(यो लेख बिभिन्न धार्मिक एवं बैज्ञानिक पुस्तक एबं लेखहरुको अध्ययन र केही हदसम्म आफ्नो ब्यक्तिगत अनुभबको आधारमा तयार पारिएको हो । बिषयबस्तुको जटीलताको कारण यो लेख धेरै लामो हुन गएको छ ।)
ऋषिमुनिहरु र बुद्धको तपोभूमिको रुपमा परिचित नेपालको चारकोसे झाडीमा बुद्धत्व प्राप्त गर्न ६ बर्ष तपस्या गर्नु पर्ने बताएर जेठ २ २०६१ देखि करीब एक बर्ष निराहार तपस्यारत रहेर अनायास त्यांहाबाट गायब भई अन्यत्र एकान्तमा तपस्यारत रहन हिडेका ओम नमोबुद्धज्ञान गुरुका रुपमा प्रचारित १६ बर्षे राम बहादुर बम्जन चर्चा परिचर्चाको विषय बन्न पुगेका छन् । उनको दर्शनार्थ दिनहुँ हजारौको भीड लाग्ने गरेको पाइन्थ्यो र सर्वसाधारणले ५० मिटरको दूरीको घेराबाट दर्शन गर्न पाउने ब्यबस्था थियो । तामाङको घरमा जन्मे पनि जांडरक्सी माछामासु नखाने कसैसंग झगडा नगर्ने एकान्त स्वभाबका राम बहादुर गाउँकै प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेपछि ५ बर्ष गाउँमै बुद्ध धर्म अध्ययन गरी तिब्बती भाषामा प्रवीणता प्रमाणपत्र तहसरह बुद्धशिक्षा प्राप्त गरेपछि पुरानो नाम फेरी पाल्देन लामा राखी बोधगयामा एक महिना जति तपस्या गरेर फर्केपछि यो तपस्या शुरु गरेको बुझिन्छ । तपस्याको लागि जान खोज्दा घर फर्काउन प्रयाश गर्दा उनले पिपलको पात दिएर ६ वर्ष पुगेपछि सो पात हराएमा उनी अदृश्य पनि हुनसक्ने बताएका थिए । करीब एक बर्ष निराहार बसेर बैज्ञानिकपूर्ण आजको युगका लागि चुनौति बनेका सो ब्यक्ति नभएर मूर्ति हुन सक्ने ध्यानाबस्थामा रहंदा २ पटक सर्पद्धारा डसिएको आदि आदि चर्चा परिचर्चा आएर तपस्याको बास्तविक जानकारी अगाडि आउनुपर्ने माग आइरहेको बेला ध्यान र गुफा बस्ने काम तामाङ समुदायमा नौलो नभएको उल्लेख गर्दै राम बहादुरको बारेमा अतिरन्जित प्रचार गरेर गलत फाइदा उठाउने काम कसैबाट नहोस् भनी तामाङहरुकै सामुदायिक संस्था नेपाल तामाङ घेदुङले आग्रह गरेको थियो । साथै उक्त संस्थाले धर्म र समुदायको आस्था बिस्वास र श्रद्धामा परीक्षण हुन नसक्ने उल्लेख गर्दै बारामा तपस्यारत बम्जनको परीक्षण नगर्न समेत आग्रह गरेको थियो । हुन त सयौं बर्षदेखि हिमालय एबं अनकण्टार गुफाहरुमा तपस्यारत ऋषिमुनिहरु अद्यापि छन् भन्ने कुराहरु सुन्नमा नआएका होइनन् र यस किसिमका प्रसंगहरु उठाइंदा आजको यस्तो बैज्ञानिक युगमा यी प्रसंगहरु पुरातनबादी सोंच भएको कारण अप्रासंगिक र निरर्थक भएको दाबी गर्नेहरुको नै बाहुल्यता पाइन्छ तर अरुले गर्न सकेको बैज्ञानिक उपलब्धि र उनीहरुको उपब्धिलाई प्रयोग गर्न पाएको आधारमा आफूहरु बैज्ञानिक युगमा भएको गर्व गर्नेहरुले कैयौं बैज्ञानिक उपलब्धिहरु हजारौं बर्ष अगावै प्रकाशमा आइसकेका तथ्यहरुको सुक्ष्मतम अध्ययनको आधारमा गरिएका गणितीय एवं बैज्ञानिक विश्लेषणयुक्त प्रमाणित प्रमाणहरु हुन् अनि तिनै कतिपय पुरातनबादी सोंच भनिने गरिएका कुराहरु बैज्ञानिकहरुको लागि चुनौति एबं मार्ग दर्शक समेत बन्न सक्छ भन्ने यथार्थता अधिकांशको लागि कल्पना बाहिरको कुरा हो । त हाम्रो पुख्र्यौली संपत्तिको रुपमा रहेका यस्ता कुराहरुको बिज्ञानसंग के कसरी तादात्म्यता हुन सक्ला त – प्रयाश गरौं बिभिन्न कोणबाट बैज्ञानिक विश्लेषणको आधारमा यिनीहरुको बिज्ञानसंगको तादात्म्यता खोज्न ।
सुक्ष्म शक्ति जागरण प्रकृया
अधिकांश प्रायः मानिसहरुमा आफूभित्र भएको अथाह शक्तिलाई चिन्न नसकेर आफूमा अन्तर्निहित सीमित शक्ति र ज्ञानमा नै गर्व गरी आफ्नो बिज्ञापन आफै गर्ने प्रबृत्ति हावी भएको पाइन्छ । बैज्ञानिकहरुको अनुसार सामान्यतः मानिसले आफ्नो क्षमताको औसत ३ प्रतिशत मात्र क्षमतालाई प्रयोगमा ल्याउँछन र बैज्ञानिकहरुको दृष्टिकोणमा अहिलेसम्ममा सर्बाधिक क्षमताको प्रयोग गर्ने आइन्स्टाइनले आफ्नो क्षमताको ८-१३ प्रतिशत (यो बिभिधता यस सम्बन्धमा पाइएको मत मतान्तरको आधारमा राखिएको) प्रयोग गरे । अतः यदि सामान्य एउटा मान्छेले आफ्नो क्षमतामा कुनै उपायद्धारा ५-१० प्रतिशत बृद्धि गर्न सकेको खण्डमा ऊ आन्स्टाइन जति क्षमतावान हुन सक्ने भयो ।
