Friday, June 3, 2011

भारतीय बिस्तारबाद बिरुद्ध लण्डनको अन्तरराष्ट्रिय कार्यक्रममा माओबादी नेता बसन्त

Posted by Ram Kumar Shrestha on June 1, 2011
 
Rate This
यही जुन १२ तारिखका दिन भारतीय बिस्तारबादद्धारा नेपाल तथा छिमेकी मुलुकहरुमा गरिएका अन्यायपूर्ण हस्तक्षेप र भारतभित्रै पनि भारती जनताद्धारा गरिएका न्यायोचित आन्दोलनका बिरुद्ध गरिएका श्रीन्खलाबद्ध दमनको बिरोधमा लण्डनमा अन्तरराष्ट्रिय कार्यक्रम आयोजना गरिदै छ । उक्त कार्यक्रममा बक्ताका रुपमा भारतकी चर्चित लेखिका तथा उपन्यासकार एबं “The God of Small Things” उपन्यासका लागि १९९७ को बूकर पुरस्कारकी बिजेता अरुनधती रोय, “Imperialism and Proletarian Revolution in 21st Century” का लेखक तथा एनेकपा माओबादी पोलिटब्यूरो सदस्य बसन्त (ईन्द्र मोहन), अमेरिकाको उप्सला कालेजबाट साहित्यमा मानार्थ डक्टरेट उपाधी प्राप्त एबं “Red Star Over India” का लेखक स्वीडेनका डा  जान मिर्डाल र क्यानडाबाट इस्ट इण्डिया डिफेन्स कमिटिका महासचिब हरभाजन चीमा हुनुहुन्छ । कार्यक्रममा बक्ताहरुको प्रस्तुति, प्रस्नोत्तर र फिल्म प्रदर्शन हुनेछ । 
उक्त कार्यक्रम इण्टरनेशनल क्याम्पेन अगेन्स्ट वार अन पिपुल अफ इण्डिया (ICAWPI) को प्रायोजनमा संयुक्त नेपाली मोर्चा यूरोप (UNF Europe), इण्डियन वर्कर्स एसोशियसन {GB), AFPRISA, TKM, 100FCC, WPRM-Britain, UFSO, CCRC लगायत अन्य संस्थाहरुको आयोजना र कन्फेडेरेशन फ्रम वर्कर्स फ्रम टर्की इन यूरोप (ATIK), प्रगतिशील नेपाली समाज यूके, कपिलबस्तु दिवस अभियान र एण्टी कास्ट डिस्क्रिमिनेशन {ACDA) को सहयोगमा हुन लागेको हो । 
स्थान: 
Friends House, Main Hall,
173 Euston Road, London NW1 2BJ     
समय: 1:30 pm till 5:00 pm 
दिन: Sunday, June 12, 2011
संपर्क: 
नबिन सापकोटा – 07898728062 
कर्ण शाही – 07894339531 
रण बहादुर केसी – 07878744494 

No comments:

Post a Comment