*रामकुमार श्रेष्ठ
प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको नेपाली कांग्रेस संबिधान सभाको निर्वाचनपस्चात नराम्रोसंग पाखा लाग्न पुग्यो । स्पस्ट बहुमत पाएको कांग्रेसले जन चाहना र देशको आवश्यकतानुरुपका कार्यहरुलाई प्राथमिकता दिदै संयमताका साथ देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर भै नेकाको एक छत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिती र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा गर्न सक्छ कि भन्ने आशा राख्ने ठाउँ रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारतको युद्ध हुँदैन । संबिधान सभाको निर्वाचन परिणामले यही वास्तबिकताको पुस्टि गर्छ । सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्यो त्यस्को मल जल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादको बिषयभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर् ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन ।
संबिधान सभाको निर्वाचनपस्चात प्राप्त परिणामको कारण निर्वाचन परिणामदेखि हालसम्म देखाएका बिभिन्न व्यबहारहरुको आधारमा नेपाली कांग्रेसले व्याबहारिक रुपमा जे जस्तो रणनीति अख्तियारी गरेको देखिन्छ त्यो शान्ति प्रकृयाको बर्खिलाफमा रहेको आभास हुन्छ । शुरुमा त्यत्ति लामो समयसम्म अनेक बहाना बनाएर सत्ता हस्तान्तरण नगरिनुले गिरिजालाई लगाइने गरिएको कुर्सीको संबन्धमा प्रयोग गरिने गरिएको पर्यायबाची पुन: प्रमाणित गरी इतिहासमा आफूलाई लागेको आरोपहरुमा नेपाली जनताले केही हदसम्म आँखा चिम्लिदिने बातावरण गुमाउन पुगेको देखिन्छ भने आफूलाई नेपालको एक मात्र प्रजातान्त्रिक शक्ति भनेर कहिल्यै नथाके पनि ब्यबहारमा चुकिरहेको पार्टी पुन: प्रजातान्त्रिक मूल्य र मान्यताको परिभाषालाई सामान्य अवस्थामा नभएर आफू अनुकूल व्याख्या गर्न पर्ने अवस्थामा पुग्न वाध्य भएको देखिन्छ । निर्वाचन अघि अन्तरिम संबिधानमा ब्यबस्था भएको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतमध्ये माओबादीले आफूले छाडने संकेत दिएको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्राप्त निर्वाचन परिणामको कारण राजनीतिक बातावरण आफ्नो अनुकूलता बनाउने ढोका खुल्ला गरी राख्नको लागि प्रजातान्त्रिक मून्य र मान्यतालाई हदसम्म बदनाम गराउन सहायक सिद्व प्रजातन्त्रको पुन:स्थापनापस्चातको सांसद किनबेच जस्ता घृणित फोहोरी खेललाई निर्लज्जतापूर्बक ब्युताउन प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन गर्न एमालेसंग मिलेर जुन भूमिका खेलियो त्यो नै अहिलेको देशको अस्थिरताको लागि सबभन्दा ठूलो कारक तत्व बन्न पुगेको देखिन्छ । यो निर्णय लिने बित्तिकै राष्ट्रिय राजनीतिमा अहं भूमिका निर्बाह गर्ने ब्यक्तिहरुको चारित्रिक धरातललाई बुझ्नेहरुले अनुमान लगाइ सकेका थिए कि देशको राजनीति यही कारणले गर्दा अस्थिर हुनेछ भनेर र भयो पनि त्यही । उक्त निर्णयले गर्दा खेल्न सकिएको घृणित खेलको कारण केहीले आफूलाई भाग्यमानी बनाउन सफल भएको ठान्न पाए तापनि समग्रमा देशको लागि भने यो नै अस्थिरताको मूल कारण भएकोले दुर्भाग्य साबित भएको छ । सबैको सामू प्रस्ट भैसके अनुरुप नै जुन समयाबधिमा जस्ले देशको लागि जे जस्तो योगदान दिए सोही अनुरुप एउटा स्पस्ट जनमत देखिएपछि पनि यस्तो जटील अवस्थामा सरकारमा समाबेश नगरी नहुने जनमत बिपरीतका ब्यक्तिहरुको ठूलो जमातमा नेपाली जनताले बुझ्न नसकेका त्यस्ता बिशेष बिशेषताहरु के रहेछन त जब कि उनीहरु सबका बारेमा आबस्यक पर्ने जान्न पर्ने संपूर्ण ब्यक्तिगत ईतिहासबाट नेपाली जनता अनभिज्ञ त छैनन- नेपाली जनताले यस यक्ष प्रश्नहरुको जबाफ कहिले पाउने हुन ठेगान छैन ।
