Tuesday, February 15, 2011

सातबुँदे सहमतिको अर्थ, मर्म र सन्देश

जनयुद्धमा महारथ प्राप्त भए पनि उनीहरू र उनीहरूका ‘गडफादर’हरूले टेबुल सङ्घर्षमा सधैँ माओवादीलाई पछार्दै आएका हुन् । विगत पाँच वर्षको तीव्र राजनीतिक छिनाझप्टीमा हरेकपल्ट माओवादीको नयाँ पहलले मात्र उनीहरू चित खान्थ्यो, बल्ड्याङ खान्थे । यो अवधि रक्तविहीन सङ्घर्षको वेगमय समय थियो । आफ्नो मार्गचित्र अनुसार माओवादी नहाँकिने देखेपछि आफ्नै घोषित मूल्य, मान्यतालाई पनि उनीहरू धोती लगाउन पुग्दारहेछन् भन्ने कुरा सातबुँदे सहमतिले शान्ति र संविधानको सुनिश्चितता गरेपछि झन् प्रस्ट भयो ।

एमाले र माओवादी नेतृत्वबीचको सातबुँदे सहमति आफू फेरिन नचाहने र अरूसँग मुर्कुट्टेहिँडाइको आशा र अपेक्षा गर्नेहरूको लागि अहिले पोटासियम साइनाइड नै बनेको छ । चाखौँ भने इहलीला समाप्त हुने, नचाखौँ भने अमिलो छ कि गुलियो थाहै नहुने । नमानौँ शान्ति र संविधान विरोधी जगजाहेर भएर प्रमाणित हुने, मानौँ भने स्वर्गीय सम्भावना गुम्ने । सातबुँदे सहमतिको मर्म र कर्मलाई कति थेग्न र तान्न सक्छन् अब भने एमाले अध्यक्षको लागि अर्को मौका र अग्निपरीक्षा बनेको छ ।

By नरेन्द्रजंग पिटर

विगतका लामा कालखण्डमा चालबाजी, धुर्त्याइँ र पाखण्डपनमा सनातनी दीक्षित एमाले-काङ्ग्रेसको परिचय र पहिचान बनिसकेको थियो । केही ‘रेडिकल’ व्यक्तित्वलाई छाड्ने हो भने आग्रहले लतार्दा उनीहरूले अग्रगामी सोच राख्ने क्षमता गुमाउँदै गएका थिए । जनयुद्धमा महारथ प्राप्त भए पनि उनीहरू र उनीहरूका ‘गडफादर’हरूले टेबुल सङ्घर्षमा सधैँ माओवादीलाई पछार्दै आएका हुन् । विगत पाँच वर्षको तीव्र राजनीतिक छिनाझप्टीमा हरेकपल्ट माओवादीको नयाँ पहलले मात्र उनीहरू चित खान्थ्यो, बल्ड्याङ खान्थे । यो अवधि रक्तविहीन सङ्घर्षको वेगमय समय थियो । आफ्नो मार्गचित्र अनुसार माओवादी नहाँकिने देखेपछि आफ्नै घोषित मूल्य, मान्यतालाई पनि उनीहरू धोती लगाउन पुग्दारहेछन् भन्ने कुरा सातबुँदे सहमतिले शान्ति र संविधानको सुनिश्चितता गरेपछि झन् प्रस्ट भयो । बाधा पुर्‍याउन निमित्त कारण उछाल्न फेरिन नचाहनेहरू नै अरू फेरिएनन् भनेर अर्का कोकोहोलो मच्चाउँदै छन् । यो कोकोहोलो उनीहरूको आत्मिकपीडा त हुँदै हो, त्यसभन्दा पनि उद्देश्य र योजना भनेको अग्रगामी नेपाली जनमतमा भ्रम सिर्जना गर्नुमा नै देखिन्छ । काङ्ग्रेस-एमालेभित्रका ‘रेडिकल फोर्स’ कि त यस गम्भीर अवस्थाप्रति उदासीन छ कि त आग्रहमा उनीहरू पनि फसेका छन् ।

