काठमाडौ, चैत्र ९ - सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकार फोरमका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगायत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस सहमतिले फोरमलाई सरकारमा सहभागी हुने ढोका खोलेको छ ।
तराई मधेसका समस्या, संविधान निर्माण, शान्ति प्रकृया र सत्ता साझेदारी गरी चार वटा बुँदामा एमाले, माओवादी र फोरमबीच सहमति बनेको हो । सहमति पत्रमा एमाले, माओवादी र फोरमका अध्यक्षहरु क्रमश: उपेन्द्र यादव, पुष्पकमल दाहाल र झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।
No comments:
Post a Comment