Sunday, March 27, 2011

भारतीय प्रहरीले नेपाल पसेर दुईजना समाते

By अमन कोइराला
सर्लाही, चैत्र १३ – भारतीय प्रहरीले आइतबार बिहान नेपाल प्रबेश गरि सर्लाहीको सिमाबर्ती बलरा गाविसका दुई ब्यक्तिलाई पक्राउ गरेको छ । अन्य केहीलाई कुटपिट समेत गरेको स्थानीयले बताएका छन् ।
बलरा गाबिस-१ लक्ष्मीपुरका अबधेस मिश्र र राजीव मिश्रलाई बिहान पौने चारबजे ५०/६० को संख्यामा आएका भारतीय प्रहरीले पक्राउ गरेका हुन् । बिहान अध्यारैमा ठूलो संख्यामा आएका भारतीय प्रहरीले गाउँ घेरा हाली ४ वटा घरमा छापामारी गरेका थिए । पक्राउ पर्ने अबधेस र राजीव बाबु छोरा हुन् । अन्य तीनजनालाई पक्राउ गरि सिमामा लगेर कुटपिट गरि छाडिदिएको स्थानीयले बताए ।
मिश्रको घरबाट लाइसेन्स प्राप्त एकथान हतियार समेत भारतीय प्रहरीले लगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भारतीय प्रहरीले नेपालमा आएर नेपालीलाई गिरफ्तार गरेको सुचना पाएपछि बास्तबिकता बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘नेपाल प्रबेश गरेर कुनैपनि नेपालीलाई पक्राउ गर्न पाईंदैन,’ जोशीले भने, ‘हामी बुझ्दै छौं । यो गलत कृयाकलाप हो ।’
भारतीय प्रहरी सीमा सम्म जिपमा आएर करिब ५ सय मिटर उत्तरमा रहेको बलराको लक्ष्मीपुर गाउँ सम्म पैदल आएका थिए । गाउँलाई चारैतिरबाट घेराबन्दी गरि उनीहरुले घर घर पसेर तलासी लिएका थिए । करिब ४५ मिनेट गाउँमा बिताएर साँढे चारबजे उनीहरु फर्किएको स्थानीय बासिन्दाले जानकारी दिए । राती अचानक ठूलो संख्यामा भारतीय प्रहरी प्रबेश गरेर नेपालीलाई पक्राउ गरेपछि गाउँले त्रसित भएका छन् ।
@ekantipur

No comments:

Post a Comment