Showing posts with label Kapilvastu Day Movement. Show all posts
Showing posts with label Kapilvastu Day Movement. Show all posts

Monday, May 16, 2011

अस्ट्रेलियामा कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 16, 2011
 
Rate This
यही अप्रिल १५ तारीखका दिन २५५५ औं बुद्ध जयन्ती मनाउँदै सिड्नीको क्यानटेबरी सामुदायिक हलमा बसेको सिड्नीका सामुदायिक अगुवाहरुको भेलाले ११ सदस्यीय कपिलवस्तु दिवस रास्ट्रिय समिति, आस्ट्रेलियाको गठन गरेको छ  ।
समितिको आगामी बैठकहरुले क्रमश: अन्य स्टेटका प्रतिनिधिहरुलाई पनि रास्ट्रिय  समितिमा समाबेश गर्दै लाने गरी हाललाई  समितिका सदस्यहरुमा निम्न ब्यक्तिहरु चयन गरिएको छ :
१. निमा शेर्पा                         राष्ट्रिय संयोजक
२. डा नारायण प्रधान                संयोजक
३. चित्र तुम्बाहाम्फे                  संयोजक
४. लील गुरुंग                       संयोजक
५. भीमसेन सापकोटा               संयोजक
६. सुजन नेउपाने                    संयोजक
७. सानु घिमिरे                      संयोजक
८. यादब देवकोटा                   संयोजक
९. गंगा सापकोटा  ( पर्थ )         संयोजक
१०. सुदीप गौचन                    संयोजक
११. चंचल ढकाल                    संयोजक

Wednesday, May 11, 2011

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । 

Thursday, April 28, 2011

कपिलबस्तु: प्राचिन र बर्तमान

Posted by Ram Kumar Shrestha on April 28, 2011
 
Rate This
सन् १८१६ को सुघौली सन्धीपछि नेपाल र भारत  ईस्ट इण्डिया कम्पनीका वीचमा सीमाड्ढन हुँदा प्राचीन कपिलवस्तुको दक्षिणतिरको करिब आधा जस्तो भू-भाग भारतमा पर्यो । त्यसैले मगध नरेश अशोकले पुनर्निर्माण गरेका पुराना गुम्बा र बौद्ध बिहारहरु, भिक्षु आवास गृह, प्रार्थना प्रवचन तथा सभास्थलहरुका भग्नावशेषहरु, बस्ति, नौगढ महाराजगंज जिल्लामा भेटिन्छन् । श्रावस्ती, कुशीनगर, बैशाली राजगृह, पाटलीपुत्र, सारनाथ, बोधगया यात्राका क्रममा गौतम बुद्ध बाटोमा बिश्राम गर्ने ठाँउहरुमा निर्मित कतिपय स्तूपहरु भविष्यमा अरु पनि भेटिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न । तिनैलाई लिएर भारतले कथित कपिलवस्तु र कपिलवस्तुको राजधानी भन्नु पुच्छरले सिंगो शरिरको दम्भगर्नु जस्तै हो ।

कवि माधव घिमिरेद्धारा रचित “गाँउछ गीत नेपाली ज्योतिको पंख उचाली” भन्ने लोकप्रिय राष्ट्रिय गीतबाट “बुद्धले यही ल्याएथे शान्तिको पहिलो बिहान” जस्ता नेपालको बुद्ध भन्ने महत्वपूर्ण वाक्यांश हटाई ने.टि.भी. र रेडियो नेपालबाट प्रसारण गराउन थालियो ।

