Showing posts with label लेख/निबन्ध/बिचार. Show all posts
Showing posts with label लेख/निबन्ध/बिचार. Show all posts

Wednesday, April 18, 2012

भृकुटी बन्नु पर्नेहरुले नै टाउको लुकाएपछि

Posted by Ram Kumar Shrestha on February 10, 2012
 
 
 
 
 
 
1 Votes
गरीब देशबाट धनी देशमा आएर सिकेको र बुझेको धनी देशको कामप्रतिको यो संस्कार, यो मानसिकता र यो मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको यसरी लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छु भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै ।
By रामकुमार श्रेष्ठ
मेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि डाइरेक्टर कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर पस्छ । कोठामा पस्ने बित्तिकै डाइरेक्टरको बोली उस्को कानमा पर्छ, ‘आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र’ । उक्त दिन डाइरेक्टरको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीनाइ भएन ।
 क्यारी स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे ।
मेलबर्नको एउटा ठूलो नर्सिङ होममा काम पाएको केही दिनमा आफ्नो यूनिट मेनेजरले सामान राखिएको ट्रली ठेल्दै गरेको देखेर अबिकसित देशबाट आएका एकजना नयाँ कर्मचारी सघाउन जाँदा यूनिट मेनेजरले आफूलाई कुनै समस्या नभएकोले आफ्नै काम जारी राख्न भने । केही समयपछि उसले अर्को कुनामा नर्सिङ होमका मेनेजरले एउटा बिरामीलाई खानेकुरा ख्वाइरहेको देखे ।
हामी जे जस्तो संस्कार र मानसिकताग्रस्त समाजमा छौं यसलाई माथिका वास्तबिकताहरुलाई विश्वास गर्न र स्वीकार्न हम्मे हम्मे पर्छ । यसको अर्थ के होइन भने बिकसित देशको सबै कुरा राम्रा छन र अबिकसित देशका नराम्रा । अबिकसित देशबाट पनि बिकसित देशले सिक्नु पर्ने कुराहरु धेरै छन । कामप्रतिको हाम्रो दृष्‍टिकोण सामाजिक बिषमता कायम गर्न र विकास कार्य अगाडि बढाउन बाधकको रुपमा देखा परेकोले विकसित देशमा पाइने यस किसिमको मान्यता भित्र्याउन सकिएको खण्डमा यसले विकास कार्यमा सकारात्मक भूमिका निर्बाह गर्ने कुरामा सन्देह छैन ।

Monday, May 2, 2011

तात्कालिन युबराज दीपेन्द्रले भने - "सरी"

- रामकुमार श्रेष्ठ
सांस्कृतिक विविधताको दृष्‍टिकोणले संसारकै सबभन्दा धनी देशहरुमध्यमा पर्छ नेपाल, तर यस्तो धनी देशमा आधुनिकताको नाममा संस्कृति अत्यधिकगतिमा लोप हुँदै गइरहेको पाईन्छ दिन प्रतिदिन । समय परिवर्तनशील भएको र त्यसमाथि बर्तमान खुल्ला विस्व परिबेशका  कारण कुनै पनि समाजमा विद्यमान संस्कृति बिस्तार बिस्तार लोप हुँदै जानु अथवा परिवर्तन हुनु अस्वाभाबिक होइन, तर समाज शास्त्र, मानब शास्त्र र अनुसन्धानका दृष्‍टिकोणले लोपोन्मुख अवस्थामा रहेका त्यस्ता कुराहरुलाई तिनीहरुको महत्व हेरी कुनै न कुनै रुपमा कुनै न कुनै किसिमबाट संरक्षण र संबर्द्धन गरिनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसरी लोपोन्मुख अबस्थामा रहेका कला, संस्कृतिहरुलाई कुनै न कुनै रुपमा जोगाउने कार्यमा अहिलेका बिकशित देशहरु धेरै पहिलादेखि लागि परेका देखिन्छन भने हामीहरु भने हाम्रा आधारभूत मानबीय आवश्यकता परिपूर्तिका खातिर नै अधिकांश ध्यान केन्द्रित गरी प्राथमिकतालाई तदनुरुप परिलक्षित गर्नु पर्ने वाध्यता र सीमित साधन र श्रोतका कारण यस किसिमका कार्यहरु अझै पनि आवश्यकतानुरुप  प्राथमिकतामा पर्न सकेको देखिदैन । त्यसैले यस किसिमका कार्यमा केही योगदान पुर्याउने अभिप्रायले नेपालमा राष्ट्रिय जातीय संग्रहालय स्थापनालाई मूल उद्धेस्य बनाएर एउटा संस्था स्थापना भएको थियो । सोही संस्थाको पहलकदमीमा युनेस्को लगायत एक दर्जन जति देशका यस क्षेत्रमा बिशेष अनुभब र दक्षता भएका बिज्ञहरुको सहभागितामा काठमाण्डौंमा एउटा अन्तरराष्ट्रिय संगोस्ठीमा नेपाल जस्तो सांस्कृतिक बिबिधताको दृष्‍टिकोणले अत्यन्तै धनी भएको देशमा आधुनिक एबं खुल्ला बिस्व परिबेश, नेपालमा पर्यटन उद्योगको प्रबल संभाबना, बिभिन्न कारणबश नेपालीहरुको बढदो बिदेश गमन जस्ता यथार्थताका आधारमा लोपोन्मुख अवस्थामा रहेका  भाषा, संस्कृति, जीवनशैली, कला र संस्कृतिलाई जोगाउने कार्यलाई प्राथमिकता दिन ढिलाई गर्न नहुने कुरामा जोड दिएका थिए उक्त अन्तरराष्ट्रिय संगोस्ठीमा सहभागी सबैले ।

अन्तरास्ट्रिय बिज्ञहरुको सल्लाह मुताबिक कीर्तिपुरको चम्पादेबीमा राष्ट्रिय जातीय संग्रहालयको लागि तात्कालिन श्री ५ को सरकारबाट मन्त्रीपरिषद मार्फत जग्गा प्राप्त गर्न प्रकृया अघि बढाइने क्रममा मन्त्रिपरिषदको बैठकमा पेश गर्न तात्कालिन संबन्धित मन्त्री बल बहादुर केसीले यथाशीघ्र गुरु योजना माग गरेको, तर बिस्त्रित गुरु योजना तयार गर्न बिभिन्न किसिमको जनशक्ति, समय र धेरै रकमको आबस्यक पर्ने भएको कारण एक हप्ता खटेर प्रारंभिक गुरु योजना तयार पारें मैले सो परियोजनाको संस्थापक कार्यकारी सदस्य र बिशेषत: इन्जिनियरको हैसियतले । करीब करीब नेपालको नक्साकारमा कम्पाउण्ड लगाएर नेपालको जुन भू-भागमा जुन जातीको घनत्व छ स्केलानुसार करीब करीब त्यहीं ठाउँमा पर्ने गरी सो जातीको नमूना घर बनाइ जन्मदादेखि मर्दासम्मको संस्कृति स्पस्ट हुने गरी उनीहरुको संपूर्ण सामग्रीहरुको संकलन गरी उनीहरुकै नमूना घरमा राखिदिने, कतिपय कुराहरु सामान संकलन गरेर मात्र स्पस्ट गर्न नसकिने कुराहरु हाइ भिजन हलहरुमा श्रब्य द्रिश्य माध्यमद्धारा प्रदर्शन गर्ने, आबस्यक संपूर्ण जनजातीको नमूना घरहरु बनाइ प्रत्येक घरहरुमा यातायातको साधन पुग्ने, आगन्तुकको लागि पार्किङ जस्ता संपूर्ण कुराहरुका लागि बिचार गरी तयार गरिएको उक्त महत्वाकांक्षी  परियोजनाको लागि आबस्यक पर्ने २०० रोपनी जग्गा माग गरिएको थियो भने झन्डै ७० करोडको बजेट देखाइएको थियो जस्मा सो परियोजनाको लागि आबस्यक पर्ने बिभिन्न अनुसन्धान र सोको लागि आबस्यक पर्ने ठूलो रकमलाई समाबेश नगरिएको कारण परियोजना १० बर्षमा नै  संपन्न गरिंदा पनि कूल बजेट अरबौं लाग्ने देखिन्थ्यो । नेपालमा कुनै पनि काम गर्न च्यानल मिलाउन पर्ने चलनका कारण सल्लाहकार र कार्य समितिको आकार बढदै गयो । सबैसंग मिलेर काम गर्न पर्ने भएका कारण ठूला पार्टीका मन्त्रीको हैसियत प्राप्त गरिसकेकाहरु, जनजातीका प्रतिनिधि थप्ने अनि तात्कालिन युबराज दीपेन्द्रलाई संरक्षक राख्ने योजना मुताबिक दरबार निकटका बरिस्ठ ब्यक्तिहरु सल्लाहकारको रुपमा थपिंदै जाँदा सल्लाहकारको रुप ठूलो हुँदै थियो ।अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर स्काइलर जोन, नर्बेका प्रोफेसर डा हेराल्ड ओस्कार र बेलायतकी मेरी मार्लौलाई पहिलादेखि नै समाबेश गरिएको थियो ।      

Thursday, April 28, 2011

कपिलबस्तु: प्राचिन र बर्तमान

Posted by Ram Kumar Shrestha on April 28, 2011
 
Rate This
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।

कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।

बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।  
-नारायणप्रसाद पौडेल (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )     
कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु  प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो  कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो  कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो  कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो  कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।

Tuesday, April 26, 2011

संघारमै उभिएको अप्रत्याशित भविष्य

Posted by Ram Kumar Shrestha on April 26, 2011
 
Rate This
By रमेशनाथ पाण्डे
शीतयुद्धसँगै पूर्व-पश्चिम द्वन्द्वको कठिन चरण अन्त्य भएको दुई दशकपछि बल्ल अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको चरित्र र विधिमा उल्लेखनीयपरिवर्तनको क्रम सुरु भएको छ । यो प्रक्रियालाई अरब देशहरूमा भइरहेको ‘कलर रिभोलुसन’ मा शक्तिशाली पश्चिमी देशहरूले देखाएको विरोधाभासपूर्ण अभिवृत्ति र यसलाई भारत, चीन र रूसद्वारा दोहर्‍याएर दिइएको चुनौतीले चरित्र र स्वरूप दिन थालेको छ । यसै अवस्थामा एकातिर आफूलाई ‘तटस्थ’ बताइरहेका युरोपका देशहरूले तटस्थताको स्थापित मान्यतालाई नै पुनः व्याख्या गरेर आफ्नो अडान फेरेका छन् । लिबियामा नेटोको कमानमा स्विडेनका लडाकु विमानहरू पनि क्षेप्यास्त्र प्रहारमा सामेल भएका छन् । दोस्रो विश्वयुद्धमा तटस्थ बसेको स्विटजरल्यान्डले पनि लिबियामा आक्रमण गर्ने नेटोका विमानहरूका लागि आफ्नो हवाईमार्ग उपलब्ध गराएको छ । अर्कोतिर इटाली, टर्की र पोल्यान्डले नेटो सैनिक कारबाहीलाई विरोध गरेका छन् । तर अमेरिका र फ्रान्सका राष्ट्रपति तथा बि्रटेनका प्रधानमन्त्रीहरूले आफ्ना देशका तीन प्रमुख अखबारहरूमा लेखेको संयुक्त लेखमा सुरक्षा परिषद्को प्रस्तावलाई ठाडै उल्लंघन गर्दै ‘गद्दाफी सत्तामा रहेेसम्म नेटो र यसका सहयोगी देशहरूले सैनिक कारबाही जारी राख्नुपर्छ भनिएको छ । हालै सम्पन्न बि्रक्स -ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको हैनन, चीनमा सम्पन्न राष्ट्र र सरकार प्रमुखहरूको बैठकले सैनिक तागतको प्रयोगलाई अस्वीकार गर्दै प्रत्येक देशको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्नुपर्ने अडान सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्रलाई विकास गर्नुपर्छ’ भन्ने बि्रक्सको ३२ सूत्रीय हैनन घोषणापत्रको अर्को निकै महत्त्वपूर्ण बुँदा हो । यसरी उदीयमान दुई आर्थिक महाशक्तिहरू चीन र भारत तथा विश्वको दोस्रो ठूलो आणविक शक्ति रूस समेतको बि्रक्सद्वारा प्रस्तुत अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको चरित्र र विधिमा नेटोभन्दा पृथक अडानले नयाँँ विश्व व्यवस्थाको निर्माण सुरु गरेको छ ।
हैननमा पाँच बि्रक्स देशहरू विशेष गरी चीन, भारत र रूसले अन्तर्राष्ट्रिय राजनीतिको नवीन तर्क पद्धति प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक शक्तिको प्रयोगलाई अस्वीकार गर्ने र आर्थिक क्षेत्रमा अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्ने बाटो पनि समातेका छन् । अब यी देशहरूले आपसमा अमेरिकी डलरको प्रयोग रोकेर आफ्नै  राष्ट्रि्रय मुद्रा उपयोग गर्नेछन् । सन् १९४४ देखि अन्तर्राष्ट्रिय रिजर्भ मुद्राको रूपमा स्थापित अमेरिकी डलरलाई विस्थापित गर्ने यो कदमको अर्थ हो बि्रक्स अब विश्व व्यवस्थाको महत्त्वपूर्ण हिस्सा भएर शक्तिकेन्द्रको भूमिका लिन अग्रसर भएको छ । थुप्रै राजनीतिक मतभेद भएर पनि साझा सोच र अडान लिन बि्रक्स देशहरूबीच सहकार्य हुनु असामान्य घटनाक्रम हो । विश्वको आर्थिक सामथ्र्य पश्चिमी देशहरूबाट भारत र चीनमा सरेको वर्तमान अवस्थामा यी दुवैले आफ्नो  नवआर्जित हैसियत प्रदर्शन तथा रूसी शक्ति पुनर्जागृत भएको घोषणाले अन्तर्राष्ट्रिय राजनीतिमा आधारभूत परिवर्तनको निणर्ायक चरण सुरु भएको छ ।    

