Thursday, April 28, 2011

कपिलबस्तु: प्राचिन र बर्तमान

Posted by Ram Kumar Shrestha on April 28, 2011
 
Rate This
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।

कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।

बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।  
-नारायणप्रसाद पौडेल (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )     
कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु  प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो  कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो  कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो  कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो  कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।
कपिलवस्तु र लुम्बिनीलाई अलग गर्न सकिन्न:
प्राचीन कपिलवस्तु भन्नाले चूरे पहाडदेखि दक्षिण, कोशल राज्यदेखि उत्तर राप्ती, नदीदेखि पूर्ब, रोहिणी नदीदेखि पश्चिमको भू-भागलाई मान्नु पर्दछ । लुम्बिनी रोहिणी नदीदेखि करिब सातकोस जति पश्चिममा पर्दछ । मायादेवी तत्कालीन कोलीय नगर देवदहमा माइत जाँदा बीच बाटोमै  लुम्बिनीमा इसा पूर्व ६२३ मा सिद्धार्थ गौतमको जन्म भएको हो । रोहिणी नदीदेखि पूर्व कोलीय राज्य पर्दथ्यो । वर्तमान रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. १ सहित पुरै नवलपरासी जिल्ला प्राचीन कोलीय राज्य हो । कोलीय नगर देवदह गौतम बुद्धकॊ मावली र ससुराली दुवै हो । बुद्धका पालासम्म आउँदा शाक्य र कोलीयहरुका बीचमा चार पुस्तासम्म बैवाहिकसम्वन्ध भएको पाइन्छ । कपिलवस्तु र कोलीय राज्य वीचको सीमाना रोहिणी नदी भएकोले लुम्बिनी स्वतः कपिलवस्तु भित्रै भएको प्रमाणित हुन्छ । श्री ५ को सरकारले प्रशासनिक हिसावले जिल्ला बिभाजन गर्दा लुम्बिनीलाई रुपन्देहीमा पारे पनि वास्तवमा लुम्बिनी पनि कपिलवस्तु नै हो । यसर्थ लुम्बिनी र कपिलवस्तुलाई अलग गर्न सकिन्न । गर्नु पनि हुँदैन ।

कपिलवस्तुको आधा भाग भारतमा पर्यो :
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो । भारतले प्रचार गरेको पिप्रहवा र गनवरियाको भू-भाग सन् १८१६ भन्दा पहिला नेपालकै थियो । अहिले पनि बैज्ञानिक तरिकाले नेपाल भारतको सीमाको रेखांकन गर्ने हो भने उक्त भूभाग नेपालकै पर्न सक्ने सम्भावना छ । पिप्रहवा र गनवारियाका स्मारकहरु प्रचीन बुद्ध बिहारका भग्नावशेष मात्रै हुन् । तिनैलाई देखाएर प्राचीन कपिलवस्तुको राजधानी भन्न सकिन्न तर प्राचीन कपिलवस्तुको दक्षिणी भू-भाग भन्न सकिन्छ ।

तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी :
-योगीको भेषमा राजकुमार सिद्धार्थले भिक्षाटन गरिरहेका बेला राजा बिम्बिसरले गौतम बुद्धको परिचय मागेका थिए । राजाको प्रश्नको उत्तरमा गौतम बुद्धले दिएको जवाफ अनुसार तिलौराकोटनै प्राचीन कपिलवस्तुको राजधानी भएको प्रमाणित हुन्छ । किनकि तिलौराकोट तत्कालीन भगिथी नदी (बाँणगंगा) को किनारामा छ । त्यहाँबाट हिमाल देखिन्छ । महाभारत श्रंृखलाका काखमा छ । सालको जंगलको बिचमा पनि पर्दथ्यो ।
-तिलौराकोटको दक्षिणमा करिब चार किलो मिटरको दूरीमा व्रुकुच्छन्द बुद्धको जन्मस्थल नगर गोटिहवा छ । त्यहाँ अशोक स्तम्भ पनि छ । त्यस्तै तिलौराकोटको पूर्वोत्तर दिशा करिब चार किलो मिटरको दूरीमा कनकमूनि बुद्धको जन्मस्थल नगर निग्लिहवा छ । त्यहाँ पनि अशोक स्तम्भ छ । गौतम बुद्धले २९ बर्षसम्म राजकुमारका रुपमा जीवन व्यतित गरेको ठाँउ हुनलाई कनकमुनि र व्रुकुच्छन्द बुद्धको बीचको भागमा राजमहल हुनु जरुरी छ । दुवै अशोक स्तम्भ अकाट्य प्रमाणका रुपमा अद्यपि खडा छन् । तिलौराकोटमा राजमहलको भग्नावशेष छ । मौजुदा स्मारकहरु हेरेर जो केहीले पनि प्राचीन दरवारको रुपमा आँफ्नो धारणा राख्नै पर्दछ । तिलौराकोटमा अध्यावधि रहेका स्मारक नै प्राचनि कपिलवस्तुको राजधानी हो भन्नलाई पुग्ने सवै प्रमाण मौजुद छन् ।
- प्राचीन कपिलवस्तुको पूर्वमा कोलीय राज्य देवदह पर्दथ्यो । मायादेवी माइत जाँदा पूर्वतिरै लाग्नु स्वाभाविकै हो । तिलौराकोटबाट लुम्बिनी पूर्वमा पर्दछ । जहाँ सिद्धार्थ बुद्धको जन्म भएको थियो ।
- पुराण र किम्बदन्ती अनुसार इक्ष्वकुकूल सूर्यबंश रघुवंशका अन्तिम राजा सुजात ओक्काक थिए । बौद्ध ग्रन्थ दिग्धनिकायका अनुसार ओक्काकले आँफ्नी जेठी रानी पट्टिका चार राजकुमार र पाँच राजकुमारीलाई तत्कालीन कोशल राज्यको राजधानी साकेतबाट निस्काशित गरिदिएका थिए । कान्छी रानी जयन्तीका छोरा जयन्तलाई उत्तराधिकारी बनाउन निस्काशित गरिएका ती राजकुमार र राजकुमारीहरु उत्तरतिर आएर कपिलमुनिका आश्रयमा बसे । कपिलमुनिकै राय सल्लाह अनुसार सालको जङ्गल फाँडेर बस्ती बसाली दाजु बहिनीका बीच बिवाह गरी आफ्नो बंश चलाएको इतिहास पाइन्छ । कपिलमुनिको आश्रम भएको ठाँउ जहदी गाउँको दक्षिणमा पाईन्छ । यहाँ प्राचीन कुवा इनार छ । पुराना मूर्ती र केही भग्नावशेष अद्यपि देख्न पाइन्छ । कपिलमुनिकै आश्रम नजिक तिलौराकोट हुनु झन् ठूलो प्रमाण हो ।
- तिलौराकोटको उत्तरतिर सगरहवा छ । त्यहाँ कौशल नरेश प्रशेनजितका छोरा बिडुढकले ७० हजार जति शाक्यको बध गरेको थिए । दक्षिण तिरबाट आक्रमण गर्दा जोकोही पनि उत्तरतिर भाग्दछ । ती शाक्यहरुको स्मृतिमा निर्मित स्मारकहरुका भग्नावशेष त्यहाँ भएको कुरा संसारका सबै पुरातत्वबिदले स्वीकार गरेका छन् । सगरहवा र त्यहाँका भग्नावशेष कसैले नकार्न नसक्ने प्रमाण हुन् ।
- तिलौराकोट दरवारको उत्तरतिर ५०० मिटरको दूरीमा दुईवटा स्तूप छन् । राजा शुद्धोधन र रानी मायादेवीको स्मरणमा अशोकले बनाएका ती स्तूप अहिले पनि जो कोहीले हेर्न सक्दछ ।
- तिलौराकोट दरवारको पूर्वीद्धारालाई महाभिनिस्व्रुमण द्धार पनि भनिन्छ । त्यसको करिब ३०० मि. पूर्वमा एउटा स्तूप छ । सिद्धार्थ राजकुमारलाई छोडेर फर्केको घोडा र रथ दरवार भित्र प्रवेश गरेनन् । भित्र प्रवेश नगरी बाहिरै बसेर आफ्नो प्राण त्यागेका कन्थक र छन्दकको स्मृतिमा सम्राट अशोकले बनाएको स्तूपले पनि तिलौकोट नै प्राचीन कपिलवस्तुको राजधानी भएको पुष्टि गर्दछ ।
-तिलौराकोटको उत्तरतिर डेरवा गाँउ छ । जहाँ बुद्धले बृद्ध अशक्त र मूर्दा देखेका थिए । त्यसैको स्मृतिमा बनाएको स्तूप अहिले मासिएको छ । तर पनि हिजोका उत्खनन् कर्ता पुरातत्वविद्ले लेखेका प्रमाण अझै मेटिएका छैनन् । कुदान सरकूप लगायतका कपिलवस्तुमा प्राप्त बुद्धसंग सम्बन्धित हाल सम्मका प्रमाणित सयौं स्थलले भारतीय दावीलाई झूटो सावित गर्न सक्दछन् । तर तिनको उचित संरक्षण र प्रचार प्रसार भए मात्र ।