संक्रमण समय र अवस्थाबारेको ज्ञान प्राकृतिक नियमबोधका खातिर बैज्ञानिक, धार्मिक र अन्य हरेक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ । संयमता एवं अनुशासनपूर्वक बिभिन्न संक्रमण अवस्था महसूस अनि पार गर्दै गएपछि आफूभित्र भएको अथाह शक्तिलाई चिन्न र बुझ्न संभब हुन सक्छ । ब्याबहारिक केही सामान्य उदाहरणहरु हेरौं: राती निन्द्रा लागेको बेलामा केही उपाय गरी तत्काललाई निन्द्रा भगाउन सकियो भने जति समय पनि ननिदाइ बस्न सकिन्छ, केही समय दौडेर थाकेको महसूस भएपछि आत्मबलका साथ केही बढी समय दौडन प्रयास गरियो भने पुनः नयाँ शक्तिका साथ दौडन सबल भइन्छ, ध्यानावस्थामा रहंदा खुट्टा झन्झनाउन थालेपछि पनि धैर्यतापूर्बक केही समय सोही अवस्थामा बस्न सकियो भने सो झन्झनाहट हट्छ र फेरि आनन्दका साथ ध्यानावस्थामा बस्न सकिन्छ । यस्को अर्थ यो कुरामा जोड दिइन खोजिएको होइन कि कुनै कुराबाट मुक्ति पाउन त्यस्लाई दबाइनु पर्छ । वास्तबमा कुनै पनि कुराको वास्तबिक गहिराइमा पुगेपछि मात्र सो कुरा नयाँ शक्तिको रुपमा रुपान्तरित हुन्छ । जस्तो कि रिसलाई दबाएर होइन यस्को वास्तबिकतालाई बुझेपछि रिस क्षमामा रुपान्तरित हुन्छ भने डर निर्भयतामा, घृणा प्रेममा, उदण्डता संयमतामा, अनि यौन ब्रम्हचर्यमा । दबाएर नभै रुपान्तरणपश्चात् प्राप्त हुने यी बिपरीत प्रकृतिका शक्तिको उपादेयता अबर्णनीय हुन्छ । माथिको उदाहरणमा दौडेर थाक्दाथाक्दै अझ दौडन प्रयास गर्नुको तात्पर्य हो नियमित रुपमा दौडने अभ्यास गरी थकाइसंग अझ मित्रता कायम गरी उसमाथि बिजय प्राप्त गर्नु । अहिलेका चर्चित योगा गुरु रामदेवले जोड दिनेमध्येको कपालभातीलाई मात्र नियमित क्रमबद्ध रुपमा ५, १०, १५ गर्दै ३०-४० मिनेटसम्म लगातार गर्न सक्ने भएपछि त्यसलाई बिस्तार बिस्तार जति पनि गर्न सक्ने भइन्छ । कतिपय सिद्ध पुरुषहरुले सिद्धि प्राप्त गर्नु अघि दिनहुँ १५-२० घण्टासम्म योगाभ्यास र ध्यानमा समय व्यतित गर्ने गरेको उनीहरुको जीवनिले देखाउँछ । एबं रीतले प्रत्येक ब्यक्तिले आफूमा अन्तर्निहित सुषुप्त अबस्थामा विद्यमान अथाह ज्ञान र शक्तिलाई सिलसिलाबद्ध एवं क्रमिक रुपमा सम्बन्धित बिज्ञको मार्गनिर्देशनमा प्राप्त गर्दै जान सक्छ । महत्वपूर्ण कुरा के हो भने सुषुप्त अवस्थामा अवस्थित शक्ति जति जति सुक्ष्म हुन्छ त्यति नै बढीभन्दा बढी शक्तिशाली हुन्छ । आणबिक तथा पारमाणविक बमहरुले पनि यसैको पुष्ट्याइं गर्छ । त्यसैले त्यस्ता महापुरुषमा अन्तर्निहित ज्ञान र शक्तिको सामान्य मानिसलाई नजरअन्दाज गर्न कठीन देखिन्छ ।
बैज्ञानिक चुनौति र विश्लेषण
सन् १९७६ मा गरिएको एक परिक्षणमा मोटा मानिस खानपिन नगरिकन ४० दिनसम्म बाँच्नसकेका र विश्वबिख्यात जादुगर डेभिड ब्लेन निकै तौल घटाएरै भने पनि विना अन्न जल ४४ दिन टिकेका जानकारी एकातिर छ भने अर्कोतिर एडलस हक्सलीको मीरा अथबा कबीरको जीवनमा लामो समयसम्म निराहार बस्दा जे घट्यो त्यस्तै घटना अन्य मानिसमा सुइको माध्यमबाट घटाउन सकिन्छ भन्ने दाबी छ । कुनै ब्यक्ति लामो समयसम्म निराहार बस्दा शरीरभित्र भएका संपूर्ण वोसो तथा अनाबस्यक पदार्थहरु बिकारको रुपमा परिणत हुँदै गएर शरीरभित्रका संपूर्ण रासायनिक संरचनामा नै सामान्य मानिसमा भन्दा पूर्ण रुपले फरकपना देखा परी छुट्टै किसिमको आनन्द दिने भएकोले त्यस अबस्थाको शरीरभित्रको रासायनिक संरचनाको अध्ययन गरी त्यस्तै रासायनिक पदार्थलाई सुइको रुपमा अन्य ब्यक्तिको शरीरमा प्रबेश गराएर सो ब्यक्तिलाई पनि त्यस्तै आनन्द दिलाउन सकिन्छ भन्ने उनको दाबी हो । हक्सलीको दाबीमा केही सत्यता हुन त सक्ला तर पूर्ण रुपले भने नहुन सक्छ । किनकि मीरा र कबीरको हकमा उनीहरुको जीवनप्रतिको दृष्टिकोण, सो प्राप्तीको लागि गरिएको प्रतिबद्धता र सोही अनुरुपको कार्यतत्परताको क्रममा बिभिन्न अबस्था एबं संक्रमण अबस्थाहरु पार गर्दै र अनुभब गर्दै जांदा बिस्तार बिस्तार परिबर्तन हुँदै जाने रासायनिक संरचनाले प्रत्येक कोष र सोभित्र पर्ने संपूर्ण असरको अन्तत्वगत्वा हुने परिणामलाई नै एकै पटकमा कसैभित्र प्रबेश गराउँदाको परिणाम उस्तै नै कसरी हुन सक्ला र यस जिज्ञासाको बैज्ञानिक उपलब्धिले दिने जबाफका खातिर प्रतिक्षारत हुनु सिबाय हामीसंग अर्को बिकल्प भने छैन नै ।