बिपक्षीमा मन्त्री परिषद्को सचिवालय, प्रधान मन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय संस्क्रिति मन्त्रालय, त्रिभूवल बिश्व बिद्यालय-अंग्रेजी बिषय समिति, संस्क्रिति  बिषय समिति र इतिहास बिषय समितिलाई राख्न बाध्य हुन पर् यो । उत्प्रेषण रिट दिएको एक महिनापछि पाठ्यक्रमबाट उक्त अंश हटाएर पढाउने निर्णय त्रि.बि.बि. ले गर् यो ।  
-नारायणप्रसाद पौडेल (लेखक लुम्बिनि कपिलवस्तु बचाऔ अभियानका अध्यक्ष हुनुहुन्छ र यो लेख धेरै पहिला लेखिएको कारण नेपालको परिबर्तित सन्दर्भमा कतिपय कुरा असान्दर्भिक देखिए तापनि सामग्रीको एतिहासिकता कायम गर्न परिवर्तन नगरी यथाबत राखिएको छ । )     
कपिलवस्तु शांख्य दर्शनका प्रणेता कपिलमूनिको तपोवन । कपिलवस्तु शाक्यबंशीय राजा शुद्धोधनको राजधानी । कपिलवस्तु सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको ठाउँ । कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला । यसको इतिहास नेपालभन्दा पुरानो छ । बुद्धभन्दा जेठो छ । कपिलवस्तु नेपाल नजानेकोले पनि जानेको छ । नेपाल नसुनेकोले पनि सुनेको छ । बरु नेपाल भित्रैका कपिलवस्तु जिल्ला भित्रैका बासिन्दाका लागि कपिलवस्तु अपरिचित होला, हुन पनि सक्छ, तर पुरातत्वबिद्, इतिहासकार, सांस्क्रितिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु  प्रेरणाको श्रोत हो । कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो  कपिलवस्तु । समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिक दिने ठाउँको नाउँ हो  कपिलवस्तु । संसारलाई हेर्ने दुईवटा आँखा दिने यस्तो ठाउँ शायदै अन्त कतै भेटिएला । पुरातात्विक संग्रहालय हो  कपिलवस्तु । डेढ अरब बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो  कपिलवस्तु । धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।

Sunday, April 10, 2011

कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित

काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।

कार्यक्रमका केही थप फोटाहरु: 

Saturday, July 3, 2010

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.

Originally, on December 1, 1896, Dr Anton Führer, a German archaeologist, had discovered the Buddha’s birthplace when he found the Asoka Pillar at Lumbini. Even though this site was first discovered by Khadga Shamsher Rana before Führer had reached the site but Führer is credited for this discovery as he brought it into light and made it known to the international community.

The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini.

After celebrating the Kapilvastu Day as the Global Day for the first time in history on December 1, 2009, we discussed on how to keep the program going ahead. Hence a 19 member committee (which will be of 21- member in the future) has been formed as the Kapilvastu Day Movement Global Committee under Ram Kumar Shrestha’s leadership. The committee is constituted as follows:

  1. Ram Kumar Shrestha Global Coordinator, UK
  2. Abi Sharma Coordinator, Canada
  3. Baburaja Maharjan Coordinator, Newzealand
  4. Bhanu Poudyal begin_of_the_skype_highlighting end_of_the_skype_highlighting Special Coordinator, Canada
  5. Binay Shah Coordinator, Hongkong
  6. Chandra Rai Coordinator, Canada
  7. Dr. Hari Kumar Shrestha Coordinator, Taiwan
  8. Hari Nepali Coordinator, Qatar
  9. Laxman Devkota Coordinator, Portugal
  10. Laxman Puri Coordinator, Nepal
  11. Mrs Laxmi Simkhada Coordinator, USA
  12. Om Gurung Coordinator, Japan
  13. Raj Shrestha Coordinator, Nepal
  14. Ramhari Shrestha Coordinator, UK
  15. Santosh Neupane Coordinator, Belgium
  16. Miss Sanu Ghimire Coordinator, Australia
  17. Shailesh Shrestha Coordinator, USA
  18. Shambhu Kattel Coordinator, USA
  19. Sujan Neupane Coordinator, Australia

To make the movement more effective and to simplify the decision making process of the committee a nine member secretariat has been formed and the secretariat members shall be the regional coordinators of corresponding regions as follows:

a) Baburaja Maharjan (Australia, Newzealand and surrounding countries),

b) Hari Nepal (Middle East),

c) Binay Shah and Om Gurung (Japan, Hongkong, China and surrounding countries),

d) Shailesh Shrestha (USA and South America),

e) Chandra Rai (Canada)

f) Santosh Neupane (Europe).

g) Raj Shrestha (SAARC)

The Global Coordinator shall be the Chief in the secretariat which shall be located in London.

