Sunday, April 10, 2011

कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित

काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।

कार्यक्रमका केही थप फोटाहरु: 

 








 







 








No comments:

Post a Comment