Posted by Ram Kumar Shrestha on April 28, 2011
Rate This
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।
कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।
बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।
-नारायणप्रसाद पौडेल (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )
कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।