Wednesday, March 30, 2011

ऐतिहासिक नक्साका आधारमा कालापानी सीमा विवादको विश्लेषण

– डा. सुरेन्द्र के.सी
विषय प्रवेश: समकालीन इतिहासमा कालापानी विवादले नेपाली वर्तमानलाई निकै प्रभावित पार्यो । जसले गर्दा त्यसको वास्तविकता के हो भन्ने विषयको विश्लेषण गर्नुपर्ने दायित्व अहम् रूपमा देखियो। भनिरहनु परोइन, मुलुकको विविध ऐतिहासिक पक्ष खासगरी मुलुकको चौहद्धि, सन्धि सर्पण र ऐतिहासिक घटना कहाँ कसरी घटित भएका हुन् र कुन घटना र निर्णयको कहाँ कस्तो सरोकार रहेको छ भन्ने विषयको विश्लेषण यस क्रममा महत्वपूर्ण रहेको हुन्छ। सही दृष्टिकोण र विश्लेषणको अभावले गर्दा कालापानी विवाद नेपाल भारत सम्बन्धमा अहम् प्रश्नको रूपमा रह्यो एवं आन्तरिक राजनीतिलाई पनि यसले अत्याधिक प्रभावित पार्योन। यसले दुई देशबीचको सम्बन्धलाई नै नकारात्मक प्रभाव पार्ला भन्ने भय उत्पन्न भएको छ। खासगरी कालापानी बाहेक नेपाल–भारत १७५० किलोमिटर लामो खुल्ला सीमानामा मेची नदी, रसियावाल खुर्दलोटन बाँध र लक्ष्मणपुर बाँध जस्ता एकपछि अर्को सीमा र सीमाक्षेत्रमा भारत सरकारद्वारा एकतर्फी रूपमा भए गरेका अतिक्रमण र क्रियाकलाप एवं नेपालको सार्वभौमिकता, पानी सम्बन्धी तल्लो तटिय पूर्वाधिकार प्राप्त मुलुकले गर्नुपर्ने आचरण र सीमा सम्बन्धी अन्य अन्तर्राष्ट्रिय मान्यता र परम्पारको बारम्बार उपेक्षा हुने गरेको सन्दर्भमा पनि कालापानी विवादको ऐतिहासिकता र विवादका मूलभूत विषयमा चर्चा गर्नु आवश्यक छ।
लेखको सीमा तथा विषयगत बुंदाहरू: महाकाली अञ्चलको दार्चुला जिल्ला व्यास गाउँ विकास समिति–१ मा पर्ने कालापानीलाई टिंकर भञ्ज्याङ पनि भनिन्छ जुन उक्त गाविसको पश्चिमोत्तर क्षेत्रमा १९६ वर्गकिलोमिटर (१६,९०० हेक्टर) भूभागमा फैलिएको छ। यसको ऐतिहासिकता सुगौली सन्धिको समयसम्म जोडिन पुग्छ। ई. १९६२ देखि यस क्षेत्रमा भारतले सीमा रक्षक दल राख्न शुरू गर्यो । तर यसको जानकारी ई. १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् मात्र प्रकाशमा आउन थाल्यो। प्रस्तुत लेखमा मूलभूत रूपमा निम्न लिखित बुंदाको दायराभित्र हुने नेपाल–भारत कालापानी विवादबारे विवेचना गरिएको छ। 

Sunday, March 27, 2011

नेपालको द्वन्द्वोत्तर पुनर्संरचना: चुनौती र सम्भावना

By डा. बाबुराम भट्टराई
द्वन्द्वोत्तर पुनर्संरचनाका प्रश्नमा प्रवेश गर्नुभन्दा पहिले नेपालका संघर्षरत राजनीतिक शक्तिबीचको द्वन्द्व र शान्ति सम्झौताको ऐतिहासिक सन्दर्भबारे संक्षिप्त चर्चा गर्नु उपयोगी र बुद्धिमत्तापूर्ण हुनेछ ।
नेपाल दुई ठूला देशहरू चीन र भारतको बीचमा चेपिएको भूपरिवेष्ठित मुलुक हो । यो आकारका दृष्टिले भारतभन्दा २२ गुणा र चीनभन्दा ७५ गुणा सानो छ । यो करिब भारतवेष्ठित छ किनभने यो पूर्व, दक्षिण र पश्चिम तीनतिरबाट भारतद्वारा खुला सिमानाले घेरिएको छ र उत्तरतिर चीनसित उच्च हिमालयले जोडिएको छ । अतः सामाजिक-आर्थिक र राजनीतिक दुवै अर्थमा नेपालको विकास परिस्थिति पूर्वी एसिया होइन कि दक्षिण एसियाको विकास प्रक्रियाबाट बढी प्रभावित हुन्छ । वर्षौंदेखि नेपालको भारतसित प्रभुत्व-निर्भरताको सम्बन्ध विकास हुँदै आएको छ । नेपालको वैदेशिक व्यापार दुई तिहाइ अंश दक्षिणी छिमेकीसित र करिब १० प्रतिशत मात्रै उत्तरी छिमेकीसित छ । दक्षिण र पूर्वी एसियाबीच रणनीतिक भूराजनीतिक अवस्थितिमा रहेकाले खास गरी शीतयुद्धको बेलादेखि नै नेपाल शक्तिराष्ट्रको छिनाझप्टीको मैदान बन्दै आएको छ । परिणामस्वरूप यो संवेदनशील क्षेत्रमा तथाकथित स्थिरता कायम गर्ने नाउँमा नेपालमा तानाशाही र केन्द्रीकृत राज्य निर्माणको प्रक्रियालाई सघाउनमै प्रतिद्वन्द्वी शक्तिराष्ट्रहरू सामरिक-राजनीतिक रूपमा प्रारम्भदेखि नै प्रेरित रहँदै आए ।
आन्तरिक रूपमा नेपाल व्यापक भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र सामाजिक-आर्थिक विविधता भएको देश हो । दुई सय किलोमिटरको चौडाइभित्र समुद्र तहबाट १ सय मिटरदेखि ८ हजार ८ सय मिटरसम्मको उचाइमा सिँढीजस्तै गरेर उठेको भौगोलिक बनावट हुनु यो विविधताको पहिलो आधार हो । दोस्रो, इतिहासका विभिन्न कालखण्डमा आफ्नै भाषा, संस्कृति, धर्म र सामाजिक उत्पादन प्रणालीका साथमा खासगरी उत्तर र पूर्वबाट तिब्बती, बर्मेली र मंगोलियनहरू, पश्चिम र दक्षिणबाट हिन्द-आर्यन र दक्षिणबाट अस्ट्रो-द्रविडहरूको आगमन भयो जसबाट नेपाल बिछट्ट सामाजिक-सांस्कृतिक विविधताको समागम स्थल बन्न पुग्यो । त्यसैगरी, एकदमै छरिएको र विखण्डित भौतिक स्थितिको परिणामस्वरूप ग्रामीण कृषि क्षेत्र बाहुल्य र बाह्य दुनियाँसितको सम्पर्कमा रहेका निश्चित सहरिया केन्द्रमा विशृंखलित आधुनिक औद्योगिक, वित्तीय र सेवा क्षेत्र सम्मिलित एकदमै पिछडिएको प्राक्पुँजीवादी आर्थिक प्रणाली पैदा भयो ।

Friday, March 11, 2011

भारतीय विस्तारवाद र नेपाली राष्ट्रिय स्वाधिनता


बसन्त

१.० विषय प्रवेशः-

नेपाली राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने चुनौती यतिबेला निकै गंभीर बनेको छ । नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतीय शासकवर्गको हस्तक्षेपयति धेरै नाङ्गो भएको स्थिति इतिहासमा प्रायः कमै देखिन्छ । अर्ध?सामन्ती तथा अर्ध?औपनिवेशिक अवस्थाबाट मुक्त भएर स्वाधिन तथा समुन्नत राष्ट्र निर्माण गर्ने नेपाली जनताको लामो राजनीतिक अभियानलाई यति बेला भारतीय शासकवर्ग र तीनका नेपाली दलालहरुले संयुक्त रुपमा निस्तेज गर्न एक?आपसको मोर्चावन्दीलाई तीव्र पारेका छन् । अर्कोतिर देशभक्त, वामपंथी, प्रगतिशील तथा क्रान्तिकारी पार्टि तथा स्वाभिमानी नेपाली जनताहरुका बीचमा राष्ट्रिय स्वाधिनताको रक्षाका निमित्त मोर्चाबन्दीको अभियान पनि तीव्र रुपमा अगाडी बढिरहेको छ । यस्तो स्थितिमा भारतीय विस्तारवाद के हो ? राष्ट्रिय स्वाधिनता किन ? के नेपाल र भारतको सम्बन्ध परापर्ूव कालदेखि नै यस्तै थियो वा पछि यस्तो भएको हो ? पछि यस्तो भएको हो भने त्यो कसरी भयो ? यी र यस्ता प्रश्नहरु अहिले आम देशभक्त नेपाली जनताका घर?घरमा उठने गरेका छन् । यो लेखमा यी र यस्ता थुप्रै प्रश्नहरुको जवाफ खोज्न कोशिस गरिने छ ।

Thursday, March 10, 2011

किशुनजीलाई अलविदा र अमितालाई समवेदना



Rate This
चाहे प्रजातन्त्रको स्थापना गर्न राणाशाही विरुद्धको संघर्षमा होस् या राजाको निरकुंश शासन विरुद्धको संघर्षमा होस् गान्धीवादी नेता कृष्णप्रसाद भट्टराईले सँधै सिद्धान्त र मूल्य मान्यताको राजनीति गर्नुभयो । इतिहासले उनलाई २०४६ सालको जनआन्दोलन पश्चात्को अन्तरिम कालको व्यवस्थापन र २०४७ सालको प्रजातान्त्रिक संविधानको निर्माणमा उनको राजनीतिक नेतृत्वलाई सँधै सम्झिरहनेछ ।

