Showing posts with label Own Pen. Show all posts
Showing posts with label Own Pen. Show all posts

Saturday, November 19, 2011

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु

Posted by Ram Kumar Shrestha on November 6, 2011
 
 
 
 
 
 
Rate This
By रामकुमार श्रेष्ठ 
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।

छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएकोमासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको,  न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र? 

Monday, May 2, 2011

तात्कालिन युबराज दीपेन्द्रले भने - "सरी"

- रामकुमार श्रेष्ठ
सांस्कृतिक विविधताको दृष्‍टिकोणले संसारकै सबभन्दा धनी देशहरुमध्यमा पर्छ नेपाल, तर यस्तो धनी देशमा आधुनिकताको नाममा संस्कृति अत्यधिकगतिमा लोप हुँदै गइरहेको पाईन्छ दिन प्रतिदिन । समय परिवर्तनशील भएको र त्यसमाथि बर्तमान खुल्ला विस्व परिबेशका  कारण कुनै पनि समाजमा विद्यमान संस्कृति बिस्तार बिस्तार लोप हुँदै जानु अथवा परिवर्तन हुनु अस्वाभाबिक होइन, तर समाज शास्त्र, मानब शास्त्र र अनुसन्धानका दृष्‍टिकोणले लोपोन्मुख अवस्थामा रहेका त्यस्ता कुराहरुलाई तिनीहरुको महत्व हेरी कुनै न कुनै रुपमा कुनै न कुनै किसिमबाट संरक्षण र संबर्द्धन गरिनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसरी लोपोन्मुख अबस्थामा रहेका कला, संस्कृतिहरुलाई कुनै न कुनै रुपमा जोगाउने कार्यमा अहिलेका बिकशित देशहरु धेरै पहिलादेखि लागि परेका देखिन्छन भने हामीहरु भने हाम्रा आधारभूत मानबीय आवश्यकता परिपूर्तिका खातिर नै अधिकांश ध्यान केन्द्रित गरी प्राथमिकतालाई तदनुरुप परिलक्षित गर्नु पर्ने वाध्यता र सीमित साधन र श्रोतका कारण यस किसिमका कार्यहरु अझै पनि आवश्यकतानुरुप  प्राथमिकतामा पर्न सकेको देखिदैन । त्यसैले यस किसिमका कार्यमा केही योगदान पुर्याउने अभिप्रायले नेपालमा राष्ट्रिय जातीय संग्रहालय स्थापनालाई मूल उद्धेस्य बनाएर एउटा संस्था स्थापना भएको थियो । सोही संस्थाको पहलकदमीमा युनेस्को लगायत एक दर्जन जति देशका यस क्षेत्रमा बिशेष अनुभब र दक्षता भएका बिज्ञहरुको सहभागितामा काठमाण्डौंमा एउटा अन्तरराष्ट्रिय संगोस्ठीमा नेपाल जस्तो सांस्कृतिक बिबिधताको दृष्‍टिकोणले अत्यन्तै धनी भएको देशमा आधुनिक एबं खुल्ला बिस्व परिबेश, नेपालमा पर्यटन उद्योगको प्रबल संभाबना, बिभिन्न कारणबश नेपालीहरुको बढदो बिदेश गमन जस्ता यथार्थताका आधारमा लोपोन्मुख अवस्थामा रहेका  भाषा, संस्कृति, जीवनशैली, कला र संस्कृतिलाई जोगाउने कार्यलाई प्राथमिकता दिन ढिलाई गर्न नहुने कुरामा जोड दिएका थिए उक्त अन्तरराष्ट्रिय संगोस्ठीमा सहभागी सबैले ।

अन्तरास्ट्रिय बिज्ञहरुको सल्लाह मुताबिक कीर्तिपुरको चम्पादेबीमा राष्ट्रिय जातीय संग्रहालयको लागि तात्कालिन श्री ५ को सरकारबाट मन्त्रीपरिषद मार्फत जग्गा प्राप्त गर्न प्रकृया अघि बढाइने क्रममा मन्त्रिपरिषदको बैठकमा पेश गर्न तात्कालिन संबन्धित मन्त्री बल बहादुर केसीले यथाशीघ्र गुरु योजना माग गरेको, तर बिस्त्रित गुरु योजना तयार गर्न बिभिन्न किसिमको जनशक्ति, समय र धेरै रकमको आबस्यक पर्ने भएको कारण एक हप्ता खटेर प्रारंभिक गुरु योजना तयार पारें मैले सो परियोजनाको संस्थापक कार्यकारी सदस्य र बिशेषत: इन्जिनियरको हैसियतले । करीब करीब नेपालको नक्साकारमा कम्पाउण्ड लगाएर नेपालको जुन भू-भागमा जुन जातीको घनत्व छ स्केलानुसार करीब करीब त्यहीं ठाउँमा पर्ने गरी सो जातीको नमूना घर बनाइ जन्मदादेखि मर्दासम्मको संस्कृति स्पस्ट हुने गरी उनीहरुको संपूर्ण सामग्रीहरुको संकलन गरी उनीहरुकै नमूना घरमा राखिदिने, कतिपय कुराहरु सामान संकलन गरेर मात्र स्पस्ट गर्न नसकिने कुराहरु हाइ भिजन हलहरुमा श्रब्य द्रिश्य माध्यमद्धारा प्रदर्शन गर्ने, आबस्यक संपूर्ण जनजातीको नमूना घरहरु बनाइ प्रत्येक घरहरुमा यातायातको साधन पुग्ने, आगन्तुकको लागि पार्किङ जस्ता संपूर्ण कुराहरुका लागि बिचार गरी तयार गरिएको उक्त महत्वाकांक्षी  परियोजनाको लागि आबस्यक पर्ने २०० रोपनी जग्गा माग गरिएको थियो भने झन्डै ७० करोडको बजेट देखाइएको थियो जस्मा सो परियोजनाको लागि आबस्यक पर्ने बिभिन्न अनुसन्धान र सोको लागि आबस्यक पर्ने ठूलो रकमलाई समाबेश नगरिएको कारण परियोजना १० बर्षमा नै  संपन्न गरिंदा पनि कूल बजेट अरबौं लाग्ने देखिन्थ्यो । नेपालमा कुनै पनि काम गर्न च्यानल मिलाउन पर्ने चलनका कारण सल्लाहकार र कार्य समितिको आकार बढदै गयो । सबैसंग मिलेर काम गर्न पर्ने भएका कारण ठूला पार्टीका मन्त्रीको हैसियत प्राप्त गरिसकेकाहरु, जनजातीका प्रतिनिधि थप्ने अनि तात्कालिन युबराज दीपेन्द्रलाई संरक्षक राख्ने योजना मुताबिक दरबार निकटका बरिस्ठ ब्यक्तिहरु सल्लाहकारको रुपमा थपिंदै जाँदा सल्लाहकारको रुप ठूलो हुँदै थियो ।अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर स्काइलर जोन, नर्बेका प्रोफेसर डा हेराल्ड ओस्कार र बेलायतकी मेरी मार्लौलाई पहिलादेखि नै समाबेश गरिएको थियो ।      

Sunday, March 27, 2011

Overcoming New Decade Challenges

Every single day our world spends more than $4 billion on war. However everyday, 20,000 children die of hunger, poverty and a lack of treatment and medicines and millions of people are suffering a lack of their basic needs like food, clean water, clothes and shelter. If only a certain percentage of these funds were used for the benefit of the people worldwide, struggling to have an education, minimum health care, food and housing a lot could be done.

Nuclear power was developed in the name of establishing peace and now this is threatening the whole human race. Current existing amounts of nuclear power are enough to destroy not a single earth but dozens of equivalent earths. What will happen if the nuclear power will get into terrorists’ hand? This is today’s one of the biggest concerns for world leaders.

By  Ram Kumar Shrestha, Global Coordinator, Kapilvastu Day Movement
With 2010 heralding the dawn of a new decade; this decade offers many challenges and opportunities. Global warming,political instability, recession, terrorism, disaster were the major problems of the decade and the ultimate source of these problems is not external - it is us and only us, our current lifestyles, our historical choices, our way of thinking and doing with full of selfishness and our future ambitions. We ourselves, therefore, must be the solution. Now the world is already in very crucial moment and this provides opportunity as well to the world leaders, scientists and humanitarian activists to show their capability and broadness and prove themselves as historic persons. One of the most important questions we are facing today due to the reality we are facing in the name of development is: “Do we really love our generations or not?” This is already clear that just the continuation of existing development trend without drastic changes could destroy the world very soon and we, hence, must have new perspectives to bring everything in the right track.

Tuesday, March 1, 2011

बुद्ध, लुम्बिनी र नक्कली लुम्बिनीले उब्जाएका केही जटील प्रश्नहरु


बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । यो अभियानको यो नै अत्यन्तै महत्वपूर्ण पक्ष हो र बुद्ध सबैको साझा भएको कारण यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ काम नपाउनेको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबित्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो ।
By रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान बिस्व संयोजक
समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ । । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।

ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो १९९७ मा ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि तीन दशकभन्दा बढी समय ब्यतित भैसक्ता पनि यसरी बिस्वब्यापी महत्व भएका महामानबको जन्मस्थललाई बिस्वब्यापी महत्व दिएर तयार पारिएको गुरु योजना समबन्धित देशबाटै भने कुनै चासो नै नदिएर कार्यन्वयनले पूर्णता पाउन नसक्नुभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?

Friday, September 3, 2010

देशको मुहार फेर्ने कुरा कहिले गर्ने त नेताज्यू?

By रामकुमार श्रेष्ठ
देशबाट राणा शासन गयो र पञ्चायत आयो, पञ्चायत गयो र बहुदल आयो र बहुदलको पछिल्लो समयमा आएर बढो नाटकीय तवरले देशमा पुन: पञ्चायतको भूत सवार गराएर बहुदललाई रत्नपार्कमा बदाम छोडाएर खाँदै रुनु न हाँस्नु अवस्थामा थला पारियो । बहुदल कालका मन्त्री भैसकेकाहरु बदाम साहुका ग्राहक बने आफूहरुले आयोजना गरेका कार्यक्रममा सहभागीहरुको न्यूनताको कारण । रत्नपार्कको वरिपरि हिडनेहरु न त बदाम साहुका नयाँ ग्राहककहाँ जान सक्थे न त पञ्चायतको भूतकहाँ । बटुवाहरु दुबैतिर हेर्थे र रहस्यमय तर अथाह पीडायुक्त हाँसो खिसिक्क हाँस्थे । अनायास राजसी पाराले जीवन यापन गर्ने अवस्थामा पुगिसकेकाहरु कति बदाम ग्राहक बन्दै ढुंगा हान्ने र सिठ्ठी बजाउने अभ्यास गर्दै बसुन ? त्यसैले आफैले जंगल पठाइएकाहरुसंग हातेमालो गर्ने वातावरण तयार भयो र सोही हातेमालोका कारण रत्नपार्कमा बदाम खाने दिनको अन्त्य भै गुमेका कुर्सी प्राप्त भयो । संबिधान सभाको चुनाव भयो र बिकसित घटनाक्रमका कारण मुटुमाथि ढुङ्गा राख्दै लरबरिदै लरबरिदै गणतन्त्र बिरोधीहरु समेत गणतन्त्रबादी भए । अपत्यारिलो चुनाव परिणामका कारण संबिधान निर्माणको उद्धेस्यले संपन्न चुनावको उद्धेस्यलाई बिर्सेंर म्युजिकल चेयर खेलमा अभ्यस्त भएकाहरु अन्तरिम संबिधानमा भएको सहमतीयलाई बहुमतीय प्रणालीमा परिवर्तन नगरी डेग नचल्ने भएपछि संबिधान निर्माणमा भन्दा पुन: म्युजिकल चेयरकै खेल शुरु गर्ने वातावरण बनाएका कारण नै त्यसपछिका सबै द्रिश्य परिद्रिश्य खलनायकका रुपमा देखिएका हुन । यदि अन्तरिम संबिधानमा सो परिवर्तन नगरिदो हो त न त रक्षा मन्त्रालयको निहुमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्थ्यो न त कटुवाल प्रकरण नै जन्मन्थ्यो । नत्र दरबार जोगाउन आँट नगरी लत्रिएको कटुवाल त्यस्तरी तंग्रिने आधार के त ? पुन: ब्युतिएको यही म्युजिकल चेयर खेलका कारण देशले नयाँ गति लिनुभन्दा झन पुन: कहालीलाग्दो समस्याको सामना गर्ने हो कि भन्ने त्रासले सबै चिन्तित भए भने जनता अब केको लागि तयार हुने भनी असमन्जसमा पर्न थाले । संक्रमण कालमा अनपेक्षित समस्याहरु देखा पर्नु स्वाभाबिक भए तापनि जे जस्ता नदेखिनु पर्ने समस्या देशले भोग्दै छ यो भने नेताहरुमा ब्याप्त स्वार्थ लम्पट भावनाको परिणाम हो ।

