नीद पनि जागै बस्यो, तिम्रो मीठो बोली सुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
दिन बित्यो बल्लतल्ल, रात ढल्न बाँकी नै छ
धैर्य मेरो टुटी सक्यो, आफैं गल्न बाँकी नै छ
ढुकढुकीकै पुकार रै'छ, सम्झाउँदा छुँदै छुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
कोल्टे फेर्दै सास तान्दै, आफैँ बीच बिझाउँछु
मेरो नीद तिमी त्यहाँ, कसरी म निदाउँछु !
परेलीको बाँध फुट्ला, सक्दिनँ म एक्लै थुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
No comments:
Post a Comment