एमाले र माओवादी नेतृत्वबीचको सातबुँदे सहमति आफू फेरिन नचाहने र अरूसँग मुर्कुट्टेहिँडाइको आशा र अपेक्षा गर्नेहरूको लागि अहिले पोटासियम साइनाइड नै बनेको छ । चाखौँ भने इहलीला समाप्त हुने, नचाखौँ भने अमिलो छ कि गुलियो थाहै नहुने । नमानौँ शान्ति र संविधान विरोधी जगजाहेर भएर प्रमाणित हुने, मानौँ भने स्वर्गीय सम्भावना गुम्ने । सातबुँदे सहमतिको मर्म र कर्मलाई कति थेग्न र तान्न सक्छन् अब भने एमाले अध्यक्षको लागि अर्को मौका र अग्निपरीक्षा बनेको छ । विगतदेखि नै उनलाई लाग्दै आएको आरोप, गर्दै गरिएको लाञ्छना भनेकै ‘अडान नभएको, ढुलमुले र शक्तिहीन नेताको हो’ । तेस्रो ठूलो दलको मूल नेतृत्व माथिको यो आरोप चानचुने थिएन । अहिले भने आरोपबाट मुक्ति र सातबुँदेको सार्थकतामा उनले खेल्ने भूमिकालाई देश र दुनियाँले नियालिरहेको छ । समस्याको निकास र निदान भरपरेको विषय पनि हो यो । आरोपलाई उनले मिथ्या सावित गर्ने अवसरका रूपमा कति उपयोग गर्छन्, यसैमा उनको भावी राजनीतिक जीवन, इतिहासले गर्ने दया, शान्ति सम्झौताको सार्थक परिणाम र अग्रगामी परिवर्तनको दस्तावेज संविधानको निर्माण भर पर्दछ । जस्ालाई फेरिएको नाटक गर्नु थियो र जनतालाई मूर्ख बनाएर गद्दी सुरक्षित हुन्छ भन्ने थियो, आज तिनीहरू फेरि अर्काे रूप र रङ्गमा सल्बलाइरहेका छन् । मुख्य कुरा त्यसको पहिचान र प्रतिकार नै हो ।

संसारकै प्रतिक्रियावादीहरूले अहिले नेपालको सन्दर्भमा नारा लगाइरहेका र भूमिका खेलिरहेका छन्: ‘दुनियाँकै यथास्थितिवादी, प्रतिक्रयावादी, थैलीशाहहरू एक हौँ, नेपालका विचारसहितका अग्रगमनकारी विरुद्ध जाइलागौँ ।” त्यो ‘सिण्डिकेट’ले विभिन्न पार्टी, संस्था र आवरणमा रहेका आफ्ना दूतहरूलाई उचालिरहेको छ । भरथेग गरिरहेको छ । बहस सर्जकहरू, ‘माइन्ड मेनेजर’हरू र ‘मिडिया’हरूमा यत्रतत्र देख्न सकिन्छ । सामान्यजनमा भ्रम फैलाउनु, भय दोहन गर्नु, निराशा फैलाउनु अर्कातर्फ हरेक पार्टीभित्र घुसपैठ गर्नु आपसी वैरभाव सिर्जना गर्नु, तोडफोड गर्नु, मौलिक चिन्तन र स्वाभिमानी सक्रियता हुन नदिएर पराश्रति बनाइदिनुमा त्यस ‘सिन्डिकेट’को मुख्य अभियान केन्दि्रत देखिन्छ । उनीहरूले बुझेका छन्: सबै विषयको केन्द्र विचारसहितको सक्रियता हो । आन्तरिक र बाहृय क्षेत्रमा । कोही उपदेशकका रूपमा देखिएका छन् भने कोही अन्तरध्वस्त गर्ने दाउपेच खेलिरहेका छन । सबैको केन्द्र सोही ‘सिन्डिकेट’ हो । रूप, वचन र भूमिकामा जो-जस्तोसुकै आवरणमा पनि देखिन सक्छ, झुल्किन सक्छ । कोही आदर्शको वकालतमा देखिँदैछ- सकियो, भत्कियो, ध्वस्त भयो भन्दैछ भने अर्का कोण कोही उग्रता र जडताको आरोपमा । पेचिलो बन्दै गएको आन्दोलनले भने तिमी तिम्रो तरिकाले लड, हामी हाम्रै तरिकाले लड्छौँ भन्दै अघि बढ्दो छ ।