प्राचीन कपिलवस्तुको दूरी:
उल्लेखित दूरी तिलौराकोटसंग मिल्छ ।
प्राचिन कपिलवस्तुको महत्व:
 
संसारभरि पूर्वीय दर्शनको अध्ययन तिब्रगतिमा भैरहेको छ । पूर्वीय दर्शनमा शाख्य दर्शनको महत्वपूर्ण स्थान छ । शांख्य दर्शनका प्रणेता कपिलमहर्षीको आश्रम भएको र उनीकै नाउँबाट ठाउँको नाम समेत रहन गएकोले यसको महत्व त्यसै पनि झल्कन्छ ।

गौतमबुद्ध धर्मावलम्बीहरुको भगवान भौतिकवादीहरुका दार्शनिक योगीहरुका गुरु त्याग तपस्या र समर्पणका नायक सामाजिक न्याय र समानताका प्रतीक सामाजिक जागरण अभियानका अग्रणी मानव अधिकार र बिश्व शान्तिका अग्रदूत एबं प्रेरणाका श्रोत हुनुहुन्थ्यो । बुद्ध दर्शन मानव अधिकार र बिश्व शान्ति एक अर्कासंग अन्योन्याश्रित सम्बन्ध छ । आणविक बिभिषिकाले त्रस्त दुनियामा बुद्ध उनको उपदेश र उनले संसारमा पदार्पण गरेको ठाउ र अझ त्यसैमा पनि यौवनका सबै रहर पुरा गरेको ठाउँको महत्व अहिलेको बिश्वमा कति छ भनेर शब्दमा तौलन सकिन्न । अहिलेको बिश्व चाहेर पनि नचाहेर पनि उनैको बिचार प्रति आक्रिष्ट छ । किनकि बुद्धको बिचार सबैभन्दा बढी बैज्ञानिक र प्रयोगसिद्ध बिचार हो । उनले कहिलै पनि अुफुलाई इश्वर भँनेनन् । अरु इश्वरलाई पनि मानेनन् । आँफ्ना बिचार पनि चित्त नबुझे मान्नु पर्छ भँनॆनन् । मूर्ति पूजेनन् । अलौकिक कुराको पछि कहिलै पनि दगुरेनन् । 

संसारमा करिब पौने दुई अर्ब जति त बुद्ध धर्मावलम्बी मात्रै छन् । उनीहरु सम्पन्न छन । आँफ्नो आस्थाको केन्द्रलाई संसारका अरु धर्मावलम्बीहरुको आस्थाको केन्द्र भन्दा राम्रो भएको उनीहरु देख्न चाहान्छन् । प्रत्येक बर्ष एक प्रतिशत मात्रै बौद्ध तीर्थ यात्रीहरु कपिलवस्तु आउने हो र उनीहरु एक जनाले दुईसय डलर मात्रै खर्च गर्ने हो चढाउने हो भने पनि नेपालको बार्षिक बजेट जति पुग्न सक्छ । एउटा कपिलवस्तुले सिङ्गो नेपाल पाल्न सक्छ । यसैले जनाउँछ कपिलवस्तुको महत्व कति छ भन्ने कुरा ।

कपिलवस्तुको खोजी कार्य:
 
बुद्धकालमै कोशल नरेश प्रशेनजीतका छोरा राजकुमार बिडुढकले ध्वस्त पारेको कपिलवस्तुको जिर्णोद्धार कार्य मगध नरेश अशोकले इसा पूर्व २५१२४५ मा गरे । तत्पश्चात् सन् ४०३ मा फाईयहान सन् ६३६ डिसेम्वर २५ मा व्हेनसाङ् र सन् ६७१-६९५ मा इत्सिङ् नामक चिनीया यात्रीले कपिलवस्तुको खोजी गरेको इतिहास छ । सन् १२३४ मा कर्णाली प्रदेशका राजा रिपु मल्ल र सन् १८९५ देखि यता आएर कपिलवस्तुको खोजीमा जर्मन बिद्वान डा. फ्यूहरर, जापानी प्रोफेसर नाकामूरा, भारतीय पुरातत्वविद् पि.सि. मूखर्जी लगायत बिश्वका अनेकन इतिहासकार पुरातत्वविद् र सांस्क्रितिक खोजकर्ताहरुमा कनिङ्घम, कार्लाइल डेभिट्स, भिनसेन्ट स्मिथ, डा. जोशी, देवाला मित्रा, बि.डि.राव, बिजय श्रीवास्तव, जापानको रिस्सो बिश्व बिद्यालय डा. वार्डेल, संयुक्त राष्ट्र संघका पूर्व महासचिव ऊ थान्त, श्रीलङ्कन राष्ट्रपति जयवद्र्धने, थाइल्याण्ड र बर्माका र राजप्रतिनीधि लगायत इटालियन खोजकर्ताहरुले कपिलवस्तुको खोजी र भ्रमणमा आँफ्नो अमूल्य योगदान दिएका छन् । 