Monday, February 28, 2011

ढुंगे युगमा बाँचेर ब्रायन सुन्नुपर्दा


एडम्सले जसरी दुई घण्टा गाएर प्रशस्त अर्थ कुम्ल्याएर गए उनीभन्दा जीन्दगीभर गाएर पनि आर्थिक अभावले समयमा उपचार समेत नपाई मर्ने नेपाली गायकहरु कता हो कता महान् छन् । आफ्नै बगैंचामा फुलेका फूललाई पहिले माया गर्न सिकौं । त्यसपछि मात्र विदेशका फूललाई महत्व दिऔं ।
By राज श्रेष्ठ, कीर्तिपुर
अभूतपूर्व प्रचारका साथ काठमाडौं अवतरण भएका क्यानेडियन रक् गायक ब्रायन एडम्सप्रति मेरो खासै रुचि जागेन । कार्यालय आउँदा जाँदा सँधै आँखा गइरहने त्रिपुरेश्वर वल्र्ड ट्रेड सेन्टरको ठीक सामुन्ने रहेको एडम्सको गितार बजाउँदै गरेको बडेमानको तस्वीरले पनि म जस्ता युवालाई खासै आकर्षित गर्न सकिरहेको थिएन । किन हो कुन्नि मनभित्र एउटा मौन आवाज गुन्जी नै रह्यो – यी सब मेरा लागि कत्ति पनि होइनन् । मेरो प्राथमिकताभित्र एडम्स् अझै परेका छैनन् । दैनिक १६ घण्टाको लोड्सेडिङ्ले गाँजेको दिनचर्या छ । बिहान ५ बजे निद्रा खुल्छ । अझै देख्न सकिने गरी उज्यालो भइसकेको छैन ।
मोबाइलको ब्याक्लाइटको मद्दतले ढोकामा टाँसिएको लोड्सेडिङ्को तालिका हेर्छु । बिहान ८ बजे मात्र बत्ती आउँछ । आफूलाई बिहानको ८ बजी सक्दा नसक्दै कार्यालय जान चटारो परिसकेको हुन्छ । हतारहतार गाँस टिपी गन्तब्यतिर नलाग्ने हो भने स्टाफबस भेटिँदैन र लोकलबसको कष्टकर यात्रा सम्झिँदा पनि आङ्ग सिरिङ्ग हुन्छ । कार्यालय समयमा समुह ६ को तालिका अनुसार दिउँसो ३ बजेमात्र बिजुली आउँछ । कार्यालयबाट घर फर्किदा साँझ अन्धकारकै बास हुन्छ । राती कतिखेर बिजुली आउँछ र जान्छ दिउँसो कतिखेर आउँछ सम्झना राख्नुपनि दुष्कर हुँदैछ । बिस्तारै ढुङ्गे युगतिर गइरहेको जीवनशैलीमा एडम्स् मेरालागि सपनामात्र हुँदा हुन् ।

Tuesday, February 15, 2011

सातबुँदे सहमतिको अर्थ, मर्म र सन्देश

जनयुद्धमा महारथ प्राप्त भए पनि उनीहरू र उनीहरूका ‘गडफादर’हरूले टेबुल सङ्घर्षमा सधैँ माओवादीलाई पछार्दै आएका हुन् । विगत पाँच वर्षको तीव्र राजनीतिक छिनाझप्टीमा हरेकपल्ट माओवादीको नयाँ पहलले मात्र उनीहरू चित खान्थ्यो, बल्ड्याङ खान्थे । यो अवधि रक्तविहीन सङ्घर्षको वेगमय समय थियो । आफ्नो मार्गचित्र अनुसार माओवादी नहाँकिने देखेपछि आफ्नै घोषित मूल्य, मान्यतालाई पनि उनीहरू धोती लगाउन पुग्दारहेछन् भन्ने कुरा सातबुँदे सहमतिले शान्ति र संविधानको सुनिश्चितता गरेपछि झन् प्रस्ट भयो ।

एमाले र माओवादी नेतृत्वबीचको सातबुँदे सहमति आफू फेरिन नचाहने र अरूसँग मुर्कुट्टेहिँडाइको आशा र अपेक्षा गर्नेहरूको लागि अहिले पोटासियम साइनाइड नै बनेको छ । चाखौँ भने इहलीला समाप्त हुने, नचाखौँ भने अमिलो छ कि गुलियो थाहै नहुने । नमानौँ शान्ति र संविधान विरोधी जगजाहेर भएर प्रमाणित हुने, मानौँ भने स्वर्गीय सम्भावना गुम्ने । सातबुँदे सहमतिको मर्म र कर्मलाई कति थेग्न र तान्न सक्छन् अब भने एमाले अध्यक्षको लागि अर्को मौका र अग्निपरीक्षा बनेको छ ।

By नरेन्द्रजंग पिटर

विगतका लामा कालखण्डमा चालबाजी, धुर्त्याइँ र पाखण्डपनमा सनातनी दीक्षित एमाले-काङ्ग्रेसको परिचय र पहिचान बनिसकेको थियो । केही ‘रेडिकल’ व्यक्तित्वलाई छाड्ने हो भने आग्रहले लतार्दा उनीहरूले अग्रगामी सोच राख्ने क्षमता गुमाउँदै गएका थिए । जनयुद्धमा महारथ प्राप्त भए पनि उनीहरू र उनीहरूका ‘गडफादर’हरूले टेबुल सङ्घर्षमा सधैँ माओवादीलाई पछार्दै आएका हुन् । विगत पाँच वर्षको तीव्र राजनीतिक छिनाझप्टीमा हरेकपल्ट माओवादीको नयाँ पहलले मात्र उनीहरू चित खान्थ्यो, बल्ड्याङ खान्थे । यो अवधि रक्तविहीन सङ्घर्षको वेगमय समय थियो । आफ्नो मार्गचित्र अनुसार माओवादी नहाँकिने देखेपछि आफ्नै घोषित मूल्य, मान्यतालाई पनि उनीहरू धोती लगाउन पुग्दारहेछन् भन्ने कुरा सातबुँदे सहमतिले शान्ति र संविधानको सुनिश्चितता गरेपछि झन् प्रस्ट भयो । बाधा पुर्‍याउन निमित्त कारण उछाल्न फेरिन नचाहनेहरू नै अरू फेरिएनन् भनेर अर्का कोकोहोलो मच्चाउँदै छन् । यो कोकोहोलो उनीहरूको आत्मिकपीडा त हुँदै हो, त्यसभन्दा पनि उद्देश्य र योजना भनेको अग्रगामी नेपाली जनमतमा भ्रम सिर्जना गर्नुमा नै देखिन्छ । काङ्ग्रेस-एमालेभित्रका ‘रेडिकल फोर्स’ कि त यस गम्भीर अवस्थाप्रति उदासीन छ कि त आग्रहमा उनीहरू पनि फसेका छन् ।

एमाले र माओवादी नेतृत्वबीचको सातबुँदे सहमति आफू फेरिन नचाहने र अरूसँग मुर्कुट्टेहिँडाइको आशा र अपेक्षा गर्नेहरूको लागि अहिले पोटासियम साइनाइड नै बनेको छ । चाखौँ भने इहलीला समाप्त हुने, नचाखौँ भने अमिलो छ कि गुलियो थाहै नहुने । नमानौँ शान्ति र संविधान विरोधी जगजाहेर भएर प्रमाणित हुने, मानौँ भने स्वर्गीय सम्भावना गुम्ने । सातबुँदे सहमतिको मर्म र कर्मलाई कति थेग्न र तान्न सक्छन् अब भने एमाले अध्यक्षको लागि अर्को मौका र अग्निपरीक्षा बनेको छ । विगतदेखि नै उनलाई लाग्दै आएको आरोप, गर्दै गरिएको लाञ्छना भनेकै ‘अडान नभएको, ढुलमुले र शक्तिहीन नेताको हो’ । तेस्रो ठूलो दलको मूल नेतृत्व माथिको यो आरोप चानचुने थिएन । अहिले भने आरोपबाट मुक्ति र सातबुँदेको सार्थकतामा उनले खेल्ने भूमिकालाई देश र दुनियाँले नियालिरहेको छ । समस्याको निकास र निदान भरपरेको विषय पनि हो यो । आरोपलाई उनले मिथ्या सावित गर्ने अवसरका रूपमा कति उपयोग गर्छन्, यसैमा उनको भावी राजनीतिक जीवन, इतिहासले गर्ने दया, शान्ति सम्झौताको सार्थक परिणाम र अग्रगामी परिवर्तनको दस्तावेज संविधानको निर्माण भर पर्दछ । जस्ालाई फेरिएको नाटक गर्नु थियो र जनतालाई मूर्ख बनाएर गद्दी सुरक्षित हुन्छ भन्ने थियो, आज तिनीहरू फेरि अर्काे रूप र रङ्गमा सल्बलाइरहेका छन् । मुख्य कुरा त्यसको पहिचान र प्रतिकार नै हो ।

संसारकै प्रतिक्रियावादीहरूले अहिले नेपालको सन्दर्भमा नारा लगाइरहेका र भूमिका खेलिरहेका छन्: ‘दुनियाँकै यथास्थितिवादी, प्रतिक्रयावादी, थैलीशाहहरू एक हौँ, नेपालका विचारसहितका अग्रगमनकारी विरुद्ध जाइलागौँ ।” त्यो ‘सिण्डिकेट’ले विभिन्न पार्टी, संस्था र आवरणमा रहेका आफ्ना दूतहरूलाई उचालिरहेको छ । भरथेग गरिरहेको छ । बहस सर्जकहरू, ‘माइन्ड मेनेजर’हरू र ‘मिडिया’हरूमा यत्रतत्र देख्न सकिन्छ । सामान्यजनमा भ्रम फैलाउनु, भय दोहन गर्नु, निराशा फैलाउनु अर्कातर्फ हरेक पार्टीभित्र घुसपैठ गर्नु आपसी वैरभाव सिर्जना गर्नु, तोडफोड गर्नु, मौलिक चिन्तन र स्वाभिमानी सक्रियता हुन नदिएर पराश्रति बनाइदिनुमा त्यस ‘सिन्डिकेट’को मुख्य अभियान केन्दि्रत देखिन्छ । उनीहरूले बुझेका छन्: सबै विषयको केन्द्र विचारसहितको सक्रियता हो । आन्तरिक र बाहृय क्षेत्रमा । कोही उपदेशकका रूपमा देखिएका छन् भने कोही अन्तरध्वस्त गर्ने दाउपेच खेलिरहेका छन । सबैको केन्द्र सोही ‘सिन्डिकेट’ हो । रूप, वचन र भूमिकामा जो-जस्तोसुकै आवरणमा पनि देखिन सक्छ, झुल्किन सक्छ । कोही आदर्शको वकालतमा देखिँदैछ- सकियो, भत्कियो, ध्वस्त भयो भन्दैछ भने अर्का कोण कोही उग्रता र जडताको आरोपमा । पेचिलो बन्दै गएको आन्दोलनले भने तिमी तिम्रो तरिकाले लड, हामी हाम्रै तरिकाले लड्छौँ भन्दै अघि बढ्दो छ ।

विश्व मानचित्रमा जमिनको आकारमा ९३ औँ स्थानमा पर्ने यो भूपरिवेष्टित भूगोलको आफैँमा एउटा सानु आकारको सार्वभौम राष्ट्र हो तर यसको सामरिक महत्त्व भने चानचुने छैन । त्यसैले यो मुलुक अहिले सबै वर्ग, विचार, अभियानको प्रयोगशाला बन्दैछ । आमूल परिवर्तनकारीहरूलाई आशा बनेको छ भने त्यो सिन्डिकेटलाई आतङ्क बनेको छ । आˆनै खुट्टामा उभिएको हेर्न नचाहने वा उभिन हुति नभएकाहरूको भने माओवादीप्रति दुइटा आरोप छ । ऊ फेरिएको छैन र विश्वसनीय छैन । छुतको रोगले नसमातेका सामान्यजनले यो के, कसरी र कसका लागि भन्ने प्रश्नको गहिराइमा पुगेदेखि मात्र आमूल परिवर्तनको दिशा र दशा खुट्याउन सक्छन् नत्र रणभुल्लमा जो कोही पनि पर्न सक्छ । अब प्रश्न उठछ- फेरिनु र विश्वसनीय हुनु भनेको के हो भन्ने । त्यो भनेको माओवादीहरू कुलीन, थैलिशाह, यथास्थितिवादी र विदेशी निर्देशकहरूको अरोटमा हाँकिनु हो । परिवर्तनका युगान्तकारी नारालाई बेवारिसे छोडिदिनु हो । बिर्सिनु हो । ‘बाबा की दुहाई’ भन्दै माओवादीले अब ती नारा र कार्यक्रम लागु गर्नु त के, सपनीमा पनि सोच्दैनौँ भन्नु हो । ‘प्रभु’को मार्गचित्रमा हाँकिन्छौ भन्नु हो । सूत्रमा हाँकिनु र सपना एवं प्रतिबद्धता विर्सजनमा हो । अथवा जडतामा हाकिएर पेरूका कम्युनिस्टको हविगत ब्यर्होनु हो अथवा सिर्जनात्मक बन्ने नाममा वर्गबैरीसँग आत्मसमर्पण गरेर ‘अफिसियल कम्युनिस्ट’मा दरिनु हो । हिन्दीमा एउटा उखान छ. ‘मिया की जुती मियाँ की सर’ अथवा, जसको हतियार उसैमाथिको प्रयोग । त्यसै भएपछि सबैखाले पात्र, प्रवृत्ति र शक्तिहरूको मथिङ्गल खराब भएको छ । उनीहरू तिल्मिलाएका छन् । वर्गसङ्र्घषको यो पेचिलो मोड कस्ौले जोखना गरेको भन्दा भिन्न तरिकाले आइदियो । बहसको केन्द्र र आन्दोलनको मुख्य भाग बनिदियो । सबै सबैलाई कित्ताकाट गरिदियो । त्यसैले सो सिन्डिकेटको अभियान अहिले सातबुँदे सहमतिलाई कसरी तुहाउने, अपव्याख्या र मूल स्पिरिट ध्वस्त पार्नेमा रहेको छ ।