Bhanu Poudyal begin_of_the_skype_highlighting end_of_the_skype_highlighting shall be designated as the Special Coordinator, to inform those who are misinformed particularly on Lumbini, and the birth place of the Buddha.

To smoothly spread the Movement’s Peace Mission at national and International levels a seven member Advisory Board shall be formed with the following members:

a) Mr. Agni Frank Eickermann (writer, Founder of Spiritual Teachers Training, Alpha Chi Consultants, and “Path into Light”, Speaker: Spirituality, Traditional Chinese Medicine, Feng Shui, Management solutions, Golden Age, USA),

b) Dr. Arzu Rana-Deuba (CA member and MP),

c) HE Deepak Khadaka (Consulate General, NSW, Australia),

d) Ms Domo Geshe Rinpoche (Spiritual Director, White Conch Dharma Center, USA),

e) Dr. Kavitaram Shrestha (writer and founder of Aswikrit Movement),

f) Mr. Rajendra Shrestha (former minister), and

g) HE Dr. Rishi Adhikari (Nepali Ambassador to Malaysia)

The Movement expects coordination and cooperation in attaining its objectives from Nepal government, intellectuals, journalists and all peace movement committed institutions from different part of the world and committed to give its hands to all peace loving institutions.

Published links:

Newsblaze

Nepstime

Calameo

The Himalayan Beacon

Kapilvastu Day Blog

Sherpaworld

Nepalisamachar

Sikhim

Mysnepal

Nepalarab

Cosmicenergy

Nepalmother

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

By रामकुमार श्रेष्ठ,

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।

अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबस मनाइने निर्णय गरिएको हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध हुन र उनी जन्मेको स्थान पत्ता लागेको सो दिनलाई महत्व दिइनु न्याय संगत नै देखिन्छ । गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।

उद्धेस्य:
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन नक्कली लुम्बिनी नै निर्माण गर्ने र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा बिभिन्न किसिमले चुनौती दिने काम भएकोले यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको रक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ ।

तयारी:
बिना कुनै संस्था बिना कुनै आयोजक विस्व दिवसको रुपमा कपिलबस्तु दिवस मनाउने कार्यक्रम गर्ने निर्णय गर्नु कम चुनौतिपूर्ण काम थिएन । शुरुमा यस बिषय बस्तुलाई समेटेर मैले नेपालीअंग्रेजीमा लेखेको लेखहरु १५ भन्दा बढी पत्रिकाहरुमा प्रकाशित गरेर प्रचार प्रसार शुरु गरियो । त्यसपछि नेपालबाट राज श्रेष्ठ र लक्ष्मण पुरी, क्यानडाबाट भानु पौड्याल, बेल्जियमबाट दामोदर प्रसाद आचार्य र सन्तोष न्यौपानेबाट लेखहरु र सामग्री तयार हुन थाले भने लक्ष्मण पुरीले कार्यक्रमको लागि पोस्टर तयार गर्नु भयो । त्यसरी नै कार्यक्रमकै लागि भनेर अस्ट्रेलियाबाट सानु घिमिरे र साबित्रा काफ्ले र यूएइबाट बसन्त मोहन अधिकारीबाट गीत, कबिता र गजलहरु प्राप्त भए । कार्यक्रमको लागि लोगो सन्जिब श्रेष्ठद्धारा तयार गरियो, तर त्यस्मा नेपाल शब्द कतै पनि नभएको तर दिग्भ्रमित बिस्व जनताका बीच गएर भ्रम निस्तेज गर्नका लागि नेपाल शब्द हुनै पर्ने भन्ने फ्रान्स निवासी हरिहर अर्यालको सुझाबलाई समयाबधि कम भएको र डिजाइनकर्ता काठमाण्डौ बाहिर भएको कारण कपिलबस्तु दिवस मनाउनु अघि परिवर्तन गर्न सकिएन र हाल त्यस्लाई परिवर्तन गरिएको छ ।

