Wednesday, August 11, 2010

चलायमान गगनचुम्बी भबनहरु

रामकुमार श्रेष्ठ

अक्टोबर क्रान्तिको ५० औं बार्सिकोत्सबको संस्मरणको सन्दर्भ पारेर सन १९६३ मा शुरु गरी १९६७ मा निर्माण कार्य संपन्न गरिएको मस्कोको ओस्टान्किनोमा बनाइेएको बिस्वको तात्कालिन सबभन्दा अग्लो लगभग १२० तल्लाको (५४० मिटर) टावर ओस्टान्किनो टावरमा अबस्थित सेभेन्थ हेबेन रेस्टुरेण्टमा जानको लागि अग्रिम बुकिंग गर्नु पर्छ र बुकिंग गरेकाहरुलाई निस्चित समयभित्र लिफ्टद्धारा ओसारिने गरिन्छ । निस्चित समयको सबै ग्राहकहरु आएर बसिसकेपछि खानाको अर्डर लिन सोध्न थालिन्छ र बिस्तारै पुरै रेस्टुरेन्ट आँफै पनि घुम्न थाल्दछ । रेस्टुरेण्टले पुरा एक चक्कर लगाउँदा ठीक एक घण्टा बित्दछ । रेस्टुरेण्ट निकै माथिल्लो तल्लामा भएकोले यसरी एक चक्कर लगाउँदा मौसमले साथ दिएको खण्डमा पुरै मस्कोलाई सर्सर्ति हेर्न सकिन्छ । मस्को गएर सबै ठाउँमा घुम्न नभ्याएको खण्डमा अथवा घुमिसकेका ठाउँहरुलाई सर्सर्ति हेर्न उक्त रेस्टुरेण्टमा जानु राम्रो बिकल्प हुन सक्छ । आफ्नो इन्जिनियरिङ्ग कोर्स सकाएका हामी केही इन्जिनियरहरु उक्त रेस्टुरेण्टमा जाने निर्णय गर्यौं तर भर्खरै विद्यार्थी जीबन सकिएको र त्यस बेला अहिलेको जस्तो बिकसित देशमा अध्ययन गर्दा आंशिक समय काम गरेर कमाउने परिपाटी पनि नभएकोले महँगो बुकिंग शुल्क (त्यस बेला छात्रब्रिति ९० रुबल पाउँथ्यौं भने त्यहाँ जानको लागि करीब ५० रुबल बुकिंग शुल्क तिर्न पर्थ्यो) छात्ती गरुंगो पार्दै भने पनि तिर्यौं । त्यस बेला बिदामा ब्यापार गर्ने प्रचलन थियो तर त्यहाँ जाने हामी सबै ब्यापारमा समेत खासै संलग्न नहुनेमध्येका भएकाले हाम्रो खल्ती गर्हुंगो थिएन । रेस्टुरेण्टमा पुगेर बसेको लग्गत्तै खानेकुराको अर्डर लिन आएपछि एकार्कामा हेर्दै हासेर औपचारिकता पुरा गर्न एक एक कप कफी मगायौं । यो प्रसंग हो १९९२ को ।

पुरै तल्ला त्यसरी घुम्नुको रमाइलो पक्ष एकातिर हुन्छ भोग्ने र सुन्नेहरुको लागि भने त्यस्को पछाडिको प्राबिधिक पक्षको जटिलताले निम्त्याइने चुनौतिका कारण संबन्धित प्राबिधिकहरुको लागि शुरुमा हुने टाउको ढुखाइ र सफलतापछिको खुशीयाली र गौरबको अर्को पाटोको रमाइलो पक्ष झन रमाइलो र महत्वको हुनु स्वभाबिकै हो । त्यस किसिमका खुशीयाली र गौरभानुभूतिकै लागि चुनौतिहरु सामना गर्नमा रमाउनेहरुले संसारलाई केही दिन सक्षम हुन्छन र आधुनिक बिकासको सन्दर्भमा नयाँ नयाँ आयाम थप्दै जान्छन पनि । रेस्टुरेण्टको हाम्रो समयाबधि सकाएर फर्कदा त्यसरी पुरै तल्ला घुम्ने प्रबिधिको संभाबित प्राबिधिक संभाबनाहरुको बिषयमा छलफल त गर्यौं तर हाम्रो छलफल तार्किक निस्कर्षमा पुग्न नसक्नु अस्वाभाबिक थिएन किनकि त्यस्को लागि त बिभिन्न प्राबिधिक पक्षको समायोजनको आबस्यक पर्छ, तर हामी भने सबै एउटै पक्षका थियौं ।