सातबँुदे सहमति अहिले सनातनीहरूलाई काउसोको माला बनेको छ भने एमाले अध्यक्ष खनाललाई सत्ताप्राप्तिको तुरूप हो कि ? अग्रगमनसहितको शान्ति, त्यसको उचित व्यवस्थापनसहितको वैधानिक घोषणापत्र जारी गर्ने संविधान निर्माणको प्रतिबद्धता भन्ने प्रश्न तेर्सिएका छन् । जीवनमा उनलेे यस्तोे पहिलो कठिन परीक्षा दिँदैछन् । इतिहासमा के हुने- अग्रगमनको सारथि बन्ने कि विभिषणको पगरी गुथ्ने । यसै पनि जोखिमको यात्रामा रमाउने उनको स्वभाव होइन भने दृढ अडान नभएपछि लतारिने उनको नियति थियो, आरोप खेपिरहेकै हुन् ।

अग्रगमनसहितको शान्ति र सामाजिक रूपान्तरणको केन्द्रीय दस्तावेज संविधान बनाउने माओवादीहरूको अभियान हो । सामाजिक रूपान्तरण उसका आफ्ना ’एजेन्डा’ हुन् । उसलाई बेवारिसे छाड्न ऊ सक्दैन । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका लागि युगले भुक्तान गरेको मूल्य उसका सम्पत्ति र मार्ग निर्देशक हुन् । विचारको अभ्यासको आधारमा टेकेर विकास गरेपछि मात्रै सम्भव छ र समयको सम्बोधन गर्न सकिन्छ भन्ने उसको हिजोदेखिको प्रयोग हो । पछिल्लो अभ्यासक्रममा अग्रगमनप्रतिको प्रतिबद्धताको एउटा खुड्किलोको सहयात्रा मात्रै सातबुँदे सहमतिपत्र हो । सरकार र मन्त्रीका ‘पोर्टफोलियो’ गौण विषय हुन्, सातबुँदे सहमतिको मूल ‘स्पिरिट’ प्रमुख सवाल हो ।

(लेखक एनेकपा माओवादीका सल्लाहकार हुन् )

Thursday, January 27, 2011

नेपालले गुमाएका तीन महत्वपूर्ण अबसरहरु

By रामकुमार श्रेष्ठ


सत्तापक्षद्धारा अख्तियारी गरिने नीतिहरुले नै कुनै पनि देशको राजनितिक, सामाजिक र आर्थिक दिशाबोध निर्धारण गर्ने भएको कारण कुनै पनि देशमा राजनीति सकारात्मक समाज परिबर्तनको प्रबल एवं सशक्त उत्प्रेरक वन्नु पर्छ सही ब्यक्ति चयन भएको खण्डमा। ब्यबहारमा जे भए पनि सैद्धान्तिक रुपमा भने बिस्व सामू आफ्नो भूमिकालाई कसरी प्रभाबशाली बनाउने भन्नेतिर बिकसित देश आफूकहाँ बिद्यमान सामाजिक सुरक्षालाई अरु प्रभाबकारी बनाउँदै बिस्व रंगमन्चमा आफूलाई शक्तिशाली बनाउने तथा बिस्वब्यापी समस्या न्यूनिकरण जस्ता प्रश्नमा अधिकाधिक केन्द्रित हुन्छन भने अबिकसित देश एकाइसौं शताब्दीमा पनि जनताका नैसर्गिक आवश्यकताको परिपूर्ति जस्ता कुरा र अनियन्त्रित र अब्यबस्थित क्षेत्रहरुलाई कसरी नियन्त्रित र ब्यबस्थित बनाएर अगाडि बढने भन्नेमा नै संघर्षरत भएको पाईन्छ । समाज परिबर्तन जटील एबं कठीन प्रकृया र कार्य भएकोले यस्को लागि आफूलाई सरल र स्वार्थ रहित इमान्दार ब्यक्तिको रुपमा प्रस्तुत नगरेसम्म उपर्युक्त उद्धेश्य परिपूर्तिमा योगदान दिएको देखिनुको अलावा बाधक बनेको महसूस समाजले गर्नु पर्ने परिस्थिति सिर्जना हुन सक्छ । सबै राजनीतिकर्मीहरु आफूलाई देश र जनताप्रति समर्पित भएको र समाज परिबर्तन नायक बनिरहेको प्रमाणित गर्न भर मग्दूर प्रयाश गर्छन् भलै राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर समाजलाई यथास्थितिमै राख्ने अथबा अझ पछाडि धकेल्ने गरेका नै किन नहुन । यस प्रबृतिले गर्दा समाज परिबर्तनका आवश्यकता र नाराहरु यथार्थमा रुपान्तरण हुने संभाबनाका ढोकाहरु बन्द प्रायः अबस्थामा पुग्नु कुनै आस्चर्यजनक कुरो होइन । अतः साँच्चै समाजलाई अग्रगामी दिशातिर उन्मुख गराउने नै हो भने राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाउनेहरुको पन्जाबाट मुक्ति दिलाउन नसकिएसम्म यस जटील एबं कठीन उद्धेस्य प्राप्ती संभब नदेखिने भन्ने कुरामा शायदै दुई मत होला ।

पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः राजनीतिकर्मीहरुमा सरलता र इमान्दारिताको अभाब टडकारो रुपमा देखा प-यो । पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्तताले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । नयाँ बोत्तलभित्रका नयाँ रक्सी पुरानो रक्सीभन्दा कडा भएको भन्न हिचकिचाउन गा-हो मान्न पर्ने परिस्थिति सिर्जना भयो । यथार्ततालाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्थताहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई । बिगतका भ्रष्टाचारीमाथि कारबाही गर्नु र भ्रष्टाचार नियन्त्रणको संयन्त्र तयार गर्नुको अलावा झन झन भ्रष्टाचार बढ्दो रुपमा देखा पार्नु, जेलमा परेका भ्रष्टहरुलाई समेत बाहिर ल्याउनु जस्ता संपूर्ण गतिबिधिले सो समय नेपाल र नेपालीको दुर्भाग्य मात्र नभएर इतिहासमै अति कलंकित समय साबित भयो भन्न हिचकिचाउने ठाउँ राखिदिएनन – यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड र त नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । चुनाव परिणामपस्चात बिगतका गल्ती कमजोरीहरुमा गरिनु पर्ने पस्चातापको अलावा सोही गल्ती कमजोरीलाई नै बिना हीनताबोध निरन्ततरता दिनु र स्वार्थपूर्ण अनेकन प्रत्यक्ष अप्रत्यक्ष नाटक मन्चन गरिनुको परिणाम देश अरु अनपेक्षित तवरले विस्व राजनीतिमा रेकर्ड कायम नयाँ किसिमका लज्जास्पद समस्याहरुको भुमरीमा जकडिन पुग्यो ।

प्रजातन्त्र पुनर्स्थापना पस्चातको नेपालको राजनीतिमा देशले निस्चित दिशाबोध गर्न सक्ने संभाबित तीन सुअबसर चुकाएको देखिन्छ : पहिलो थियो नेपाली कंग्रेसले स्पस्ट बहुमत प्राप्त गरेको बेला नाताबाद, कृपाबाद, फरियाबाद, अन्याय, अत्याचार, भ्रस्टाचार, दुराचार आदिको बिरोध गरेर देशमा भएको प्रजातन्त्रको पुनर्बहालिपछिको चुनाबमा नेपाली कांग्रेसले स्पस्ट बहुमत हासिल गरेपस्चात उस्लाई निर्धक्कसंग सरकार चलाउन कुनै कठिनाइ थिएन जे जस्ता किसिमका निर्णयहरु लिएर जस्तो किसिमले काम गर्नको लागि पनि समस्या नभएकोले । त्यसपछि एउटै पार्टीले स्पस्ट बहुमत ल्याएको अवस्था नभएकोले त्यसरी ढुक्कसंग काम गर्न सक्ने परिस्थिति दोहोरिन सकेन । जन चाहना र देशको आवश्यकतानुरुपका बिषयहरुलाई प्राथमिकता दिदै संयमताका साथ नेपाली कांग्रेसले देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर हुने संभाबना प्रबल हुन्थ्यो भने नेपाली कांग्रेसको एकछत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिति र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा केही गर्छ कि भन्ने अपेक्षा गर्ने आधार रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारत नहुन सक्छ । कुर्सी पाउने बित्तिकै त्यत्रो बर्षको त्याग र संघर्षलाई बिर्सेंर आफूलाई शाशक र जनतालाई शाशितको रुपमा लिन थाली जे जस्ता आरोप लगाएर पञ्चायत फालिएको थियो तिनैलाई झन डरलाग्दो भूत बनाएर जगाउने काम गरी नयाँ नयाँ अनगिन्ती नाजायज धनाड्यहरुको जन्म गराएर देशलाई कंगाल बनाउने काम भयो । यसरी नेपाली कांग्रेसले नेपालमा आफ्नो एकछत्र शासन चल्न सक्ने बातावरण तयार गर्न सक्ने बातावरण हुँदाहुँदै पनि संयमता, राष्ट्रिय चिन्तन, खुला र बृहत सोंच र दूरदर्शिताको अभाबमा पार्टी र देश दुबैलाई लैजान सक्ने दिशातिर नलगेर बिपरीत दिशातिर जान पर्ने परिस्थिति सिर्जन गर्‍यो भने सीमित ब्यक्तिमा भएको एक तमासको रबैया र सो रबैयाको खुलेर बिरोध गर्न नसक्ने प्रबृतिको कारण सो पार्टीले आगामी दिनमा भोग्न पर्ने समस्याको बिकराल डरलाग्दो रुपको कालो बादल अझै हटेको महसूस गर्न सकिने स्थिती छैन ।

दोस्रो अबसर हो - तात्कालिन राजा तथा बर्तमान सामान्य नेपाली नागरिक ज्ञानेन्द्रले पार्टिहरुलाई पन्छाएर शासनको बागडोर आफ्नो हातमा लिएको बेला । सरकारमा रहंदा रहंदै पनि अनायास प्रधानमन्त्री लगायत संपूर्ण मन्त्रिहरु नाटकीय ढंगले एकाएक नजरबन्दको अवस्थामा रहन पर्ने जुन अवस्थाको सिर्जना भयो त्यस्ले के प्रमाणित ग-यो भने सैनिक मात्र नभएर प्रहरी प्रशासनले पनि बिशेष परिस्थितिमा कस्तो किसिमको भूमिका निर्बाह गर्दो रहेछ त । त्यस किसिमबाट शाशनको बागडोर आफ्नो हातमा लिएपछिको राजनीति एक किसिमले सुनसान जस्तो देखिन्थ्यो – सबै पार्टिको सामूहिक कार्यक्रममा समेत जनसहभागिता निरासाजनक नै हुन्थ्यो । यस किसिमको परिस्थितिलाई तात्कालिन राजा ज्ञानेन्द्रले राजनैतिक पार्टिहरुप्रतिको बितृष्णताको रुपमा मात्र बुझी दंभलाई अझ बढावा दिएको देखिन्छ । दरबार हत्याकाण्डबारे प्रकाशमा ल्याइएका कुराहरु र तात्कालिन युबराज पारसप्रतिको जनधारणाको यथार्तता बुझ्दा बुझ्दै पनि नबुझेको जस्तो गरी परिस्थितिको राम्रोसंग बिस्लेषण गरी कार्यनीति बनाउनुको अलावा पेलेर लाने नीति अख्तियारी गरे । नपाउनुपर्ने राज्य शक्ति दोश्रो पटक हात परेकै थियो, राजनैतिक गतिबिधि झन्डै झन्डै शून्य प्राय: थियो, सैनिक र प्रहरी प्रशासन लगायत संपूर्ण प्रशासन भने अनुसार संचालन गर्न समस्या थिएन । यस्तो अवस्थामा राजा ज्ञानेन्द्रको एउटै ध्यान हुनुपर्थ्यो - इमान्दार र सक्षम ब्यक्तिहरुलाई समेटेर देशमा केही गरेर देखाउने । यस्को लागि अन्य राजनीतिक शक्तिहरुको तुलनामा आफ्नो चाहनानुरुप काम गर्न उनलाई धेरै सहज बातावरण थियो । यदि उन्ले यस किसिमको नीतिलाई अख्तियारी गरेर देशमा केही गरेका भए सपनै सपनामा बाँच्न वाध्य जनताको लागि “के खोज्छस कानो – आँखा” भैहाल्थ्यो । संभबत दरबार हत्याकाण्ड , पारसको गतिबिधि र राजनीतिप्रतिको एक किसिमको बितृष्णताको पीडाबोध बिस्तारै बिस्तारै कम हुन सक्ने संभाबनालाई नकार्न सकिन्न ।