Kapilavastu Day as Part of the World Peace Movement

  • Ram Kumar Shrestha
We shall find peace. We shall hear the angels; we shall see the sky sparkling with diamonds.” (Anton Chekhov) Undoubtedly a peaceful world is everybody’s yearning and dream and many philosophers and humanitarian activists are optimistic that we will get there, however; every day results make it seem that we are not making much progress. The world peace mission has been complicated because of the divergence of people involved and their ways of thinking. This suggests to us that we need to work in different ways to coordinate and cooperate with each other to achieve this goal. Although this mission is very difficult, it is not impossible if we are serious about bringing change. As part of the World Peace Movement, Nepali intellectuals living in different countries decided to commemorate Kapilavastu, the birthplace of Gautam Buddha, Day as a global holiday in order to spread the peace message all over the world. Gautam Buddha, has been revered as a Peace Ambassador who is more and more able to persuade his followers to work more seriously in the World Peace Movement. This day could be very important for researchers interested in collecting information about Buddha and Buddhism as there could be flood of information especially on Facebook, Twitter and other online medias.

Kapilavastu, located close to Lumbini, is considered a holy pilgrimage place for Buddhists since it is known to be the birthplace of the Lord Buddha. The result of years of excavation and research by numerous international teams has concluded that Kapilavastu is in Nepal. UNESCO affirms the findings and has named Kapilavastu, and Lumbini as World Heritage sites.

वेलायत बन्ददेखि नेपाल बन्दसम्म र कर्तब्य बोधको प्रश्न

By रामकुमार श्रेष्ठ
वारंबारको नेपाल बन्दका कारण वाक्क हुन परेका नेपालीहरुको लागि वेलायत बन्दको प्रसंगले खासै आस्चर्य चकित नतुल्याउला र पनि गत हप्ता भएको आधुनिक देशहरुमध्येमा गणना हुने वेलायतको बन्दले साँच्चै अनौठो किसिमले आस्चर्य चकित हुनु पर्ने परिस्थिति सिर्जना गर्‍यो । बन्दको कारण भने नेपालमा झैं राजनीतिक पार्टीहरु नभएर प्रकृति थियो । गत हप्ता वेलायतमा भएको अत्यधिक हिमपातका कारण जन जीवन सोंच्दै नसोचेको किसिमले अस्त ब्यस्त भएको थियो र भनिन्छ यस्तो हिमपात २० बर्षपछि पहिलो पटक भएको हो । तापक्रम सरदर माइनस २-३ मा नै जे जसरी जन जीवन अस्त ब्यस्त भएको पाएँ यस्ले मलाई आँफैले भोगेको भोगाइमा विश्वाश गर्न कठीन भै रहेको थियो । कारण १९८६ मा रुसमा इन्जिनियरिङ अध्ययनको लागि गएको बर्ष त्यहाँको ४० बर्षको रेकर्ड तोडेर तापक्रम माइनस ४० पुगी आफू बसेको ठाउँबाट ४-५ मिनेटको पैदाल यात्रामा पुग्न सकिने यूरोपको सबभन्दा लामो नदी भोल्गा पुरै जमेर सो नदीमाथि मानिसहरु खेल्ने अवस्था हुँदा समेत यातायात ठप्प नभएको याद छ राम्रैसंग र पनि धेरै बर्षपछिको रेकर्ड भएको र कत्तिको लागि हिउँको अनुभब पहिलो हुन सक्ने भएको कारण डिन तथा रेक्टरहरु आँफै आएर रुसी जनताहरुकै लागि पनि कठीन भएको कारण बिदेशीहरुलाई बाहिर नजानका लागि अनुरोध गरेका थिए । सो बर्ष हामीहरु बस्ने र पढने मात्र नभएर खेल्ने तथा पुस्तकालयको ब्यबस्था समेत एउटै भवनमा थियो र एउटै समस्या थियो खाने कुराको र सो कुरालाई ब्यबस्थित तुल्याइ दिएको कारण बाहिर जानै पर्ने वाध्यता पनि थिएन । त्यसरी नै नर्बे, क्यानडा, अमेरिकाका कतिपय ठाउँमा तापक्रम माइनस २० भन्दा कम पुग्दा समेत त्यस्तो असामान्य अवस्था सिर्जना भएको त्यत्ति सुन्नमा आएको छैन । यस्तो विकसित देशमा सरदर माइनस २-३ को तापक्रममा नै केही दिन भएको हिमपातका कारण यातायात झन्डै ठप्प प्राय: थियो, कैयौं कर्मचारी सार्वजनिक यातातका साधनको अभाब र ब्यक्तिगत साधन चलाउनमा भएको कठीनाइका कारण कार्यालय गएनन, अधिकांश शैक्षिक संस्था बन्द थिए, सामानको यथेस्ट ढुवानीको समस्या र संभाबित समस्याका कारण सबैले सामान बढी बढी किन्नाले कुनै कुनै पसलमा पाउरोटी (यूरोपमा पाउरोटी आधारभूत खानाको रुपमा लिइन्छ) को अभाब देखिन्थ्यो । एउटा मानबीय श्रोतसम्बन्धी संस्थाले गरेको अध्ययनले केही दिनको लागि सिर्जित यस किसिमको अवस्थाले बुधवार, बिहिवार र शुक्रबार क्रमश: १४,१५ र १० प्रतिशत कर्मचारी कार्यालय गएनन र कंपनीहरुको प्रत्यक्ष खर्च २.२ विलियनभन्दा माथि रह्यो ।

गत शनिबार नेपाली साथीहरुले शुरु गर्न लाग्नु भएको नयाँ कालेज इण्टरनेशनल कालेज अफ लण्डनमा केही इन्जिनियरिङ्ग कामको सिलसिलामा जाने प्रयास गर्यौं, तर करीब ७० माइल प्रति घण्टाको रफ्तारमा कुदाउनु पर्ने राजमार्गमा २० माइल प्रति घण्टाको रफ्तारमा कुदाउँदा पनि गाडी सन्तुलनमा नरहेको कारण केही समयपछि नै गन्तब्य स्थलमा सो दिन पुग्ने योजना बीचैमा त्यागिदियौं । किनकि त्यसरी जाँदा त आते जाते २ घण्टा जतिको यात्राको लागि ७-८ घण्टा खर्चनु पर्ने भयो भने दुर्घटनाको संभाबना पनि त्यत्तिकै प्रबल देखियो र सो कामको लागि अस्ति गयौं – ढुक्कसंग ७०-८० माइल प्रति घण्टाको रफ्तारमा गाडी कुदाउन कुनै समस्या थिएन । संचारको क्षेत्रमा समस्यालाई ब्यापक रुपमा उठाइएको कारण वेलायत सरकार रात रातभर समस्या समाधानका लागि खट्यो, आखिर बर्तमान सरकार यसै त प्रतिपक्षको पेलानमा छ त ऊ प्रतिपक्षको अरु मार खप्न किन तयार हुन्थ्यो र? राजमार्गहरु मात्र नभएर भित्री सडकहरु पनि सामान्य अवस्थामा ल्याइसकेको पाइयो । यस किसिमले समस्या देखा पर्नु र समस्या समाधान हुनुको प्रकृतिलाई बिचार गर्दा मुलभूत रुपमा दुई कुराहरु स्पस्ट हुन आउँछन : पहिलो, देश र जनताप्रतिको जिम्मेवारी बोधको संबेदनशीलता र दोस्रो, दूरगामी सोंच अनुरुप सामानको निम्नतम जगेडाको अबधारणा । शुरुमा निम्नतम जगेडा नून खर्च गर्न नचाहदा समस्या जसरी बढदै गयो त्यस्लाई अरु नबढाउन बाहिरबाट आउँदै गरेको नून नआइपुग्दै जगेडा नून भरपुर खर्चेर भने पनि समस्यालाई अरु जटील नबनाउने निर्णय लिएको देखियो ।

आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको – राम कुमार श्रेष्ठ

सुन्दरी प्रतियोगितामा विजयी भएर ताज पहिरी
सिंहासनमा बिराजमान तिमी साँच्चै सुन्दरी छ्यौ रे -
बान्की परेको अनुहार,
छरितो जीउ-डाल,
हरिणका जस्ता ठूला ठूला आँखा,
मोतीका दाना जस्ता दाँत,
घायल पार्ने मृदु मुस्कान,
सबैलाई लठ्ठ्याउने मीठो बोली,
परिस्थिति अनुसार जवाफ दिने सुन्दर कला,
त्यसैले
क्षमता होस् नहोस्
तिम्रो सामीप्यताको कल्पनामा डुबुल्की मार्छन् सबै जसो-
न त उपहार ल्याउदै भक्तिभाब देखाएर थाक्छन
न त प्रसंशा गरेर नै,
धेरै जीउँदो शहीद भैरहेछन् तिम्रो लागि-
विकास गर्ने भन्दा विकास खानेहरु,
आश्वासन पाउँनेहरुभन्दा आश्वासन बाँड्नेहरु,
प्रशासनद्वारा हाकिनेभन्दा प्रशासन हाँक्नेहरु,
योजना पाउनेभन्दा योजना बनाउने र बाँडनेहरु,
ब्यापारीहरु र पत्रकारको त झन कुरै भएन
“स्पोन्सर” गर्न ब्यस्त छन -
आखिर लगानी न हो,