विश्व मानचित्रमा जमिनको आकारमा ९३ औँ स्थानमा पर्ने यो भूपरिवेष्टित भूगोलको आफैँमा एउटा सानु आकारको सार्वभौम राष्ट्र हो तर यसको सामरिक महत्त्व भने चानचुने छैन । त्यसैले यो मुलुक अहिले सबै वर्ग, विचार, अभियानको प्रयोगशाला बन्दैछ । आमूल परिवर्तनकारीहरूलाई आशा बनेको छ भने त्यो सिन्डिकेटलाई आतङ्क बनेको छ । आˆनै खुट्टामा उभिएको हेर्न नचाहने वा उभिन हुति नभएकाहरूको भने माओवादीप्रति दुइटा आरोप छ । ऊ फेरिएको छैन र विश्वसनीय छैन । छुतको रोगले नसमातेका सामान्यजनले यो के, कसरी र कसका लागि भन्ने प्रश्नको गहिराइमा पुगेदेखि मात्र आमूल परिवर्तनको दिशा र दशा खुट्याउन सक्छन् नत्र रणभुल्लमा जो कोही पनि पर्न सक्छ । अब प्रश्न उठछ- फेरिनु र विश्वसनीय हुनु भनेको के हो भन्ने । त्यो भनेको माओवादीहरू कुलीन, थैलिशाह, यथास्थितिवादी र विदेशी निर्देशकहरूको अरोटमा हाँकिनु हो । परिवर्तनका युगान्तकारी नारालाई बेवारिसे छोडिदिनु हो । बिर्सिनु हो । ‘बाबा की दुहाई’ भन्दै माओवादीले अब ती नारा र कार्यक्रम लागु गर्नु त के, सपनीमा पनि सोच्दैनौँ भन्नु हो । ‘प्रभु’को मार्गचित्रमा हाँकिन्छौ भन्नु हो । सूत्रमा हाँकिनु र सपना एवं प्रतिबद्धता विर्सजनमा हो । अथवा जडतामा हाकिएर पेरूका कम्युनिस्टको हविगत ब्यर्होनु हो अथवा सिर्जनात्मक बन्ने नाममा वर्गबैरीसँग आत्मसमर्पण गरेर ‘अफिसियल कम्युनिस्ट’मा दरिनु हो । हिन्दीमा एउटा उखान छ. ‘मिया की जुती मियाँ की सर’ अथवा, जसको हतियार उसैमाथिको प्रयोग । त्यसै भएपछि सबैखाले पात्र, प्रवृत्ति र शक्तिहरूको मथिङ्गल खराब भएको छ । उनीहरू तिल्मिलाएका छन् । वर्गसङ्र्घषको यो पेचिलो मोड कस्ौले जोखना गरेको भन्दा भिन्न तरिकाले आइदियो । बहसको केन्द्र र आन्दोलनको मुख्य भाग बनिदियो । सबै सबैलाई कित्ताकाट गरिदियो । त्यसैले सो सिन्डिकेटको अभियान अहिले सातबुँदे सहमतिलाई कसरी तुहाउने, अपव्याख्या र मूल स्पिरिट ध्वस्त पार्नेमा रहेको छ ।

सातबँुदे सहमति अहिले सनातनीहरूलाई काउसोको माला बनेको छ भने एमाले अध्यक्ष खनाललाई सत्ताप्राप्तिको तुरूप हो कि ? अग्रगमनसहितको शान्ति, त्यसको उचित व्यवस्थापनसहितको वैधानिक घोषणापत्र जारी गर्ने संविधान निर्माणको प्रतिबद्धता भन्ने प्रश्न तेर्सिएका छन् । जीवनमा उनलेे यस्तोे पहिलो कठिन परीक्षा दिँदैछन् । इतिहासमा के हुने- अग्रगमनको सारथि बन्ने कि विभिषणको पगरी गुथ्ने । यसै पनि जोखिमको यात्रामा रमाउने उनको स्वभाव होइन भने दृढ अडान नभएपछि लतारिने उनको नियति थियो, आरोप खेपिरहेकै हुन् ।

अग्रगमनसहितको शान्ति र सामाजिक रूपान्तरणको केन्द्रीय दस्तावेज संविधान बनाउने माओवादीहरूको अभियान हो । सामाजिक रूपान्तरण उसका आफ्ना ’एजेन्डा’ हुन् । उसलाई बेवारिसे छाड्न ऊ सक्दैन । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका लागि युगले भुक्तान गरेको मूल्य उसका सम्पत्ति र मार्ग निर्देशक हुन् । विचारको अभ्यासको आधारमा टेकेर विकास गरेपछि मात्रै सम्भव छ र समयको सम्बोधन गर्न सकिन्छ भन्ने उसको हिजोदेखिको प्रयोग हो । पछिल्लो अभ्यासक्रममा अग्रगमनप्रतिको प्रतिबद्धताको एउटा खुड्किलोको सहयात्रा मात्रै सातबुँदे सहमतिपत्र हो । सरकार र मन्त्रीका ‘पोर्टफोलियो’ गौण विषय हुन्, सातबुँदे सहमतिको मूल ‘स्पिरिट’ प्रमुख सवाल हो ।

(लेखक एनेकपा माओवादीका सल्लाहकार हुन् )

No comments:

Post a Comment