साँच्चै नै बम्जनले झैं महिनौं वा बर्षौं निराहार रहेर बस्नु बिज्ञानको लागि चुनौति नै होला त ? यो यथार्थ हो कि खाँदा, हिंड्दा, बोल्दा, शरीरको लागि अनाबस्यक बिकार त्याग्दा जस्ता हरेक कार्यमा हामीले शक्ति खर्चनु पर्दछ । आँखाले हेरिरहंदा समेत नसोचिने किसिमले धेरै शक्ति क्षय हुन्छ । कसैलाई रिंगटा लाग्दा आँखा मात्र चिम्लदा समेत उस्लाई सो समस्या कम भएको महसूस हुनु यस्को प्रमाण हो । आधुनिक बिज्ञानको अनुसार सोंच्दा मात्र पनि अति सुक्ष्म तरङ्गहरु हामीले ब्रह्माण्डमा छाडिरहेका हुन्छौं जुन शक्ति क्षयकै सुक्ष्म रुप हो । यसरी प्रत्येक ब्यक्तिले सोंच्दा मात्र पनि अति सुक्ष्म तरङ्गहरु ब्रह्माण्डमा छाड्ने भएकोले निश्चित ब्यक्तिले सोंच्दा छाडने तरङ्गलाई पहिचान गर्न सकिएको खण्डमा र उही ब्यक्तिको तरङ्गहरुलाई ब्यबस्थित गर्न सकिएको खण्डमा मृतकसंग पनि कुराकानी गर्न सकिन्छ भन्ने बिस्वासका साथ बैज्ञानिकहरु सो उद्धेस्य प्राप्तीका खातिर प्रयाशरत छन् । यसले हाम्रा ऋषिमुनिहरु बिभिन्न स्थानमा बसेर एकार्काका सोंचलाई महसूस गर्न सक्थे भन्ने कुरालाई नकार्नुपर्ने स्थितिको अन्त्य हुने देखिन्छ ।
माथि उल्लेख गरिए अनुसार योगाले सुक्ष्म रुपमा रहेको शक्तिलाई उजागर गर्दै लैजान्छ भने ध्यानावस्थामा रहंदा शक्ति क्षयका संभावनाहरु न्यूनिकरण हुँदै शक्ति संचित हुन जानाले शक्ति बैंक सिर्जना हुन थाल्दछ । ध्यान गर्दा जुन विधि अपनाइए तापनि निश्चल अवस्थामा बस्दा पनि शक्ति क्षयका २ वटा संभावनाहरु अद्यापि बाँकी नै हुन्छन्: स्वास प्रस्वास र सोंचाइको निरन्तरता । यात्रा अगाडि बढ्ने क्रममा यी २ संभावनाको पनि अन्त्य जब हुन्छ त शक्ति क्षयका संपूर्ण संभावनाहरु समाप्त प्रायः नै हुन्छन् । यसरी सुक्ष्म रुपमा रहेको शक्तिलाई उजागर गर्दै मृतप्रायः अबस्थामा रही शक्ति क्षयका संपूर्ण संभावनाहरु समाप्त गरेपछि त्यस्तो ब्यक्ति महिनौं अथवा बर्षौं जीवित रहन सक्नुमा आश्चर्य मान्नु पर्ला र? शीत रक्तयुक्त (Cold blooded) सर्प जाडोको समयमा शीत निन्द्रा (Hibernation) मा रहेरै पनि वाध्यताबश केही महिना बाँच्न सक्छ भने संपूर्ण तयारी र प्रतिबद्धताका साथ लक्षित उद्धेश्यप्राप्तीका खातिर यात्रा शुरु गर्ने तपस्वी लामो समयसम्म निराहार बाँच्न सक्नुलाई अनौठो रुपमा लिइराख्नु नपर्ने देखिन्छ ।
सात शरीर अवधारणा
हामी एक शरीर मात्र छ भन्ने बिस्वासमा छौं र त्यही एक शरीरको पनि हामी र हाम्रो बिज्ञानमा पूर्ण ज्ञानको अभाब देखिन्छ तर हाम्रो पूर्बीय दर्शनले हामीमा ७ शरीर भएको जानकारी दिन्छ । ती प्रत्येक शरीर हाम्रो शरीरमा भएका ७ चक्रहरुमध्ये एक-एक वटा चक्रसंग संबन्धित हुन्छन् । हामी जन्मदा हाम्रो र हाम्री आमाको सीधा संबन्ध कायम गर्ने नाभीस्थलमा अबस्थित मणिपुर चक्रलाई यस्ले ज्यादै महत्व दिन्छ । किनकि ९९.९ प्रतिशतभन्दा बढी मानिसको जीवन यही चक्रभन्दा तल याने कि काम क्रोध लोभ मोहमै सकिने भएकोले मणिपुर चक्रभन्दा माथि उठेर सार्थक जीवन यापन गरिनु पर्छ भन्ने यस्को सुझाव छ । बिभिन्न शरीर, ती शरीरसंग संबन्धित चक्रहरु र तिनीहरुका मूलभूत विशेषताहरु तल तालिका † मा दिइएको छ :
S.N. | Name of the body | Corresponding Chakra | Characteristics | Characteristics after transformation/ purification | Nature | Remarks |
1 | 2 | 3 | 4* | 5* | 6 | 7 |
1 | Energy/ Material body | Muladhar | - lowest vibration level - it has an integral connection with the physical body - the basic natural possibility of this body is the sex urge of the physical body | Brahmacharya | +ve and -ve | |
2 | Ethereal/ Vital body | Swadhisthan | - next higher vibration level than (1) - scientists use to say bioenergy and electricity of the body - bridges the connection of material body to the higher (other 5) bodies - provides energy and life to (1) - its natural potential is fear, hate, anger and violence | Fearlessness, love, forgiveness and compassion | +ve and -ve | |
3 | Emotional/ Astral/ Thought body | Manipur | - vibrational level is similar to feelings - reservoir of doubt and thinking | Trust and awareness | +ve and -ve | The third, fourth and fifth bodies are the ones that primarily do the processing of the experiences that we make through the use of our material body. |