भाषा विकृतिको विकराल अवस्था र निराकरणका केही उपायहरु

* रामकुमार श्रेष्ठ *
बैज्ञानिक उपलब्धिका हरेक ठाउँमा देखिने सकारात्मक र नकारात्मक असरहरुबाट भाषाको क्षेत्र पनि अपबादको रुपमा पर्न नसक्ने देखिन्छ । यो क्षेत्र झन कतै सर्बाधिक असर पारिएको क्षेत्रभित्र नै त पर्ने होइन भनी प्रश्न गर्नु पर्ने अवस्था छ बिद्यमान बस्तुस्थितिको विस्लेषण गर्दा । हामी स्कूल पढने समयमा बिद्यार्थीहरुमा भाषिक बैशिष्ठ्यता विकास गर्नको लागि पत्र पत्रिका बढी पढन सल्लाह दिइने गरिन्थ्यो शिक्षकहरुद्धारा, तर आजकाल शिक्षकहरुले त्यस किसिमको सल्लाह दिनु अघि आँफैले पत्र पत्रिका नपढिकन जुन पायो त्यही पढन दिने हो भने परिणाम सकारात्मकभन्दा बढी नकारात्माक हुन सक्ने संभाबनालाई नकार्न मुस्किल पर्ने देखिन्छ । विज्ञान र प्रविधिको बिकासका कारण प्रेस र अन लाइन क्षेत्रमा पत्र पत्रिकाको संख्यामा जे जसरी उल्लेखनीय प्रगति भएको छ यस्ले नब प्रतिभाहरुका लागि उपयुक्त वातावरणको सिर्जना त गरेको छ नै, तर अधिकांश प्रकाशित सामग्रीहरुमा पाइने प्रचूर व्याकरणीय गल्तीहरुले भने भाषा बिकृतिको भयाबह अवस्थाको गांभीर्यतालाई गंभिर रुपमा समयमा नै ध्यान नदिने हो भने भाषा बिकृतिको स्वरुप कल्पनाभन्दा बाहिर जान सक्ने संभाबनालाई नकार्न नसकिने देखिन्छ ।
आजकाल पाइने थुप्रै अन लाइन तथा प्रेस खबर पत्रिकाहरु विज्ञान र प्रबिधिको क्षेत्रमा भएको विकासको देन हो । बिशेषत: अन लाइन पत्रिकाका कारण संसार अत्यन्तै सानो भएको छ – संसारको कुनै पनि कुनामा रहेर कुनै पनि अर्को कुनाको खबरहरु छिन भरमै थाहा पाउन सकिन्छ । अफसेट प्रेस बजारमा नआउँदासम्म पत्र पत्रिका र प्रकाशित पुस्तकको संख्या खासै धेरै हुन्नथ्यो । त्यसैले पत्र पत्रिकाको लागि लेख्ने र पुस्तक छपाउने ब्यक्तिहरु सामान्यत दिग्गज ब्यक्तिहरुको रुपमा मानिन्थे । त्यस समयमा लेखिएका सामग्रीहरु छपाउन कत्तिलाई सार्है मुस्किल पर्थ्यो सीमित सामग्रीहरुले मात्र स्थान पाउने भएको कारण भने आजकाल लेखिएका सामग्रीहरु छपाउनका लागि तुलनात्मक रुपमा धेरै सहज छ बिभिन किसिमका पत्र पत्रिकाको प्राचुर्यताको कारण, तर पर्याप्त सामग्री, चाख लाग्दो र महत्वपूर्ण बिषयबस्तु, राम्रो लेखनशैलीयुक्त हुँदा हुँदै पनि व्याकरणको दृष्टिकोणबाट हेर्ने बित्तिकै नचाहेरै पनि निधार नखुम्चयाइ धरै नपाईने हुन्छ कतिपय प्रकाशित लेख रचनाहरुमा । यो नयाँ समस्या भएको कारण यसतर्फ ध्यान पुगिहालेको देखिन्न, तर समयमा नै यो समस्याका कारणहरु र यस्लाई निराकरण गर्न सकिने उपायतर्फ ध्यान दिनु पर्ने कुरामा भने सन्देह छैन यस्ले भविस्यमा भाषा विकृतिको क्षेत्रमा निम्त्याउन सक्ने खतराहरुलाई विचार गर्दा ।

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

(सन्दर्भ: कपिलबस्तु दिबस)
रामकुमार श्रेष्ठ
आज (29th of November) समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो ।

कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन ।

कपिलबस्तु दिबस

*रामकुमार श्रेष्ठ
बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु दिन सक्छ । नेपालमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले बिस्वलाई आस्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्र संघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको सकृय सहयोग र सहभागिताले नेपाली शान्तिकामी हुन भन्ने राम्रो सन्देश दिएको छ बिस्वलाई । हालै मात्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आणबिक हतियार घटाउने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताबलाई सर्ब सम्मतिले अनुमोदन गरेको छ र अमेरिकी राष्ट्रपतिद्धारा अध्यक्षता गरिएको र निशस्त्रिकरणको बिषयमा यसरी समर्पित भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको इतिहासमा पहिलो घटना हो यो । संसारभरी छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा हुन लागेको यो कार्यक्रमले यस किसिमका राष्ट्रिय अन्तरराष्ट्रिय घटनाक्रमहरुमा समर्थन जनाउने मात्र नभएर संभब भएसम्म यस किसिमका शान्तिपूर्ण घटना र आन्दोलनहरुलाई समेत कुनै न कुनै रुपमा कुनै न कुनै हदसम्म सांकेतिक रुपमा उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा आशाबादी हुन सकिन्छ ।

१ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले लुम्बिनिमा अशोक स्तम्भ पत्ता लगाएको आधारमा यस दिनलाई कपिलबस्तु दिन मनाइने निर्णय गरिएको हो । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने देन भने Anton Führer लाई जान्छ र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । शान्तिका प्रतिमूर्ति गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो । यस कार्यक्रमलाई संसारभर छरिएर रहेका नेपालीले आ-आफ्नो क्षमतानुरुप ऐक्यबद्धता जनाएर सहयोग गरिदिनु भएको खण्डमा बिस्व सामू नेपाललाई अरु बढी परिचित गराइ नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन सकिन्छ र अन्तत्वगत्वा यस्ले नेपालको बिकासमा नै सहयोग पुर्याउने कुरामा सन्देह छैन ।

राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई खुला पत्र

*रामकुमार श्रेष्ठ


महामहिम रास्ट्रपति राम वरण यादबज्यू,
सम्मामनीय प्रधानमन्त्री पुष्प कमल दहालज्यू,
c/c माननीय अर्थमन्त्री डा. बाबुराम भट्टराईज्यू,
माननीय बिज्ञान तथा प्रबिधी मन्त्री गणेश शाहज्यू,


संभबत नेपालको इतिहासमा मात्र नभएर बिस्वकै इतिहासमा यो पहिलो घटना होला कि राष्ट्र प्रमुख र सरकार प्रमुख एकै पटक दुबै प्राबिधिक क्षेत्रबाट पर्न गएको । यति मात्र नभएर बर्तमान सरकारमा सहभागी कतिपय मन्त्रीहरु समेत प्राबिधिक क्षेत्रबाट परेका छन । जनमानसमा एउटा भनाइ ब्याप्त छ कि पढाईमा अब्बल दर्जामा पर्नेहरु डाक्टर, इन्जिनियर बन्छन, दोश्रो दर्जाका विद्यार्थीहरु प्रशाशक बनी तिनै अब्बल दर्जाका साथीहरुलाई खटन पटन गर्छन् र तेश्रो दर्जाका विद्यार्थीहरु राजनीतिज्ञ बनी देश चलाउँछन त देश कसरी अगाडि बढोस ? के त्यसो भए अब साँच्चै देश अगाडि बढला त ? तहस नहस नै भैसकेको हाम्रो देश के अब सम्हालिएला त ? बर्तमान सरकारले ध्यान दिनु पर्ने मूलभूत कुराहरुप्रति परिलक्षित हुनेछ यो लेख यस किसिमको भनाइको सम्बन्धमा तर्क बितर्क र बिश्लेषण गर्नुभन्दा पनि ।


जे होस एउटा ईतिहास त बनाउनु भयो तर अत्यन्त कठीन अवस्थामा अनि अधिकाधिक जनताद्वारा राम्रै चिनिए तापनि सो थाहा पाउन नसकेका अथवा थाहा पाएर पनि थाहा नपाए झैं गर्न पर्ने बिबसतालाई स्वीकार्न वाध्य भएका र बिगतका गल्ती र कमी कमजोरीलाई लुकाउनका खातिर यथास्थितिलाई निरन्तरता दिन सक्ता मात्र आफ्नो पेशागत निरन्तरताको संभाबना हुने भएको कारण त्यस किसिमको बातावरण तयार गर्न बुताले भ्याएसम्म लाग्न बिबसहरुको प्राचुर्यताले गर्दा सामना गर्न पर्ने अनेकन अप्ठेराहरुको बेलामा । तर पनि बिद्यमान जटील चुनौतिपूर्ण परिस्थितीलाई यहाँहरुको लागि सुबर्ण अबसरको रुपमा लिएकोछु मैले । सामान्य घिटिघिटिको अवस्थामा नै त देश चलिरहेकै थियो र त्यसरी नै चलाऊन त प्रमाणित भैसकेका अनगिन्ति बग्रेल्ती माहिर नेताहरु छदै छन । महानता भनेकै जटीलतालाई सरलतामा परिणत गर्न सक्नु हो न कि सरलतालाई जटीलतामा । बर्तमान अत्यन्त जटील असहज परिस्थितीलाई क्रमश: सहजतामा परिणत गर्न के कति हदसम्म के कसरी सक्षम हुनुहुनेछ तदनुरुप नै तपाईंहरुको महानता र सफलता प्रमाणित हुनेछ । जीवनको सबभन्दा महत्वपूर्ण यात्रा तय गरेको यदि ठान्नु हुन्छ भने त्यो तपाईंहरुको ठूलो गल्ती हुनेछ किनकि वास्तबिक महत्वपूर्ण यात्रा त भर्खर शुरु हुँदैछ तपाईंहरुको लागि । गणतन्त्र नेपालको पहिलो रास्ट्रपति र पहिलो प्रधानमन्त्रीमा नै चित्त बुझाउने हो भने त तपाईंहरुको यात्राको अन्त्य भएको भन्नुमा अतिशयोक्ति नहोला, तर अत्यन्त जटील र कठीन परीस्थितिलाई पार गर्दै सफल नेताको रुपमा स्थापित हुने नै हो भने त सामना गर्न पर्ने चुनौतिको ठूलो पहाड सामुन्ने भएकोले तपाईंहरुको यात्रा शुरु हुँदैछ । साँच्चै नै कर्तब्यपरायणता दर्शाउने हो भने अब त तपाईँहरुको निन्द्रा र भोक हराउनु पर्छ जसरी कि संयुक्त राष्ट्र संघको एउटा महासचिब दिनमा दुई घण्टा मात्र सुत्दथे । मुखले राष्ट्रिय स्वार्थको मन्त्र जप्ने तर दलगत स्वार्थ र ब्यक्तिगत स्वार्थभन्दा माथि कहिल्यै उठन नसक्नेहरुबाट आजित भैसकेका जनताहरुलाई तपाईंहरु साच्चै राष्ट्रिय स्वार्थको पक्षपाती हुनुहुन्छ भन्ने बिस्वास दिलाउन सक्नु भयो भने राष्ट्रिय स्वार्थका लागि गर्न खोजिएका कुनै पनि कामको बिरोध भलै पशुपतिको पूजारी प्रकारणभन्दा ठूलो भै निर्णय पुन: फिर्ता लिन वाध्य नै किन नगराइयोस, कालान्तरमा इतिहासले प्रमाणित गराइदिने छन कि को सही हो र को गलत, को राष्ट्रबादी हो र को अबसरबादी । नि:स्वार्थ तवरबाट कर्म गर्दै जानु पर्छ, फल यथोचित समयमा यथोचित तबरले प्राप्त हुँदै जानेछ नै। बाँकी फोहोर कसिंगरहरु समय सापेक्ष आउने हुरीले उडाउने नै छ – त्यसमा शंका छैन र त्यो देखिदै आएको छ पनि । अब लागौं बर्तमान सरकारले गर्नै पर्ने केही मूलभूत बुँदहरुतर्फ ।

नयाँ बुद्धदेखि बिज्ञानसम्म

*रामकुमार श्रेष्ठ

(यो लेख बिभिन्न धार्मिक एवं बैज्ञानिक पुस्तक एबं लेखहरुको अध्ययन र केही हदसम्म आफ्नो ब्यक्तिगत अनुभबको आधारमा तयार पारिएको हो । बिषयबस्तुको जटीलताको कारण यो लेख धेरै लामो हुन गएको छ ।)