तर, त्यसो नभै जसो तसो चलिरहेको देश पुन: जसो तसोकै रुपमा नै चल्न थालेपछि जनता बेसाहर भए, पानी बिनाको माछा जस्तै भए । यस्तैमा तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद देशमा देखा परेका बारंबारका अनपेक्षित र अस्वाभाबिक अत्यन्तै पीडादायी वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर अन्य पार्टीहरुले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन पाए र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त ज्ञानेन्द्रद्धारा सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । ततपस्चात भएको संबिधान सभाको निर्वाचनमा सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्‍यो त्यस्को मलजल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर्ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन । स्पस्टत: संबिधान सभाको निर्वाचनपस्चात अन्तरिम संबिधानमा भएको सहमतीय पद्धतिलाई बहुमतियमा परिवर्तन गर्नुको परिणाम हो आजको नेपालको अवस्था र पनि अझै आत्मालोचना गरेर चरित्र सुधार गर्ने आँट कसैमा देखिएको छैन र त्यो मात्रै जनताको नजरमा क्षम्य हुने आधार हो भन्ने बुझ्न सकिरहेका छैनन ।

अन्तिम र तेस्रो अबसर हो - माओबादीले नेतृत्व गरेको सरकारपछि निर्माण भएको बर्तमान सरकार । यो सरकारको निर्माण प्रकृयामा नै देखिएको एउटा बिशेषता हो प्रजातान्त्रिक परिपाटीलाई नै हास्यास्पद बनाउने किसिमले सरकारको नेतृत्व गर्ने पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरु एकजना बाहेक सबै निर्वाचनमा पराजित हुनेहरु समाबेश गरिनु र त्यही एकजनाले पनि राजिनामा दिनु र अन्य पार्टीका तर्फबाट पनि धेरैजसो चुनाबमा पराजित भएकाहरु र बिभिन्न आरोपमा संलग्न भएकाहरुलाई नै सरकारमा समाबेश गराइनु । प्रधानमन्त्रीका सल्लाहकार पनि चुनाबमा पराजित भएका र नियमानुसार हुनुपर्ने निम्नतम शिक्षा प्राप्त नगरेका समेत राखिए । एक - दुई जनाको लागि आँखा चिम्लन सकिन्छ, तर यसरी प्रजातन्त्रको खिल्ली उडाउने र मुढेबल प्रयोग गरिनु भनेको नेपाली, प्रजातन्त्र र प्राप्त गणतन्त्रलाई खिल्ली उडाउने कदमभन्दा अरु के हुन सक्ला त? जे होस, यसरी चुनाबमा पराजित भएका र अनेक आरोप लागेकाहरुले यसरी गणतन्त्र आएपछि पनि नपाउनु पर्ने जुन मौका पाएका थिए सरकारमा बस्नेले यस्लाई जनताको आफूप्रतिको दृष्‍टिकोणमा परिवर्तन ल्याउने सुबर्ण अबसरको रुपमा लिएर देशको लागि केही गर्नु पर्थ्यो । तर दुर्भाग्य नानीदेखिको बानी भनिनु पर्ने अवस्था मात्र सिर्जना गरेनन बोल्न नहुने बोल्न र गर्न नहुने गर्नका लागि एकदमै खप्पिस जत्था भएको प्रमाणित गरेरै देखाए, नेपालका कानून दैबले जानून भन्ने कुरालाई बारंबार प्रमाणित गरेरै छाडे ।

यसरी बारंबारका प्राप्त सुबसरहरुलाई देशले गुमाउँदै आएको देखिन्छ र जनताका बारंबारका संघर्षपछिका परिवर्तनहरुपस्चातका आशाहरुमा तुषारापात गराइएको देखिन्छ । नेपालको राजनीतिमा बारंबार एकदमै अनपेक्षित परिणाम दिंदै आएका छन जनताले जस्ले नेपाली जनताको चेतनास्तरलाई प्रतिबिम्बित गर्दछ । जसरी नेपाली राजनीतिज्ञहरुले राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर बारंबार नेपाल र नेपालीलाई आस्वासन रुपी भाषणमा नै बाँच्न वाध्य बनाइरहेका छन, अवस्था अब पनि त्यसरी नै रही रहनेछ भन्ने कुरामा अब भने राजनितिज्ञहरु ढुक्क नभएकै राम्रो भन्ने सन्देशहरु देखा पर्न थालेका छन र ती अरु सशक्त रुपमा देखा पर्न सक्छन आगामी दिनहरुमा । अत: देशले अहिलेसम्म प्राप्त गरेका थुप्रै अबसरहरुलाई आफ्ना अत्यन्तै निहित स्वार्थहरुका कारण देश र जनतालाई जे जसरी व्याबहारिक रुपमा तिरस्क्रित गर्दै पीडा दिने काम गरेका थिए, अब पनि सही किसिमबाट बिस्लेषण गर्न र बुझ्न सक्तैनन भने त्यो चिनिको तीतो स्वाद महसूस गर्ने दिन निम्त्यानुभन्दा बढी केही हुनेछैन । भीरबाट लडने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न होइन । त्यसैले नेताहरुमा बेलैमा सदबुद्धि आओस - यही शुभ-कामना !

Friday, January 21, 2011

सीमा सुरक्षा बल बनाऊ

अनमिनको बहिर्गमनपछाडिको एउटा कारण भारतको चलखेल हो । उसले अनमिन फिर्ता बोलाउन अमेरिकालाई बारम्बार ताकेता गर्‍यो, दबाब दियो । 'यदि दक्षिण एसियाली सुरक्षा अप्रत्यक्ष रूपमा मेरो टावरमा रहन्छ भने नेपालबाट अनमिन फिर्ता हुनुपर्छ' भन्ने भारतीय दबाबका कारण ऊ बाहिरियो । अहिले हतियार बोकेको एउटा समूह क्यान्टोन्मेन्टमा छ । त्यो समूह देशमा विभिन्न ठाउँमा छरिएर रहेको छ । यसैगरी अर्को एउटा सैन्य शक्ति छ, जसले लोकतन्त्रीकरणको प्रक्रियाको चरण गुजार्न बाँकी छ भनेर अनमिनले पटक-पटक भन्दै आएको थियो । त्यो शक्ति देशका विभिन्न ब्यारेकहरूमा छ । यस्तो अवस्थामा नेपालको राजनीतिले मात्रै यसलाई कति दिनसम्म धान्न सक्ला ? उनीहरूको व्यवस्थापन, समायोजन, रेखदेखको कुरामा अलिकतिमात्रै तलमाथि पर्‍यो भने विद्रोही स्वभावका जनसेनामा बिष्फोट हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।


चार वर्षको बसाइपछि औपचारिक रूपमा अनमिनको बहिर्गमन भयो । क्यान्टोन्मेन्टमा बसेका अनमिनद्वारा अयोग्य ठहर्‍याइएका लडाकालाई 'अयोग्य' भन्ने अधिकार अब नेपाल सरकारलाई हुन्छ कि हुँदैन ? अनमिनलाई नेपालबाट फिर्ता पठाउन जे-जति उपायहरू सरकारी प्रयत्नबाट गरिए, त्यसले नेपालको कूटनीति, शान्ति र राजनीतिमा कस्तो असर पार्ला ?

अनमिनको बहिर्गमनपछाडिको एउटा कारण भारतको चलखेल हो । उसले अनमिन फिर्ता बोलाउन अमेरिकालाई बारम्बार ताकेता गर्‍यो, दबाब दियो । 'यदि दक्षिण एसियाली सुरक्षा अप्रत्यक्ष रूपमा मेरो टावरमा रहन्छ भने नेपालबाट अनमिन फिर्ता हुनुपर्छ' भन्ने भारतीय दबाबका कारण ऊ बाहिरियो । अहिले हतियार बोकेको एउटा समूह क्यान्टोन्मेन्टमा छ । त्यो समूह देशमा विभिन्न ठाउँमा छरिएर रहेको छ । यसैगरी अर्को एउटा सैन्य शक्ति छ, जसले लोकतन्त्रीकरणको प्रक्रियाको चरण गुजार्न बाँकी छ भनेर अनमिनले पटक-पटक भन्दै आएको थियो । त्यो शक्ति देशका विभिन्न ब्यारेकहरूमा छ । यस्तो अवस्थामा नेपालको राजनीतिले मात्रै यसलाई कति दिनसम्म धान्न सक्ला ? उनीहरूको व्यवस्थापन, समायोजन, रेखदेखको कुरामा अलिकतिमात्रै तलमाथि पर्‍यो भने विद्रोही स्वभावका जनसेनामा बिष्फोट हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।

जोखिम अवश्य छ । किनभने अन्तर्राष्ट्रिय संगठनको अनुगमन र उपस्थिति नहुँदा र औपचारिक रूपले यहाँ नरहँदा द्वन्द्व फेरि चर्केको खण्डमा अरू पक्ष वा क्षेत्रीय शक्तिबाट हस्तक्षेपका खतरा बढ्छन् । तर, नेपालका प्रमुख राजनीतिक शक्तिका बीचमा संवादहीनताको स्थिति छैन, संवाद चलिरहेको छ ।

जिम्मेवारीपूर्ण भूमिका खेल्न सक्ने अवस्था पनि आउन सक्छ ।

योभन्दा पहिले सन् १९८७ मा श्रीलंकामा पनि एकपटक यस्तै भएको थियो । भारत सरकारले त्यसपछि त्यहाँ तामिलहरूको विद्रोहमा प्रभुत्व जमाउन खोजेको थियो । नेपालमा २००७ सालमा डा. केआई सिंहले दिल्ली सम्झौताको विरोधमा सशस्त्र विद्रोह गरेपछि भैरहवामा भारतीय फौज पसेर उनलाई समातेको थियो र नेपाल सरकारलाई बुझाएर सिंहदरबारमा कैद गरिएको थियो । पछि उनी त्यो सिंहदरबारको घेरा तोड्दै भागेर चीन गए । २००८ सालपछि भीमदत्त पन्तको नेतृत्वमा किसान विद्रोह हुँदा पनि भारतीय फौज पसेर भीमदत्तको टाउकै काटेको थियो । तर, अब त्यति सजिलो छैन किनभने नेपालका खोलाहरूमा धेरै पानी र रगत बगिसकेका छन् । नेपालको राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू सशक्त रूपमा विकसित भइसकेका हुनाले त्यो सम्भव छैन भन्ने आत्मसात गरेरै अनमिनलाई नेपाल आउन दिइएको थियो ।

