Saturday, November 19, 2011

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु

Posted by Ram Kumar Shrestha on November 6, 2011
 
 
 
 
 
 
Rate This
By रामकुमार श्रेष्ठ 
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।

छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएकोमासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको,  न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र? 

पत्रकार नविन पोखरेल कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित

Posted by Ram Kumar Shrestha on November 18, 2011
 
 
 
 
 
 
Rate This
१७ नोभेम्बर, लण्डन: नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु बिस्तृत रुपमा कान्तिपुर दैनिकमा १३ कार्तिक (अक्टोबर २९) र कार्तिक १६ (नोभेम्बेर २) र नेपाली पत्रको बर्ष ६, अंक १८ मा प्राथमिकताका साथ प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे संग्रहालयले बुद्ध नेपालमा नजन्मेको भनी उल्लेख नगरेको सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर संग्रहालयलाई दबाब दिन जन परिचालन गर्ने सहज वातावरण तयार भएको थियो । छोटो समयमा नै सोही सूचनामा भएको ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति  ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गरेको छ ।

सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे, कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथ र कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रमाणपत्र राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे र माननीय भान्ते आनन्द पथले संयुक्त रुपमा प्रदान गर्नु भयो । प्रमाणपत्रमा लेखिएको छ, “वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु तयार गरी संग्रहालय र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएर जानकारी सच्याउने वातारण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा सम्मान स्वरुप यो प्रमाणपत्र प्रदान गरिएको छ ।”

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011
 
 
 
 
 
 
Rate This
१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।