ऋषिमुनिहरु र बुद्धको तपोभूमिको रुपमा परिचित नेपालको चारकोसे झाडीमा बुद्धत्व प्राप्त गर्न ६ बर्ष तपस्या गर्नु पर्ने बताएर जेठ २ २०६१ देखि करीब एक बर्ष निराहार तपस्यारत रहेर अनायास त्यांहाबाट गायब भई अन्यत्र एकान्तमा तपस्यारत रहन हिडेका ओम नमोबुद्धज्ञान गुरुका रुपमा प्रचारित १६ बर्षे राम बहादुर बम्जन चर्चा परिचर्चाको विषय बन्न पुगेका छन् । उनको दर्शनार्थ दिनहुँ हजारौको भीड लाग्ने गरेको पाइन्थ्यो र सर्वसाधारणले ५० मिटरको दूरीको घेराबाट दर्शन गर्न पाउने ब्यबस्था थियो । तामाङको घरमा जन्मे पनि जांडरक्सी माछामासु नखाने कसैसंग झगडा नगर्ने एकान्त स्वभाबका राम बहादुर गाउँकै प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेपछि ५ बर्ष गाउँमै बुद्ध धर्म अध्ययन गरी तिब्बती भाषामा प्रवीणता प्रमाणपत्र तहसरह बुद्धशिक्षा प्राप्त गरेपछि पुरानो नाम फेरी पाल्देन लामा राखी बोधगयामा एक महिना जति तपस्या गरेर फर्केपछि यो तपस्या शुरु गरेको बुझिन्छ । तपस्याको लागि जान खोज्दा घर फर्काउन प्रयाश गर्दा उनले पिपलको पात दिएर ६ वर्ष पुगेपछि सो पात हराएमा उनी अदृश्य पनि हुनसक्ने बताएका थिए । करीब एक बर्ष निराहार बसेर बैज्ञानिकपूर्ण आजको युगका लागि चुनौति बनेका सो ब्यक्ति नभएर मूर्ति हुन सक्ने ध्यानाबस्थामा रहंदा २ पटक सर्पद्धारा डसिएको आदि आदि चर्चा परिचर्चा आएर तपस्याको बास्तविक जानकारी अगाडि आउनुपर्ने माग आइरहेको बेला ध्यान र गुफा बस्ने काम तामाङ समुदायमा नौलो नभएको उल्लेख गर्दै राम बहादुरको बारेमा अतिरन्जित प्रचार गरेर गलत फाइदा उठाउने काम कसैबाट नहोस् भनी तामाङहरुकै सामुदायिक संस्था नेपाल तामाङ घेदुङले आग्रह गरेको थियो । साथै उक्त संस्थाले धर्म र समुदायको आस्था बिस्वास र श्रद्धामा परीक्षण हुन नसक्ने उल्लेख गर्दै बारामा तपस्यारत बम्जनको परीक्षण नगर्न समेत आग्रह गरेको थियो । हुन त सयौं बर्षदेखि हिमालय एबं अनकण्टार गुफाहरुमा तपस्यारत ऋषिमुनिहरु अद्यापि छन् भन्ने कुराहरु सुन्नमा नआएका होइनन् र यस किसिमका प्रसंगहरु उठाइंदा आजको यस्तो बैज्ञानिक युगमा यी प्रसंगहरु पुरातनबादी सोंच भएको कारण अप्रासंगिक र निरर्थक भएको दाबी गर्नेहरुको नै बाहुल्यता पाइन्छ तर अरुले गर्न सकेको बैज्ञानिक उपलब्धि र उनीहरुको उपब्धिलाई प्रयोग गर्न पाएको आधारमा आफूहरु बैज्ञानिक युगमा भएको गर्व गर्नेहरुले कैयौं बैज्ञानिक उपलब्धिहरु हजारौं बर्ष अगावै प्रकाशमा आइसकेका तथ्यहरुको सुक्ष्मतम अध्ययनको आधारमा गरिएका गणितीय एवं बैज्ञानिक विश्लेषणयुक्त प्रमाणित प्रमाणहरु हुन् अनि तिनै कतिपय पुरातनबादी सोंच भनिने गरिएका कुराहरु बैज्ञानिकहरुको लागि चुनौति एबं मार्ग दर्शक समेत बन्न सक्छ भन्ने यथार्थता अधिकांशको लागि कल्पना बाहिरको कुरा हो । त हाम्रो पुख्र्यौली संपत्तिको रुपमा रहेका यस्ता कुराहरुको बिज्ञानसंग के कसरी तादात्म्यता हुन सक्ला त – प्रयाश गरौं बिभिन्न कोणबाट बैज्ञानिक विश्लेषणको आधारमा यिनीहरुको बिज्ञानसंगको तादात्म्यता खोज्न ।

सुक्ष्म शक्ति जागरण प्रकृया
अधिकांश प्रायः मानिसहरुमा आफूभित्र भएको अथाह शक्तिलाई चिन्न नसकेर आफूमा अन्तर्निहित सीमित शक्ति र ज्ञानमा नै गर्व गरी आफ्नो बिज्ञापन आफै गर्ने प्रबृत्ति हावी भएको पाइन्छ । बैज्ञानिकहरुको अनुसार सामान्यतः मानिसले आफ्नो क्षमताको औसत ३ प्रतिशत मात्र क्षमतालाई प्रयोगमा ल्याउँछन र बैज्ञानिकहरुको दृष्टिकोणमा अहिलेसम्ममा सर्बाधिक क्षमताको प्रयोग गर्ने आइन्स्टाइनले आफ्नो क्षमताको ८-१३ प्रतिशत (यो बिभिधता यस सम्बन्धमा पाइएको मत मतान्तरको आधारमा राखिएको) प्रयोग गरे । अतः यदि सामान्य एउटा मान्छेले आफ्नो क्षमतामा कुनै उपायद्धारा ५-१० प्रतिशत बृद्धि गर्न सकेको खण्डमा ऊ आन्स्टाइन जति क्षमतावान हुन सक्ने भयो ।

काँचको कोठाभित्रका मानिसहरु र देश

*रामकुमार श्रेष्ठ

अति ब्यस्त जीबनको बाबजूद हिजो मैले प्राप्त केही इलेक्ट्रोनिक मेलहरु र संकलित इलेक्ट्रोनिक लेख्य सामग्रीहरुलाई एकत्रित गरी सरसर्ती नजर डुलाएँ र एक्लै फिस्स हाँसे । मेरो हाँसो संकलित ती संपूर्ण सामग्रीको कुनै पनि समूह बिशेषको पक्ष बिपक्षमा नभएर तटस्थतालाई आधार बनाएर प्रस्फुटित बिशुद्ध अनि स्वतस्फूर्त प्राकृतिक उपज थियो न कि कुनै अर्थहीनता । ती सामग्रीहरु बिभिन्न कोणहरुबाट लेखिएका थिए : कसैले बिभिन्न पदमा आसिन प्रचन्ड र डा बाबुराम भट्टराईका नातागोताका फेहरिस्त पेश गरेका थिए त कसैले गिरिजा र कांग्रेसका नेताहरुले गरेका जघन्य काण्डहरुको अनि कसैले एमालेका नेताहरुले गरेका महसुर लिलाहरुको । राणा शासनको सबैले ईतिहास पढेकै हो र पञ्चायत सबैले भोगेर फालेकै भएर त्यतातिर समय खर्चिएका सामग्रीहरु थिएनन अथवा इमान्दारी पूर्वक भन्नु पर्दा नेपाली जनताका बर्तमानका मूलभूत भोगाइहरु यी तीन समूहको सहमति र बिमतिमा नै अधिकांशको ध्यान र समय खर्चिइने भएकोले मैले पनि एकत्रित गरें यी तीनका पक्षमा भन्दा बिपक्षमा भएका सामग्रीहरुलाई । एउटा रमाइलो र खुशीको कुरो नै मान्नु पर्छ कि ती सबैमा पाइने एउटा समानता थियो उनीहरुद्धारा प्रदर्शित र प्रस्फुटित अब्यक्त देश प्रेमको भाबना भलै त्यसका पछाडि बिभिन्न द्रिश्य अद्रिश्य काम कुरोले काम गरेका नै किन नहुन । मैले ‘अब्यक्त’ शब्द प्रयोग गर्नुको कारण हो सबैले अरुलाई गाली गलौज गर्ने कामभन्दा बढी केही नगरे तापनि गाली गरिनेद्धारा देश पछाडि परेको र धकेलिएको अनि जनता ठगिएको प्रसंग उल्लेख गर्न कोही चुकेका छैनन जुन सबै नेताहरुको ‘थेगो’ नै भएको कुरा ठोकुवा गर्न हिचकिचाइ राख्नु पर्दैन । मेरो हसाइको आधार थियो सोही भाबना । अहिले यत्र तत्र प्राथमिकतामा पर्ने ‘सकारात्मक सोंच’ (Positive thinking) संग मेरो सौतेनी नाता पर्थ्यो भने सो ‘अब्यक्त’ भावनासंग मेरो साक्षात्कार कसरी हुनु अनि तथानाम गाली गलौजको समुन्द्रभित्र रहेर पनि मानसिक अस्पताल लान पर्ने झैं गरेर एक्लै पनि फिस्स हाँस्न कहाँबाट पाउनु ?

सबैले निस्चित अन्य समूहलाई गाली गलौज गरेका छन, उनीहरुप्रति आक्रोश पोखेका छन र एक समूहप्रति मौन छन त कसैले सबैप्रति गर्नु गाली गरेका छन । कसैलाई पनि सहजै बुझ्न र अर्थ लगाउन गार्हो पर्दैन कि प्रत्येकको अर्थ र आशय के हो । प्रत्येकले अर्कोको खोइरो खन्ने र आफूलाई पानीमाथिको ओभानो देखाउने असफल प्रयास गरिरहेको देखिन्छ । अरुको खोइरो खन्ने क्रममा उपयुक्त बिकल्पको पोको पुन्तरो फुकाउने होश कसैमा आएको देखिन्न । बेहोशीबाट माथि उठेर साँच्चै नै त्यो होशमा आउनेहरुको चहल पहल हुन्थ्यो त देशको यो हबिगत हुन्थ्यो नै कसरी? मौका पाउँदा ब्रम्हलुट गर्नतिरै न्वारानदेखिकै बल प्रयोग गर्दा गर्दा कुनै लछारपाटो लगाउन नसकेकै कारण कसैले पनि अपेक्षा नगरेको चुनाव परिणाम आएको कुरा छर्लङ छ र माओबादीलाई समेत राम्रै थाहा छ कि उसले पाएको भोट माओबादीको मात्र नभएर प्रजातन्त्र पुनर्स्थापना पस्चात देखा परेका बग्रेल्ती सुबिधाभोगी खाओबादीदेखि वाक्क भएकाहरुको पनि हो । तर त्यस्तो परीणामपछि पनि कसैको चुरीफुरी १०० बाट ९९ भएको होइन । राष्ट्र र जनताप्रतिको अथाह माया ममताको गाथा गाउन र राग अलाप्न भेटने कस्ले उनीहरुलाई ? नक्कली दाँत राख्नेहारुले सुत्ने बेलामा दाँत फुकाल्ने गरे झैं भाषण र बक्तब्यमा राष्ट्र र जनताप्रति अगाध माया गर्ने यी नेता महोदयहरुले दिमाग पनि सुत्ने बेलामा फुकाल्ने प्रबिधिको समेत बिकास गरी सकेका रहेछन कि क्या हो पशुपतिको पूजारी नेपाली राख्ने निर्णय गर्दा कत्ति न ठूलो अपराध नै गरे झैं गरी सलह झैं लागे गुटुटु सांसद भएकाहरु समेत बिरोधमा – बिरोधको लागि बिरोध गर्ने धर्म निभाउनु न थियो । शायद निकालेको दिमाग बिहान उठदा राख्न नै पो बिर्सेंछन कि ! गरिएको निर्णय फिर्ता लिन लगाएर राजनीतिक च्याँखे थाप्ने काममा केही सफलता हासिल गर्ने बाहेक राष्ट्र र जनताप्रतिको अथाह माया ममताको गाथा गाउन र राग अलापेर नथाक्नेहरुले के कति देशभक्तिपूर्ण र राष्ट्रबादी काम गरे आजसम्म यो सानो दिमागले कुनै भेउ पाउन सकेको छैन । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको शायद यही त होला नि (ठूलो ठूलो काम (?) कुराहरु गर्दै हिडनेसंग सानो दिमाग हुनेको तादात्म्यता होस नै कसरी र त्यसैले बुझाई पनि फरक पर्ने भएकोले उखानको भाबार्थ पनि यकीन गर्न मुस्किल पर्‍यो मलाई) ।

