Tuesday, December 7, 2010

कपिलवस्तु दिवस: कतारमा भब्यताका साथ दोस्रो कपिलवस्तु दिवस सम्पन्न

३ डिसेम्बर, दोहा, कतार : सन् १९९७ मा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी कपिलबस्तुलाई समेत ओझेलमा पार्ने कुत्सित मनसायका साथभारतको अलिगढमा निर्माण गरिरहेको नक्कली कपिलबस्तुमा वास्तविक कपिलबस्तुको भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई समेत सीमा नाकामा रोक्दै भ्रमण गराएर भारतले फर्काइरहेको सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालको कपिलबस्तु नै हो भन्ने यथार्थलाई दह्रोसंग आत्मसात गर्दै भारतीय विस्तारवादका दुस्प्रचार र दुस्प्रयासहरुलाई लोप्पा खुवाउने खाडी राष्ट्रहरुबाट शुरु भएको अभियानको प्रारम्भमा कपिलवस्तु दिवस अभियान कतार र कतारमा कार्यरत विभिन्न ५४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा यही डिसेम्बर ३ का दिन दोहो सिटी प्लाजा होटलमा दोस्रो कपिलबस्तु दिवस भव्यताकासाथ सम्पन्न भएको छ ।

कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियान विश्व कार्यसमितिका मध्यपूर्व संयोजक हरि नेपालको विशेष आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा नेपाली दुतावासका श्रम सहचारी ध्रुव कोइराला, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल, अन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील माचका कार्यबाहक अध्यक्ष सुशील खड्का, नेपाली जनसम्पर्क समितिका महासचिव विमल सुवेदी, नेपाली लोकतान्त्रिक माचका अध्यक्षरामहरि गैरे, टीबी कार्की, राधाकृष्ण देव, करिम मियाँ, मकसुद आलम र तारा मंगोल रहेका थिए। कपिलबस्तु दिवस आयोजक समितिका संयोजक विनेश तामाङ्गको सभापतित्वमा भएको कार्यक्रमलाई कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति कतारका संयोजक श्रीकृष्ण भट्टराईले संचालन गर्नुभएको थियो । ब्यानर अनाबरण सहित दुइवटा मैनबत्ती बालेर प्रमुख अतिथिबाट उदघाटन गरिएको सो कार्यक्रमलाई मनकामना नेपाली साँस्कृतिक परिवारका कलाकारहरुले राष्ट्रिय गान प्रस्तुत गरेका थिए । राष्ट्रिय समितिका सदस्य कमल रेग्मीको शब्द स्वागतलाई शब्द चिन्तन संघको राष्ट्रिय भावनाले ओतप्रोत स्वागत गीतले सवै उपस्थितहरु जुर्मुराउन पुगेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि महामहिम डा सूर्यनाथ मिश्रले सिद्धार्थ गौतमको जन्म नेपालको कपिलवस्तुमै भएको कुरामा कुनै दुई मत नभएको जनाउँदै उनले तपस्या गरेको स्थान मात्र भारतको बोधगया भएको जनाए । त्यो बेला कुनै नेपाल या भारत नामको कुनै देश नभए पनि अहिले कपिलवस्तु नेपालमा भएको कारणले बुद्ध नेपाली नै हुन भन्दै १९९५ मा नेपालको पुरातत्व विभाग र जापानको बौद्ध समाजले उत्खनन गरेर भेट्टाएको सामाग्रीहरु हाम्रो संग्राहलयमा सुरक्षित गरेको जनाए । सम्राट अशोकले गाडेको स्तम्भ अहिले पनि छ जसको अध्ययनका लागि जर्मनीको वैज्ञानिक टोलीले अध्ययन गरी बुद्धको जन्म नेपालमा नै भएको प्रतिवेदन प्रस्तुत गरी सकेको जनाउँदै डा. मिश्रले युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरी नेपालकै निधि भएको प्रमाणित गरिसकेको जानकारी दिए । आस्थाका आधारमा कसैले पनि बुद्ध हाम्रा हुन भन्न सक्छन तर जन्मका आधारमा कसैले पनि हाम्रो देशमा जन्मेका हुन भन्नु लज्जास्पद भएको जनाए । यो कार्यक्रमले सकरात्मक संदेश दिएको जनाउँदै यस अभियानमा नेपाली कुटनितिक नियोग र आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रमका विशेष अतिथि तथा अभियानका मध्यपुर्व संयोजक हरि नेपालीले कपिलबस्तु दिवस अभियान विश्व कार्यसमितिको तर्फबाट तयार गरिएको स्मारिका भिसा तथा अन्य प्रयोजनको लागि दुतावासमा आउने विदेशीहरुको जानकारीको लागि दुतावासमा राखिदिनको लागि राजदुत मिश्रलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रमलाई संबोधन गर्दै विशेष अतिथि हरि नेपालीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिविधिका विरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिगभ्रमित पश्चिमी विद्धानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक रहेको एवं राजनैतिकआर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन नसक्ने भएकोले कपिलबस्तु दिवसको रुपमा लुम्बिनी र कपिलबस्तुको प्रचार प्रसार गरिनु पर्दछ र दिगभ्रमित विश्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर विश्वभर छरिएर रहेका नेपालीहरु एकजुट हुन जरुरी रहेको आवश्यकता औल्याउनुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कपिलबस्तु गौतमबुद्ध र लुम्बिनी नेपालको लागि धार्मिक, अर्थिक तथा संपूर्ण रुपले महत्वपूर्ण भएकोले पर्यटन बर्ष २०११ को साथमा यस विषयलाई पनि कुटनैतिक र सरकारी रुपमै प्रचारप्रसारका साथै पहलकदमी लिनुपर्नेमा जोडदिएका थिए । साथै भारतको हेपाहा प्रवृति र विश्वलाई नै दिगभ्रमित पार्ने गरि गरिएको दुस्प्रचारलाई सशक्त ढंगले चिर्नुपर्ने बताएका थिए । श्रमिक रेमिट कम्पनीका तारा मंगोलले अक्सफोर्ड यूनिभसर्सिटीले प्रकाशन गरेको डिक्सनरी नै त्रुटिपूर्ण रहेकोले त्यसलाई सच्याउन पहल गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

