Friday, June 3, 2011

अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल

Posted by Ram Kumar Shrestha on May 30, 2011
 
Rate This

झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो । ४३ भन्दा बढि देशको सहभागिता रहेको यो पर्वमा नेपालले सबैको ध्यान एकोहोर्‍याउन सफल भयो । फोटो खिच्ने, ब्रोसर लिने, बुद्दका बारेमा सोध्ने कति कति । हैरान भए, भ्याइ नभ्याइ थियो नेपालको जानकारी दिन बसेका फ्रान्सेली मित्रहरुलाई । साँच्चै नेपालले आफ्नो गौरव देखाएरै छोड्यो । अमेरिका, बेलायत जस्ता विश्वका धनी देशले लाखौं खर्च गरेको तुलनामा नेपालले सामान्य आर्थिक खर्च र मेहनतकै भरले विश्वलाई चकित पार्न सफल भयो ।
पर्वको आखिरमा सबै भन्दा ठूलो आकर्षण यहि साकेला न्रित्य भयो । फ्रान्सेली किशोरीहरुले जम्मा तिन घण्टा जतिकै प्रयासमा यो टपक्कै टिपीहाले । यो न्रित्य सिकाउन भनेरै नेपाली दुतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठकी पत्नी समेत रहेकी निता श्रेष्ठ करिब चार दिन पहिले पुगेकि थिइन् आफ्ना दुई छोरी जैनु र निजूको पढाइ छुटाएर ।

मंगलबार २३ तारिखका दिन साँझ हामी पुगेपछि एउटा हलमा साकेला सिक्दै किशोरीहरु । तिनलाई सिकाउँदै निता श्रेष्ठ ।
देब्रेबाट प्रतिमा, प्रवीन (लाखे नाच), कूमारी बनेकि नानी , निजू,जैनु र  निकिता ।
लाखे नाच्नेको सक्कली रुप ।
पर्व शुरु अघि यसरि हाम्रो स्टल तयार गर्दै थिए हाम्रा फ्रान्सेली मित्रहरु । अघिल्लो तस्विरमा देब्रेबाट जेराल्डिन, ज्याकलिन र सिल्भियन अनि उनैका पती फँस्वा ।
हाम्रो काठमाडौंकी जिवित देवी कूमारीलाईपनि यसरी रथमा घुमाइयो । यसले निकै को ध्यान तान्यो, थुप्रै क्यामरा सोझिए ।
वालवालिका त निकै जिल्ल परिपरी हेरेका थिए ।
नेपालको अर्को आकर्षण हाम्रो मन्दिर । यो मन्दिर बनाउने काम सिल्भियन, उनका पती फँस्वा र छोरी जेराल्डिनले गरेका थिए । यो मन्दिरलाई शहरको बिच भागमा एक घण्टा घुमाइएको थियो ।
अग्रभागमा निकिता र नेपालको राष्ट्रिय झण्डा र नेपालको विविध जातजातिको झल्को दिने, सगरमाथा  र बुद्दलाई चिनाउने तस्विर थियो ।
गुरुङ भेषमा बसेका फ्रान्सेली मित्रहरुले नेपालको बारेमा निकै जानकारी दिए ।
नेपालको स्टलमा यत्तिकै भिड थियो दिनभरीनै ।
छनपनि के थिएन र नेपालको । टिका टालो । थाली । डोको नाम्लो । डाली, थैली । क्यारेमबोर्ड । मादल, मुकुन्डा । हिमाल हास्ने देखि मुजुर नाच्ने सम्म । सबैजसो क्षेत्र, सबै जसो जाती, सबै क्षेत्र को प्रतिनिधित्व गरेको थियो । म परें चरावाला । झन चरो त भित्ता चिर्विराइरहेको थियो ।
नेपालका अनाथ वालवालिका पढाउन चितवको सौराहामा अनाथालय खोलेको लियोंस्थित संस्थाकी अध्यक्ष मारी एदविज मेर्तेन (दाहिने) र उनैकी ८६ वर्षिय आमा । यी हजुर आमा नेपालको त मैले’नी हेर्न पर्च भन्दै आएकि थिइन् ।
 राजदूत मोहनक्रिष्ण श्रेष्ठ (दाहिनेबाट पहिलो) पनि पुगेका थिए । दोस्रो दूतावासका तेस्रा सचिव भरत खनाल र मिनिस्टर
काउन्सिलर जिवन प्रकाश श्रेष्ठ ।

साकेला नाचमा पाँच जना केटी केटाको भेषमा थिए त अर्का पाँच केटाको । पहिरन फरक फरक जातिको थियो ।
तर छाला गोरो भएर होला यतिबिघ्न सुहाएको ?
यी युवतीको नाच देखेपछि त फोटो कतिले खिचे खिचे यीसित । तानातानमा निकै परे यी हसिला किशोरीहरु ।
मलाई चाहिँ यीनैले लगेका हुन् है तानेर । मपनि मस्किँदै गको चाहिँ पक्का हो । मेरो देब्रेतिरकी हुन् सन् १९९८ को विश्व कप फूटवलको उद्घाटन कार्यक्रम गराउने क्याथी मासो ।
(साथीहरु धेरै सुन्दर तस्विर छुटेका छन् । कार्यक्रम नपत्याउँदो सित सफल भएको छ । नेपालको प्रचार त कति भयो भयो । लोभ्याउने गरि आकर्षक पनि गरियो । कार्यक्रममा अति धेरै सहयोग गर्ने केहि छन् फ्रान्सेली र नेपाली । यो कार्यक्रम कसरि भयो । कस्तो भयो । के कस्ता कमजोरी रहे हाम्रा ? दूतावासपनि संलग्न भएकाले दूतावासको कमजोरी के रह्यो ? हामीले समिक्षा गर्नु पर्छ भनेका छौं । दूतवासले समिक्षा गरे ठिक छ । नत्रा हामी आफैं मिलेर समिक्षा गर्ने छौ। र त्यसलाई सार्वजनिक गर्ने छौं। भिडियो ब्लगपनि छ तर आज भ्याइन । भोली हेर्नुहोला । यो पर्वका केहि लेख फेरीपनि लेख्नेछु। केहि कमीकमजोरीलाइ छोडेर म ब्यक्तिगत तर्फबाट निकै खुशि छु । यसमा तपाइ सबै मित्रहरुको उत्साहले तैरिन सहयोग गरेको हो । कार्यक्रममा गएका साथीहरुलाई पेरिसबाट गएका र मुख्य सहयोग गरेका सबै मित्रको नाम उपलब्ध गराइदिन म यहि ब्लग मार्फत अनुरोध गर्छु ।
@Nepalplus

No comments:

Post a Comment