विकासमा मानवीय प्रबृत्तिको भूमिका

*रामकुमार श्रेष्ठ
विकास संपूर्ण मानव जातिकै चाहना र आवस्यकता भएर पनि चाहनानुरुप यसलाई प्राप्त गर्न भने सकिरहेका छैनन् । हरेक कुराको सकारात्मक र नकारात्मक असरको संभावनाको प्राकृतिक नियमबाट विकासलाई अलग राख्न त सकिन्न नै झन त्यसमाथि कहिलेकांही केही निश्चित ठूला विकास कार्य सन्चालन गर्दा तिनीहरुवाट पर्ने दूरगामी प्रतिकूल वातावरणीय असरहरुको न्यूनिकरणतर्फ त्यति ध्यान नदिइ अवलम्बन गरिनु पर्ने कतिपय नीतिहरु व्याबहारिक रुपमा अवलम्बन नगरिनुले निम्त्याइने विकराल नकारात्मक असरको कारण यदाकदा विकासलाई विनाशको पर्यायवाचीको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । विषयवस्तुको प्रकृति अनुसार कहिलेकांही विकासलाई सामान्यत जे जस्तो रुपमा वुझिने गरिन्छ त्योभन्दा भिन्न अर्थमा समेत प्रयोग गरेको पाइन्छ र पनि अधिकांश प्रायःले सामान्यत यसलाई भौतिक समुन्नतिको प्रतिकको रुपमा वुझ्ने गरेका छन् र त्यही भौतिक समुन्नति प्राप्तीमा विश्वका अधिकांश देश जुन तवरबाट चुकिरहेका छन् तिनका केही आधारभूत कारणहरु सूत्रबद्ध गर्न प्रयाश गरिनेछ यस पंक्तिमा । र यो प्रयाश केही हदसम्म आधारित छ विश्वका बिभिन्न देशको भ्रमणका क्रममा प्राप्त ब्याबहारिक अनुभबहरु र विकसित तथा अविकसित देशका जनताहरुमा प्राप्त फरक फरक प्रबृति र संस्कारहरुको अध्ययनको आधारमा ।

प्राप्त गरिनु पर्ने विकासको स्वरुप र त्यस्को लागि अवलम्बन गरिने नीतिहरु देश तथा समाजको आर्थिक सामाजिक सांस्कृतिक एवं राजनीतिक अवस्थाहरुमा निर्भर गर्दछ । विश्वका अधिकांश प्रायः देशले अद्यापि जनताका नैसर्गिक आवस्यकताहरु गाँस, वास र कपास परिपूर्तिमा नै आफ्ना विकासका संपूर्णप्रायः नीति एवं लक्षहरु परिलक्षित गर्न परिरहेछ भने विकसित देशका नागरिकहरुको आधारभूत आवस्यकता अन्तर्गत गाडी कम्प्यूटर फ्रिज जस्ता कुराहरुको अतिरिक्त नागरिकले दैनिक रुपमा उपभोग गर्न पाउनु पर्ने शिक्षा स्वास्थ्य यातायात आदि जस्ता सुविधाहरु नियमित, सर्वसुलभ, सुविधाजनक एवं अत्याधुनिक हुनु पर्दछ । अविकसित देशमा वेरोजगारीको समस्याले दैनिक रोजीरोटीको समस्याको सामना भुक्तभोगीले नै गर्नु पर्ने भएकाले यो विशेषतः नागरिकीय समस्या बन्नु स्वाभाविकै हो भने विकसित देशमा वेरोजगारलाई भत्ता दिनु पर्ने र उपलब्ध जनशक्ति निस्क्रिय रहनाले अनुत्पादक गतिविधि वढी त्यसवाट पर्ने संभावित सामाजिक विकृतिको बढ्दो संभावनाका दूरगामी असरका कारण विकास प्रकृयामा पर्ने नकारात्मक असर समयमै न्यूनिकरण गर्नु पर्ने जस्ता कारणहरुले गर्दा वेरोजगार समस्या समाधानमा सरकार बढी सजग र सतर्क रहेको पाइन्छ । यसरी विभिन्न कारणवश समस्यालाई हेर्ने फरक दृष्टिकोणले निश्चित रुपमा समाधानका खातिर अवलम्वन गरिने नीतिलाई प्रभावित गर्ने स्पष्ट छ । अनि अर्कोतिर दीर्घकालीन विकास नीति अन्तर्गत पृथ्वीको तुलनामा गुरुत्वाकर्षण शक्ति छः गुणा कम भएको कारण आर्थिक मितव्ययितालाई मध्यनजर गर्दै चन्द्रमालाई आधार शिविर बनाइ त्यहाँबाट मंगल ग्रहमा अन्तरिक्ष यानहरु प्रक्षेपण गर्ने अमेरिकी योजनाको उल्लेख पनि यस सन्दर्भमा रोचक र सान्दर्भिक नै ठहर्दछ विकासमा अवलम्वन गरिएको नीति भएकै कारण । अतः सवैको आवस्यकता मात्र नभएर चाहना समेत भएको विकास प्राप्तीमा विश्वमा विद्यमान अथाह विभिधताका कारणहरु के हुन सक्लान् त प्रयाश गरौं यही प्रश्नको जवाफ खोज्न यी फरक देशहरुमा पाइने मानवीय श्रोत परिचालनमा पाइने फरक मानवीय प्रबृत्तिहरुलाई आधार मानेर ।

Friday, August 13, 2010

बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु

*रामकुमार श्रेष्ठ
” तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग । प्रश्न सुन्ने बित्तिकै प्रश्नको प्रकृतिले गर्दा शरिरमा पैदा हुन गएको एक तमासको परिबर्तनको असर अनुहारमा स्पस्ट देखेर होला शायद मलाई अफ्टेरोमा नपार्ने अभिप्रायले “अहिले अलिक हतार छ पछि फुर्सदमा कुनै बेला कुरा गरौंला” भनेर हात हल्लाएर बिदा भए ती मित्र । औपचारिकता निभाउँदै र सहमति जनाउँदै हात हल्लाएर बिदा त गरें, तर सामना गर्न परेको वेलायती मित्रको जिज्ञासाले दिमाग शून्यप्राय: भएको थियो । सानोभन्दा सानो गल्ती प्रमाणित हुँदा जो कोहीले पनि ठूलोभन्दा ठूलो सजाय र दुस्परिणाम भोग्न वाध्य हुन पर्ने संस्कारयुक्त देशमा बसेर त्यत्रो अभियोग लगाइेएको ब्यक्तिलाई कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय प्रधानमन्त्री बनेका ब्यक्ति त कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको पार्टीको केन्द्रीय समितिले देशमा सोच्न, गर्न पर्ने महत्वपूर्ण काम कुरा नै केही नभएको झैं गरी त्यस्तो ब्यक्तिलाई अभियोगबाट कसरी मुक्त गर्ने बिषयमा नै प्राथमिकता दिंदा दिंदा अन्तत्वगत्वा मन्त्रिपरिषदबाट नै मुद्दा फिर्ता लिने निर्णय गरेर अझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सहभागीको रुपमा समेत लिएर गएको जस्तो हास्यास्पद र त्योभन्दा बढी अत्यन्तै लज्जास्पद बिषयमा बिदेशीको मुखबाट प्रश्न सामना गर्न पर्दा एउटा स्वाभिमानी नेपालीको हालत कस्तो हुन्छ होला । खुकुरीको मार निस्चित रुपमा अचानोलाई नै थाहा हुन्छ ।

ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको भए तापनि आइतबारको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री भीम रावलले धमलाको मात्र मुद्दा फिर्ता लिने प्रस्ताव राखेर उनीविरुद्धको हातहतियार तथा खरजना, ज्यान मार्ने उद्योग तथा फिरौतीको मुद्दा फिर्ता लिने निर्णय गरी बर्तमान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन धमलालाई परराष्ट्रमन्त्रीको कोटामा अमेरिका लिएर गएको छ । मधेसी मन्त्रीहरुले एकै अभियोगका अन्यलाई समेत रिहा गर्नुपर्ने अडान राख्ने मौका पाएपछि रामशुभक महतो र वीरेन्द्र केएमको मुद्दा पनि सरकारले फिर्ता लिने निर्णय गरेको छ । गत फागुनमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको थियो । धमला २८ चैतमा पुनरावेदन अदालतको आदेशमा तारेखमा छुटेका थिए भने रामशुभक र केएम थुनामै छन् । पत्रकार महासंघ सहितका स्वतन्त्र छानवीनले रामशुभक महतोलाई निर्दोष ठहर्याए पनि अदालतले चाहिँ धमलालाई रिहा गर्न आदेश दिएको थियो । परराष्ट्रमन्त्री सुजाता कोइरालाको आग्रहमा गृहमन्त्रीले धमलाविरुद्धको मुद्दा फिर्ता लिने प्रकृया अगाडि बढाएका हुन । यसअघि परराष्ट्रमन्त्री कोइरालाले धमलालाई प्रेस सल्लाहकार बनाउने इच्छा जाहेर गरेकी थिइन्, तर फौजदारी अभियोगमा मुद्दाका आरोपी भएकाले त्यो प्रयास सफल हुन भने सकेको थिएन ।

सार्क बिस्तार प्रसंग र नेपाली परिबेश

*रामकुमार श्रेष्ठ
दक्षिण एशियाली मुलुकहरु बीच कृषि, ग्रामीण बिकास, संचार, यातायात, कला, संकृति, खेलकूद जस्ता बिभिन्न नौ क्षेत्रमा क्षेत्रीय सदभाब कायम गर्ने अभिप्रायले ८ डिसेम्बर १९८५ मा बंगलादेश, भुटान, भारत, मालदिभस, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकार तथा राष्ट्र प्रमुखहरुले सार्क स्थापनालाई औपचारिक रुप दिए । भारतको प्रस्ताबमा १३ नोभेम्बर २००५ मा अफगानिस्तानलाई ल्याइयो र ३ अप्रिल २००७ मा यस्ले सदस्यता लिएपछि सार्कको सदस्य संख्या ८ पुग्यो । बिभिन्न चरणमा गरेर अस्ट्रेलिया, चीन, यूरोपियन युनियन, ईरान, जापान, मौरिटस, म्यानमार (बर्मा), दक्षिण कोरिया र अमेरिका गरी नौ मुलुकहरु पर्यबेक्षकको रुपमा छन । इण्डोनेसिया र रसिया सार्कको पर्यबेक्षकको रुपमा आउन चाहन्छन भने चीन, ईरान र म्यानमार सदस्यको रुपमा । ईरान र म्यानमारलाई सदस्यता दिने संबन्धमा कुनै बिबाद छैन, तर चीनलाई सार्कको सदस्यता दिलाइनु पर्छ भन्ने पक्षमा पाकिस्तान र बंगलादेश देखा परेका छन र हाल नेपाल पनि यही पक्षमा देखिन्छ, तर भारतको लागि भने यो प्रस्ताब सहज रुपमा पाच्य हुन सक्ने देखिदैन ।