अनमिनले देशका आन्तरिक शक्तिहरूबीचको द्वन्द्वबिराम/ युद्धबिरामको रेखदेख गर्नका लागि मात्र होइन, सम्भावित क्षेत्रीय शक्तिको हस्तक्षेपका विरुद्ध पनि एक किसिमले कबचको काम गरेको थियो । अनमिन गइसकेपछि 'हाम्रो भूमिका बढ्छ' भन्ने सोच्नेहरू पनि छन् । तर, त्यस्तो हस्तक्षेप अब गाह्रो छ, किनभने नेपाली नागरिकको चेतनाको स्तर बढिसकेको छ । पहिले चीनको सक्रिय भूमिका तुलनात्मक रूपमा नेपालमा कम थियो । तर, अहिले विश्वको दोस्रो आर्थिक र सैनिक शक्तिका रूपमा चीनको उदय भइसकेका हुनाले नेपाल एउटा छिमेकीको पोल्टाभित्र मात्र रहन नसक्ने स्थिति भइसकेको छ । नेपाल लेसोथोजस्तो चारैतिर दक्षिण अफ्रिकाले घेरिएको प्रकारको भूपरिवेष्ठित देश होइन । चीन र भारत दुवैसँग जोडिएका हुनाले एकपक्षीय हस्तक्षेपको सम्भावना ००७ साल, ००८ साल र २०१० सालसम्मको स्थितिको तुलनामा अहिले कम छ । अनमिन गएता पनि संयुक्त राष्ट्रसंघका स्थायी सदस्य र ५ भिटो पावर भएकाहरूका राजदूतावास पनि नेपालमाछन् । अन्तर्राष्ट्रिय चासो पहिलेका तुलनामा अत्यधिक वृद्धि भइसकेको छ । यहाँभित्रैका संवेदनाहीन दलहरूलाई खेलाउने र आफूअनुकूल घुमाउने काम हुन सक्लान् । तर, सन्तुलन र प्रतिसन्तुलन कूटनीतिक क्षेत्रमा बढिसकेका हुनाले हस्तक्षेप त्यति सहज सम्भव छैन । संयुक्त राष्ट्रसंघको भूमिकालाई भारतले अन्यत्र सघाए र समर्थन गरेतापनि दक्षिण एसियाको अनुभव भिन्न छ । काश्मिरमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पास गरेको प्रस्ताव अर्थात् जनमतसंग्रह गरेर 'कतातिर मिलाउने ?' भन्नेबारे त्यहीँकै नागरिकलाई निर्णय गर्न देऊ भन्ने कुरा भारतले मानेको छैन । त्यसैले, नेपालमा अनमिन सफल भयो भने दक्षिण एसियाका अरू विभिन्न क्षेत्र र विवादमा पनि संयुक्त राष्ट्रसंघको भूमिका बढ्ला, आफ्नो एकपक्षीय प्रभुत्व र प्रभावित क्षेत्रका रूपमा यो ठाउँ नरहला भन्ने उसलाई चिन्ता छ । त्यसैले ऊ अनमिनप्रति सकारात्मक कहिल्यै रहेन र उसका समर्थक नेपाली दल पनि अनमिनलाई छिटो विदाइ गर्नमा उद्दत भए ।

काश्मिरमात्र होइन, भारतले श्रीलंका, नेपाल, या बंगलादेशमा आफ्नो उपस्थिति र आफ्नो नै प्रभुत्व/प्रभाव रहेको सम्भिन्छ । खासगरी 'हिमालयको दक्षिणमा मेरो सुरक्षारेखा हो' भन्ने नेहरूको जुन डक्ट्राइन छ, त्यो अहिलेसम्म उसले फेरेको छैन । त्यसैले 'मेरो प्रभाव क्षेत्रमा अन्तर्राष्ट्रिय रेखदेख गर्ने संस्था किन आवश्यक ?' भन्ने उसको धारणा छ ।

भारतभित्र अनेक समस्या छन् । काश्मिर समस्या छ, उत्तरपूर्वी क्षेत्रमा विद्रोहीहरूको समस्या पनि छ, भारतभित्रै त्यहाँका नक्सलवादीहरूको आन्दोलन पहिलेको तुलनामा निकै ठूलो भएर बढेको छ । त्यसैले, आफ्नो सुरक्षामात्र ख्याल गरेर भारत बसे बेश हुन्छ । नेपाल, श्रीलंका, बंगलादेश, भुटानको सुरक्षाको भारी उसले बोक्नु जरुरी छैन । 'ह्वाइट मेन्स बर्डन' भनेर अफ्रिकी, ल्याटिन अमेरिकी देशमा पहिले कोलोनियल पावरहरूले हस्तक्षेप गरेका थिए । भारत 'साना छिमेकीहरूको सुरक्षाको जिम्मा मेरो काँधमा छ' भनेर अनावश्यक र कसैले दिन नचाहेको 'बर्डन' लिन खोज्छ । राष्ट्रियता र स्वाधीनताको भावना नेपालमा पहिलेभन्दा अहिले निकै बढिसकेको छ । भारतलाई पश्चिमी मुलुकहरूले हस्तक्षेप गर्दा मन पर्दैन । जे कुरा आफूलाई मन पर्दैन, साना छिमेकीहरूले पनि भारतले हस्तक्षेप गरेको मन पराउँदैनन् भन्ने कुरा भारतले बुझ्नुपर्छ

जनसेनाको सम्मानजनक समायोजन अहिलेको ठूलो आवश्यकता हो । नेपालको राष्ट्रिय सेनाले गणतन्त्रलाई आत्मसात गरिसकेको छ । त्यसैले उसलाई अविश्वासै गरिहाल्नुपर्ने अवस्था छैन । जनसेनाको त परिवर्तनका बाहकका रूपमा ठोस योगदानै भइहाल्यो । यो दुइटालाई लडाएर आफू पोसिन चाहनेहरू पनि होलान् । त्यसैले, यी दुवैलाई सम्मानपूर्ण रूपले राख्ने उपाय सोच्नुपर्छ ।

भारत र अन्य कैयन् देशमा सीमा सुरक्षा बल छ । तर, नेपालमा छैन । नेपालका कैयन् सीमास्तम्भहरू रातारात हराएका छन् । त्यसैले, जनसेनाको एउटा ठूलो हिस्सालाई राष्ट्रिय सीमा सुरक्षा बल बनाएर सम्मानजनक रूपले राख्न सकिन्छ । राष्ट्रिय सेना र जनसेनालाई नेपालको राष्ट्रियताका धरोहर र राष्ट्रिय स्वाधीनताका एकअर्काका पूरक खम्बाका रूपमा स्थान दिएर अगाडि बढाउन सक्ने हो भने नेपालको राष्ट्रियता मजबुत हुनेछ । र, नेपालमा हस्तक्षेप गर्न चाहने, नेपालको स्वाधीनतालाई नजरअन्दाज गर्नेहरूका लागि दह्रो जवाफ पनि हुनेछ । त्यसैले, अरूको दलाली गर्नुभन्दा राष्ट्रिय ठूला पार्टीहरूले राष्ट्रको हितलाई सर्वोपरि मानेर दुवै सेनालाई सम्मानजनक र राष्ट्रियताका परिपूरकका रूपमा सन्तुलित विकास गर्नु अहिले आवश्यक छ ।
gopalbir@yahoo.com

@Nayapatrika


Sunday, January 9, 2011

नेपाल-भारत सिमाना सम्झौता र व्यवस्थापन

एकनाथ आचार्य

नेपालको भारतसँगउत्तर- पूर्वमा ताप्लेजुङदेखि झापाहँुदै कञ्चनपुर, उत्तर-पश्चिममा दार्चुलासम्म २६ जिल्ला र १८ हजार आठ किमि लम्बाइ सिमाना जोडिएको छ । नेपाल, चीन र भारतसँग दार्चुला र ताप्लेजुङ जिल्लामा ट्राइजक्सन विन्दु सिमाना जोडिन्छ । तीन देशको एउटै विन्दु हो होइन अनुगमन गरी निश्चित गर्नुपर्ने एउटा महत्त्वपूर्ण विषय हो । १८१६ मा सुगौली सन्धि भए पश्चात नेपालमा नाप नक्सा गर्न सक्ने दक्ष प्राविधिक जनशक्ति नभएका कारण तत्कालीन बि्रटिस सरकारबाट १८१७ देखि १८८३ सम्म पटकपटक एकलौटी सीमाङ्कन गरी तयार भएका सीमाक्षेत्रका नक्सा नै आधिकारिक हुन गए । दुवै देशले अधिकारीहरू नियुक्त भई विभिन्न ८८७ स्थानमा जङ्गे पिलर कायम गरी सीमाङ्कन भएको नक्सालाई मान्यता दिइएको देखिन्छ । नेपाली र भारतीय जनताले ती जङ्गे पिलरलाई यथार्थ सीमा स्तम्भ हुन भनी मान्दै आएका छन् । उनीहरूको मन मस्तिष्कमा त्यो अटल छ तर ती जङ्गे पिलर धेरै ठाउँमा विस्तापित भइसकेका छन् ।

हाम्रो सिमाना मिचिँदा स्थानीय निकायका प्रतिनिधिले भारतीय पक्षसँग प्रतिकार गर्ने गरेका तर नसकेका जिल्लामा खवर गर्ने गरेका थिए । तत्कालीन नेपाली काङ्ग्रेसको सरकारको पालामा स्थानीय निकाय भङ्ग गरेपछि भारतीय पक्षबाट दिनानुदिन सीमा अतिक्रमण गर्नु, सीमा स्तम्भ, हराउनु, सीमा क्षेत्रनै बेवारीसे हुनुमा स्थानीय निकाय जनप्रतिनिधिविहीन बनाइनु पनि सीमासम्बन्धी समस्याको एउटा कारक तìव हो भन्न सकिन्छ ।

हाम्रो सरकारको दृष्टि बाहिर रहेका सिमाना क्षेत्र नजिक बसोबास गर्ने आम नेपाली जनता आˆना जग्गा, जमिन भारतीयबाट अतिक्रमित हँँुदा टुलुटुलु हेरेर सीमा सुरक्षा गरी बसेका छन् । ती राष्ट्रप्रेमी निरिह नेपालीलाई सरकारले सीमा सम्बन्धमा के जवाफ दिन्छ हेर्न सुन्न बाँकी छ ? अनलाइन समाचार अनुसार भारतका विदेश मन्त्री एसएम कृष्णाले भारतीय संसद्मा नेपाल भारतले संयुक्तरूपमा सीमाकङ्न गरी तयार गरेका स्टि्रप नक्सामा ९८ प्रतिशत सिमाना विवाद समझदारी बनिसकेकोले स्थानीयस्तरमा संयन्त्र विकास गर्न सहमति जनाइ सकिएको छु, भन्ने भनाइले के देेखाउँछ भने दुई देशका प्राविधिकले तयार गरेका नापी विभागका महानिर्देशक र सर्भे अफ इन्डियाका समकक्षीबाट दस्तखत भए भनिएका सिमानाका स्टि्रप नक्सा नेपालले गोप्यरूपमा राखी नेपाली जनतालाई गुमराहमा राखेको छ तर भारतले स्थानीय स्तरमा पुर्‍याइ ती नक्साले इङ्गित गरेका स्थानको सिमाना अतिक्रमण भएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

भारतले ९८ प्रतिशत सिमाना विवाद टुङ्गो लाग्यो भनेको विवादित स्थान सिमानाका -दूरी) लम्बाइका आधारमा हो ? वा विवादित स्थान र क्षेत्रफलका आधारमा हो ? निक्र्यौल कहिले, कस्ले गरेको हो ? खुलाइएको छैन । इलाम जिल्लाको श्री अन्तु, बारा जिल्लाको झिटकैया, पर्सा जिल्लाको महादेव पट्टी, झापा जिल्लाको टाघनडुवासमेतका स्थानमा नयाँ विवाद भएको छ । ती विवादित स्थान थप गर्दा ५८ भन्दा बढी स्थानमा ६० हजार हेक्टर भन्दा माथि नेपाली जमिनमा सीमा विवाद भएको देखिन्छ ।

हालसालै प्रकाशित विभिन्न पत्रपत्रिकामा लेखिएका लेख, नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले औँल्याउनु भएका विषय तथा डा. शास्त्रदत्त पन्तको नेपालमा ‘र अ’ को चलखेल नामक पुस्तकमा लेखिएका सीमासम्बन्धी विषयमा सबै नेपालीका मनमा कौतुहल उत्पन्न भएको छ । निम्न जिल्लाका विवादित स्थान नेपालमा पारेर सीमाकङ्न गरियो कि भारतमा पारेर यसको यथार्थ विवरण सरकारले वाहिर ल्याउनु पर्दछ ।