4 | Knowledge/ Mental/ Science body | Anahat | - the ‘lower’ mental body - Part of (3) - the vibrational level of thoughts and ego - the natural qualities are imagination and dreaming | Determination and vision | +ve and -ve | |
5 | Bliss/ Spiritual body | Vishudhi | - the ‘higher’ mental body - first part of what constitutes the divine body - receptacle of true sciences - through human being can elevate life spirituality, achieve totality and become Godlike. - Great discipline is needed when one enters this body so as to prevent misuse of its powers | Gets the answer to the question for “Who am I?” Here the claim to be someone special (“I”) vanishes and is so blissful. So this is the plane for self realization. Here the ego, the feeling of “I”, will die, but the feeling of being, the “am”, will remain. So the mediator declares, “There are infinite souls.” So the limitation of this plane is to be rid of pain, hatred, violence and desires. | With the fifth body the duality ends. After fifth body it does not have two possibilities but only one. After entering the fifth body is completely rid of all unconsciousness. So somnambulism is collapsed from fifth level. | |
6 | Intuitive/ Brahma/ Cosmic body | Agya | - level of intuition - on realization of this form human being is able to free themselves from the clutches of the physical body and is able to fuse with the soul - reservoir of divine joy and happiness | The remaining “am” in the fifth body will be lost here and the experience of existence, of being becomes intense in this plane. This is the plane for the realization of the Brahman, the total. The limitation of this plane is the realization of being, but non-being has yet to be realized. | ||
7 | Universal consciousness/ Nirvana/ Casual body | Sahasrar | - reflects all experiences and events that the soul has ever had. - Pure part of God within us - forms the unity of the soul and testifies the endlessness of space and time in which the soul exists - immortal soul and completely subtle body in itself | Enters into the journey to non-being, non-existence. Only after realization of this Nirvana body, the void from where we jump from the being into non-being, the journey is considered to be completed. |
कहीं कहीं सात शरीरको नभएर पाँच शरीरको मात्र पनि प्रसंग उठाउने गरेको पाइन्छ । किनकि भनिने गरेको छैटौं र सातौं शरीरले शरीर नभएर आत्माको प्रतिनिधित्व गर्छ भन्ने मानिन्छ । यहींनेर अर्को रोचक प्रसंग के छ भने बिज्ञानको अन्त्य जहाँ हुन्छ त्यहींबाट वास्तविक आध्यात्म शुरु हुन्छ अनि बिज्ञानको अधिकतम उपलब्धिको सीमा भनेकै पांचौं शरीर हो भन्ने केही सिद्ध पुरुषको दाबी छ । शायद त्यसैले होला आजसम्म बिज्ञानले आत्माबारेमा ठोस रुपमा केही बोल्न नसकेको । बिज्ञानको क्षेत्रमा अहिलेसम्मका अतुलनीय एबं होनहार महामानब आइन्स्टाइनले शुरु गरेका Unified Theory लाई पूर्णता दिन सकेका भए यसबारेको रहस्योद्घाटन बिज्ञानले पाउन सक्थ्यो कि संभबत प्रकृतिको त्यो चाहना थिएन होला र त आफूले शुरु गरेका कामलाई पूर्णता दिनु अगावै उनी परलोक भए – बिधिको बिडम्बना ।
अनुसन्धान र यथार्थता
अनुसन्धानको मूलभूत उद्धेश्य सामान्यत समाजमा बिद्यमान बिभिन्न समस्याको पहिचान गरी त्यस्को निराकरणका उपायहरुको पहिचान गर्नु भए तापनि अनुसन्धानकर्ताको स्वार्थपूर्ण बठ्यांइ, अपनाइने अनुसन्धान बिधि एबं प्रकृया, संलग्न संस्थाको वाध्यता आदि जस्ता कारणहरुले गर्दा अनुसन्धानको निचोड यथार्थताको केही हदसम्म नजिक त पुग्न सक्ला तर यथार्थता यथार्थ रुपमै प्रस्तुत हुन्छ नै भन्ने निश्चितता भने छैन भलै त्यस्को लागि लाखौं करोडौं नै खर्च भएको किन नहोस् । बिज्ञानको क्षेत्रमा भएको क्रमिक बिकास नै यस्को प्रमाण हो । अलि गहिराइमा जांदा भने अनुसन्धानको उद्धेश्य प्रकृति भित्र रहेका गहनतम नियमहरुको प्रामाणिक पहिचान गर्नु गराउनु