Tuesday, December 14, 2010

स्वर्ण शिक्षा स्कूलले दिएका अमूल्य सन्देशहरु

By रामकुमार श्रेष्ठ,
कपिलबस्तु दिवस अभियान बिस्व संयोजक

काठमाण्डौंको गोकर्णको स्वर्ण शिक्षा स्कूलले गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाउँदा आफ्ना ५०० बिद्यार्थीहरुलाई कपिलबस्तु दिवस कार्यक्रममा सरीक गराएको थियो भने यसपाली पनि स्वत: स्फूर्त रुपमा त्यत्तिक्कै सकृयताका साथ आफ्ना बिद्यार्थीहरुलाई सरीक गराएर बुद्धसम्बन्धी लेख रचना लेख्न र चित्रहरु बनाएर बिद्यार्थीहरुमा राष्ट्रियताको भावना जगाउने र राष्ट्रिय बिभूति गौतम बुद्धप्रति सच्चा अर्थमा आदर गर्न सिकाउने महान कार्य गरेको छ (अर्को लिंकको लागि यहाँ क्लिक गर्नु होस ) । देशका यस किसिमका अमूल्य निधिहरु र बिभूतिहरुप्रति निम्नतम औपचारिकता मात्र त्यो पनि वाध्यताबश जनाउने वाताबरण भएको यस्तो अवस्थामा भोलीका कर्णधार यस किसिमका बिद्यार्थीहरुलाई यसरी यस किसिमका कार्यक्रमहरुमा सरीक गराउनुको महत्व महसूस गर्न सकिन्छ ब्यक्त गर्न होइन । स्वर्ण शिक्षा स्कूलको यस किसिमका कार्य अत्यन्तै अनुकरणीय छ र आज बुद्धको जन्मस्थलबारे हाम्रो सर्ब पक्षीय लामो मौनताका कारण दिग्भ्रमले विश्वब्यापी रुप ग्रहण गरिसकेको सन्दर्भमा अन्य शिक्षालयहरुले पनि यो अनुकरणीय कार्यलाई अबलम्बन गर्नु भनेको देशप्रतिको जिम्मेवारी बोध गरेको रुपमा लिइनु पर्ने हुन्छ ।
कपिलबस्तु दिवस अभियानका सर्जकहरुले पनि बुझ्नु पर्ने महत्वपूर्ण कुरो के हो भने अभियानको एउटा महत्वपूर्ण उद्धेस्य बुद्ध जन्मस्थलको बिषयमा सिर्जित बिस्वब्यापी भ्रमलाई निस्तेज पार्नु भए तापनि अभियानको बिद्यमान सीमित साधन र श्रोत, अभियानको बिस्वब्यापी सन्जाल फैल्याउने क्रममा बिस्व कार्य समितिको पूर्णतापस्चात छोटै समयमा पनि पाँच देशमा मात्र राष्ट्रिय समिति गठन भएको र यस्को शीघ्र बिस्तारको संभाबना भएको, कुनै पनि काम गर्दा पहिला आफू नै बलियो हुनु पर्ने र अभियानको सन्दर्भमा भन्नु पर्दा अझै अधिकांश नेपाली यो अभियानबारे अनभिज्ञ रहेको र समस्याको बिस्वब्यापी स्वरुप नबुझेको जस्ता कारण नेपाली बीच जानु पर्ने कुरालाई हेक्का राख्नै पर्छ । यसैले कार्यक्रम तय गर्दा जति बिदेशीहरुलाई लक्षित गर्छौं त्यत्ति नै नेपालीहरु बीच जानुलाई पनि प्राथमिकतामा पार्नै पर्छ अहिलेको अवस्थामा । यसले अभियानलाई सशक्त रुपमा अगाडि बढाउने नयाँ नयाँ होनहार अभियन्ताहरु जन्माउने संभाबनालाई प्रबल बनाउँछ । नेपालमा मात्र नभएर बिदेशमा पनि नेपाली केटाकेटीहरु बीच यस किसिमका चेतनामूलक कार्यक्रमले आ-आफ्ना शिक्षालयहरुको पाठ्यक्रममा भएका त्यस किसिमका भ्रमको बिरोधमा आबाज उठाउन सक्ने आत्म बल प्रदान गर्छ । अत: नेपालीहरुको बीच गएर जन चेतना जगाउने र अभियानको सन्जाल बिस्तार गर्ने काम अभियानको सिक्काको एउटा पाटो हो भन्ने कुरालाई बुझ्न अत्यन्तै जरुरी छ अभियानलाई सशक्त रुपमा अगाडि बढाउन । "एक थुकी सुकी, हजार थुकी नदी" भन्ने हाम्रो भनाइ यहाँनेर अत्यन्तै सान्दर्भिक देखिन्छ ।
घोंडा चढने लडछ, त्यसैले काम गर्नेले पनि गल्ती गर्छ - यो स्वाभाबिक हो । गल्तीसंग डराउनेले कहिल्यै केही गर्न सक्तैन । गल्ती लुकाउने प्रब्रितिले बिकृतिजन्माउँछ । त्यसैले सानो ठूलो नभनी काम गर्दा नचाहेर भएका गल्तीहरुलाई स्वीकार्दै अगाडि बढनेले मात्र गल्तीबाट पाठ सिक्न सक्ने भएकोले भबिस्यका संभाबित गल्तीहरुलाई न्यूनिकरण गर्न सक्छ र सफल मान्छे बन्न सक्छ । स्वर्ण शिक्षा स्कूलले गरेको गत बर्षदेखिको अनुकरणीय कार्यबाट सबैले यथोचित शिक्षा लिएर धेरै स्वर्ण शिक्षा स्कूल र यस्का श्रद्धेय शिक्षक र देशप्रति चिन्तनशील बिद्यार्थीहरु जस्तै शिक्षक र बिद्यार्थीहरु जन्माउन सकिएको खण्डमा मात्र अभियानको मुलभूत उद्धेस्य परिपूर्तिका लागि थुप्रै अभियन्ताहरु जन्मन सक्छन र अभियानको उद्धेस्य प्राप्ती कार्यले सार्थक रुप लिने दिन नजिकिन सक्छ ।

No comments:

Post a Comment