Sunday, October 10, 2010

पौडेल १२ औं पटक पराजित - आफ्नै पार्टीको भोट समेत पाएनन


काठमाडौ, आश्विन २४ - प्रधानमन्त्री प्रत्यासी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतबार १२ औं पटक पराजित भएका छन् । पौडेलले ८९ मत पाए भने उनको विपक्षमा १ मत परेको थियो । लगातार तीन पटकका निर्वाचनमा उनको विपक्षमा एक मत मात्र पर्दै आएको छ । २९ सभासद तटस्थ बसे ।
१ सय १९ सांसद निर्वाचनमा सहभागी थिए । यो सदनको एक चौथाइभन्दा कम संख्या हो । प्रधानमन्त्री पदका प्रत्यासी पौडेलले सभामुखले माओवादीको रहर पुर्‍याउनका लागि मात्र पटक पटक निर्वाचन गरेको बताएर आफूलाई अरु हास्यास्पद बनाएको बताउँछन पर्यबेक्षकहरु । किनकि यस किसिमले माओबादीको रहर र इच्छा पुर्याउने भन्ने जस्ता हास्यास्पद कुरा एउटा परिपक्क राजनीतिज्ञले गर्न नमिल्ने बताउँछन उनीहरु । उनले माओवादी शान्ति र संविधानको पक्षमा नभएको आरोप लगाए ।
आफू शान्ति र संविधान निर्माणको लागि निर्वाचनमा सहभागी भइरहेको पौडेलले दाबी गरे, तर देशलाई यसरी अनिर्णयको बन्धक बनाएर उन्ले कस्तो शान्ति र संबिधान निर्माण गर्न खोजेका हुन भन्ने कुरा भने बताएनन् । एमाले कुन कित्तामा उभिने स्पष्ट हुनुपर्ने उनले बताए ।
प्रधानमन्त्री चयनका लागि १३ औं चरणको निर्वाचन कात्तिक ९ गते दिउँसो ३ वजे हुने छ । आठौं पटकको निर्वाचनबाट प्रधानमन्त्रीका अर्का प्रत्यासी माओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहिरएपछि पौडेल एक्ला उम्मेदवार हुन् ।

No comments:

Post a Comment