अब यस क्षेत्रको प्रबिधिले समेत निकै ठूलो फडको मार्दै छ – एउटा तल्ला मात्र चलायमान हुने नभएर २०१० सम्ममा पुरै भबन नै चलायमान हुने भबनहरु निर्माण हुँदै छन त्यो पनि सानो घर नभएर ८० तल्लाको गगनचुम्बी भबनहरु । इटालियन आर्किटेक्ट डेभिड फिसरद्धारा डिजाइन गरिएको घुम्ने टावर बेलायतको कंपनी डाइनामिक आर्किटेचर ग्रूपसंग मिलेर पहिलो पटक मस्को र दुबइमा प्रयोगमा ल्याउने किसिमले कामहरु भैरहेका छन । बिस्वभरका बिभिन्न देशबाट यसप्रति चाख देखाइेएको भए तापनि यस प्रबिधिले मूर्त रुप लिने दोश्रो स्थान न्यूयोर्क हुने कुरामा फिसर आशाबादी छन । दुबइलाई पहिलो प्रयासको लागि छानिनु पर्ने कारणको बारेमा उनी भन्छन “दुबइ भबिस्यको शहर हो र मेरो बिचारमा भबिस्यको भबन भबिस्यको शहरमा नै हुनु पर्छ ।” यस्मा उनले युनाइटेड अरब इमिरेटसका उपाध्यक्ष तथा दुबइका शाशक शेइख मोहम्मद बिन रशिद अल मक्तोउमको भनाइ “भबिस्यल्लाई नपर्ख, भबिस्यलाई सामना गर” बाट समेत प्रेरणा लिएका छन । रुसी प्रस्ताब स्वीकार गर्नुको कारणको सन्दर्भमा उनको भनाइ छ “बिभिन्न कुराहरुलाई समायोजन गर्नमा उनीहरु छिटा छन।” फिसर भन्छन “यो पहिलो भबन हो जो घुम्छ, चल्छ र आकार परिबर्तन गर्छ । यो भबन कहिल्यै उस्तै देखिदैन भबनको पुरै जीबनाबधिभरिमा नै ।”

ostankino_tower

ओस्टान्किनो टावर

दुबइमा निर्माण हुने ८० तल्लामध्ये माथिल्लो १० तल्ला अति आलिसिन अपार्टमेण्टको रुपमा, त्यस मुनिका ३५ तल्लाहरु बसाइको लागि, त्यस मुनिका १५ तल्ला होटलको लागि र सबभन्दा तलका २० तल्लाहरु पसल प्रयोजनको लागि प्रयोग गरिने छन । खण्ड खण्डमा बिभाजित टावर यस्तो किसिमले डिजाइन गरिएको छ कि हरेक तल्ला स्वतन्त्र रुपले घुम्न सक्तछन । एउटै तल्लामा एकभन्दा बढी व्यक्ति अथवा परिवार भएको खण्डमा यस्ले अन्योलको अवस्था सिर्जना नगरला र भन्ने प्रश्नको जबाफमा मानिसहरु बिभिन्न कोणबाट सोच्ने भएकोले यो समाधान गर्न नसकिने समस्या नहुने कुरामा बिस्वास दिलाउन चाहन्छन उनी । १ देखि ३ घण्टा लगाएर एउटा चक्कर लगाउने अपार्टमेण्टहरुको लागत मूल्य $३.७ देखि $३६ मिलियन पर्न गै ८० तल्लाको भबनको मूल्य करीब $७०० मिलियन पर्न जाने अनुमान छ । रुसमा बन्ने भबन भने ७० तल्लाको हुनेछ ।