कञ्चनपुर जिल्लाः- भारतले महाकाली नदीमा शारदा बाँध बनाउँदा मिचिएको भू-भाग -एमाले र काङ्ग्रेसले भारतलाई दिएको भन्ने बुझिएको) परासरमा रहेको पोखरी, रामपुर, विलासपुर, महाकाली पारी रहेका जङ्गल क्षेत्र । कैलाली जिल्लाः- भजनी गाविस वडा नं. ९ का वीरु विकको घर जग्गा तथा मोहना नदी क्षेत्र/बर्दिया जिल्लाः- परासन, सालपुर, गुलरीया नपाको दक्षिण चौगुर्दी, सुरजपुर, भचौर्की सरला क्षेत्र । कपिलवस्तु जिल्लाः- आरानाला क्षेत्र, रूपन्देही जिल्ला-बलैडा, सुगौली नाकामा सिमा मिची भारतले प्रहरी चौकी, प्रवेशद्वार, शौचालय बनाएको क्षेत्र । चितवन जिल्ला – चुरे पहाडको तल ठोरी जङ्गल र आवादी क्षेत्र/पर्सा जिल्ला- रक्सौल वीरगञ्ज रेल्वे सञ्च्ाालन गर्न भारतसँग खरिद गरी रेल्वे स्टेसन बनाएको जग्गा, अलौ, सिर्र्सिया, सिसवा, महादेवपट्टीमा नेपालीका नाममा लालपुर्जा भएको जग्गा/सुन्सरी जिल्ला-कोसी ब्यारेज क्षेत्र । मोरङ्ग जिल्ला- बरडङ्गा, लोहन्द्रा नदी क्षेत्र । झापा जिल्ला महेशपुर, पृथ्वीनगर, भद्रपुर नपा पारी पट्टी रहेको १ नं. जङ्गे पिलर नै भारततर्फ परेको । भद्रपुर मावि नजिकको भद्रपुर गलगलिया जोड्ने मेची पुलको पूर्व प्र.म. कृष्णप्रसाद भट्टराईले शिलान्यास भएको क्षेत्र नै भारतमा पर्न गएको, टागनडुवा वडा नं. २ को कमल मियाको २० मिटर जग्गा अतिक्रमण भएको सप्तरी जिल्लाः- कोसी ब्यारेज दक्षिण गोबरगड्डा क्षेत्र । इलाम जिल्ला पशुपतिनगर हिले, श्रीअन्तु, माने भञ्जाङ्ग क्षेत्र । बारा जिल्ला झिटकैया वडा नं. ६, ७, ८, ९ को करीव ६० बिगाहा जग्गा भारतीय अतिक्रमणकारी पक्षले जवर्जस्ती सीमास्तम्भ सारेर नेपालीको हातमा लालपुर्जा भएको अम्बिका राउत, बाबुलाल जैसवाल, जख्खुराम, जगदीस पासवान, जनकहजरा, गोनु हजराको घरसमेत भारतमा परेको भन्ने सम्बन्धमा र कचेर्वा, पिपरपट्टी, मटिअर्बाको करीव ५० बिघा जग्गा भारतले मिचेको क्षेत्र । दाङ्ग जिल्ला कोइलाबासदेखि भौवा नाकासम्म विभिन्न स्थानमा सिमा, दस गजा अतिक्रमण गरी बङ्करसमेत बनाएको । दार्चुला जिल्ला- कालापानी टिङ्कर, लिम्पियाधुरा कालीनदी उदगमस्थल र नवलपरासी जिल्ला सुस्ताका नौ वडामध्ये सात वडासमेत गरि नेपाली भूमि ६० हजार हेक्टर क्षेत्रफलभन्दा बढी भारतीयले अतिक्रमण गरि सिमा मिचेको स्थानको वास्तविकता पत्ता लगाइ बि्रटिस सरकारले सुगौली सन्धिताका बनाएको नेपाली पक्षलाई मान्य हुने आधिकारिक नक्साका आधारमा नेपाल-भारतबीचको सीमा यकिन गर्नुपर्दछ ।

सीमा स्तम्भ सम्बन्धमा सबैभन्दा बढी बारा र पर्सा जिल्लामा तथा नदी सीमाना भएका स्थानमा गायब भएका भनिएका छन् । भारतले अतिक्रमण गर्ने मनसुवा राखी सीमास्तम्भ बनाएन की ? अनुगमन गर्ने निकाय कुन हो ? किन भने सीमा सम्बन्धमा नेपालप्रति भारतीय दृष्टिकोण खराब छ । सिमानाका विषयमा भारत हाम्रो सच्चा मित्र हो भन्न सकिँदैन । नेपाल-भारत सिमानामा जम्मा कति स्थानमा नयाँ सीमास्तम्भ कायम गरिए ? सुगौली सन्धिमा लेखिएका स्थानमानै सीमा स्तम्भ कायम गरिए, गरिएनन् सबैभन्दा महत्त्वपूर्ण यथार्थ विषयनै यही हो । नेपाल भारतको सीमाना लिक्विड सिमाना की फिक्स सिमाना के हो ?

नेपालका प्रधानमन्त्रीको निकट भविष्यमा भारत भ्रमण हँुदैछ । भारतले त्यस बखत ९८ प्रतिशत सिमाना समस्या समाधान भयो भनि सीमासम्बन्धी सन्धि सम्झौता र देउवा सरकारका पालादेखि थाती रहेको सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने गराउने भन्ने सुनिन आएको छ ।

नागरिक समाज, बुद्धिजिवी र विज्ञहरू यस्ता विषयमा चनाखो हुनु पर्दछ । हामी सबैले सरकारलाई विश्वास गर्नु पर्दछ तर आखा चिम्लेर होइन ? दोस्रो नेपालको नयाँ संविधान बनाउन बनेको संविधानसभाको सरकार हो । तेस्रो सबैभन्दा ठूलो दल सरकार बाहिर छ । चौथो सिमाना सम्बन्धमा राष्ट्रिय नीति देखिँदैन । सबै राष्ट्र भक्त नागरिक समाजका बुद्धिजीवी, सङ्घ, सङ्गठन, पार्टी, प्रतिनिधि, सीमाविज्ञ, वकिल, प्राध्यापक बसी छलफल गरी तुरुन्त सीमासम्बन्धी एक आवाज एक विचार हुने राष्ट्रिय नीति तय गर्नु पर्दछ । सिमानाका स्टि्रप नक्सा बाहिर ल्याई छलफल गर्नु पर्दछ । सतप्रतिशत सिमाना समस्या समाधान नभएसम्म कुनै सन्धि सम्झौता गर्नु हुँदैन । यी दुवै विषय हतारमा सन्धि सम्झौत्ाा भएमा भारतीय विस्तारवादको विरोध गर्ने राष्ट्रप्रेमी नेपाली भारतीय जेलमा हुने छन् र हाम्रा वीर पुर्खाले आज्र्येको हाम्रो देशको माटो भारतले लिनेछ ।

अतः भारतले धेरै स्थानका सिमानामा भएका विवादलाई साघुरो पार्न खोज्दैछ । भारतको कुटिल विस्तारवादी नीति बुझ्नु पर्दछ । हामीले हतारमा सम्झौता गर्न गर्‍यौं भने भारतले केही दिने, केही लिने कलुसित सोच राखी सुस्ता नेपाललाई दिने र भारतको अति सामरिक महत्त्वको

-भारतवाट चीन प्रवेश गर्ने सजिलो सुगम स्थान) कालापानी क्षेत्र भारतले लिने प्रस्ताव कुनै दिन नेपालसमक्ष राख्ने छ । यस्तै राजनीतिक अस्थिरता र तरलताको मौका छोपी सम्झौता गरी गराइ आˆनो स्वार्थ पूरा गर्ने छ । भारतको चाल बुझ्नुपर्दछ ।

यी दुवै क्षेत्र हाम्रा हुन् । हाम्रा पुर्खाको रगत मिसिएको माटो हो । विज्ञहरूको समिति बनाई विवादित स्थानको स्थलगत निरीक्षण गरी सुगौली सन्धिको प्रतिकूल नहुने गरी सुक्ष्म अनुसन्धान गरेर वास्तविकतामा पुग्नु पर्दछ । सतप्रतिशत सीमा समस्या समाधान भएपछि आवश्यकीय नाका राखेर सीमाक्षेत्रमा तारबार लगाउने र सीमा आवतजावतमा परिचयपत्रको व्यवस्था लागू गर्ने गरी सिमाना सम्झौता गर्न राज्यले आधिकारिक प्रतिनिधि तोकेर हस्ताक्षर गर्नु गराउनु पर्दछ ।

सीमा स्तम्भ बनाउन बाँकी स्थानमा बनाउने । थप गर्नुपर्ने स्थानमा थप गर्ने । सशस्त्र प्रहरीको सङ्ख्या वृद्धि गरी सीमास्तम्भको विवरण र जीपीएस यन्त्रसहित नक्सा उपलब्ध गराइ सीमासुरक्षाको जिम्मेवारी दिइ सीमाको स्थायी व्यवस्थापन भएमा पटक पटक सिमाना अतिक्रमण हुने पीडाबाट मुक्ति पाउनुको साथै भारतीय गिरोहको ज्यादती, बलात्कार, लुट, चोरी डकैती जस्ता जधन्य आपराधिक क्रियाकलापबाट छुटकारा पाउन सकिन्थ्यो र दुवै देशको मित्रतामा सुमधुरता गासिने थियो ।

-लेखक नापी विभागमा अधिकृत हुनुहुन्छ ।)

Saturday, January 8, 2011

साउथ ब्लकको रणनीति

टंक वनेम

राष्ट्र संघको सदस्य भई सकेको नेपाल,दश बर्षे माओवादी द्धन्द्ध र राजा बीरेन्द्रको वंश नास गर्ने नारायणहिटी काण्डले विश्वमा नेपाललाई राम्ररी चिनाइ सकेको छ। देश विदेशमा देशभक्त जनताहरुको जमात पनि कम भई सकेको छैन। यो अवस्थामा साउथ ब्लकको कस्तो ग्राण्ड डिजाइनले नेपाललाई घुँडा टेकाउन लाग्दैछ भन्ने कुरा गम्भिररुपले सोंच्नु पर्ने बेला भएकोछ। नेपाल भूपरिवेष्टित राष्ट्र हो। बंङगलादेश फूलबारीको बाटो हुँदै समुन्द्र मार्गसंम्म पुग्नेपारबहन संम्झौतालाई आलेटाले गरेर नेपाललाई चाहिने सुरुङ तथा पहाडी र हिमाली भेकमा राजमार्ग बनाउन गहुङगो औजार नुन, तेल साथै अति अवश्यक कच्चा पदार्थको अवश्यकता पूर्ति गर्ने माध्यम भारतसंग आत्म निर्भर हुनु पर्ने योजना र कार्यनीति धेरै अघिदेखि लागु हुँदै आएकोछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसंम्मका समथर मैदानमा बसोबास गरेका नेपाली जनताहरुलाई सांस्कृतिक र भाषामा एकात्मकता गर्न दिँदै खुला सीमानाको प्रयोग गर्ने शैली मित्रताको रुपमा हेरिए पनि साउथ ब्लक त्यो मित्रताको फाइदा लिन कम्मर कसेर लागेकोछ। नेपाल देशको नेपाली जनता भएर बाँच्नको लागि सुरक्षित वातावरणको ग्यारेन्टी हुन सक्दैन भन्ने पार्नको लागि अतिक्रमण, ज्यादति, लुटपाट, धम्किपूर्ण भाषा साथै अन्तराष्ट्रिय नियम मिचेर सीमाना नजीक उच्च बाँध र सडक निमार्ण गरी नेपालको लाखौं हेक्टर उब्जा योग्य जमीन माथि डुबाउ गर्ने कामद्धारा नेपाली जनताको मनोवल घटाउने र सीमाना अतिक्रमण जस्ता कार्यलाई जारी राख्ने साउथ ब्लकको अजिङगार नीतिका भित्रिया सूत्रहरु हुन।

अग्रगामी शान्तिको लागि सेफ ल्याण्डिङ गराउन माओवादीलाई ट्रयाकमा ल्याएको हो भन्ने मान्यता पनि भारत सरकारकै लागि खतराको घण्टी बजेकोले त्यो च्याखे दाउ थापेर सहयोग गरेको देखिन्छ । नेपालको माओवादी क्रान्तिले आगो सल्काउन थालेपछि भारतका विभिन्न प्रान्तमा त्यसको झल्का परिसकेको र त्यसलाई अझ सल्कन नदिनको लागि साउथ ब्लकले मध्यम मार्गको ट्रयाक अपनाएको थियो। भारतले माओवादीलाई सेफ ल्याण्डीङ गर्न सघाए पनि उसैको सत्तालाई लङगडो बनाउन नेपालकै यथास्थितिवादीहरुलाई मज्जाले गोटी बनाई आफ्नै दाउमा २२ दलको सरकार बनाउन सफल भएको थियो। अर्कोतिर मदेशको मुद्धालाई ब्यापक बनाएर धेरै नेपाली जनताको चाहनालाई दुई फ्याक बनाउन न्वारानदेखिको बल निकालेर मदेशको पुठ्ठामा आगो झोसी रहेकोछ। यदि यो मदेशको मुद्धामा साउथ ब्लक सफल भयो भने उस्को रणनिति अर्को चरणमा प्रवेश गर्नेछ। साउथ ब्लकको रणनिति यति शसक्त छ कि नेपालको हरेक क्षेत्रमा “र” को निर्णय नै सर्वमान्य हुने गरेकोछ। साउथ ब्लकको गिद्धे दृष्टि नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपाली जनताहरुले नेपाल र ग्रेटर नेपालको सवाललाई कसरी हेरीरहेका छन् साउथ ब्लकको भित्ता चनाखो भएर निरिक्षण गरी रहेको हुन्छ। साउथ ब्लक चाहान्छ नेपालको हरेक क्षेत्र र तप्कामा भारतको निर्णय सर्वमान्य होस। यदि सर्वमान्य नभए राजनैतिक दलहरुमा मन मुटाव र सत्ताको लडाइमा सहभागी गराएर आफ्नो स्वार्थको दुनो सोझ्याउँने पहिलो ब्रह्मसूत्र हो। साउथ ब्लकका विशेषज्ञहरु भन्छन् नेपालको हिमाली प्रदेशलाई दशगजा क्षेत्र (NO MAN'S LAND)को रुपमा छाडेर बाँकी भागलाई भारतीय प्रान्तिय क्षेत्रको रुपमा रुपान्तर गर्न साउथ ब्लकको भित्तामा नक्सा कोरिएकोछ। यदि त्यो योजना सफल भयो भने पहाड र मदेशको दुई पक्षलाई झगडाको ब्याडमा बेर्ना सार्दै आफ्नो कामना पूरा गर्न सकिन्छ। त्यो हो “नेपाल उत्तर खण्डे भारते” भन्ने ऋग्वेदिक अक्षरस शब्दलाई ब्याबहारमा परिवर्तन गराउनु हो।