कपिलवस्तुको खोजी गर्नुपर्ने कारण:
हिन्दूहरुको चारधाम, क्रिश्चियनको जेरुसेलम, मुस्लिमको मक्कामदिना, शिखहरुको स्वर्ण मन्दिर अमृतसर जस्तै बुद्ध धर्मावलम्बीहरुको चारधाम् लुम्बिनी (कपिलवस्तु), बोध गया, सारनाथ र कुशीनगरमध्ये कपिलवस्तु (लुम्बिनी) लामो समयसम्म रहस्यमय भयो । तत्कालीन भारत बर्षमा इसाको दोस्रो शताव्दिसम्म बुद्धको धर्मको प्रचारले श्रीलंका, बर्मा, थाइल्याण्ड, तिब्बत, पाकिस्तान, अफगानिस्तान, इरान र इराकलाई समेत प्रभावित पारेको थियो ।
बुद्ध दर्शनसम्बन्धि अध्ययन र अध्यापन गराउनकै लागि दुईवटा बिश्व बिद्यालय स्थापना गरिए । त्यसरी खोलिएका नालन्दा र तक्षशीला बिश्व बिद्यालय संसारकै सबभन्दा पुराना बिश्व बिद्यालय मानिन्छन् ।
तत्कालीन अवस्थामा बुद्ध दर्शन र धर्मको ब्यापकताले हिन्दूहरुले आफ्नो प्रभावमा कमी आएको देखेर बुद्ध दर्शनका बिरुद्ध जेहाद छेडे । भारत बर्षबाट शंकराचार्यले बुद्ध धर्मका सम्पूर्ण ग्रन्थहरु नष्ट गराए । बुद्ध बिहार र गुम्बालाई मन्दिरमा परिणत गरे । यहाँका बुद्ध धर्मावलम्बीहरुलाई सताउने बिस्थापन गर्ने काम भयो । यस क्षेत्र भारतबर्षमा रहेका बुद्ध धर्मावलम्बीहरु पनि हिन्दूकरण गरिए । तर यताबाट बिस्थापित गरिएको धर्म र दर्शनले बिश्वका अन्य राष्ट्रहरुमा व्यापक प्रभाव जमायो । त्यत्रो प्रभाव जमाएको सबैको आकर्षणको बिषय भएको धर्मका सस्थापकको जन्मस्थल पत्ता नलाग्नु खोजकर्ताका लागि पनि लज्जाको बिषय भयो । बिश्वमा दिन प्रतिदिन बढ्दै गैरहेको युद्ध धार्मिक उन्माद हिंसा, हत्या र अशान्तिले बुद्धलाई सम्झायो । त्यसपछि यसको खोजी कार्य हुनथाल्यो ।
शान्ति र अहिंसाका अनुयायी सम्पन्न देशका आस्थाका केन्द्र अथवा उदगमस्थल बिपन्न र दरिद्र देशका कुनामा थन्किएको थियो । आफ्नो देशमा धार्मिक तीर्थयात्री भित्य्राएर बिदेशी मुद्राको आर्जन गर्ने हेतुले हिजो आँफ्नै आदर्श पुरुष  पूर्वजले बिस्थापित गरेको धर्मका जन्मदाताको जन्मस्थलको खोजीमा यताका सचेत बिद्वानहरुले पनि आफ्नो श्रम सिप र दिमाग खर्च गरे । संसारलाई आँखा देखाउने बुद्ध दर्शन प्राचीन भारत बर्ष र नेपालकै सम्पत्ति हो भन्ने कुरा यहाँका शासकहरुले बुझे । त्यसपछि यसको खोजी कार्य बढ्यो ।
अन्ततः सन् १८९५मा निग्लिहवाको अशोक स्तम्भ फेला पर् यो । त्यसको एक वर्षपछि अर्थात १९९६ को डिसेम्बर १ मा लुम्बिनीमा अर्को अशोक स्तम्भ फेला पर् यो । त्यसपछि संसारका पुरातत्वविद इतिहासकार सांस्क्रितिक खोजकर्ता र बुद्धका अनुयायीहरुको यस क्षेत्रमा चासो बढ्यो । बिदेशी लगानी पनि बढ्यो । बिश्वलाई शान्तिको सन्देश दिने एशियाका ताराको उदगमस्थानको खोजी गर्नु पर्ने कारण यिनै थिए । अब बिश्वास आर्जन गर्न सक्ने हो भने कपिलवस्तु लुम्बिनी संसारका सबै जनताको सबै धर्मावलम्बीहरुको आँखाको ज्योति हुन सक्छ । बनाउन सकिन्छ ।
कपिलवस्तु माथि भारतीय दावी:
नेपालमा रहेको कपिलवस्तु, लुम्बिनी, देवदह र रामग्रामका बारेमा श्री ५ को सरकार र मातहतमा रहेका मन्त्रालय र बिभागले तदारुकताका साथ काम गरेर बिकास र निर्माणका योजना बनाएर संसार सामु आफ्नो बिश्वास आर्जन गर्न सकेनन् । संयुक्त राष्ट्र संघको मातहतमा लुम्बिनीको मात्रै गुरु योजना बनेपछि त्यसमा नेपाली सहभागिताका नाममा खाली दरबारिया शक्ति केन्द्रको उपस्थिति र मनोराजन स्थल मात्र बन्यो ।
यो कुरा भारतले प्रत्यक्ष रुपमा हेरिरहेकोले यहाँ भएको कमजोरीको फाइदा उठाउने योजना बनायो । हिजो आफुले मान्यता दिएको नेपालको कपिलवस्तु लुम्बिनी देवदह र रामग्रामका बिरुद्ध आँफ्ना देशका पुरातत्वविदहरुलाई परिचालन गर् यो । बुद्ध धर्मावलम्बीहरुलाई उतै तान्ने बिदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रको बिकास गर्ने स्थानीय जनतालाई रोजगारी दिलाउने जस्ता काम गर् यो ।
सन् १९७१ देखि कपिलवस्तु भारतमै भएको प्रचार गराउन थाल्यो र नेपालतिरको कपिलवस्तुलाई देखाउने आफ्ना देशका माइलस्टोनहरु मेटायो, वोर्डहरु हटायो । नेपालको कपिलवस्तु र लुम्बिनी, देवदह र रामग्रामका बारेमा लेखिएका सम्पूर्ण पुस्तकहरु पुस्तकालयबाट गायव गर् यो । पुराना पुस्तकका नयाँ संस्करण प्रकाशित गर्दा मिलाएर प्रकाशित गरिए । नेपालको तर्फबाट गरिएका उचित प्रतिवादलाई भारतको बिरोधको संज्ञा दिएर निस्तेज पार्ने प्रयास भयो । भारतले भारतमा मात्रै योजना गरेको होइन नेपाल भित्रका बिभिन्न शक्ति केन्द्रमा रहेका मान्छेलाई आफ्नो बनायो ।
नौगढ जिल्लाको नाम फेरेर सिद्धार्थनगर जिल्ला नामाकरण गर् यो । गोरखपुरदेखि लखनऊसम्म चल्ने रेलको नाम कपिलवस्तु एक्सप्रेस राख्यो । उतै अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन मुख्यमन्त्री मायावतिले शिलान्यास समेत गरिन । पाठ्यक्रममा कपिलवस्तु भारतमै भएको र बुद्ध भारतमै जन्मेको भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर् यो । सन् १९९२ डिसेम्वर २९ तारिखमा पिप्रहवामा भब्य अन्तर्राष्ट्रिय सम्मेलन गरेर कपिलवस्तु भारतमै भएको घोषणा गरियो । त्यसपछि प्रत्येक बर्ष डिसेम्वर २९ मा कपिलवस्तु महोत्सव मनाउने गर्दछ । त्यहाँ क्रित्रिम नदी बनाउने प्रयास भएको छ । प्राचीन बुद्ध बिहारलाई र राजा शुद्धोधनको राजमहल भनेर संसारका आँखामा धूलो छर्कने प्रयास गरेको छ । सन् १९९६ देखि त भारतले रामग्राम र देवदह पनि उतै भएको प्रचार गरेको छ ।
हामीले सक्कली ठाउँको संरक्षण प्रचार-प्रसार बिकास गर्न नसकेकाले नै उस्ले त्यता रहेका आँफ्ना केही पुराना स्मारकलाई प्राचीन कपिलवस्तु देवदह र रामग्राम नामाकरण गरेको हो । खोटो सिक्काले असली मुद्रालाई बिस्थापित गर्ने प्रयास भएको हो ।
भारतीय षड्यन्त्रको जालोमा नेपालका जिम्मेवार निकाय पनि फँसे:  