हो जुन कामले मानिसलाई ठूला ठूला बैज्ञानिकको रुपमा स्थापित गर्छ । बम्जनको बिषयलाई लिएर पनि धेरै अनुसन्धान भएको र एक उच्च स्तरीय अनुसन्धान टोलीले समेत अनुसन्धान गरेको कुरा प्रकाशमा आयो । बम्जनको यात्रा आन्तरिक एबं आध्यात्मिक हो भने अनुसन्धानकर्ताहरुको प्रयाश बाह्य तथा भौतिक हो । जस्लाई जुन कुराको ज्ञान र अनुभव छैन उस्ले त्यस्को यथार्थता चित्रण कसरी गर्न सक्ला ? सम्बन्धित कुराको वास्तविक ज्ञान भएकोले मात्र यथार्थता यथार्थ रुपमा चित्रण गर्न सक्छ । अतः बम्जनको यथार्थता यथार्थ रुपमा प्रकाशमा ल्याउन त्यस्तो ब्यक्तिको आबस्यकता पर्छ जस्ले कम्तीमा बम्जनले तय गरिसकेको यात्रा तय गरिसकेको होस् : आध्यात्मिक कुरालाई थांती राख्दा पनि र राति अरुले नदेख्ने गरी खाना खाएको मान्दा पनि कम्तिमा पनि सबैले देखिरहेको अबस्थामा दिनभरि निराहार रहेर करीब एक बर्ष निराहार दिनभरि पद्मासनमा बिना हलचल बस्दा र सर्पले डस्दा पनि खासै केही असर नपर्ने ब्यक्ति होस् । उनले तय गर्दै गरेको यात्रा तय गरिसकेकाहरुको लागि त्यो कुनै अनौठो कुरै नहुन र उनीहरुको लागि कुनै अनुसन्धानको आवस्यकता नपर्न पनि सक्छ । जे होस् अनुसन्धानको क्रममा अर्को चाखलाग्दो कुरा के प्रकाशमा आएको छ भने बम्जनले करीब प्रत्येक १० मिनेटमा एक पटक श्वासप्रश्वास गर्छन् र करीब आधा घण्टामा एक पटक थुकको घुटको निल्छन् ।
अनुत्तरित उत्तर
बारंबार सुन्नमा आउने एउटा प्रश्न के हो भने यदि सांच्चै नै सिद्ध पुरुषहरु छन् र उनीहरुले आत्मा एबं जीबन जीवनान्तरलाई सांच्चै बुझेका छन् अनि चाहेको अथवा वोलेको कुरा पु-याउन सक्छन भने त्यसबारे जनसाधारणलाई जानकारी दिने र संसारलाई समस्यामुक्त बनाउने काममा किन लाग्दैनन् त ? यसमा केही प्राबिधिक र ब्याबहारिक समस्या भएको बुझिन्छ जस्को उपयुक्त जबाफ एउटा उदाहरणले दिन सक्छ । दिनको करीब २ घण्टाका दरले एक हप्तासम्म शक्ति कि्रया गराउने योगा गुरुकहां गएर योगाभ्यास गर्ने क्रममा कुनै पनि शक्ति कि्रयालाई लगातार करीब आधा घण्टा (यो समयाबधि शक्ति कि्रयालाई कत्तिको जोडले गरी अक्सिजन र कार्बन डाइअक्साइडको अनुपातमा कत्तिको परिबर्तन ल्याइ प्राणमय शरीरलाई प्रभाबित गर्न सकिएको छ, निजले ब्यायाम कत्तिको गर्छ आदि जस्ता कुरामा भर पर्दछ) लगातार गर्दा जीबनमा कहिल्यै नगरेको अनौठो अनुभूतिगर्न सक्नेछ र त्यस्लाई ब्यक्त गर्न लगाइंदा “..…जस्तो” को रुपमा ब्यक्त गरिन सक्छ । “जस्तो” र यथार्थता विल्कुलै फरक कुराहरु हुन् । आफैले गरेको अनुभूतिलाई सबिस्तार शब्दमा ब्यक्त गर्न असहज महसूस हुनाका साथै त्यस्तो अनुभूतिलाई अनुभब गरी नसकेकालाई सुनाउँदा “ वाहियात एबं पागलपन” जस्ता बिशेषणहरुको सामना गर्न पर्ने त्रासले आफ्नै साथी भाइसंग समेत आँफैले भोगेको भोगाइ भन्न हिचकिचाउन पर्ने पनि हुन सक्छ । प्राणमय शरीरको सकि्रयता र उक्त समयाबधि अनुक्रमानुपाति हुन्छ । यसरी छोटो समयाबधिमा गरिएको योगाभ्यासले नै आफैले गरेको अनुभूतिलाई सुनाउँन हच्कन पर्ने परिस्थिति सिर्जना हुन सक्छ भने सत्यको खोजीमा हिडनॆ अठोटका साथ दिनहुं १५ – २० घण्टाका दरले कैयौं बर्ष कार्यतत्परता दर्शाउनेको परिस्थितिको अनुमान लगाउन गा-हो नपर्ला ? प्रकृतिलाई नकारात्मक असर नपर्ने गरी ब्याबहारिक काम कुरा मात्र गर्ने ब्याबहारिक महापुरुषहरुले एउटा संसारमा रमाइरहेकाहरुसंग विल्कुलै अर्को संसारको कुरो उठाएर विबाद सिर्जना गर्नुलाई उपयुक्त ठान्लान र ? यो त महसूस गर्ने कुरा हो बताउँदै हिड्ने होइन । उनीहरुको कर्तब्य भनेको आफूले जानेको तरिकाहरु बताइदिने हो आबस्यकतानुरुप मार्गदर्शक बनिदिने हो । वुद्धलाई मान्ने तर बुद्धत्व प्राप्त गर्न उनैले अपनाएका बिधिमाथि शंका गर्छौं भने त्याँहा के नै गर्न सकिएला र ? जहांसम्म उपर्युक्त प्रश्नको दोस्रो भागको प्रश्न छ यो ब्रम्हाण्ड सबैको साझा फूलबारी हो । यहां सबैको समान अधिकार छ । सामान्य भाषामा भन्ने हो भने रोपिएको बीउ अनुसारको फल लाग्छ ।.बैज्ञानिक भाषामा न्यूटनले भने झै भन्ने हो भने हरेक कि्रयाको समान तर बिपरित प्रकृतिको प्रतिकि्रया हुन्छ अनि धार्मिक भाषामा गीतामा भगवान कृष्णले भन्नु भएझैं भन्ने हो भने कर्म अनुरुपको फल प्राप्ती हुन्छ । अतः प्रकृतिबत महापुरुषहरु नै प्रकृतिकै बिपरीत किन जालान् र ?
