Friday, October 22, 2010

महाकालीपारीको दोधारामा नेपाली भूमि अतिक्रमण

केशव सावद,कञ्चनपुर ५ कार्तिक

भारतिय पक्षले कञ्चनपुरको महाकालीपारी दोधारा गाविसको सिमाक्षेत्रमा जवरजस्ती धानवाली लगाएको छ। भारतिय पक्षले दोधरा गाविस वडानम्बर १ कञ्चनभोजमा झण्डै अढाई सय विगाह नेपाली भूमिमा धान खेती गरेको हो । हालसम्म प्रशासन समेत नपुगेको सो क्षेत्रमा भारतले लगातार ८ वर्षदेखि सीमा मिचेर धानखेती गर्दै आएको स्थानियवासीले बताएका छन्। सहायक सीमा स्तम्भ नम्बर ७९७/१ पारी भारत र वारी नेपाल भएपनि सीमा स्तम्भको दुवै तर्फ भारतले धान खेती गरेको छ। भारतीयहरुले नेपाली भुमी अतिक्रमण गरि खेती लगाउदै आएपनि हालसम्म नेपालको प्रशासन त्यसवारे वेखवर रहेको स्थानियवासीहरु वताउछन्। सीमा सुरक्षाको जिम्मेवारी पाएको शसस्त्र प्रहरी अहिलेसम्म अतिक्रमित भूमिमा पुग्न सकेको छैन्। अतिक्रमणको विरोध गर्दा भारतीय सिमा सुरक्षा बल एसएसवी र भारतीय पक्षले उक्त जमिन आफ्नो भएको दावी गर्दै धम्काउने गरेको स्थानियवासीले बताएका छन्। पटक–पटक स्थानिय प्रशासन, गाविस र राजनीतिक दलहरुलाई अतिक्रमति भूमिका बारेमा जानकारी गराउदा पनि कसैले चँासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन्। भारतको उत्तराञ्चल प्रदेशको पिलिभित जिल्ला सँग जोडिएको कञ्चनभोजसँगै भारतिय पक्षले जिल्लाका अन्य ठाँउहरुमा समेत सीमा अतिक्रमण गरेको छ। भारतले कञ्चनपुरको झण्डै तीन हजार हेक्टरभन्दा वढी नेपाली भूमि अतिक्रमण गरी धान तथा उखु खेती गर्दै आएको छ। यसवारे प्रतिक्रिया लिन गएका सञ्चारकर्मीसामु कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वुद्धिवहादुर खड्काले सिमा मिचिएको स्वीकार गर्दै अतिक्रमणका बारेमा भारतीय पक्षसंग छलफल गर्ने बताउनुभयो। उहाले आवश्यक परे गृह मन्त्रालयलाई जानकारी गर्ने र प्राविधिक झिकाईने जानकारी दिनुभयो।

dainikee.com

No comments:

Post a Comment