Thursday, March 17, 2011

पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष कैद

[यसरी नै भ्रस्टाचारीहरुलाई जेलमा कोच्न शुरु नगरेसम्म देश अगाडि बढन सक्तैन घुमिफिरी यस्ताहरुकै बाहुल्यता हरेक सरकारमा देखा पर्ने भएकोले, तर कटुवालले जस्तै वाग्लेले पनि हुकुम प्रमांगी पाएर मुक्त हुने हुन कि ? के भन्न सकिन्छ र ?]
By घनश्याम खड्का
काठमाडौं, चैत्र २ – कांग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै सर्वोच्च अदालतले बुधबार जेल चलानको फैसलासुनाएको छ ।
प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र बरिष्ठ न्यायाधीश खिलराज रेग्मीको इजलासले वाग्लेलाई डेढ वर्ष कैद, २ करोड ३ लाख जरिवाना र २ करोड ३ लाख बिगो असुल गर्न फैसला गरेको हो ।
पटक-पटक मन्त्री भएका वाग्लेले पदमा रहँदा भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वर्षअघि मुद्दा दायर गरेको थियो । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि उनी सर्वोच्च गएका थिए ।
सर्वोच्चको फैसला अन्तिम भएकाले वाग्ले जेल बस्नैपर्ने हुन्छ ।
@ekantipur

No comments:

Post a Comment