कारबाही गरेको थियो । थारू हाल संघीय लोकतान्त्रिक मञ्चमा आबद्ध छन् ।
  • २७ फागुन ०६२ माओवादीद्वारा नेता रवीन्द्र श्रेष्ठ र मणि थापा अनुकूललाई निलम्बन, दुई दिनपछि नयाँ सांस्कृतिक क्रान्ति समूह, नेकपा माओवादीको गठन । श्रेष्ठ हाल एमालेमा छन् भने मणि थापा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महासचिव छन् ।
  • ०६० तराईमा लोकपि्रय नेता मानिएका जयकृष्ण गोइतले माओवादी छाडे । उनले अर्को सशस्त्र समूह बनाए । उनीसँगै ज्वाला सिंह र रामनारायण महतोले पार्टी छाडे । महतो ६ महिनाअगाडि मारिएका छन् । गोइत त्यतिवेला केन्द्रीय सदस्य र मधेसी मुक्ति मोर्चाका अध्यक्ष थिए भने ज्वाला सिंह र महतो सिराहका जिल्ला नेता थिए । ज्वाला सिंह र गोइत दुवैले हाल सशस्त्र समूह सञ्चालन गरिरहेका छन् ।
  • ०५५ मा नेतृत्व केन्द्रीकरणको विषय तातेका वेला माओवादीका एक नेता भरत दाहालले पार्टी परित्यागको घोषणा गरे, माओवादीद्वारा उनलाई जनयुद्धबाट डराएका ँभगौडाको संज्ञा । दाहाल जनमोर्चा नेपालको अध्यक्ष छन् ।
  • त्यसबाहेक मुमाराम खनाल -खनाल हाल मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा छन्),पुष्य गौतमजस्ता माओवादी नेता-कार्यकर्ताले पनि पार्टी छाडेका थिए ।
  • हाल जनअधिकार फोरम नेपालका अध्यक्ष रहेका उपेन्द्र यादव पनि ०५५ पूर्व माओवादी थिए । उनले ०५६ मा मधेसी जनअधिकार फोरम एनजिओका रूपमा दर्ता गरे भने पछि मधेस आन्दोलनका क्रममा उनले माओवादीसँग सम्बन्ध त्याग गरे ।

No comments:

Post a Comment