(सन्दर्भ: कपिलबस्तु दिबस)
रामकुमार श्रेष्ठ
आज (29th of November) समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो ।
कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन ।
कपिलबस्तुसम्बन्धी सामग्रीहरु गुगलमा गएर खोज्दा अधिकांश सामग्रीहरु भारतीहरुद्धारा तयार गरेको पाइन्थ्यो जस्ले गर्दा बिस्वका अधिकांश
मानिसमा भारतको नीतिको कारण कपिलबस्तु भारतमा पर्छ भन्ने भ्रम सिर्जना भएको छ । फ्रान्स र जर्मनीमा बसोबास गर्ने मेरा एक बिदेशी मित्र राहो जोए एउटा आध्यात्मिक समूहको सकृय सदस्य हुन र उन्ले कपिलबस्तु दिबसलाई कसरी सहयोग गर्न सकिन्छ भनी मसंग जिज्ञासा राखेपछि मैले बताए अनुरुप उन्ले फेसबुक मार्फत आफ्ना साथीहरुलाई समेत सहभागी गराउन शुरु गरेको पाएँ र उन्का थुप्रै साथीहरुको सहमति भएको देखियो, तर दु:खको कुरो कपिलबस्तु दिबसको लोगोको तल उन्ले कार्यक्रमबारे जानकारी राख्ने क्रममा कपिलबस्तु र कोस्ठमा भारत लेखेका रहेछन । यो संचारको क्षेत्रमा भएको भारतीहरुको प्रभुत्वको परिणाम हो । कपिलबस्तु दिबसको अभियानपस्चात गुगलमा नेपाली सामग्रीहरु अनायासै बढेको पाइयो र यस्को लागि सहयोग गर्ने थुप्रै संचारकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर हाम्रा सामग्रीहरुको बाहुल्यता नेपाली भाषामा भएको कारण बिदेशीहरुमा रहेको यस किसिमका भ्रम निबारण गर्न यस किसिमका कार्यक्रमका साथसाथै सान्दर्भिक अंग्रेजी लेखहरुको प्रबाह ल्याइनु पर्ने हुन्छ । अंग्रेजी लेखहरु प्रकाशित गर्ने गरेको नभए तापनि कपिलबस्तु दिबसको सन्दर्भमा मेरो अंग्रेजी लेखलाई स्थान दिन नहिचकिचाउने http://www.bagaicha.com, http://www.mulbato.com, http://nepalarab.com, र http://dcnepal.com पत्रिकाहरुप्रति यस दृष्टिकोणले आभार ब्यक्त गर्न चाहन्छु । आखिर यो लेखभन्दा अभियानको प्रचार प्रसार हो र यस्तो सामग्रीहरु हाम्रो राष्ट्रियताको प्रश्नसंग गासिएको कारण जति सक्यो बढी प्रचार प्रसार गरिनु पर्ने हुन्छ । जुन बिदेशी मित्रले हामीलाई सहयोग गर्न चाही रहेका छन, बिस्वमा भारतीय संचार माध्यमको प्रभुत्वको कारण यस्तो गल्ती गरेको देखियो र यस्तै भ्रम निबारण गरिनु पनि यो कार्यक्रमको एउटा मुख्य उद्धेस्य हो । अत: संपूर्ण कलमकर्मी र संचारकर्मी मित्रहरुले यस्तो संबेदनशील बिषयबस्तुलाई प्राथमिकता दिनुलाई राष्ट्रियताकै प्रश्नमा प्रथमिकता दिएको रुपमा लिनु हुनेछ भन्ने कुरामा बिस्वस्त छौ ।
Published links:http://aswikrit.com/index.php?linkId=350
http://worldamity.wordpress.com/2009/11/29/wp-adminpost-newkdrk-php/
http://limbusansar.blogspot.com/2009/11/blog-post_494.html
http://www.sherpaworld.com/show.php?at=1&sn=2082
No comments:
Post a Comment