माओबादीले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण मन्त्रालयहरु नेत्रित्व गर्ने पार्टीले लिन नहुने भनी मूलत: गृह, अर्थ र रक्षा जस्ता मन्त्रालयहरुको कारण लामो बिबाद भै रक्षा नपाएकै कारण नेपाली कांग्रेस सरकारमा सहभागी भएन । तर अहिलेको सरकारमा नेतृत्व गर्ने एमालेलाई खासै ठुलो बिबाद गृह, रक्षा र अर्थ सबै अच्चम्मैसंग दिन राजी हुनुले के कुरा प्रमाणित हुन्छ भने सहमतिको माला जति जपे पनि नेपाली कंग्रेस माओबादीले सरकारको नेतृत्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिमा छ । संभबत प्रधानमंत्रीलाई हटाउन दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन नगरिएको भए नेकाको रक्षा मन्त्रालय नपाएकै कारण सरकारमा सहभागी नहुने चर्तिकला देख्न पाइन्नथ्यो कि । त्यस्तो हुन्थ्यो भने त्यो नै राष्ट्रिय सरकार बन्थ्यो र शुरुमा नेकाको मलजल पाएर तयार भैरहेको बातावरणमा राष्ट्रपतिद्धारा बिजारोपण गरिएको कटुवाल रुपी बॄक्ष एमालेको अस्थिर स्वभाबका कारण उपयुक्त बातावरण पाएर हलक्कै बढन पाएको कटुवाल प्रकरणको कारण देशमा देखा परेका यी तमाम समस्याहरु र त्यस्का कारण देखा परेका अनेकन लज्जास्पद गाइजात्राहरुलाई नेपाली जनताले देख्न र भोग्न पर्ने संभाबना रहन्नथ्यो । यसै सन्दर्भमा देखा परेको अर्को रमाइलो हास्यास्पद पक्ष हो चौथो ठूलो पार्टीमा देखा परेको संभाबित फूटलाई मध्यनजर गरी समर्थक पक्षलाई उप प्रधानमन्त्री, चार मन्त्री, तीन राज्यमन्त्री र एक सहायक मन्त्री दिने सहमति गर्नु हो जस्को पछाडि गच्छदार समूहलाई बहुमत बनाउन सहयोग गरी सो समूहलाई आधिकारिक बनाइ सत्ता समिकरण टिकाउने प्रयास भएको स्पस्ट छ । तर लामो समय र बारंबारको मन्त्री परिषदको बिस्तारपछि पनि मन्त्री बन्न नपाउनेहरु आफ्नो समूहमा नबस्ला र आफू स्पस्ट अल्पमतमा परिएला भन्ने त्रासले मन्त्रीको नाम दिन गच्छेदार असमर्थ रहेको स्पस्ट देखिन्छ । आखिर मन्त्री बन्ने आशमा बसिरहेकाहरु मन्त्री बन्न जती ढिला भयो आफू उपप्रधानमन्त्री बन्ने समय त लम्बिन्छ । यसरी जे जस्ता पृस्ठभूमिबाट हाल देशको सबभन्दा ठूलो पार्टी प्रतिपक्षमा र साना पार्टीहरु सत्तामा बस्ने जटील अवस्थाहरु सिर्जना भएका छन, त्यस्को लागि जिम्मेवार अन्तरिम संबिधानमा परिवर्तन गरेर बिभिन्न चलखेलद्धारा सत्ता प्राप्तीको संभाबित ढोका खुलाई राखेको कारण नै रक्षा मन्त्रालयको निहु बनाएर सरकारमा सहभागी नबनी प्रतिपक्षमा बसेको अनुमान गर्न सकिन्छ ।
नेपाली सिमाना मिचिएको तथा नेपालीमाथि गरिएका अनेकन अमानबीय दुर्व्यबहार बिरुद्ध नेपाल र संसारभरबाट कार्यक्रम भै रहंदा एकातिर त्यस्तो केही नभएको भन्दै हिडने पररास्ट्र मन्त्री तथा प्रभाबशाली कांग्रेस नेता संसदीय समितिद्धारा नै सिमा मिचिएको प्रतिबेदन दिंदा समेत यस्तो संबेदनशील बिषयमा बोलिएको झूठको कारण न त रजिनामा दिने र क्षमा याचना गर्ने आबस्यक्ता देख्छन भने अर्कोतिर सरकारको नेत्रित्व गर्ने पार्टी भने अझसम्म यसबारे केही बोल्नु नै आबस्यक देख्छ जस्ले गर्दा कतिपय कारणले गर्दा बन्न परेका अन्धभक्त कार्यकर्ताहरु समेत यस बिषयमा संकलित हस्ताक्षर संकलनमा समेत हस्ताक्षर गर्न हच्किरहेको देखिन्छ बिरोध कार्यक्रममा नै सहभागी हुने प्रसंग त टाँढाको कुरा भयो । राष्ट्रियताको यस्तो संबेदनशील प्रसंग र देशमा भ्रस्टाचारका त्यत्रा ठूला ठूला उदाहरणहरुमा चुक्क नबोल्नेहरु पशुपतिको पूजारी प्रकारणमा भने कत्ति न अरास्ट्रिय निर्णय भयो अथवा कत्ति न ठूलो भ्रस्टाचार नै भए झै गरेर जे जस्ता गतिबिधी प्रदर्शन गर्न अग्रसर भए यस्ले बिरोधको लागि बिरोध गरी उक्त अघोषित रणनीति प्राप्तीकै लागि संघर्ष गरेको देखिन आउँछ । थाहा छैन संसदीय समितिद्धारा पेश गरिएको उक्त प्रतिबेदनमा सरकारद्धारा ध्यान दिने साइत जुर्ने भने कहिले हो ?
