Tuesday, March 1, 2011

यस बर्षको मान्हे पुरस्कार माइती नेपालका अनुराधा कोईरालालाई


पुरु जोशी, कोरिया २०११ मार्च १
बिश्व प्रसिद्ध सी एन् एन् द्वारा प्रत्येक बर्ष बिश्वमा उल्लेखनीय कार्य गर्दै आएका ब्यक्तित्वहरुलाई दिंदै आएको बिश्व प्रसिद्ध पुरस्कार हिरो अफ दि इयर २०१० बाट सम्मानित हुनुभएकी माइती नेपालका अध्यक्ष एवम् संस्थापक अनुराधा कोईरालालाई कोरियाको प्रसिद्ध पुरस्कार मान्हे पुरस्कारबाट सम्मानित हुने भएकी छिन् ।
दक्षिण कोरियाबाट प्रकाशित हुने सेग्ये इल्बोमा दिइएको समाचार अनुसार अनुराधा कोईरालाले माइती नेपाल स्थापना गरी नेपाली चेलीबेटीहरुका लागि
महत्वपूर्ण योगदान दिएको प्रशंसा गर्दै सो पुरस्कार उनलाई दिन लागिएको हो ।
सोही पुरस्कारबाट २००८ मा नेपाल पत्रकार महासंघका पूर्व सभापति श्री बिष्णु निष्ठुरीले पत्रकारिताको मुल घर नेपाल पत्रकार महासंघ मार्फत तत्कालिन निरंकुश राजतन्त्र बिरुद्ध दिनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मानित हुनुभएको थियो ।
यस बर्ष अनुराधा कोईरालासंगै अन्य ३ जना सम्मानित हुने भएको छ । जसमा श्रीलंङ्काका archeologist सिरिसेना बान्दा उपन्यासकार मोयेन र कवि इगुन् बे सम्मानित हुने भएको छ ।
३ करोड कोरियन वन् (नेपाली लगभग २१ लाख) पुरस्कार राशी भएको सो पुरस्कार आउंदो अगष्टमा एक भब्य कार्यक्रम मार्फत दिइने भएको छ ।

About Manhae Han Yong-un
Manhae Han Yong-un(1879-1944) was a 20th century korean Buddhist Reformer and poet. Manhae was his religious name(buddhist name), which he also used as a nom de plume; his birth name was Han Yong-un(Korean: 한용운 or 韓龍雲 also written Han Yong-woon).
Manhae was born in southern Chungcheong province South Korea. Prior to being ordained as a buddhist monk, he was involved in resistance to Japanese influence in the country, which culminated in the Japanese occupation from 1905-1945. The same year the occupation began, 1905, Manhae was ordained as a Buddhist monk at Baekdamsa temple on Mt. Seorak.
As a social writer, Manhae called for the reformer of Korean Buddhism. Manhae’s poetry dealth with both nationalism and love, one of his more political collections was Nimui Chimmuk(님의 침묵), published in 1926. These works revolve around the ideas of equality and freedom, and helped inspire the tendencies toward passive resistance and non-vilence in korean independence movement.
Han Yong-un was one of the 33 members who in 1919 signed the historical document as a representative of the people to declare Korea’s independence from the Japanese colonial control of Korea. His poems mainly concern his philosophical meditation on nature and the mystery of human experience.

No comments:

Post a Comment