एशियाका शक्ति राष्ट्रहरु चीन र भारत अमेरिकाका संभाव्य प्रतिष्पर्धी हुनु, अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले तयार पारेको र त्यहाँको सरकारले स्वीकार गरी अपनाएको “एशिया – २०२५” नामक रणनीतिक दस्तावेजले २१ औँ शताब्दीको पहिलो चौथाईमा आफ्नो ध्यान दक्षिण एशियामा केन्द्रित हुनु पर्छु भन्दै ह्वाइट हाउसले आफ्नो दूरगामी लक्ष्य प्रष्ट पार्नु र अमेरिका आफ्नो प्रतिस्पर्धी नजन्मोस् भन्ने चाहनु अनि सार्कमा जे जस्ता मुलुकहरु पर्यबेक्षक र सदस्यको रुपमा आइरहेका र आउन चाहेको देखिन्छ यस्ले दक्षिण एशिया बिस्व राजनीतिको एउटा महत्वपूर्ण केन्द्र हुन आएको देखिन्छ । नेपालको भू-राजनितिक अवस्था, महाशक्ति र एशियाका उदाउँदो शक्ति राष्ट्रहरुको आ-आफ्नै तर परस्पर बिरोधी स्वार्थको चेपुवामा पर्न पर्ने वाध्यता अनि त्यसमाथि हाम्रा राजनीतिकर्मीहरु नेपाली जनताको दिलको आशनलाई भन्दा सिंहासनलाई बढी महत्व दिएर त्यस्को लागि जे पनि गर्न नहिचकिचाउने प्रबृतिले प्रबृत्त हुनु जस्ता कारणले गर्दा नेपाल उपर्युक्त सबै परस्पर बिरोधी स्वार्थको केन्द्र बिन्दु जस्तो देखिन आएको छ यस्को कमजोर बस्तुस्थितिको कारण । संबिधान सभा निर्वाचनको अनपेक्षित परिणामका कारण संबिधान निर्माणको लागि चुनाव भएको भन्ने बिर्सिएर देश निर्माण कार्यभन्दा कुर्सीको खेलमा लागिरहेको बानीलाई निरन्तरता दिनको लागि अन्तरिम संबिधानमा रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी परिवर्तन गरिएबाट सिर्जित अत्यन्त तरल राजनीतिक अवस्थाका कारण नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष वाह्य शक्तिहरुको बिभिन्न तवरबाट हुने चलखेलको संभाबना अझ बढेको र बढने बातावरण तयार भएको देखिन्छ देखिनमा आएका घटनाक्रमहरुले गर्दा ।

निडरता

*रामकुमार श्रेष्ठ
करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न गर्न र सोधेका प्रश्नहरुको जबाफ दिन डराउन हुन्न भनी संझाइरहेको बेलामा ६ वर्षकी छोरी पूजा संदा झैं उनको उमेरकाहरुलाई जवाफ दिन अति कठीन प्रश्न तेसार्छिन्, “वावा अस्ति श्यामलाई असाध्यै मूर्ख छ पट्टक्कै डराउँदैन भन्नु भएको होइन अनि अहिले फेरि दादालाई डराउन हुन्न किन भन्नु भएको त?” “बदमाशी गर्न नडराउने मानिसलाई मूर्ख भनिन्छ तर राम्रो काम गर्न भने डराउन हुन्न नि त । शिक्षकहरुसंग प्रश्न गर्ने र सोधेका प्रश्नहरुको जबाफ दिने भनेको त बढी जान्नको लागि हो त यस्तो काममा डराउन हुन्न नि छोरी” – संक्षेपमा यस्तो जबाफ दिएँ छोरीको जिज्ञासा पुरा गर्न मैले । योभन्दा बढी जान्न पहिला छोरी ठूलो हुनुपर्छ भन्दै छोरीलाई तानेर काखमा राखी माया गर्न थाल्छु । छोरीको खुशीको सीमा थिएन सधै अनेक बहाना बनाएर काखमा बस्न खोज्नेलाई आफैले काखमा राखिदिएकोमा ।

निर्भयता, भयहीनता, महसूरपना जस्ता शब्दहरुलाई पर्यायबाचीको रुपमा मान्न सकिने निडरताको बारेमा सामान्यत मानिसहरुले खासै सोचेको अथवा चासो दिएको पाइन्न यसलाई बिशेषणको रुपमा प्रयोग गर्न र कहिलेकाही त्यस्ता ब्यक्तिहरुको कुरो गर्न वाहेक यद्यपि ब्यक्तिगत एबं सामाजिक जीवनमा यस्ले गर्दा पर्न सक्ने क्षणिक एबं दूरगामी संभाबित बिभिन्न परिणामहरुका कारण यसबारे सोचिनु र यस्लाई महत्व दिइनु भने अति आबस्यक देखिन्छ । ब्यक्ति ब्यक्तिमा पाइने निडरताको प्रकृति र त्यस्को श्रोत अनुसार त्यस्को असर ब्यक्ति, समाज, देश र संपूर्ण बिस्वमा आ-आफ्नै किसिमले परिरहेको हुन्छ । वास्तबमा निडरता के हो त, यो आबस्यक कुरा हो कि होइन, निडरताका श्रोतहरु के के हुन सक्छन्, यस्लाई कसरी वर्गीकरण गर्न सकिएला, निडरताले ब्यक्ति र समाजमा के कस्ता असरहरु पार्न सक्ला त – यी यस्ता प्रश्नहरु हुन जुन निडरताको बिषयमा गहन जानकारी हासिल गर्न सहायकसिद्ध हुन सक्छन् ।

कांग्रेसको अघोषित रणनीति र शान्ति प्रकृया

*रामकुमार श्रेष्ठ

प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको नेपाली कांग्रेस संबिधान सभाको निर्वाचनपस्चात नराम्रोसंग पाखा लाग्न पुग्यो । स्पस्ट बहुमत पाएको कांग्रेसले जन चाहना र देशको आवश्यकतानुरुपका कार्यहरुलाई प्राथमिकता दिदै संयमताका साथ देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर भै नेकाको एक छत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिती र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा गर्न सक्छ कि भन्ने आशा राख्ने ठाउँ रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारतको युद्ध हुँदैन । संबिधान सभाको निर्वाचन परिणामले यही वास्तबिकताको पुस्टि गर्छ । सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्‍यो त्यस्को मल जल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादको बिषयभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर् ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन ।

संबिधान सभाको निर्वाचनपस्चात प्राप्त परिणामको कारण निर्वाचन परिणामदेखि हालसम्म देखाएका बिभिन्न व्यबहारहरुको आधारमा नेपाली कांग्रेसले व्याबहारिक रुपमा जे जस्तो रणनीति अख्तियारी गरेको देखिन्छ त्यो शान्ति प्रकृयाको बर्खिलाफमा रहेको आभास हुन्छ । शुरुमा त्यत्ति लामो समयसम्म अनेक बहाना बनाएर सत्ता हस्तान्तरण नगरिनुले गिरिजालाई लगाइने गरिएको कुर्सीको संबन्धमा प्रयोग गरिने गरिएको पर्यायबाची पुन: प्रमाणित गरी इतिहासमा आफूलाई लागेको आरोपहरुमा नेपाली जनताले केही हदसम्म आँखा चिम्लिदिने बातावरण गुमाउन पुगेको देखिन्छ भने आफूलाई नेपालको एक मात्र प्रजातान्त्रिक शक्ति भनेर कहिल्यै नथाके पनि ब्यबहारमा चुकिरहेको पार्टी पुन: प्रजातान्त्रिक मूल्य र मान्यताको परिभाषालाई सामान्य अवस्थामा नभएर आफू अनुकूल व्याख्या गर्न पर्ने अवस्थामा पुग्न वाध्य भएको देखिन्छ । निर्वाचन अघि अन्तरिम संबिधानमा ब्यबस्था भएको रास्ट्रपति र प्रधानमन्त्रीलाई हटाउन आबस्यक दुई तिहाइ मतमध्ये माओबादीले आफूले छाडने संकेत दिएको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्राप्त निर्वाचन परिणामको कारण राजनीतिक बातावरण आफ्नो अनुकूलता बनाउने ढोका खुल्ला गरी राख्नको लागि प्रजातान्त्रिक मून्य र मान्यतालाई हदसम्म बदनाम गराउन सहायक सिद्व प्रजातन्त्रको पुन:स्थापनापस्चातको सांसद किनबेच जस्ता घृणित फोहोरी खेललाई निर्लज्जतापूर्बक ब्युताउन प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन गर्न एमालेसंग मिलेर जुन भूमिका खेलियो त्यो नै अहिलेको देशको अस्थिरताको लागि सबभन्दा ठूलो कारक तत्व बन्न पुगेको देखिन्छ । यो निर्णय लिने बित्तिकै राष्ट्रिय राजनीतिमा अहं भूमिका निर्बाह गर्ने ब्यक्तिहरुको चारित्रिक धरातललाई बुझ्नेहरुले अनुमान लगाइ सकेका थिए कि देशको राजनीति यही कारणले गर्दा अस्थिर हुनेछ भनेर र भयो पनि त्यही । उक्त निर्णयले गर्दा खेल्न सकिएको घृणित खेलको कारण केहीले आफूलाई भाग्यमानी बनाउन सफल भएको ठान्न पाए तापनि समग्रमा देशको लागि भने यो नै अस्थिरताको मूल कारण भएकोले दुर्भाग्य साबित भएको छ । सबैको सामू प्रस्ट भैसके अनुरुप नै जुन समयाबधिमा जस्ले देशको लागि जे जस्तो योगदान दिए सोही अनुरुप एउटा स्पस्ट जनमत देखिएपछि पनि यस्तो जटील अवस्थामा सरकारमा समाबेश नगरी नहुने जनमत बिपरीतका ब्यक्तिहरुको ठूलो जमातमा नेपाली जनताले बुझ्न नसकेका त्यस्ता बिशेष बिशेषताहरु के रहेछन त जब कि उनीहरु सबका बारेमा आबस्यक पर्ने जान्न पर्ने संपूर्ण ब्यक्तिगत ईतिहासबाट नेपाली जनता अनभिज्ञ त छैनन- नेपाली जनताले यस यक्ष प्रश्नहरुको जबाफ कहिले पाउने हुन ठेगान छैन ।

माओबादीले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण मन्त्रालयहरु नेत्रित्व गर्ने पार्टीले लिन नहुने भनी मूलत: गृह, अर्थ र रक्षा जस्ता मन्त्रालयहरुको कारण लामो बिबाद भै रक्षा नपाएकै कारण नेपाली कांग्रेस सरकारमा सहभागी भएन । तर अहिलेको सरकारमा नेतृत्व गर्ने एमालेलाई खासै ठुलो बिबाद गृह, रक्षा र अर्थ सबै अच्चम्मैसंग दिन राजी हुनुले के कुरा प्रमाणित हुन्छ भने सहमतिको माला जति जपे पनि नेपाली कंग्रेस माओबादीले सरकारको नेतृत्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिमा छ । संभबत प्रधानमंत्रीलाई हटाउन दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन नगरिएको भए नेकाको रक्षा मन्त्रालय नपाएकै कारण सरकारमा सहभागी नहुने चर्तिकला देख्न पाइन्नथ्यो कि । त्यस्तो हुन्थ्यो भने त्यो नै राष्ट्रिय सरकार बन्थ्यो र शुरुमा नेकाको मलजल पाएर तयार भैरहेको बातावरणमा राष्ट्रपतिद्धारा बिजारोपण गरिएको कटुवाल रुपी बॄक्ष एमालेको अस्थिर स्वभाबका कारण उपयुक्त बातावरण पाएर हलक्कै बढन पाएको कटुवाल प्रकरणको कारण देशमा देखा परेका यी तमाम समस्याहरु र त्यस्का कारण देखा परेका अनेकन लज्जास्पद गाइजात्राहरुलाई नेपाली जनताले देख्न र भोग्न पर्ने संभाबना रहन्नथ्यो । यसै सन्दर्भमा देखा परेको अर्को रमाइलो हास्यास्पद पक्ष हो चौथो ठूलो पार्टीमा देखा परेको संभाबित फूटलाई मध्यनजर गरी समर्थक पक्षलाई उप प्रधानमन्त्री, चार मन्त्री, तीन राज्यमन्त्री र एक सहायक मन्त्री दिने सहमति गर्नु हो जस्को पछाडि गच्छदार समूहलाई बहुमत बनाउन सहयोग गरी सो समूहलाई आधिकारिक बनाइ सत्ता समिकरण टिकाउने प्रयास भएको स्पस्ट छ । तर लामो समय र बारंबारको मन्त्री परिषदको बिस्तारपछि पनि मन्त्री बन्न नपाउनेहरु आफ्नो समूहमा नबस्ला र आफू स्पस्ट अल्पमतमा परिएला भन्ने त्रासले मन्त्रीको नाम दिन गच्छेदार असमर्थ रहेको स्पस्ट देखिन्छ । आखिर मन्त्री बन्ने आशमा बसिरहेकाहरु मन्त्री बन्न जती ढिला भयो आफू उपप्रधानमन्त्री बन्ने समय त लम्बिन्छ । यसरी जे जस्ता पृस्ठभूमिबाट हाल देशको सबभन्दा ठूलो पार्टी प्रतिपक्षमा र साना पार्टीहरु सत्तामा बस्ने जटील अवस्थाहरु सिर्जना भएका छन, त्यस्को लागि जिम्मेवार अन्तरिम संबिधानमा परिवर्तन गरेर बिभिन्न चलखेलद्धारा सत्ता प्राप्तीको संभाबित ढोका खुलाई राखेको कारण नै रक्षा मन्त्रालयको निहु बनाएर सरकारमा सहभागी नबनी प्रतिपक्षमा बसेको अनुमान गर्न सकिन्छ ।