-जब भारतले उता कपिलवस्तुको निर्माण द्रूत गतिमा गर्न थाल्यो तब नेपालको कपिलवस्तुलाई प्रमाणित गर्ने पुराना नामहरु यताबाट परिवर्तन गरिदै गए । कपिलवस्तु ग्राम पन्चायतबाट कपिलवस्तु आदर्श गाउ पाचायत भएको तौलिहवा सदरमुकामलाई २०३८ सालपछि नगरपन्चायत बनाउँदा कपिलवस्तु नगरपन्चायत नबनाएर तौलिहवा नगर पन्चायत बनाइयो । बहुदलको आगमनपछि पनि तौलिहवा नगर पालिका नै कायम राखियो । कपिलवस्तुको नाम मेटाईएकोमा व्यापक बिरोध र जन दवाव दिनुपर् यो । धेरै प्रयास गर्नु पर् यो । अनि बल्ल ०५० साल पछि पुन कपिलवस्तु नामाकरण गरियो । कपिलवस्तु नामलाई पुर्नस्थापन गराउन यो पंक्तिकारलाई साथ दिनेमा युवा समाजसेवी रबि ठाकुर र उहाकै भान्जा प्रदिप ठाकुरको उल्लेखनीय भूमिका रहेको थियो ।
-त्यस्तैगरी कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंखा उचाली” भन्ने लोकपि्रय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो । त्यसको पनि व्यापक बिरोध गर्नु गराउनु पर् यो । धेरै ज्ञापन पत्र दिने र पत्र-पत्रिकामा लेख तथा समाचार प्रकाशित गरेपछि मात्रै ने.टि.भी. ले ०५४१२९  गते आफ्नो गल्ति स्वीकार गरी उक्त गीतलाई जस्ताको त्यस्तै प्रसारण गर्ने पत्र दिएको छ ।
-त्रिभूवन बिश्व बिद्यालयले स्नातक तहको अंग्रेजी पाठ्यव्रुममा इन्रिच योर इंग्लिश एकेडेमिक स्किल्स् बुक – ENRICH YOUR ENGLISH: ACADEMIC SKILLS BOOK) लाई समावेश गरेको छ । त्यो पुस्तकमा बुद्ध भारतीय भएको र कपिलवस्तु पनि उतै पर्ने कुरा उल्लेख छ । पाठ्यक्रमबाट उक्त पुस्तक हटाउन व्यापक बिरोध गर्दा ज्ञापनपत्र दिंदा पनि नहाटाए पछि अन्ततः लुम्बिनी कपिलवस्तु बचाऔं अभियानको तर्फबाट ०५५/८/२ गते बुधवारका दिन नारायणप्रसाद पौडेल र गोपाल सिवाकोटी चिन्तनले सर्बोच्च अदालतमा रिट दायर गर्नु पर् यो । बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो । तर त्यस्तो पाठ्यपुस्तकलाई बन्देज लगाइएन । क्षतिपूर्ति पनि मागिएन । अहिले पनि उक्त पुस्तक पाठ्यक्रममा छँदैछ । खाली अंश मात्रै हटाउनुको के अर्थ रहन्छ र ?
-सन् १९९८ लाई नेपालले राष्ट्रिय स्तरमै नेपाल भ्रमण बर्षको आयोजना गर् यो । तर भ्रमण सूचीमा कपिलवस्तु, देवदह र रामग्रामलाई पारिएन । व्यापक बिरोध र दवावपछि मात्रै लुम्बिनीलाई सूचीमा पारियो । तर कपिलवस्तु देवदह र रामग्राममा लुम्बिनी आएका पर्यटकलाई ल्याउन दिईएन । उतैबाट पाल्पा र पोखरा ओसार्ने काम गरियो ।
-लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल र बिश्व बिद्यालाय बनाउन पनि भारतीय दवावकै कारण रोकिएको छ ।
-यस्ता उदाहरण खोज्दै जाँदा धेरै भेटिन सक्छन् । अरुले पनि कपिलवस्तुको संरक्षण प्रचार-प्रसारका लागि धेरै काम गर्नु भएको हुनसक्छ । सामाग्री र अभिलेखको अभावमा आँफैले गरेका प्रयास र पाएका सफलता मात्रै यहा उल्लेख गर्न परेकोमा क्षमा प्रार्थी छु ।
कपिलवस्तु लुम्बिनीको बिकासमा नेपालको भन्दा बिदेशी चासो बढी:
-अन्तर्राष्ट्रियस्तरमै लुम्बिनी कपिलवस्तु कहाँ पर्दछ भन्ने उत्सुकता र खोजी भैरहेको बेला सन् १८९३ मा भारत गोण्डा बलरामपुरका जमिन्दार मेजर जसकरण सिंहले नेपालगन्ज तहसिलको बैराट भन्ने ठाउमा अशोकको लाट पाइयो भन्ने समाचार छपाएपछि तात्कालीन ब्रिटिस इन्डियामा कार्यरत पुरातात्वविद् जर्मन बिद्वान डा. फ्यूहरर नेपाल आएपछि बल्ल कपिलवस्तुको खोजी सुरु भएको हो । नेपालगन्जबाट हात्तीमा चढेर २ बर्षसम्म खोजी गर्दै पूर्वतिर लाग्दा १८९५ को मार्चमा बल्ल निग्लिहवाको अशोकस्तम्भ पत्ता लागेको हो । खोजी कार्यमा तत्कालिन पाल्पाका गर्भनर खड्ग शमशेरको उल्लेखनीय योगदान रहेको कुरालाई नकार्न सकिदैन । उनले १८९६मा लुम्बिनीमा रहेको अशोकस्तम्भ पत्ता लगाएका हुन् ।
-लुम्बिनीको अशोकस्तम्भ फेला परेपछि सन् १८९९ मा भारतीय पुरातात्वविद् पि.सि. मुखर्जीले लुम्बिनी कपिलवस्तु नेपालमा भएको प्रमाणित गरेका थिए । त्यसपछिका सबै खोजमा नेपालको सहभागिता रहेपनि नेतृत्व भएको छैन ।
-समग्र लुम्बिनीको बिकासका लागि गुरु योजना बनाउने निर्देशन सन् ६० को दशकमा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले दिएका थिए । त्यसलाई राष्ट्र संघकै मातहतमा राख्ने ब्यवस्था मिलाइएको थियो ।
-लुम्बिनी बिकासको गुरु योजना जापानी वास्तुबिद् केन्जो टाँगेले तयार पारेका हुन् ।
-लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्ने प्रस्ताव श्रीलंकाले ल्याएको हो र अहिले त्यसमा लगानी गर्ने उत्सुकता फ्रान्स र जापानले देखाएका छन् ।
-लुम्बिनी कपिलवस्तु मा अन्तर्राष्ट्रिय बौद्ध बिश्व बिद्यालय बनाउने र त्यसको पूरक तथा सहयोगी शिक्षण संस्था थाइल्याण्डमा राख्ने प्रस्ताव प्रथम बिश्व बौद्ध शिखर सम्मेलन ०५५/८/१६ मा बिदेशी प्रतिनिधीले नै ल्याएका थिए ।
-लुम्बिनी कपिलवस्तु देवदह र रामग्राममा बिदेशी लगानी कर्ताहरु आउन उत्सुक देखिन्छन् । तर धार्मिक र निर्मल भावनाले आउन चाहने बिहार र गुम्बा तथा धर्मशाला बनाउन चाहने बिदेशीलाई पनि ब्यापारिक हिशावले झैं कमिशन माग्ने नेपाली पक्षले नै उनीहरुलाई सताएको कुरा प्रायः सबै लगानी कर्ताले बताउँछन् ।
-तिलौराकोटको रिशोइन शान्ति बिहार जापानी व्यक्तिले बनाएर छोडेका हुन् । तर नेपाली पक्षले त्यसको सदुपयोग गर्न नसक्नाले र गर्न नदिनाले पनि धेरैको मन कुँडिएको छ ।
-हाल सम्म लुम्विनीमा मात्रै करिब २६ वटा देशले आफ्नो सहृदयता देखाएर बिभिन्न निर्माण कार्य गरेका छन् । तर लुम्बिनी विकास कोषमा हुने राजनितिकरणले गर्दा बिदेशीहरु खिन्न र उदास छन् ।
केही सकारात्मक पक्षहरु:
* भारतले कपिलवस्तुमाथि दावी गरेपछि ०३२/०३३ सालमा तत्कालीन जिल्ला पन्चायतले प्रतिवाद गरि कपिलवस्तु बिशेषांङ्क पुस्तक प्रकाशित गरेको थियो ।
* ०५० सालमा तौलिहवा नगरपालिकालाई कपिलवस्तु नगरपालिका नामारण गर्न श्री ५ को सरकार तयार भयो ।