त्यसबेला यो अभियानले संस्थागत रुप लिने नलिने कुराको कुनै निस्चितता नभए तापनि यही अभियानकै प्रयोजनको लागि सामान्य ब्लग शुरु गरियो । बिस्तारै ईमेल, फेसबुक मार्फत अभियानको जानकारी दिने काम बढदै गयो भने Kapilvastu Day कै नाममा फेसबुकमा अकाउण्टफ्यान क्लब खोल्ने र ट्विटर अकाउण्ट खोल्ने काम अगाडि बढदै गयो । ट्विटर नेपालीहरुले खासै उल्लेख्य रुपमा प्रयोग गरेको नपाईएकोले अन्तरराष्ट्रिय सामाजिक सन्जाल फेसबुकलाई नै बढी उपयोग गर्ने किसिमले गतिबिधि अगाडि बढाइयो । यसै बीच अमेरिकाबाट प्रसारण गरिने अन लाइन रेडियो “हिमाली स्वरहरु” ले मसंग लिएको अन्तर्वाता मार्फत यस अभियानको बारेमा जानकारी अरु बिस्तार गर्न सहायक सिद्ध भयो ।

कार्यक्रमको स्वरुप र विवरण:
कपिलबस्तु दिबस कार्यक्रममा आयोजना गरिएका कार्यक्रमको स्वरुप एउटै नभएर बिभिन्न प्रकृतिका थिए । आ-आफ्नो अनुकूलतानुरुप बिभिन्न देशमा रहेका बिभिन्न समुदायले वैचारिक कार्याशाला गोष्ठी संचालन, कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना गर्ने गर्न अभिप्रेरित गर्ने, रेडियो मार्फत कपिलबस्तुसम्बन्धी सामग्रीहरु प्रशारण गर्ने, बिस्वबिद्यालयमा कपिलबस्तुसम्बन्धी पोस्टर टाँस्ने , केही नेपाली दूताबास र कन्सुल जनरलहरुले समेत कपिलबस्तुसंबन्धी जानकारीहरु प्रचार प्रसार गरिदिने तथा हामीले तयार गरेका सामग्रीहरु आगन्तुकहरुको जानकारीको लागि राखिदिने, कपिलबस्तुसम्बन्धी तयार गरिएका पर्चा बितरण गर्ने, फेसबुक तथा ट्विटर जस्ता विश्व स्तरीय सामाजिक सन्जालहरु मार्फत कपिलबस्तु र बुद्धसंग संबन्धित सामग्रीहरुको ब्यापक प्रबाह गर्ने, पुस्तक अनलाइन लोकार्पण गर्ने जस्ता कार्यक्रमहरु आयोजना गरिए ।

हामीले शुरुमा जे जत्ति अपेक्षा गरेका थियौं त्योभन्दा धेरै कार्यक्रमहरु आयोजना भए बिभिन्न देशमा । नोभेम्बर २७ तारिखमा अस्ट्रेलियाको न्यु साउथ वेल्सका लागि नेपाली कन्सुलट जनरल महामहिम श्री दीपक खडकाज्यूलाई उहाँकै कार्यालय सिडनीमा आयोजना गरिएको एक कार्यक्रम बीच सुजन न्यौपानेले कपिलबस्तु दिबसको पुस्तिका र लिफलेट हस्तान्तरण गर्नु भयो । डिसेम्बर १ मा अस्ट्रेलियन हिमालयन फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा अतिथिको रुपमा जानु हुँदा कन्सुलट जनरल महामहिम दीपक खडकाज्यूले थुप्रै बिदेशीहरुलाई कपिलबस्तु दिबसको बारेमा बताउनुका साथै यस कार्यक्रमको लिफलेट बितरण गर्न लगाउनु भयो । त्यसरी नै अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम श्री योगेन्द्र ढकालज्यूले कपिलबस्तु दिबसको पुस्तिका र लिफलेटहरु दूताबासमा आउनु हुने आगन्तुकहरुको जानकारीको लागि राखिदिने ब्यबस्था मिलाइदिनु भयो भने मलेशियाका लागि नेपाली राजदूत ॠषि अधिकारीले बुद्ध भारतमा नभएर नेपालमा जन्मेका हुन भन्ने जागरण कार्यक्रम गर्नु भयो ।