फिसरको अनुसार घुम्ने टावर डिजाइनमा फोटोभोल्टाइक सेल र विण्ड टर्बाइन प्रबिधिको प्रयोग गरिनेछ जस्ले आफ्नै लागि आबस्यक पर्ने मात्र नभएर छिमेकिहरुलाई बिक्री गर्न सकिने उर्जा समेत उत्पादन गर्नेछ ।
४२० मिटर अग्लो टावरका अपार्टमेण्टहरु ३६० डिग्रीमा घुमिरहेका हुन्छन बीचको स्तम्भ (कोलम्न) वरिपरी हरेक तल्लाको बीचमा राखिएको ठूलो उर्जा उत्पादनशील विण्ड टर्बाइनको सहाराले । उनी के बिस्वास गर्छन् भने जर्मनी प्रबिधि प्रयोग गरिएको र हाल इटालीमा परीक्षण गरिदै गरिएको उक्त प्रबिधि बिस्वका अधिकांश शहरहरुमा उक्त टर्बाइन प्रयोग गर्न आबस्यक वायु भएको कारण संसारभरी नै उक्त टावर डिजाइन कार्यन्वयन गर्नमा कुनै कठीनाइ हुने छैन । यी टावरहरु बिस्वका पहिलो गगनचुम्बी भवनहरु हुनेछन जुन पूर्णत: प्रिफाब्रिकेटेड पार्टहरु कारखानामा नै जोडिनेछन र त्यस्को लागि दक्षिणि इटालीमा ६०० जनाको दल कार्यरत छन भने साइटमा ८० जनाको । फिसरको अनुसार डिजाइनको सबभन्दा जटील अंश भनेको बाथरुम हो र केही महिनाभित्रै यस्लाई जडान गर्ने काम पनि संपन्न हुनेछ ।
फिसर भन्छन प्रिफाब्रिकेटेड निर्माण प्रबिधि “आर्किटेक्चरको भबिस्य” हो र यो इट्टा संस्कृतिको रुपान्तरण हुनेछ र यस प्रबिधिको माध्यमले हरेक तल्ला स्वच्छ बातावरण कायम गर्दै सात दिनमा नै तयार गर्न सकिन्छ । यत्ति नै काम गर्न पहिलेको प्रबिधि अबलम्बन गर्दा २००० कामदार चाहिन सक्थ्यो भने अब ८० जना भए पुग्छ ।

जे होस फिसरको यो कदमलाई भबन निर्माण प्रबिधिको क्षेत्रमा एउटा क्रान्ति नै मान्नु पर्ने हुन्छ र यस्ले वाताबरणीय प्रश्नमा समेत सकारात्मक भूमिका खेल्न सक्तछ । संसारका ठूला ठूला शहरमा हुने रियल स्टेट ब्यबसायीहरुको कार्यशैली र ब्यबस्थापन पक्षमा नयाँ ढंगले सोचिनु पर्ने परिस्थितीलाई यस्ले ननिम्त्याउला भन्न सकिन्न । यसका अतिरिक्त बिस्व श्रम बजारमा यस्ले एकातिर समस्या सिर्जना गर्न सक्तछ भने अर्कोतिर प्रयोग गरिनु पर्ने श्रम शक्तिलाई नयाँ ढंगले परिचालित गर्न समेत तयार हुनु पर्ने संकेत दिन सक्तछ ।

चलायमान गगनचुम्बी भबनहरुको बारेमा अधिकाधिक श्रब्य द्रिश्यहरु उपलब्ध गराउने अभिप्रायले कतिपय लिंकहरुमा केही कुराहरु दोहोरिने भए तापनि प्रत्येक लिंकमा केही न केही थप जानकारी भएकोले पाठकहरुको लागि बढीभन्दा बढी लिंकहरु उपलब्ध गराएको छु ।

The First Skyscraper In Motion!

http://www.youtube.com/watch?v=UEMktee0JLA&amp

Dubai and Moscow’s Moving Skyscrapers

http://www.youtube.com/watch?v=4muhc_QUGcI&feature=related

World’s First Moving Building

http://www.youtube.com/watch?v=AsSFLEddVUU&feature=related

Preview of World’s First Rotating Skyscraper

http://www.youtube.com/watch?v=Bq-QUkE1DGM&feature=related

Rotating Skyscraper to Transform Moscow Skyline

http://www.youtube.com/watch?v=-vI5grnmmZ8&feature=related

The world’s Tallest Rotating Skyscraper in

http://www.youtube.com/watch?v=yxCDsdXjK14&NR=1

Russian Manhattan’ will change Moscow’s Skyline

http://www.youtube.com/watch?v=EWDn3x8APYQ&feature=channel

The First World Dynamic Architecture in Dubai Project

http://www.youtube.com/watch?v=RzQazjw-4jI&feature=related

Published link: http://www.mysansar.com/temp/205.html

http://www.facebook.com/note.php?note_id=98291271275

No comments:

Post a Comment