Sunday, January 9, 2011

कपिलबस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति गठन

विष्णु प्रसाद पौडेल, कोपनहेगन, डेनमार्क: कपिलवस्तु भारतमा पर्छ र शान्तिका अग्रदुत गौतम वुद्ध भारतमै जन्मेका हुन भनेर विश्व समाजलाई भ्रममा पार्ने खेतीलाई जरैदेखि समाप्त पार्न सम्पूर्ण नेपाली एवं यस झूठप्रति सचेत सम्पूर्ण जनलाई संगठित गर्ने उद्देश्यले मिति २०६७ वैसाख ३० तदनुसार १३ मई २०१० का दिन डेनमार्कमा रहनु भएका नेपालीहरु वीच एउटा भेला आयोजना गरी १७ सदस्सीय कपिलवस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति (तदर्थ) गठन गरिएकोमा त्यस्मा दुई जना थपी विष्णु प्रसाद पौडेल (कपिलबस्तु)को राष्ट्रिय संयोजकत्वमा १९ जनाको कपिलबस्तु दिवस अभियान डेनमार्क राष्ट्रिय समिति गठन गरिएको छ । समितिका अन्य संयोजकहरुमा दीपक सापकोटा (झापा), रवी क्षेत्री (काठमाण्डौ), सुभाष घिमिरे (कपिलवस्तु), सन्तोष वस्नेत (झापा), हरी न्योपाने (चितवन), प्रकाश श्रेष्ठ (नुवाकोट), भोपाल वानिया (रुपन्देही), संजीव गिरी (काठमाण्डौ), सालिकराम शर्मा (वाग्लुङ्ग), नरेन्द्र वस्नेत (झापा), सिद्धार्थभक्त भण्डारी (स्याङ्गजा), वेविता ढकाल (इटहरी), भानेश्वर पोख्रेल (चितवन), प्रमिला अधिकारी (विराटनगर), सरस्वती भुषाल (अर्धाखाँची) र युबराज घिमिरे हुनुहुन्छ ।
भेलाले छिमेकी देश भारतले नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय स्वाभिमानप्रति धावा वोलि रहेको तथा विश्व शान्तिका अग्रदुत एबं सत्यका पर्यायबाची भगवान गौतम वुद्धको घोर अपमान गरिरहेको प्रसंगप्रति निकै सम्वेदनशील एंव स्तब्ध हुँदै यस किसिमका नाजायज गतिबिधिहरुलाई निस्तेज पार्ने प्रतिबद्धता जाहेर गरेको छ । आजको युगमा कटु सत्यमाथि भएको खुल्ला एवं नाङ्गो हस्तक्षेप सहन गर्न वाध्य हामी नेपाली वास्तविकतालाई वुझी सत्य पक्षलाई साथ दिन सरकार तथा जिम्मेवार निकायप्रति आग्रह समेत गरेको छ उक्त भेलाले ।
भेलाले खासगरी शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्मस्थल र तात्कालीन राजधानीको विषयमा छिमेकी राष्ट्र भारतले गर्दै आएको भ्रामक प्रचारको निन्दा ग-यो । छिमेकी राष्ट्र भारतले नेपालको सामाजिक, आर्थिक, राजनितिक एवं भौगोलिक क्षेत्रमा पटक पटक धावा बोल्दै आइरहेको र यी दुवै राज्यबीच सामाजिक तथा सांस्कृतिक सवालमा प्रसस्त मेल खाने भएकाले पनि कतिपय सवालहरुलाई नजरअन्दाज गरिएको कमजोरीको लाभ भारत राज्यले सदैव उठाउदै आएको, तर विश्व इतिहासले प्रमाणित गरेको तथा विश्व सम्पदा सूचीमा सूचिकृत कटुसत्यमाथि नीजि स्वार्थका लागि अन्तरराष्ट्रिय कानुन विपरित गरिएको दण्डनीय कार्यको घोर भर्त्सना गर्दै अन्तरराष्ट्रिय जगतलाई ध्यानाकर्षण गर्नु नै भेलाको मूल उद्देश्य रहेको थियो । यस्ता भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्न आगामी दिनमा विदेशी मूलका वुद्धिजिवीहरु वीच अन्तरकृयाको आयोजना गर्ने साथै देशी तथा विदेशी संचार माध्यमहरुलाई सत्यका पक्षमा वकालत गर्न सहकार्यका लागि आग्रह गर्ने निर्णय पनि उक्त भेलाले गर्‍यो । भेलाले यो विषय अन्तरराष्ट्रिय प्रकृति भएकोले सवै राष्ट्रवाट न्यायको पक्षमा लडन साथ मिल्ने समेत विश्वास लिएको छ । भगवान गौतम वुद्धको जन्मस्थल नेपालको रुपन्देही जिल्लाको लुम्विनी हो र उनको तात्कालीन राज्य हालको कपिलवस्तु जिल्लाको तिलौराकोट थियो भनेर इतिहासका दस्तावेजमा समेत उल्लेख भएको यस्तो सम्वेदनशील विषयमा एउटा राज्यले गर्ने नाङ्गो प्रदर्शनले विश्वलाई नै गुमराहमा पार्ने प्रयास गर्नु कहासम्मको न्याय हो भन्ने प्रश्न विश्व सामू उभिएको विषयका भेलाले चिन्ता व्यक्त गर्‍यो । भेलाले यो विषय अन्तरराष्ट्रिय प्रकृति भएकोले सवै राष्ट्रवाट न्यायको पक्षमा लडन साथ मिल्ने समेत विश्वास लिएको छ ।
समितिले नेपाल पर्यटन वर्ष २०११ को अवसरमा पर्यटन वर्ष २०११ सम्बन्धी प्रचार-प्रसार कार्यक्रमको आयोजना गरी डेनमार्कस्थित नेपाली दूताबासद्धारा प्रदान गरिएका सामग्रीहरु यही ७ जनवरी २०११ का दिन ३ बजेदेखि ५ बजेसम्म Amagertorv, Cph, Denmark (होटेल यूरोपा अगाडिको चौक, पानीको फोहरा अगाडि, मामा रोजा रेस्टुरेन्ट पछाडि) बिदेशीहरुलाई बितरण गर्ने काम गर्‍यो ।
स्मरण रहोस समस्याको प्रकृति बिस्वब्यापी भएका करण यस अभियानलाई बिस्वब्यापी बनाइनु पर्ने ठहर गरी दुई चरण गरी वेलायत निवासी रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिलाई पूर्णता दिएपस्चात क्षेत्रीय र राष्ट्रिय समिति गठन गर्दै बिस्व सन्जाल बिस्तार गर्ने उद्धेस्य अनुरुप क्रमश: स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड र ताईवानमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन भैसकेकोले डेनमार्क यसरी राष्ट्रिय समिति गठन गर्ने सातौं मुलुक बन्न पुगेको छ

No comments:

Post a Comment