नेपाली साहित्य आन्दोलनमा अविछिन्न लागीरहनु भएका सक्रिय स्रष्टा, अस्विकृत आन्दोलन र बुट पालिस आन्दोलनका अभियन्ता डा.कविताराम श्रेष्ठले पुस्तकाकारमा प्रकाशित नभएको बुद्धको जीवनीमा आधारित अनुसन्धानमूलक उपन्यास “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” कपिलवस्तु दिवसको अवसर पारेर अनलाइन लोकार्पण गर्नु भयो । त्यसरी नै उहाँले ५०० भन्दा बढीको सहभागितामा स्वर्ण शिक्षा इ. माध्यमिक विद्यालय गोकर्ण काठमाडौँमा वैचारिक कार्याशाला गोष्ठी संचालन र कपिलवस्तु र बुद्धबारे साहित्यिक रचना सृजना उद्धेस्य सहित अस्वीकृत विचार साहित्य आन्दोलनको “कपिलवस्तु दिवश कार्यक्रम” आयोजना गर्नु भयो “हाम्रो गौरव कपिलवस्तु र बुद्ध” शीर्षकमा ।

नोभेम्बर ३० मा काफे काठमाण्डौ भान्कौभर, क्यानडामा बुद्ध, कपिलबस्तु, भारतीय दृष्‍टिकोण, बुद्ध र बुद्धको जन्मभूमि नेपालप्रति बिस्वको दृष्‍टिकोण जस्ता बिषयबस्तुमा छलफल कार्यक्रम भएको थियो । २९ नोभेम्बरमा क्यानडाको टोरण्टोको बिभिन्न चर्च, बौद्ध गुम्बाहरुमा पर्चा बितरण गर्ने कार्यक्रम भयो भने डिसेम्बर १ मा टोरण्टोकै डाउनटाउनमा पनि पर्चा बितरण गरियो । डिसेम्बरको मध्यमा टोरण्टोमा छलफल कार्यक्रम गरियो भने रेडियो हिमाल भानकौभरले डिसेम्बर ५ मा कपिलबस्तुसम्बन्धी जानकारीहरु प्रसारण गर्‍यो । भनकौभरकै एउटा विश्वबिद्यालयमा पनि पर्चा बितरण गरियो । Reading Reveallers’ Club ले डिसेम्बर १३ का दिन नेपाल र बुद्धिज्म, बुद्ध र कपिलबस्तु बिषयमा बिशेष छलफल कार्यक्रम आयोजना गर्‍यो । अस्ट्रेलियाको पर्थको The University of Western Australi मा पोस्टर टाँसियो । North American Nepali Student Association ले आफ्ना सदस्यहरुलाई अधिकाधिक पर्चा बितरण गर्न लगायो । जर्मनमा पनि पर्चा बितरण गर्ने कार्यक्रम भयो । फेसबुक मार्फत प्रशस्त सान्दर्भिक पोस्टिङ्हरु भए ।