नेपाली सिमाना मिचिएको तथा नेपालीमाथि गरिएका अनेकन अमानबीय दुर्व्यबहार बिरुद्ध नेपाल र संसारभरबाट कार्यक्रम भै रहंदा एकातिर त्यस्तो केही नभएको भन्दै हिडने पररास्ट्र मन्त्री तथा प्रभाबशाली कांग्रेस नेता संसदीय समितिद्धारा नै सिमा मिचिएको प्रतिबेदन दिंदा समेत यस्तो संबेदनशील बिषयमा बोलिएको झूठको कारण न त रजिनामा दिने र क्षमा याचना गर्ने आबस्यक्ता देख्छन भने अर्कोतिर सरकारको नेत्रित्व गर्ने पार्टी भने अझसम्म यसबारे केही बोल्नु नै आबस्यक देख्छ जस्ले गर्दा कतिपय कारणले गर्दा बन्न परेका अन्धभक्त कार्यकर्ताहरु समेत यस बिषयमा संकलित हस्ताक्षर संकलनमा समेत हस्ताक्षर गर्न हच्किरहेको देखिन्छ बिरोध कार्यक्रममा नै सहभागी हुने प्रसंग त टाँढाको कुरा भयो । राष्ट्रियताको यस्तो संबेदनशील प्रसंग र देशमा भ्रस्टाचारका त्यत्रा ठूला ठूला उदाहरणहरुमा चुक्क नबोल्नेहरु पशुपतिको पूजारी प्रकारणमा भने कत्ति न अरास्ट्रिय निर्णय भयो अथवा कत्ति न ठूलो भ्रस्टाचार नै भए झै गरेर जे जस्ता गतिबिधी प्रदर्शन गर्न अग्रसर भए यस्ले बिरोधको लागि बिरोध गरी उक्त अघोषित रणनीति प्राप्तीकै लागि संघर्ष गरेको देखिन आउँछ । थाहा छैन संसदीय समितिद्धारा पेश गरिएको उक्त प्रतिबेदनमा सरकारद्धारा ध्यान दिने साइत जुर्ने भने कहिले हो ?

बिगतमा भएका आफ्ना कमी कमजोरीको यथार्थ बिस्लेषण गरी त्यस्का आधारमा पस्चाताप गरेर देशको यस्तो जटील संक्रमण अवस्थामा होसियारी पूर्वक अगाडि बढ्नु पर्ने यथार्थतालाई मनन गर्दै गुमेका जन बिस्वास फर्काउन देश र जनताप्रति गरिएको जिम्मेवारी महसूस दिलाउन तदनुरुपका कृयाकलाप अगाडि बढाइनु आबस्यक थियो केही ठूला पार्टीहरुका सामू, तर दुर्भाग्य नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनका खातिर भएको चुनाबपस्चात लक्षित उद्धेस्य प्राप्तिका खातिर नभै प्राप्त चुनाव परिणाम र सोही परिणामका कारण अन्तरिम संबिधानमा परिवर्तन गरेर सत्ता प्राप्तीका लागि खुलाइराखेको संभाबित ढोकाबाट प्रबेश गर्ने बातावरण बनाउनमा नै तल्लिन भएको र गणतन्त्र स्थापना अघि जस्तै सत्ता प्राप्तीका लागि गरिएका फोहोरी खेलको राम्रै पुनराबॄति गराइेएको देखिन्छ । गिरिजा बाबुलाई राम्रै बुझ्नेहरु बर्तमान सरकारको स्वरुपको पछाडि नेकाको एमालेसंग पर्म लगाउने भूमिकाको रुपमा लिन्छन र दाम चढाउने, निबेदन हाल्ने जस्ता संभब भएसम्मका संपूर्ण संभाबनालाई परिक्षण गर्न नचुकेका बर्तमान प्रधानमन्रीको मनकांक्षा पुरा गरिदिने सहायक आशिर्बादकर्ता बनिदिएर जीबनभरको सपना पुरा गरिदिएकोमा ऋण चुक्ता कार्य सहज बनाउने ‘ग्राण्ड डिजाइन’ को रुपमा समेत लिन्छन जानिफकारहरु । बिभिन्न कारणबश अनुमान गरिएको उक्त ‘ग्राण्ड डिजाइन’ कमजोर बन्दै गएको अनुभब धेरैतिरबाट गरिए तापनि डिजाइनकर्ताको आशातित फलको यथार्थता भबिस्यकै गर्भमा रहेको छ ।

जे होस प्राप्त चुनाव परिणामका कारण भए गरिएका गल्ती कमजोरीलाई महसूस गरी जन विश्वाश जित्ने नयाँ रणनितीका साथ अगाडि बढेर जुन उद्धेस्य प्राप्तिका लागि चुनाव गरिएको थियो त्यस्मा लाग्न पर्नेमा ‘नानीदेखि लागेको बानी’ प्रदर्शन गर्दै संबिधान निर्माणमा भन्दा ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने झैं आफूलाई एक मात्र प्रजातान्त्रिक शक्ति भनेर नथाक्ने शक्ति सत्ताको लागि संसारमा कहीं नदेखिएको लोकतन्त्रको उपहास हुने जस्तो सुकै हतकण्ठा अपनाउन पनि पछि नपरी सहमतिको माला जति जपे पनि माओबादीले सरकारको नेत्रित्व कुनै पनि हालतमा नगरोस अथवा सरकारमा नहोस अथवा ऊ सरकारमा हुँदा जसरी हुन्छ अफ्टेरोमा कसरी पार्ने भन्ने रणनीतिका साथ अगाडि बढेको देख्दा शान्ति प्रकृयाको बिषयमा रटने गरिएको रटाइको यथार्थता हात्तिको देखाउने दाँतभन्दा फरक होला र ? – शंका गर्ने ठाउँ प्रशस्त रहन्छ । यो देशको लागि ठूलो बिडम्बना हो र यस्ले देशलाई अझ धेरै पछाडि धकेल्ने कुरामा सन्देह छैन । तात्कालिन रुपमा आफूलाई क्षणिक फायदा भएको देखिने यस किसिमका खेलका खेलाडीहरुले शत्रुघाति खेल खेलिरहेका छन अथवा आत्मघाति अथवा राष्ट्रघाति र यस्ले उनीहरुको नाम ईतिहासमा साँच्चै सुनौला अक्षरले लेखिने छ अथवा ईतिहासमा कालो धब्बा बन्नेछ – त्यो समयले प्रमाणित गर्ने नै छ ।

Published links: http://www.mysansar.com/temp/2511.html

http://www.nepalarab.com/articles_view.php?id=423

http://www.gorkhaonline.net/literature.php?cid=120

http://www.facebook.com/note.php?note_id=140581996275&ref=mf

http://www.solidaritykhabar.com/index.php?option=com_content&view=article&id=4161:2009-08-16-03-14-17&catid=70:2009-02-12-10-56-54&Itemid=92

http://thedipak.wordpress.com/2009/03/25/new-poll-2/

Facebook Note

बिना गुरुका नेपाली शाशकहरु

*रामकुमार श्रेष्ठ

देश बिदेशमा बस्ने नेपालीहरुले यो बर्षको गुरु पूर्णिमालाई स्वत: स्फूर्त रुपमा निकै महत्वका साथ आधुनिक तबरबाटै भने पनि मनाएर चित्त बुझाए । जे जस्तो तबरबाट यस् पून्य दिनलाई मनाएर आफ्नो संस्कृति जोगाउने र ज्ञानको कदर गर्ने कार्य गरे त्यस्को कदर गरिनै पर्छ । ट्विटरमा खासै नदेखिए तापनि फेसबूकमा भने गुरु पूर्णिमाका सामग्रीहरु प्रचूर मात्रामा देखिएका थिए । मेरो लिस्टमा भएका करीब ६०० साथीहरुले १२ घण्टामा गरेका पोस्टिङ्लाई आधार मान्दा जम्मा २६८ पोस्टिङमा १५% याने कि ४० पोस्टिङ् गुरु पूर्णिमासंग सम्बन्धित र ८५% याने कि २२८ पोस्टिङ् अन्य थिए । बिदेशीहरुलाई यस तथ्यांकमा समाबेश नगराउने हो भने जम्मा १६८ पोस्टिङमा २५% याने कि ३६ गुरु पुर्णिमासंग संबन्धित र ७५% याने कि १३२ अन्य भएको देखियो । जून १५ देखि गुरु पूर्णिमासम्मको ३ हप्ताको समयाबधिमा निस्चित दिनमा एउटै बिषयबस्तुमा केन्द्रित भएर समग्रीहरु प्रस्तुत गरिएको यो तेश्रो पटक हो । यस अघि पहिलो पटक जून १५ मा भारतद्धारा नेपाली भू-भागमा गरिएको सीमा अतिक्रमणको बिरोधमा र दोश्रो पटक माइकल ज्याक्सनको मृत्‍यु भएको दिन २६ जून मा । १५ असारको दिन पनि सान्दर्भिक सामग्रीहरुको प्राचुर्यता नभएका होइनन । यसरी इन्टरनेट देश बिदेशमा छरिएर रहेका नेपालीहरु बीच राष्ट्रियता, कला, साहित्य एबं आफ्नो बिभिन्न किसिमका संस्कृति जोगाउने राम्रो माध्यम भएको देखिन्छ । राणा, पन्चायत, बहुदलीय प्रजातन्त्र र शिशु गणतन्त्रको शासन सबैद्धारा भोगिदै र टोकिदै आएका नेपाली जनता प्रत्येकको आचार र बिचारको थाहा पाउन पर्ने जति सबै ईतिहास थाहा पाइसकेर वाक्क भैसकेकाहरुकै अनेक चक्रब्यूहका कारण सत्तो श्राप गर्दा गर्दै थकित भैसकेकाहरुकै जनता बन्न परेर नागरिक बन्ने सपना सदा सदाको लागि चकनाचुर हुने त हैन भनी चकित चकित नेपालीले गुरु पूर्णिमाको दिनलाई कुनै पनि राष्ट्रिय स्तरका शाशक बन्न लालायितहरुले कुनै महत्व नै नदिएको देख्नु त स्वाभाबिकै थियो र पनि उनीहरु धन्यवादका पात्र भने यस कारणले भए कि उनीहरुमा अन्तरनिहित देश र जनतालाई संधै कहाली लाग्ने गरी बाँच्न वाध्य पार्ने डरलाग्दो भूतको अथाह श्रोतको खानीयुक्त आचार र बिचारलाई परिवर्तन गरिदिने कुनै गुरु छैन भन्ने यथार्थताको खुलासा गर्न कन्जुस्याइं भने गरेनन ।

