Saturday, November 19, 2011

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011
 
 
 
 
 
 
Rate This
१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो । 
प्रबासी जीवन बिताएर पनि देशको राष्ट्रियता, इज्जत र पहिचानको लागि नेपालमा बसेर गर्न नसकेको सर्हाहनीय काम कपिलवस्तु दिवस अभियानका सर्जकहरुले गरेर माटोको ऋण चुकाउने महत्वपूर्ण काम गरेको बताउँदै सांसद भान्तेले भारतले किन नक्कली कपिलवस्तु बनाउँदैछ भन्ने फेहरिस्त पेश गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरु भने नेपालमा नै भएको दाबी गर्नु भयो । भौतिक संरचना र प्रचार प्रसारको माध्यमबाट पर्यटन बिकास गर्न सकिएको खण्डमा लुम्बिनीले नेपालको अर्थतन्त्रमा नै कायापलट ल्याउन सक्ने दाबी गर्दै सांसद भान्तेले नील गाई जस्ता दुर्लभ बन्यजन्तु भएको लुम्बिनी प्राकृतिक दर्शनीय स्थलयुक्त प्राकृतिक श्रोत र संपदाले धनी भएको पनि उल्लेख गर्नु भयो ।

कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले बिदेशको ब्यस्त जीवनका बाबजुद निकाल्न सकिएको सीमित समयबाटै भने पनि  अभियानले थोरै समयमा गरेका उपलब्धीहरुको फेहरिस्त पेश गर्दै विस्वमा झन्डै पचास करोड बुद्धिस्ट भएको र बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएको कारण यो संख्याको ०.१ प्रतिशत मात्रै पर्यटक भित्र्याउने बातावरण सिर्जना गर्न सकिएको खण्डमा पाँच लाखभन्दा बढी पर्यटक बर्षेनी भित्र्याउन सकिने र बिदेशीहरु बुद्ध जन्मेकै ठाउँमा ध्यान सिक्न र गर्न पाउनुलाई सौभाग्य ठान्ने भएकोले त्यस्तो  ब्यबस्था मिलाएर त्यहाँ आउने पर्यटकहरुको बसाइ अबधि लम्ब्याउन सकिएमा नेपालको बिकासमा यस्ले मात्रै पनि कायापलट ल्याउन सक्ने बताउनु भयो । बिभिन्न कारणले गर्दा बर्षेनी विस्वका दिग्भ्रमित पर्यटकलाई बुद्ध जन्मस्थल लैजाने भन्दै नक्कली लुम्बिनी लैजाने काम भएकोले यस्ले उनीहरुको मानब अधिकार हनन भएकोम र उनीहरुको मानबाधिकार रक्षाको लागि र बुद्ध सत्यका पर्यायबाची हुनु भएकोले सात्यको प्रतिरक्षाको लागि समेत यो अभियानको महत्व बढदै गएको बताउनु भयो । 

गैरआवासीय नेपाली संघ वेलायतका अध्यक्ष कुल आचार्यले कपिलवस्तु दिवस अभियानका उद्धेस्य प्राप्तीमा आफूले सक्ने सहयोग प्रदान गर्न सदा सर्बदा तत्पर रहने बताउनु भयो । गैरआवासीय नेपाली संघ वेलायतका पूर्व अध्यक्ष सूर्य गुरुङले अभियानका गतिबिधि र उपलब्धीहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि आफ्नो सहयोग र सदभाव यथाबत रहने बताउनु भयो ।

कपिलवस्तु दिवस अभियान वेलायतका राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठले यो अभियानमा लागेपछि नचाहँदा नचाहँदै पनि भारतको गतिबिधिका कारण गाली गर्नु पर्ने बाध्यता सिर्जना हुने बताउनु भयो । उहाँले सन १९०७ मा शुरु गरी १९९३मा बनेको नेदरल्याण्डको हेगस्थित Peace Palace (International Court of Justice) भवनभित्र बिस्वकै ख्यातीप्राप्त ब्यक्तिहरुको पूर्ण तथा अर्धकदका शालिकहरु देखिंदा नेपालको भने केही नदेखिएकोले त्यहाँ अहिंसाका प्रतिक बुद्धको मूर्ति राख्न कसरी सकिएला भनी सम्बन्धित ब्यक्ति र निकायसंग कुराकनी गर्न थालेको बताउनु भयो । त्यहीं एउटा ठूलो कोठामा वार्षिक छलफल गर्नको लागि सबै सदस्य राष्ट्रको मेचमा आफ्नो देशको नाम र झन्डा राखिएको तर आफ्नो देशको भने नपाईएकोले हीनताबोध गर्नु परेको स्मरण गर्दै त्यस्तो महत्वपूर्ण ठाउँमा विस्वलाई नै राष्ट्रिय पहिचान गराउन भूमिका निर्बाह गर्ने त्यस्तो कुरामा हाम्रो ध्यान यथाशीघ्र पुग्नु पर्ने कुरामा जोड दिनु भयो ।

नेकपा एमालेका भातृ संगठनका प्रमुख दिनेश घिमिरेले अभियानका  उद्धेस्य प्राप्तीमा सबै नेपालीको समान दायित्व रहेको बताउनु भयो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज यूकेका प्रतिनिधि एबं कपिलवस्तु दिवस अभियान वेलायतका संयोजक होम परिवागले लुम्बिनीमा जन्मन पाउनु अथवा आफ्नो बच्चा त्यहाँ जन्माउन पाउनुलाई आफ्नो ठुलो भाग्य ठान्नेहरु विस्वमा लाखौं हुन सक्ने भएकोले त्यहाँ सुबिधा संपन्न प्रसुति अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा पारिनु पर्ने धारणा राख्नु भयो ।

नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण छोटो समयमा सिर्जित दबाबले गर्दा संग्रहालयले  वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति  ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गर्यो । (बिस्तृत जानकारीको लागि पत्रकार नविन पोखरेल कपिलवस्तु दिवस अभियानद्धारा सम्मानितमा क्लिक गर्नु हुन अनुरोध छ)।

कार्यक्रम साहित्यकार तथा बिस्व हिन्दू महासंघका अध्यक्ष इस्वर मानन्धरको अध्यक्षतामा सन्चालन भएको थियो । कार्यक्रम समापन गर्ने क्रममा आफू बौद्ध धर्माबलम्बी भए तापनि बुद्धबारे थाहा पाउनु पर्ने कतिपय महत्वपूर्ण कुराहरु कपिलवस्तु दिवस अभियानले आयोजना गरेका कार्यक्रमहरुमा उपस्थित भएपछि मात्रै थाहा पाएको चर्चा गर्नु भएको थियो ।

No comments:

Post a Comment