Posted by Ram Kumar Shrestha on November 18, 2011
Rate This
१७ नोभेम्बर, लण्डन: नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु बिस्तृत रुपमा कान्तिपुर दैनिकमा १३ कार्तिक (अक्टोबर २९) र कार्तिक १६ (नोभेम्बेर २) र नेपाली पत्रको बर्ष ६, अंक १८ मा प्राथमिकताका साथ प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे संग्रहालयले बुद्ध नेपालमा नजन्मेको भनी उल्लेख नगरेको सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर संग्रहालयलाई दबाब दिन जन परिचालन गर्ने सहज वातावरण तयार भएको थियो । छोटो समयमा नै सोही सूचनामा भएको ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गरेको छ ।
सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे, कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथ र कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रमाणपत्र राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे र माननीय भान्ते आनन्द पथले संयुक्त रुपमा प्रदान गर्नु भयो । प्रमाणपत्रमा लेखिएको छ, “वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु तयार गरी संग्रहालय र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएर जानकारी सच्याउने वातारण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा सम्मान स्वरुप यो प्रमाणपत्र प्रदान गरिएको छ ।”
गैरआवासीय नेपाली संघ वेलायतका अध्यक्ष कुल आचार्यले पत्रकार पोखरेललाई खादा ओडाएर सम्मान गर्नु भयो ।
सम्मान गर्नु अघि कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उहाँ अघि धेरै नेपाली त्यहाँ गए तापनि यस बिषयमा कसैले आवाज उठाएको नपाईएको भन्दै अभियानको उद्धेस्यलाई टेवा पुर्याउने र राष्ट्रिय स्वाभिमान उच्च राख्दै अन्तरराष्ट्रिय महत्व सहितको दूरगामी परिणाममुखी उहाँको यस किसिमको ऐतिहासिक खोजी पत्रकारितालाई सम्मान गर्दै अभियानले उहाँलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिनु भएको थियो ।
ब्रिटिश संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे के लेखेको थियो त ?
In light of recent comments about the Buddha’s birthplace, we would like to reassure you that the Museum does not state that the Buddha was born in India. We state that the Buddha was born into a small kingdom that flourished in north-eastern India in about 500 BC. The kingdom covered a reasonably wide area in the northern plains, along with several others of the time. When the Buddha’s mother was expecting, the family decided that she should proceed north to the hills to give birth. This she did, but gave birth along the way, in Lumbini at foot of the Himalayas. The site of Lumbini is in Nepal about 20 miles from the modern border with the Republic of India. If you are aware of an instance where the incorrect information is written or posted please let us know where so we can look into it. You are welcome to leave comments about this subject on the main wall but please note that comments about this subject on unrelated posts will be deleted as they are off topic. Please see further information about commenting in the info tab.
ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले के सूचना जारी गर्यो त?
In the spirit of clarity, the British Museum wants to be unambiguous and accurate on this issue – the Buddha was born in Lumbini which is in Nepal. The Museum is always seeking to find the clearest way to put past history into understandable statements in the Museum, on our website and in our online records. Thank you for your feedback. Please be assured this is an important issue to the Museum and has been passed on to our curatorial team to establish where further clarity in the Museum and online may be required.
No comments:
Post a Comment