“I thought I would know everything there is to know about the world, but the more I knew the more I found this to be impossible, because there was a vast infinity still left to be known. I thought that one day I would solve the mystery of the world of science and reduce it to a mathematical equation and that then it would be a mystery no longer. But the mathematical problem became bigger and bigger, and instead of solving the mystery of the world it became a mystery in itself. It is now impossible to solve this problem.” यो भनाइ महान बैज्ञानिक आइन्स्टाइनको हो । बिज्ञान र धर्मको बिषयमा लेखिएको आइन्स्टाइनको एउटा अति महत्वपूर्ण लेखको सानो अंश æCommon to all these types is the anthropomorphic character of their conception of God. In general, only individuals of exceptional endowments, and exceptionally high-minded communities, rise to any considerable extent above this level. But there is a third stage of religious experience which belongs to all of them, even though it is rarely found in a pure form: I shall call it cosmic religious feeling. It is very difficult to elucidate this feeling to anyone who is entirely without it, especially as there is no anthropomorphic conception of God corresponding to it.Æ ले पनि उपर्युक्त कुराकै पुष्टि गर्छ ।
बिशौं शताब्दीका दार्शनिक ओशोको अनुसार “The experience of the ultimate is not an experience at all – because the experiencer is lost. And when there is no experiencer, what can be said about it? Who will say it? Who will relate the experience? When there is no subject, the object is also disappears – the banks disappear, only the river of experience remains. Knowledge is there, but the knower is not.” यसरी बिज्ञानलाई चुनौति भइरहेको क्ररा चुनौति नहुनेहरुको लागि भने ब्याबहारिक समस्याको कारणले गर्दा समस्या समस्याको रुपमा देखिएको प्रष्ट हुन आएको देखिन्छ ।
इभेण्ट होराइजन (Event Horizon)
इभेण्ट होराइजनले ब्रम्हाण्डलाई दुई भागमा बिभाजित गर्छ । यस्को एउटा भागमा हामी छौं जहाँ सम्भब असम्भब दुबै अस्तित्वबान छन् र अर्को पाटोमा बिज्ञानका हर नियमहरु अस्तित्वहीन हुन्छन् किनकि त्यहाँ हर कुरा सम्भब हुन्छ र त्यहाँको लागि सम्भब भएको कुरा पहिलो समूहको लागि चमत्कार हुन सक्छ । हामी भौतिक दुनियामा रहेको कारण हरेक कुरामा हाम्रो सीमा छ । हाम्रा ज्ञानेन्द्रियहरुले जे जस्ता कुराहरुलाई जे जसरी जे जस्तो रुपमा अनुभव एवं ग्रहण गर्छ त्यस्तै रुपमा हामीले ज्ञान आर्जन गर्छौं । अतः कुनै न कुनै रुपमा हाम्रा ज्ञानेन्द्रियहरुको संपर्कमा नआएका विषय बस्तुहरु हाम्रो ज्ञानको सीमा भित्र पर्न सक्तैनन् । तर यस्ता ब्यक्तिहरुबारे सुन्नमा नआउने होइन जस्ले कुनै पनि कुरा अथवा बस्तुलाई आफ्ना ज्ञानेन्द्रियहरुद्धारा अनुभूति नै नगरी तिनीहरुबारे जानकारी प्राप्त गर्न नसकेको होस् । तर बिज्ञान यस्लाई बिस्वास गर्न तयार छैन किनकि यस्तोमा