* ०५० पुष २०२२ मा कपिलवस्तुमा चतुर्थ राष्ट्रिय बौद्ध सम्मेलन गरी कपिलवस्तु लुम्बिनी देवदह र रामग्रामको एकीक्रित बिकास गर्नुपर्ने बिचारको घोषणापत्र जारी गरिएको थियो ।
* ०५१/८/२१ मा नारायणप्रसाद पौडेलको नेतृत्वमा तत्कालीन सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष निसंह चौधरी, नेकाका जिल्ला अध्यक्ष रमेश शर्मा, राप्रपाका अध्यक्ष मदन गुप्ता, नेकपा एमालेका उपसचिव लक्ष्मण पोख्रेलले हाम्रा सांस्क्रितिक, धार्मिक, ऐतिहासिक एवं पुरातात्वविक स्थल र आवशेषहरुको संरक्षण गरी पाउँ भनेर जिल्ला प्रशासन कार्यालय मार्फत श्री ५ को सरकार समक्ष निबेदन पेश गरिएको यिथो । २७६३ दर्ता नं. रहेको उक्त निबेदनपश्चात् जिल्लामा उत्खनन गर्न आउने बिदेशी वा स्वदेशी ले जिबिस वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिई उत्खनन् गर्ने व्यवस्थाको सुरुवात भएको छ । त्यसभन्दा पहिले सिधै श्री ५ को सरकारको आदेश वा बिभागीय अनुमति भएपछि जिल्लालाई थाहै नदिई सबै काम हुने गर्थे ।
* स्थानीय दवावपछि कपिलवस्तुको बिकास संरक्षण र प्रचार प्रसारको लागि तत्कालीन सांसद दिपकुमार उपाध्यायबाट सदनमा ध्यानाकर्षण प्रस्ताव पेश । शिक्षा तथा संस्क्रिति मन्त्री गोबिन्दराज जोशीबाट ध्यानाकर्षण प्रस्तावको जवाफ दिने काम भएको थियो ।
* ०५३/७/१८ मा सभामुखको नेतृत्वमा सर्बदलीय संसदीय टोलीको निर्माण भई ०५३/७/२० देखि २३ सम्म कपिलवस्तु लुम्बिनी देवदह र रामग्रामको भ्रमण । सर्ब दलीय संसदीय टोलीबाट सबै ठाँउको एकीक्रित  बिकासमा जोड दिदै ३४ वटा सुझावहरु पेश गरेको थियो । उक्त संसदीय टोलीले तथाकथित भारतको कपिलवस्तुको पनि भ्रमण गरी बुद्ध बिहार भएको निक्र्योल गरेको थियो ।
* ०५२ भदौ ५ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई कपिलवस्तुका सम्बन्धमा बिभिन्न १५ वटा माग राखी ज्ञापन पत्र दिन जाँदा प्रधान मन्त्री हेलिकोप्टर दुर्घटनामा परी अस्पतालमा भएकोले उपप्रधानमन्त्रीलाई उक्त ज्ञापन पत्र दिएको थियो । लुम्बिनी कपिलवस्तु बचाऔं अभियानले दिएको उक्त ज्ञापनपत्र लाई बिशेष ध्याल दिई कार्यवाही गर्ने तोकादेश भएको थियो ।
* श्री ५ को सरकारले लुम्बिनी बिकास कोषको कार्य क्षेात्रमा कपिलवस्तुका तिलौराकोट निग्लिहवा गोटिहवा लगायत रामग्राम र देवदहलाई पनि समावेश गरेको छ ।
* ०५३/५/१८  गते का दिन प्रतिनिधी सभा र राष्ट्रिय सभाका गरी १६१ जना सांसदहरुले लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्छ भन्ने संयुक्त हस्ताक्षर सहितको ज्ञापन पत्र प्रस्तुत गरेका थिए । उक्त ज्ञापन पत्रलाई ०५४/२/२६ मा पनि पुन दिइएको थियो । तत्कालीन प्रधान मन्त्रीबाट सकारात्मक निर्देशन ।
* ०५५ मंसिर १५ र १६ गते लुम्बिनीमा प्रथम अन्तर्राष्ट्रिय बिश्व बौद्ध सम्मेलन गरिएको थियो । उक्त सम्मेलनले पनि लुम्बिनीको एकीक्रित  बिकासमा जोड दिने घोषणा पत्र जारी गरेको थियो ।
(२०५८ साल असार)

No comments:

Post a Comment