Friday, September 3, 2010

देवदहबाट पुरातात्विक महत्वका बस्तुहरु चोरी

By भिम गुरुङ
१७ ,भाद्र,देवदह- भगवान गौतम बुद्धसंग सम्बन्धीत सबै ठाउँहरु भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा भगवान बुद्धको मावली स्थल देवदहबाट भग्नावशेस खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी भएका छन् ।

रुपन्देहीको देवदह स्थित कन्यामाई मन्दिरको परिसरबाट देवदहसंग सम्बन्धीत बस्तुहरु गए राती अज्ञात समूहबाट मन्दिर परिसरको पूर्वी घोलाको छेउ भागमा रहेको भग्नावशेस खनेर चोरी लगेका हुन् । भग्नावाशेष रहेको भित्ता र घोलामा तिन फीट खनी पुराना र चाक्ला ईट्टाहरु, ठूला र चाक्ला कुदिएका ढुङ्गाहरु र पुरिएको अवस्थामा रहेका मुर्तिहरु लगेको बैरीमाई जनकल्याण क्लबका पुर्व अध्यक्ष चुरामणि गैरेले जानकारी गराउनु भएको छ ।

मन्दिरको पछिल्लो भागमा कसैले नदेख्ने ठाउँमा रहेको सो स्थलबाट राती लगभग एघार बाह्र बजेको समयमा मोटर साइकलमा आइ लगेको हुन सक्ने वहाँले अनुमान गर्नु भएको छ ।

भगवान गौतम बुद्ध भारतमा नै जन्मेको र लुम्विनी, देवदह , रामग्राम पनि भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा उनीहरुको इसारामा यो चोरी भएको आशंका गरिएको छ । भगवान बुद्धको मावली देवदहबाट यसरी भग्नावशेष खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी हुनुमा राज्यको बेवास्ता र स्थानीय संघ संस्थाहरुको गैर जिम्मेवारी व्यवहार रहेको बैरीमाई कन्यामाई संरक्षण समितीकी अध्यक्ष मन कुमारी काफ्लेले बताउनु हुन्छ ।

चोरी भै सके पछि थाह पाएका मन्दिरका पण्डित दुर्गा प्रसाद पौडेलले प्रहरीलाई खबर गरे पनि खासै चासो नदेखाएको बैरीमाई जनकल्याण क्लबका अध्यक्ष राम प्रसाद देवकोटाले बताउनु भएको छ । लगभग दस बर्ष पहिला पनि भग्नावशेस स्थल बाटै पुराना मुर्तिहरु चोरी लगेको स्थानिय महिला समाजसेवी युवती पन्थले जानकारी गराउनु भएको थियो ।

उत्खनन्को पर्खाइमा रहेको देवदहका पुरातात्विक महत्वका बस्तु हरु राज्यले उत्खनन् शुरु गर्नु भन्दा अघि नै समाप्त पारिएको अवस्थामा साच्चै नै देवदह खोज्न भारत नै जानु पर्ने अवस्था नआउला भन्न सकिदैन । बर्षे झरिको रुपमा जन्मने अनि मर्ने, फुल्न फल्न नसक्ने देवदह साग नाम जोडेर खोलिएका संस्थाहरु आ आफैमा जुगाको लडाई लडि रहेको अवस्थामा देवदहका यस्ता बस्तु चोरी निकासी हुने मौका खुव मिलेको अवस्था रहेको छ ।

देवदहमा रहेका र खोलीएका संस्थाहरुमा एकापासमा आधिकारीक समितीको बारेमा विबाद भई रहने र देवदह तथा केरवानी गाउँ विकास समितीले पनि खासै उल्लेखनिय पहल गर्न नसक्नु अनि लुम्विनी विकास कोषले लुम्विनीबाट अन्य सम्वन्धीत स्थलतिर एक पाइला पनि बढाउन नचाहनु पनि उत्तिकै जिम्मेवारी देखिदैन र ?

No comments:

Post a Comment