बिस्वास गर्ने बित्तिकै त्यो बिज्ञान भएन । त्यसैले यस्ता कुराहरु बिज्ञानको लागि फलामको च्युरा साबित भएका छन् । त्यस्ता ब्यक्तिहरु प्रायशः ध्यानको गहनतम अबस्थामा पुग्नेहरु पर्दछन् । ठूला ठूला आबिस्कार गर्ने क्रममा ठूला ठूला बेज्ञानिकहरु समेत ध्यानको गहनतम गहिराईमा पुगेको पाइन्छ । समाज बिज्ञानहरुमा जस्तो बिद्यमान परिस्थिति एबं अबस्थाहरुलाई तथ्यांकको रुपमा संकलन गरेर निचोड निकालिने नभएर बिशुद्ध बिज्ञानमा प्राकृतिक नियमहरुको गहनतम अध्ययन गरी त्यस्लाई सूत्रबद्ध गरेर प्राप्त सूत्रलाई पुनः ब्यबहारमा मेल खाने नखाने परीक्षण गरिन्छ । यस्तो अबस्थामा प्राप्त अग्रिम ज्ञानले सहयोगीको भूमिका निर्बाह गर्छ नै भन्ने कुनै निश्चितता छैन र पनि नयाँ कुराको सूत्रपात हुन सक्छ । त्यसैले कतिपय ठूला आबिस्कारहरु अनजानमै भएको समेत पाइन्छ । अतः इभेण्ट होराइजन बिज्ञानकेा क्षेत्रमा सिद्धान्तमै मात्र सीमित भएको छ ।
शून्यता र अथाह ज्ञान
शून्य महिमाले बिज्ञान र अध्यात्म दुबै क्षेत्रमा अति ठूलो महत्व राख्दछ । जसरी हजारौं बर्षदेखि पूर्बीय दर्शनमा उल्लिखित सूक्ष्मतम कतिपय कुराहरुको बिस्तृत अध्ययनका आधारमा तिनै कुराहरु नयाँ बिज्ञानको रुपमा स्थापित भएका पाइएको छ त्यसरी नै शून्यता छुट्टै बिज्ञानको रुपमा विकसित भएको त छैन नै तर बिज्ञानमा यस्को पनि आफ्नै किसिमको महत्व भने छ नै । कुनै पनि बृताकारमा गतिशील बस्तुको गति त्यस्को केन्द्रबाट जति दूरी अर्धब्यासमा रहन्छ त्यति नै Centrifugal र Centripetal को गति कम हुने र केन्द्रबाट जति दूरी घट्दै जान्छ सोही अनुरुप गति बढ्दै गइ शून्य दूरीमा सो गति असीमित हुन्छ तर बस्तु स्थिर देखिन्छ भन्ने बैज्ञानिक मान्यता छ । जति बढी अनियन्त्रित सोंचहरु आइरहन्छन् त्यसलाई ठूलो बृताकारको रुपमा लिन सकिन्छ भने नियन्त्रित सोंचहरुलाई कम अर्धब्यासको रुपमा । त्यसैले पछिल्लो अबस्थामा कार्य सफलताको संभाबना बढी रहन्छ । संभवत यही कारण हुन सक्छ कि चाहना अनुरुप शून्यतामा प्रबेश गर्न सक्ने क्षमताबान महापुरुषहरुमा ब्रम्हज्ञान हुने र हर कुरा संभब हुने तर शान्त देखिने । शायद त्यसैले होला महान् बैज्ञानिक न्यूटन यो ब्रम्हाण्ड भगवानको शून्य दिमागको उपज हो सबै ताराहरु एवं तारापुाजहरु उनका बिचार हुन् भन्न पुग्छन् । ध्यानको माध्यमबाट विभिन्न संक्रमण अवस्थाहरु पार गर्दै शून्यतामा प्रबेश गरेपछि संभबत प्रकृतिको यस्तो आधारभूत तरंगलाई महसूस गर्न सक्षम हुन्छन् जस्ले प्रकृतिभित्रका हर कुरा सर्बसुलभ बन्दै ब्रम्हज्ञानको ढोका खुल्दछ । होइन भने बिज्ञानको बिकासै नभएको अबस्थामा एउटै ब्यक्ति वेदव्यासद्धारा यस बैज्ञानिक युगको लागि समेत चुनौति भइरहेको अथाह ज्ञानको भण्डार वेदको सिर्जनाको संभावना कसरी रहन गयो होला अनि विश्वबिद्यालयको लागि नालायक ठहरिएका आइन्स्टाइन बिज्ञानको क्षेत्रमा अहिलेसम्मका अद्धितीय पुरुष कसरी बन्न सके होलान् ? उनीहरुको ती सिर्जना ती बिषय वस्तुहरुको अध्ययनपश्चात् भएको पनि बुझिदैन । यस्ता प्रमाणहरुको बाबजुद पनि अग्रिम अध्ययन एवं जानकारी बिना नै सर्बथा नविनतम कुराहरुको संभाबनामाथि प्रश्न चिन्ह लगाउने हो भने नविनतम सिर्जनाको संभावना कहाँबाट कसरी रहला त ?