‘गु’ र ‘रु’ मिलेर बनेको गुरुको शाब्दिक अर्थ खोज्दा ‘गु’ ले अन्धकार र ‘रु’ ले प्रकाश जनाउँछ । जस्ले आफूमा अन्तर्निहित ज्ञानरुपी प्रकाशले अरुमा भएको अज्ञानरुपी अन्धकारलाई हटाउन सक्छ उस्लाई गुरु भनिन्छ । बैज्ञानिकहरुको अनुसार सामान्यतः मानिसले आफ्नो क्षमताको औसत ३ प्रतिशत मात्र क्षमतालाई प्रयोगमा ल्याउँछन र बैज्ञानिकहरुको दृष्टिकोणमा अहिलेसम्ममा सर्बाधिक क्षमताको प्रयोग गर्ने आइन्स्टाइनले आफ्नो क्षमताको ८-१३ प्रतिशत (यो बिभिधता यस सम्बन्धमा पाइएको मत मतान्तरको आधारमा राखिएको) प्रयोग गरे । अतः यदि सामान्य एउटा मान्छेले आफ्नो क्षमतामा कुनै उपायद्धारा ५-१० प्रतिशत बृद्धि गर्न सकेको खण्डमा ऊ आन्स्टाइन जति क्षमतावान हुन सक्ने भयो । “संसारको बारेमा जान्न पर्ने हरेक कुरा जान्नेछु भन्ने लागेको थियो, तर जति बढी जान्दै गएँ उति नै बढी यो असम्भब छ भन्ने अनुभूति हुँदै गयो किनकि जान्न पर्ने अथाह कुराहरु अझै बाँकी नै छन । मलाई लागेको थियो कि एक दिन बिस्व बिज्ञानको रहस्य समाधान गरी यस्लाई गणितीय सूत्रमा सूत्रबद्ध गर्नेछु ता कि यो कुनै रहस्य बन्न नसकोस, तर गणितीय समस्या झन झन ठूलो ठूलो बन्दै गयो र संसारको समस्या समाधान गरिनुको अलावा यो आँफै समस्या बन्यो । अब यो समस्या समाधान गर्नु असंभब छ ।“- यो भनाइ हो महान बैज्ञानिक आइन्स्टाइनको । यसबाट के स्पस्ट हुन्छ भने मानब मात्रमा बिद्यमान अज्ञानताको पहाड अकल्पनीय र भीमकाय छ र पनि यस्ता यथार्थतालाई महसूस गर्न नसकी अहंपना प्रदर्शन गर्नेको नै बाहुल्याता पाईन्छ यत्र तत्र । एउटा भनाइ छ घमण्ड त्यस्ले गर्छ जस्ले केही जानेको छ, तर जस्ले बुझेको छ उस्ले कदापी घमण्ड गर्न सक्तैन । के कस्ता गतिबिधि गरेर देशको लागि कस कस्ले के कस्तो योगदान गरे भन्ने कुरा जन चेतनाको स्तर धेरै माथि उठिसकेको कारण स्व-व्याख्या आबस्यक नपर्ने भए तापनि बिना हिचकिचावट स्व-व्याख्या रुपी ढालद्धारा आत्मा सुरक्षा गर्नमा ब्यस्त राष्ट्रिय स्तरको शाशकको रुपमा स्थापित अधिकांश जान्नेहरुको स्थान कहाँ कसरी अबस्थित छ भन्ने कुराको बेली बिस्तारको आबस्यक्ता खासै देखिन्न ।

सामान्यत गुरु आध्यात्मिक र भौतिक गरी दुई किसिमको मान्न सकिन्छ । भौतिक गुरुको रुपमा शैक्षिक संस्थाहरुमा अध्यापन गर्ने र सहकर्मी एबं नातेदारहरु लिन सकिन्छ जस्ले भौतिक जीबन यापनका खातिर कुनै न कुनै रुप र स्तरमा भौतिक आँखा खोल्न सहयोगीको भूमिका निर्बाह गर्न सकोस । भौतिक गुरुहरुको कारण भौतिक जीवन यापनका उपयुक्त उपायहरुका संभाबना बढी भौतिक जीवन सहज हुन सक्ने संभाबना बढन सक्छ र भनिन्छ यस्ले वाह्य आँखा खोलिदिन्छ । सामान्यत भौतिक जीवन यापन गर्नेहरु अधिकांश प्राय: काम, क्रोध, लोभ र मोह जालमा फस्ने भएको कारण नैतिकबान नहुने भएकोले जीवन र जगतको ज्ञानको आधारमा अज्ञानता हटाउँदै नैतिकवान बन्न भित्री आँखाको श्रोत मानिने आध्यात्मिक यात्राको पनि आवश्यकता पर्छ भनिन्छ भलै आध्यात्मिक यात्रामा लाग्ने सबै नैतिकबान हुन्छन र भौतिक यात्रामा लाग्ने सबै अनैतिक हुन्छन भन्ने निस्चितता भने छैन नै । र पनि आध्यात्मिक यात्रामा लागेपस्चात मानिसमा आएको बिभिन्न किसिमका सकारात्मक परिबर्तन देख्न सकिने र भौतिक सम्मुन्नतिको शिखरमा पुगेका पास्चात्य देशका जनताहरुमा पाइने बिभिन्न किसिमका तनाबयुक्त जीवनबाट मुक्ति पाउनका लागि उनीहरुमा पूर्बीय दर्शन अपनाउने बढदो प्रब्रित्तिप्रति आँखा चिम्लन पनि सकिन्न ।

धेरै बर्ष अघि राणाकालको जंग बहादुर तथा पञ्चायत कालका सूर्य बहादुर जस्तै बहुदलीय प्रजातन्त्रको नाममा बहादुर नराखिए तापनि बहादुर भएका गिरिजाले एउटा धार्मिक कार्यक्रममा राती सबैले दिनभरि आफूले गरेका काम कुराहरुको समीक्षा गर्न ५ मिनेट आँखा चिम्लन पर्ने भन्ने आशयको सल्लाह दिंदा ठानिएको थियो बहुदलीय प्रजातन्त्रका सबभन्दा बहादुर मानिएका गिरिजाले ध्यान शुरु गरेर आफ्ना कमी कमजोरीको समीक्षा गर्न थालने भएपछि त देशको मुहार पक्कै फेरिनेछ, तर इतिहासमा नाम अमर बनाउने धेरै अबसर आइपर्दा समेत देश खुम्च्याएर पार्टी र पार्टी खुम्च्याएर ब्यक्ति र परिवारमा सीमित भएको र कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने आरोपबाट मुक्ति पाउन नसकेका गिरिजाले त्यो सल्लाह अरुलाई दिएर उनीहरुलाई सन्तमा परिणत गर्दै आफ्नो भित्री इच्छा पूर्तिलाई सहज र सुरक्षित तुल्याउने हतियार बनाउन खोजिएको पो रहेछ भन्नेहरुकै बाहुल्यता देखिने बातावरण बन्न गयो आजसम्मका उनका संपूर्ण गतिबिधिका आधारमा त ।

जे जस्ता तिकडम गरेर पनि आफूलाई शाशककै दर्जामा दर्ज्याउन तल्लिनहरुका राता पिरा अनुहारहरु पनि आजकाल कस्तो फुङ परेको जस्तो आभास हुन थालेको छ । कबिता पढेका जस्ता भाषण, सकी नसकी कर बल र लोक लाजले बाध्यताबश हाँसिएका अप्राकृतिक हाँसो, केटाकेटी पनि फिस्स हास्ने किसिमका बर्बराहटहरु, रुन पनि नसकेको हाँस्न पनि नसकेको फुलिएको जस्तो देखिने सार्वजनिक थुप्रै क्लिपहरु, पाएको कोटाभित्र परेर शाशक बन्न प्रतिक्षारत मित्रहरुको इच्छाहरुलाई अल्पमतमा परिएला भनेर दबाइदिनु पर्ने बाध्यताहरु, पत्याउदैनन भन्ने थाहा पाउँद पाउँदै पनि बोल्नु पर्ने संकटहरु, अर्होट पर्होट गरिनु पर्नेहरुकै अर्होट पर्होट मान्दिनु पर्ने ज्यानमारा अनि इज्जतमारा परिस्थितिहरु आदि आदि हुन आजका केही यथार्थताहरु । अनि कसरी राता पिरा अनुहारहरुमा निर्जिबताको ठाउँमा सजिबता सलबलाओस ? नजानी नजानी गरिएका गल्ती, कमी कमजोरीहरु खासै पीडाको श्रोत हुन सक्तैनन, तर जानाजान बोलिएका झुट्टाहरु, थाहा पाइ पाइ गरिएका गल्तीहरु, बुझी बुझी पचाइेएका बुझ पचाइहरु, विश्वाश गर्दैनन भनी थाहा पाउँदा पाउँदै बोल्न पर्ने वाध्यताहरुलाई साथ लिएपछिका पीडा भुक्तभोगीलाई नै थाहा होला । देश र जनतालाई त अधकल्चो बनायो बनायो, बिदेशमा नेपाली हुँ भन्न नै आँट गर्न अफ्टेरो त बनायो बनायो, तर नाम सुनाम र कुनाम दुई थरीको हुन्छ भन्ने यथार्ततालाई बिर्सेंर आफू पनि भित्रभित्रै रुनु न हाँस्नुको यस्तो ज्यानमारा अवस्थामा रहेर आँफैलाई पनि भित्र भित्रै कत्ति पानी पानी पार्दै जिउने हो ? भित्री ब्यथा सबैको आ-आफ्नै देखिन्छ – कोही कम्युनिस्ट भएपछि आस्तिक कसरी बन्ने भन्ने त्रासमा छन त कोही आस्तिक बन्न जाँदा हातबाट नफुस्कनु पर्ने कुरा फुस्किएला भन्ने आतंकको चपेटामा, अनि कोही अंकुश लगाउने साइत खुस्किएला भन्ने चिन्तामा, तर पनि सिंहासनकै प्रश्नलाई असर पार्न सक्ने शक्तिशाली भनिएका र मानिएका धर्म गुरुहरुकहाँ भने अनुकूल पर्दा बुर्कुसी मार्न कोही पछि परेको देखिन्न ।

भनिन्छ सिंहासनभन्दा ठूलो दिलको आसन । यसैले त होला केही नगरिकनै राजा बन्न पाउने सिद्धार्थ बुद्धत्व प्राप्त गर्न हिंडे र आज संसारकै हाय हाय भएका छन । राजा भएका भए उस्लाई कस्ले पो चिन्थ्यो र ? सिंहासनमा बसेर इतिहासमा नाम लेखाउँदैमा अजर अमर हुने भए त त्यस्ता नाम लेखाउने अनगिन्तिले दुनियाँको गाली गलौजको शिकार किन बन्नु पर्थ्यो र ? मर्ने दिनको ठेगान छैन, मरेको भोलिपल्ट दुई दिन भै हाल्छ । स्वार्थपूर्ण दुनियाँबाट माथि उठेर यथार्थमै बहु जन हिताय सिद्धान्त अनुरुप काम गर्न सामान्यत: भौतिक संसारमा बाच्नेहरुबाट संभबना बिरलै देखिने भएकोले भित्री आँखा खोलेर यस किसिमको ब्यक्तित्व बिकास गर्न आध्यात्मिक गुरुहरुको आबस्यक देखिन्छ केही अपबाद बाहेक । अत: आफू पनि निर्धक्कसंग हाँस्न र देश र जनतालाई पनि हाँस्ने बनाउन शिघ्रातिशिघ्र आफूमा अन्तर्निहित अन्धकार रुपी अज्ञानतालाई हटाउने गुरु धारण गरेर यो बर्ष ढिला भए पनि आगामी बर्ष चाँही साँच्चै नै गुरु पुजन गर्न कम्मर कस्ने हो कि त शाशक बन्न तछाड र मछाड गर्ने महोदयहरु हो ।

८ जुलाई, २००९ केण्ट, बेलायत

Published link: http://www.khasskhass.com/beenaguruka.htm

http://www.gorkhaonline.net/literature.php?cid=116

http://nepalarab.com/articles_view.php?id=397