बिगतमा भएका आफ्ना कमी कमजोरीको यथार्थ बिस्लेषण गरी त्यस्का आधारमा पस्चाताप गरेर देशको यस्तो जटील संक्रमण अवस्थामा होसियारी पूर्वक अगाडि बढ्नु पर्ने यथार्थतालाई मनन गर्दै गुमेका जन बिस्वास फर्काउन देश र जनताप्रति गरिएको जिम्मेवारी महसूस दिलाउन तदनुरुपका कृयाकलाप अगाडि बढाइनु आबस्यक थियो केही ठूला पार्टीहरुका सामू, तर दुर्भाग्य नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनका खातिर भएको चुनाबपस्चात लक्षित उद्धेस्य प्राप्तिका खातिर नभै प्राप्त चुनाव परिणाम र सोही परिणामका कारण अन्तरिम संबिधानमा परिवर्तन गरेर सत्ता प्राप्तीका लागि खुलाइराखेको संभाबित ढोकाबाट प्रबेश गर्ने बातावरण बनाउनमा नै तल्लिन भएको र गणतन्त्र स्थापना अघि जस्तै सत्ता प्राप्तीका लागि गरिएका फोहोरी खेलको राम्रै पुनराबॄति गराइेएको देखिन्छ । गिरिजा बाबुलाई राम्रै बुझ्नेहरु बर्तमान सरकारको स्वरुपको पछाडि नेकाको एमालेसंग पर्म लगाउने भूमिकाको रुपमा लिन्छन र दाम चढाउने, निबेदन हाल्ने जस्ता संभब भएसम्मका संपूर्ण संभाबनालाई परिक्षण गर्न नचुकेका बर्तमान प्रधानमन्रीको मनकांक्षा पुरा गरिदिने सहायक आशिर्बादकर्ता बनिदिएर जीबनभरको सपना पुरा गरिदिएकोमा ऋण चुक्ता कार्य सहज बनाउने ‘ग्राण्ड डिजाइन’ को रुपमा समेत लिन्छन जानिफकारहरु । बिभिन्न कारणबश अनुमान गरिएको उक्त ‘ग्राण्ड डिजाइन’ कमजोर बन्दै गएको अनुभब धेरैतिरबाट गरिए तापनि डिजाइनकर्ताको आशातित फलको यथार्थता भबिस्यकै गर्भमा रहेको छ ।
जे होस प्राप्त चुनाव परिणामका कारण भए गरिएका गल्ती कमजोरीलाई महसूस गरी जन विश्वाश जित्ने नयाँ रणनितीका साथ अगाडि बढेर जुन उद्धेस्य प्राप्तिका लागि चुनाव गरिएको थियो त्यस्मा लाग्न पर्नेमा ‘नानीदेखि लागेको बानी’ प्रदर्शन गर्दै संबिधान निर्माणमा भन्दा ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने झैं आफूलाई एक मात्र प्रजातान्त्रिक शक्ति भनेर नथाक्ने शक्ति सत्ताको लागि संसारमा कहीं नदेखिएको लोकतन्त्रको उपहास हुने जस्तो सुकै हतकण्ठा अपनाउन पनि पछि नपरी सहमतिको माला जति जपे पनि माओबादीले सरकारको नेत्रित्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिका साथ अगाडि बढेको देख्दा शान्ति प्रकृयाको बिषयमा रटने गरिएको रटाइको यथार्थता हात्तिको देखाउने दाँतभन्दा फरक होला र ? – शंका गर्ने ठाउँ प्रशस्त रहन्छ । यो देशको लागि ठूलो बिडम्बना हो र यस्ले देशलाई अझ धेरै पछाडि धकेल्ने कुरामा सन्देह छैन । तात्कालिन रुपमा आफूलाई क्षणिक फायदा भएको देखिने यस किसिमका खेलका खेलाडीहरुले शत्रुघाति खेल खेलिरहेका छन अथवा आत्मघाति अथवा राष्ट्रघाति र यस्ले उनीहरुको नाम ईतिहासमा साँच्चै सुनौला अक्षरले लेखिने छ अथवा ईतिहासमा कालो धब्बा बन्नेछ – त्यो समयले प्रमाणित गर्ने नै छ ।
Published links: http://www.mysansar.com/temp/2511.html
http://www.nepalarab.com/articles_view.php?id=423
http://www.gorkhaonline.net/literature.php?cid=120
http://www.facebook.com/note.php?note_id=140581996275&ref=mf
No comments:
Post a Comment