आयोजकको तर्फबाट बुधबल गुरुङ्गले कपिलबस्तु दिवस अभियानको विगत, बर्तमानका साथै आगामी दिनमा गर्नुपर्ने कार्यहरुको विस्तृत प्रतिवदेन राख्नुभएको थियो। सोही कार्यक्रममा नवोदित साहित्यिक मोवाइल पुस्तकालयद्वारा प्रकाशन गरिएको साहित्यिक द्धैमासिक “नवोदित”को विमोचन गरिएको थियो । गौतम बुद्ध विशेषांकको रुपमा निकालिएको उक्त पत्रिकामा गौतम बुद्ध र कपिलवस्तुसम्बन्धि जानकारीमूलक कुराहरु समेटिएका छन । सो कार्यक्रममा मितेरी फिल्म प्रोडक्सन प्रा. लि. को तर्फबाट गीति नाटक रातो र चन्द्र सूर्य……… प्रस्तुत गरिएको थियो भने दोहाका कवि बद्री प्रसाद पराजुली र तीर्थ संगम राईले बुद्धसम्बन्धि कविता वाचन गरेका थिए । सो कार्यक्रमलाई कपिलबस्तु दिवस अभियान कतार लगायत गैरआबसीय नेपाली संघ, नेपालप्रवासी आदिबासी जनजाति महासंघ, नेपाल प्रवासी तामाङ्ग समाज, तमु बौद्ध सेवा समिति शाखा, किरात, याक्थुङ्ग, चुम्लुङ्ग, कतार किरात राई, यायोख्खा शाखा, थारु कल्याणकारीणी सभा, नेपाल दराई, प्रवासी समाज, नेपाल प्रवासी मगर संघ, क्षेत्री सेवा समाज, प्रवासी नेपाली, मुस्लिम समाज, प्रवासी नेपाली, मुस्लिम सेवा समाज, गोरखा सेवा समाज, चितवन युवा समुह, शव्द चिन्तन संघ, धादिङ्ग युवा समाज, पाल्पा सेवा समाज, गैर आबसिय यातायात मजदुर संघ, नबोदित साहित्यिक मोवाइल पुस्तकालय, पाँचथर सेवा समाज, उदयपुर प्रवासी सेवा समाज, सेठघण्स्टी अवारनेस सेन्टर, स्याङ्गजा सहयोग समाज, खोटाङ्ग सेवा समाज, एकीकृत सर्लाही सेवा समाज, धनकुटा सेवा समाज, गाउँशहर समाज कल्याण अभियान, किराँत प्रवासी राष्ट्रिय माच, प्रवासी भुजेल सेवा समाज, मकवानपुरे मिलन केन्द्र, केशवटार सेवा समाज, पारदर्शी प्रवासी संस्था, बाग्लुङ्ग सेवा समाज, मनकामना नेपाली सास्कृतिक परिवार, कास्की आदर्श सेवा समाज, नुवाकोट सेवा समाज, तनहु सेवा समाज, लम्जुङ्ग सम्पर्क समिति, गोरखा मुस्लिम सेवा समाज, जनप्रयत्न उपत्यका सेवा समाज, धनुषा सेवा समाज, पाथीभरा युवा सेवा समाज, गुल्मी सेवा समाज, नेपाल मिथिला कला परिषद, सर्लाही कल्याण समाज, नेपाल योङ्ग प्रेुण्ड एसोसियसन, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज, कपिलवस्तु मुस्लीम समाज, समाज सेवा अभियान रुपन्देही, नवलपरासी सेवा समाज, अर्घाखाँची सेवा समाज, काभ्रे प्रवासी सेवा समाज, सिरहा सेवा समाज, कपिलवस्तु जागरुक समूहले संयुक्त रुपमा आयोजना गरेको हो । सो कार्यक्रमलाई श्रमिक रेमिट कम्पनीले प्रायोजन गरेको थियो भने लक्ष्मण खतिवडा र उमेश अधिकारीले व्यक्तिगत रुपमा सहयोग गरेका थिए । सोही ५४ वटा संस्था सहित कपिलवस्तु दिवस अभियानले आयोजना गरेको कार्यक्रममा राजदुत मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।आयोजकको तर्फबाट विनेश तामाङ्गले दोसल्ला ओढाएका थिए भने पाल्पा सेवा समाजको तर्फबाट पाल्पापी ढाका टोपी र दोसल्ला ओढाइएको थियो । सम्मान कार्यक्रम आयोजक संस्थाका प्रतिनिधि तथा कार्यक्रममा उपस्थित सबैले खादा ओढाएर राजदुत मिश्रलाई सम्मान गरेका थिए ।

No comments:

Post a Comment