सापेक्षताबाद र बहु शरीर
आइन्स्टाइनको सापेक्षताबादको सिद्धान्तानुसार शक्ति पदार्थकै अर्को रुप हो । उनको सूत्रानुसार पदार्थलाई शक्तिमा रुपान्तर गर्न सकिन्छ भने शक्तिलाई पदार्थमा पनि तर बिज्ञानले आजसम्म उक्त सूत्रको पहिलो भागलाई भरपूर प्रयोग गरेको पाइन्छ भने दोस्रो भागको ब्याबहारिक प्रयोगको सन्दर्भमा भने मौन देखिन्छ । कैयौं माइलको बृतमा प्रोटोनहरुलाई प्रकाशको गतिमा कुदाएर अर्को प्रोटोन अथवा न्यूट्रोनसंग ठोकाएर तिनीहरुलाई टुक्र्याउन सकिन्छ तर टुकि्रएको टुक्रा मूल टुक्राभन्दा सानो हुंदैन । यसरी विशाल शक्ति प्रयोग गरेर सिर्जित परमाणुको आयु भने यति छोटो हुन्छ कि एक सेकेण्डको दशौं लाख भागको एक भागभन्दा सानो हुन्छ र पुनः इलेक्ट्रोन प्रोटोन र न्यूट्रोनमा गएर विलय हुन्छ । यसरी के स्पष्ट हुन आउँछ भने आजसम्म बिज्ञानले आइन्स्टाइनको सूत्रलाई पूर्ण रुपले उपभोग गर्न सकिरहेको छैन । माथि “सात शरीर अवधारणा” मा उल्लेख गरिए अनुरुप बिज्ञानले अहिलेसम्म भेउ पाउन नसकेको आत्मा पहिचानको संभाबनालाई सीमित धार्मिक महापुरुषद्धारा गर्न सकेको स्वीकार्दा र सुक्ष्मताको कारण आत्मालाई असीमित शक्तिको स्रोत मान्दा बेला बेलामा सुन्न पढ्न पाइने एउटै ब्यक्ति उही समयमा बिभिन्न स्थानमा देखा परी मानवोद्वार गरेको कुराले कतै अहिलेसम्म बिज्ञानले ब्याबहारिक रुपमा उपलब्धी हासिल गर्न नसकेको आइन्स्टाइनको सापेक्षताबादको एउटा पाटो नै हाम्रा ऋषिमुनिहरुले हजारौं वर्षदेखि ब्यबहारमा ल्याइरहेका त होइनन् भन्ने प्रश्नमाथि सोंच्नुलाई निरर्थक मानिहाल्नु पर्ने देखिन्न ।
समभाव दृष्टिकोण र इकोलोजी
सिद्ध पुरुषहरुमा समभाव दृष्टिकोण हुन्छ- जीवितहरुलाई मात्र नभएर नीर्जिवहरुलाई पनि उत्तिकै माया र आदर गर्छन् सैद्धान्तिक रुपमा मात्र नभएर ब्याबहारिक रुपमै । जीवित र नीर्जिव निर्धारित निश्चित बिशेषताका आधारमा छुट्याइएका समूह हुन् । सामान्यत नीर्जिव भन्ने बस्तु नै ब्रम्हाण्डमा छैन । नीर्जिव भनिने हरेक पदार्थको अणुभित्र इलेक्ट्रोन स्वतस्फूर्त रुपमा आफ्नो केन्द्रको वरिपरि निश्चित कक्षमा घुमिरहेको हुन्छ र आफ्नो अस्तित्व कायम गरिरहेको हुन्छ । विशेष परिस्थितिको सिर्जना हुँदामा बाहेक स्वतस्फूर्त रुपमा आफ्नो अस्तित्व कायम गर्न सक्ने शक्तिको भण्डारलाई नीर्जिब भन्ने कसरी ? उक्त बर्गिकरणलाई स्वीकार्दा भने जीवित पदार्थको जीवनको आधार नीर्जिब पदार्थलाई नै मान्नु पर्छ । किनकि नीर्जिब पदार्थहरुको निश्चित समायोजन अनुरुप नै अहिलेसम्म बिबादमा परेको अदृश्य शक्ति आत्माको उपस्थिति भै सोही अनुरुप नै निश्चित चेतना र विशेषतायुक्त निश्चित जीवको सिर्जना हुन्छ । सम्बन्धित जीबको चेतनाको स्तर सो जीब सिर्जना गर्न अहं भूमिका निर्बाह गर्ने नीर्जिब पदार्थहरुको निश्चित समायोजनले परिभाषित गर्दछ र यसलाई आध्यात्मिक भाषामा भन्नु पर्दा कर्म अनुसारको फल प्राप्त हुने भएको कारण हरेक घटना अनायास नभएर सुनियोजित तवरबाट भैरहेको हुन्छ । समभाव दृष्टिकोणको मूलभूत आधार जीवित, नीर्जिव र जीवन जीवनान्तरको गहनतम ज्ञान मानिने भएकोले नयाँ बिज्ञानको रुपमा देखा परेको इकोलोजी यस्को सतही रुप मात्र भएको देखिन्छ ।
उपसंहार
निम्नतम बिकल्पका कारण मानिस संकुचित बिचारधाराको शिकार बन्दछ र यस्ले मानिसहरुको बीचमा बिभिन्न तबरले बिभाजन ल्याउँदछ । सीमित ज्ञानका कारण जे जस्ता कुरालाई अन्धविश्वासी एबं पुरातनबादी सोंच भन्नमा गर्ब गर्छौं तिनै कुराहरु बिज्ञानको लागि चुनौति भएको हामीलाई पत्तै हुँदैन । वुद्ध एवं जिजस क्राइष्टहरु नै अहिले सोही रुपममा जन्मिए तापनि आफ्नै अनुयायीहरुलाई बुझाउन ठूलो शक्ति खर्चन पर्ने आजको बिषम परिस्थिति छ किनकि आ-आफ्ना स्वार्थ एवं अज्ञानताका कारण उनीहरु बिभिन्न संप्रदायमा बिभाजित भैसकेका छन् । आजको समस्याग्रस्त बिश्व परिबेशले त्यस्तो महामानवको माग गरिरहेको देखिन्छ जस्मा आइन्स्टाइन एवं न्यूटनको जस्तो दिमाग बुद्ध एबं क्राइष्टको जस्तो मन र शेक्सपियर गेटे दाँते पुश्किन जस्ताको भावना होस् । प्रकृतिको चाहना बिपरीत यो संभब त छैन नै । तर पनि त्यसप्रति आशाबादी भने नहुनै पर्ने कारण पनि छैन अस्तित्वको चाहना भयो नै भने त ।
† यो तालिका अंग्रेजीमा तयार भैरहेको लेख “Scientific Way of Art of Living”बाट जस्ताको त्यस्तै लिइएको छ र नेपालीमा अनुबाद गर्दा लेख अझ ठूलो हुने देखी अंग्रेजीमा यथावत नै राखिएको छ ।
* यस तालिकाको चौथो स्तम्भमा जोड दिइएका गुणहरुको शुद्धिकरण पश्चात् पाँचौं स्तम्भमा दिइएका गुणहरुमा रुपान्तरण हुन्छन् ।
Published link: http://www.khasskhass.com/Newbuddha.pdf
No comments:
Post a Comment