Tuesday, February 15, 2011

पपस्टार धिरजले ब्रुनाईमा नयाँ इतिहास रचे

१२ फेब्रुवरी सेरिया ब्रुनाई नेपालका सदावहार पपगायक धिरज राईलाई ब्रुनाईमा राजसम्मान प्रदान गरियो ।

कार्यक्रमको शुभारम्भमा धिरजको आगमन हुने बाटोमा रातो कार्पेट विछ्याइएको थियो । उद्घोषकले कार्यक्रम शुरु भएको जानकारी दिदै गर्दा धिरज सानदार मोटर बाइकमा आफ्ना अघिपछि रक्षकहरुको साथ स्टेजमा प्रवेश गरेका थिए । उनका पछिपछि आधा दर्जन फोटोग्राफरहरुले पिछा गरिरहेका थिए ।

मोटरबाइकबाट उत्रिएर उनले सबैलाई अभिवादन गरे र सबैलाई सम्झे । त्यसपछि उनले तिम्रो नजर तिम्रो नयन बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरे । स्टेज तताउन नम्बर वन मानिएका धिरजले सबैलाई उफारे । गीतमा स्वर जति दिए त्यति नै उनको प्रस्तुती कलाले गर्दा दर्शकहरु तातिएका थिए ।

लाहुरघरमा सर्वोत्तकृष्ट उद्घोषक मानिएको महेश वनेम र छुल्ठिम गुरुङको संचालन कार्यक्रम रोचक हुनुको अर्को पक्ष थियो । पपस्टार धिरजले उनका पुराना लोकपि्रय गीत र नयाँ गीतहरु प्रस्तुत गरेका थिए । धिरजलाई वान्समोरको अनुरोधले बेलाबेला निक्कै अप्ठ्यारो परेको थियो । उनको गीतमा देखिएको हुटिङ र दर्शकहरु उप्रुेका देख्दा लाग्थ्यो धिरजको विकल्पमा अझै अन्य पपगायक उदाएका छैनन ।

गोर्खामेजर यामबहादुर रानाबाट पानसमा बत्ति बालेपछि शुरु भएको कार्यक्रमको प्रथम प्रस्तुती चाइनिज लायन डान्स रहेको थियो । त्यस्तै गरि फिलिपिनी कलाकारहरुद्धारा बलडान्स र चर्चित डान्सर छुल्ठीम गुरुङ र केही लाहुरे दिदीबहिनीहरुले नेपाली भोजपुरी तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उत्तरार्धमा डाउनलोड ब्याण्डबाट विभिन्न आधा दर्जन अग्रेजी गीतहरुको प्रस्तुतीले कार्यक्रममा नौलो आयाम दिएको थियो ।

सेरिया नजिक रहेको मोमोङ स्पोर्ट कम्प्रेल्क्सको मुख्य हलमा सम्पन्न कार्यक्रममा लगभग १२ सयको संख्यामा उपस्थिती रहेको थियो । प्रबेशशुल्क प्रतिब्यक्ति ब्रुनाई डलर १५ कायम राखिएको थियो भने दर्शकहरुलाई ओसार्नको लागि विभिन्न ठाँउमा बस सेवा उपलब्ध गराइएको थियो । कार्यक्रमलाई नेपालीसमाचार डटकम र साहित्यघर डटकमले अनलाइन मार्फत प्रत्येक्ष प्रसारण गरेको थियो ।

धेरै गोर्खालीहरु अफगानिस्तान जान लागेकाले वहाहरुको कार्यसफलताको कामना गर्दै सकुसल फिर्तिको लागि शुभकामना दिन पि्र डिप्ल्यायमेन्ट नाइट नाम दिइएको थियो । गायकको गायन तथा प्रस्तुती उद्घोषण उत्कृष्टता चाइनीज मले लगायतको नौलो नृत्यहरु र कार्यक्रम स्थल अत्यन्तै राम्रो हुनु पनि एतिहासिक कार्यक्रम बन्न सहयोग भएको कुरा दर्शकहरुले बताए । सम्भवत थोरै कलाकारले सबैभन्दा धेरै मनोरन्जन दिएको यो नै पहिलो अवसर हो । उक्त कार्यक्रमका मुख्य संयोजक मिलन चाम्स रहेका थिए ।

No comments:

Post a Comment