साउथ ब्लकको अर्को प्लान अनुसार नेपालको प्राकृतिक सम्पदा र वातावरण नै बिगार्ने गरि नेपालबाट क्रसरका गिट्टी, बालुवा, ढुङगा सबै भारत निकासी गर्ने। लक्ष्मणपुर, टनकपुर बाँध र बाइस किमी लामो तटबन्ध निर्माणमा प्रयोग गरिएका नेपाली गिट्टी बालुवाले लाखौं हेक्टर नेपाली भूमि डुबाउने। भारत सरकारको केन्दि्रय योजना अनुसार निर्माणधिन आसामको गुहाटीदेखि उत्तर प्रदेशको नोयडा शहरसंम्म एक हजार एक सय साठी किमी लामो राष्ट्रिय राजमार्ग पूरा भएपछि नेपाली सीमानाका नेपाली जनता र नेपालले ठूलो क्षति बेहोर्नु पर्नेछ। यो राजमार्गले अर्को भूपरिवेष्टित रिङ रोडको काम गर्नेछ। भन्नुको अर्थ नेपालले आत्मा निर्भर गर्नको लागि भारतसंग अझ नरम हुँदै उस्को हुकुम शिरोपर गर्नु पर्ने हुन्छ। यो राजमार्ग पूरा भए पछि उत्तरबाट बग्ने नदी नालाको डुबानबाट सयौं घरबार बिहिन भई अन्यत्र बसाई जानु पर्ने हुन्छ। भारतीय सरकारको राष्ट्रिय योजना भनिए पनि यो निर्माणधिन राजमार्ग नेपाललाई कसरी घुँडा टेकाउन सकिन्छ वा नेपाली जनताको एकतालाई फुटाई नयाँ इतिहासको निर्माण गर्न सकिन्छ भन्ने साउथ ब्लकको स्लो मन्त्र हो नयाँ संविधान लेख्ने सवालमा पनि साउथ ब्लकको सक्रिय भूमिका रहेकोछ। उपचार गर्ने निहुँमा घरि घरि दिल्ली पुग्ने नेताहरुले त्यो भूमिका निर्वाह गर्दै आएका छन्। गोरखा ल्याण्डको सवाल तिब्र भएको बेला नेपालबाट होइन भारतकै मूल नेपालीहरुलाई गोरखा भर्तीमा मौका दिनु पर्छ भन्ने योजना बनाएर प्रचार प्रसार गरिनु पनि साउथ ब्लकको मकुण्डो हो मतलव मूल नेपाली भाषीहरुको संम्बन्धलाई टुक्रयाउँन साउथ ब्लक लागि परेकोछ। भुटानी शरणार्थीहरुको सवालमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक आफ्नै जनतामाथि बर्बरता लादेर वादशाही घोडा कुदाइ रहेका छन्। भनिन्छ त्यो घोडाको लगाम र घोडा बाँध्ने तबेलाको खम्बा साउथ ब्लकको भित्तामा गाडिएकोछ। साउथ ब्लकको योजना हो उत्तरी भारतको पहाडी बेल्टमा रहेका नेपाली मूलबासी जनताहरुको मूल जरा नेपाली भाषा, सांस्कृति, धर्म र नेपालीत्वको भावना जोडिएर ग्रेटर नेपालको सपना नबुनियोस। यसरी पूर्वमा अरुनाचलदेखि पश्चिममा देरादुन हिमाचलसंम्मका नेपाली भावनाहरुलाई टुक्रा टुका पार्दै नेपालभित्रै लेण्डुव दोर्जेको जन्म गराउनु साउथ ब्लकको रणनीतिक एवं कुटनीतिक चाल हो। मदेशमा दिनहुँ जस्तो नयाँ नयाँ पार्टीहरुको जन्म गराउने र अराजकताको आहालमा कमल फुलाउने भित्रिया सूत्र पनि दक्षिणी भित्ताको कालो बायु हो जस्ले असिना पानी हावा बतास आँधी हुरी साथै विभिन्न डर लाग्दा प्राकृतिक विनासका त्रासहरु बोकेर उत्तर लागेको हुन्छ।

वास्तवमा साउथ ब्लक के चाहान्छ?

नेपाललाई सधँभरी लङगडो बनाई राख्ने योजनामध्ये उत्तरका नाकाहरु खोल्नु भनेको आफ्नो ब्यापारको टाउकोमा आफैले घन ठोक्नु जस्तै ठान्छ। सबैभन्दा निम्नकोटीका कच्चा पदार्थबाट निर्मित माल समानहरुको बजार नेपाल भएको हुनाले उत्तर तिब्बत (चिन) नाकाहरुसंग बजारको होडबाजी गर्न नपरोस भन्ने चाहान्छ। नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइने अति बहुमुल्य जडीबुटीहरु भारतको बजार बाहेक अन्यत्र बिक्री नहोस भन्ने चाहान्छ। नेपालका तीजडीबुटीको अभावमा भारतका विशाल आर्यबेद्धिक अनुसंन्धान र अन्य औषधी उद्योगमा अरबौंको घाटा लाग्न सक्छ। हिमालबाट बगेका हिम नदीहरुबाट लाखौ मेघावाटका विजुली उत्पादन गर्न सकिने भए पनि नेपालले उत्पादन गरि दक्षिणी छिमेकीलाई ब्यापारको फाइदा लिन नसकोस, अहिले जस्तै अराजक राख्न सकियो भने उक्त विजुलीको माग दक्षिणबाट मह्ङगो मुल्यमा बिक्रि गर्न बारगेनिङ गर्न सकिन्छ। अवको २० बर्षपछि भारतमा पानीको अभावमा ठूलो हाहाकार हुने भएको हुनाले नेपालका नदी नालामा आफ्नो पक्कड भई रहोस भन्ने चाहान्छ। नेपाल आफै आत्म निर्भर भई रोजगारको ब्यावस्था सिर्जना हुन सक्यो भने नेपालबाट कौडीको भाउमा नोकरी खोज्न पुग्ने दरबान, कुल्ली, बहादुर, कान्छा र रातकी रानीहरु दिल्ली मुम्बाई जाने छैनन्। संसारको गरिव राष्ट्रको नाममा आएको सहयोग दक्षिणतिरै भेटी चढाउँनु पर्दैन। यदि नेपालका नेता र जनता एक भए भने सन १८१६ को अङग्रेज र नेपाल वीचको सुगौली संन्धी फेरि ब्यूँझन सक्छ। त्यो इतिहासको गर्भ फेरि पनि नजन्मियोस भन्ने चाहान्छ। सन १९५० सालको अर्को एक पक्षिय संन्धीले नेपाललाई फलामे साङलो लागाएकोछ त्यो साङलो सधँ बाँधी राख्न पाए हुन्थ्यो भन्ने चाहान्छ। नेपालमा भएका कुनै पनि सत्तासिन पार्टीले चिनसंग नजिकको संम्बन्ध कायम नगरोस भन्ने चाहान्छ। चिनसंग दह्रो सम्बन्ध कायम भएमा सीमाना अतिक्रमण गर्दै जाने साउथ ब्लकको योजना बिचैमा रोकिन सक्छ। नेपालका राजनितिक पार्टीहरुलाई फुटाएर अस्थिरताको परिस्थिति जन्माई चलखेल गर्न पाइने छैन त्यसकारण जसरी हुन्छ नेपालको निर्णायक र संम्बेदनशिल अवस्थामा नेपाली नेताहरु दिल्ली गएर दिल्ली मन्त्रबाट त्यो संङकट मोचन होस भन्ने चाहान्छ।

साउथ ब्लक र “र” दुई फरक नाम भए पनि उनीहरुको कार्य निति एउटै भएकोले नेपालमा ब्यापारी,पर्याटक वा नक्कली नेपाली नागरिकता लिएर बसेका “र” का एजेण्टहरुको छयापछयाप्ती संञ्जाल फैलिएकोछ। साउथ ब्लकको ऐजेन्ट भनेका तिनै बिरामी भई रहने रोगी नेताहरु हुन, जस्लाई उपचारको निहुँमा सधँ दिल्ली धाई रहनु पर्छ र साउथ ब्लकले फुकेको अक्षता खाए पछि जाति भएर फर्किनु पर्छ। यसरी साउथ ब्लकले चारैतिरबाट आफ्नो रणनितिलाई क्रमश दक्षिणबाट एक एक इन्चको हिसावले बाघे पंन्जाको नङग्रा उत्तरतिर सार्दैछ। यो शक्ति यति भित्रसंम्म पुगेकोछ कि भरखरै बारा र पर्साको सीमाना अतिक्रमणको विषय लिएर १८ दलले विरोध जनाउँदा ती ऐजेन्ट बनेका पार्टीहरुको मुखबाट कुनै प्रतिक्रियाको “प” निस्केन विरोधको “वि” शब्द उच्चारण भएन। राजनैतिक पार्टीहरुमा मात्र यो ब्याप्त छैन सामन्त, नोकरशाही, ब्यापारी, कर्मचारी, सेना, प्रहरी र संञ्चार माध्यममा समेत साउथ ब्लकको शक्तिले दह्रो पक्कड लिएकोछ। नेपाली राजनितिको मानशिकता र देशको माया गर्ने नेपालीहरुको स्वाभिमान सगरमाथा झैं ठिङ्ग उभ्न सकेको हुनाले साउथ ब्लकको योजना स्लो पोइजन जस्तै सबैतिरबाट विस्तारै कौटिल्य मन्त्रको प्रयोग गर्दै स्मोथ एटाकमा लागेको देखिन्छ। भरखरै चिनले सङखुवासभा जिल्लाको किमाथान्का सीमाना पारि राखेको चिनको सैनिक बेस क्याम्पबारे साउथ ब्लकले तिब्र ब्याङग्य प्रहार गरेको थियो। बिबिसी नेपाली समाचारमा त्यो भूपु जनरल मेहताको धोद्रे स्वरले भनेको थियो “ये नेपालके मामला है लेकिन हमारे देशकी सवालभी है”।

यसरी साउथ ब्लकद्धारा नेपाली स्वाभिमानमाथि दिन दहाडै आक्रमण जारी राख्दा स्वाभिमानको टाउके हुँ भन्ने लाउकेहरु कुसुलेको झाले रुमालमा छमछम नाच्ने पुतली झैं नाचि रहेका छन्। अब नेपालको अस्तित्व र स्वाभिमान बचाउ गर्न सक्ने भनेको नेपालका सम्पूर्ण देशभक्त नेपाली जनताको एकता मात्र बाँकी रहेकोछ। नेपाली जनताको भावनामा एकता हुन सक्दैन भने साउथ ब्लकको सपना पूरा हुनेछ। साउथ ब्लकको सपना पूरा हुन नदिनको लागि आफ्नो स्वभिमानको पहाड उभाएर मदेशको मायामा बाँच्न नेपाली जनताको एकता नैं साउथ ब्लकको सपनासंग जुध्न सक्ने धारिलो हतियार हो। देश विदेशमा भएका सम्पूर्ण नेपालीहरुलाई चेताना भया!

नोट : – साउथ ब्लक: भारतिय राजधनी नयाँ दिल्लीमा अग्रेजहरुको जवानामा एउटा विशाल भवन निर्माण गरिएको थियो। त्यो विशाल भवनको साउथ ब्लकमा प्रधान मन्त्री र परराष्ट्र मन्त्रालयको कार्यलय रहेकोछ। त्यहीँ भवनको साउथ ब्लकबाट नेपाली राष्ट्रियता कमजोर बनाउँने खेलको निरन्तरता जारि रहेको छ।