कपिलवस्तु दिवसमा उत्तर अमेरिकामा रहेका प्रगतिशील नेपालीहरुको संजाल PNEFA र नेपाली बिद्यार्थीहरुको संजाल NANSA को भूमिका बिशेष देखियो। NANSA का अध्यक्ष शम्भु कट्टेलले आफ्नो सङ्गठनका सदस्यहरुलाई परिचालन गर्नमा निकै मेहनत गर्नु भयो। PNEFA का अध्यक्ष अबि शर्माको भेन्कुवरमा र PNEFA का महासचिव चन्द्र राई, सदस्यहरु सुवास दुतरज र गोबिन्द शिवाकोटीको भूमिका टोरोन्टोमा बिशेष रह्यो। सन्जय रेग्मी, झलक पौडेल, दुर्गा अधिकारी, माधव खनाल, उमेश फुयाल, एलिस पौडेल आदिले उत्तर अमेरिकामा महत्वपूर्ण भूमिका निभाउनु भयो।

यस अभियानलाई सफल बनाउनमा माथि उल्लेख गरिएका बाहेक हरिकुमार श्रेष्ठ (ताइवान), दामोदर पौड्याल (ह्यानोबर जर्मनी), मधुसुदन रिमाल (म्युनिख जर्मनी), होमराज आचार्य (वासिङटन डि.सि.), नित्यानन्द खनाल (सास्केटुन क्यानडा), शैलेश श्रेष्ठ (अमेरिका), प्रमोद ढकाल (क्यानडा) र राजेन्द्र न्यौपाने (भिक्टोरीया क्यानडा) ले खेल्नु भएको भूमिका पनि उल्लेख्य छ । त्यसरी नै संचारको क्षेत्रमा दैनिकी, मूलबाटो, हेचकेनेपाल, नेपाली समाचार, कुवेत नेपाल, नमस्ते यूरोप, नेपाल अरब, एबिसि, अन लाइन खबर, नेपाली इजरायल, प्रबासी नेपाली, गोर्खा अनलाइन, बगैचा, कपिलबस्तु, हिमाली स्वरहरु, डिसी नेपाल, प्रवासी नेपाली, नेपाल मदरको सहयोग प्रसंशनीय रह्यो ।

अस्ट्रेलियाको न्यु साउथ वेल्सका लागि नेपाली कन्सुलट जनरल महामहिम श्री दीपक खडकाज्यू डिसेम्बर १ मा अस्ट्रेलियन हिमालयन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अतिथिको रुपमा जानु हुँदा १०० भन्दा बढी बिदेशीहरुलाई कपिलबस्तु दिबसको बारेमा बताउने र यस कार्यक्रमको लिफलेट बितरण गर्न लगाउने, त्यसरी नै अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम श्री योगेन्द्र ढकालअज्यूले कपिलबस्तु दिबसको पुस्तिका र लिफलेटहरु दूताबासमा आउनु हुने आगन्तुकहरुको जानकारीको लागि राखिदिने ब्यबस्था मिलाइदिने, मलेशियाका लागि नेपाली राजदूत महामहिम ॠषि अधिकारीज्यूले बुद्ध भारतमा नभएर नेपालमा जन्मेका हुन भन्ने जागरण कार्यक्रम गर्ने र चीनका लागि नेपाली राजदूत महामहिम टंक कार्कीज्यूले भिसा शाखाबाट लुम्बिनीसंबन्धी सिडि र पर्चाहरु बितरण, दूताबासमा कपिलबस्तु दिबससंबन्धी छलफल र त्यहाँबाट चिनिया भाषामा प्रकाशित हुने पुस्तिकामा कपिलबस्तु दिबससंबन्धी जानकारी राखिदिने जस्ता कार्य/ निर्णय गरिदिनु भएर यस किसिमको राष्ट्रबादी गतिबिधिमा पुर्‍याउनु भएको सहयोग अत्यन्तै सह्राहनीय छ । क्यानडाको मिसासागामा सम्बिधान सभाका सभासद तथा भिक्षु माननिय आनन्दको उपस्थिति र अन्तरकृया कार्यक्रमको अध्यक्षताले अभियानलाई हौसला थपेको छ।

पररास्ट्र मन्त्रालयको वेब साइट प्रयोग गरेर संपूर्ण नेपाली दूताबास र कन्सुलट जनरलहरुलाई यस अभियानमा कुनै न कुनै रुपमा सहयोग गर्न अनुरोध गरी गरिएको पत्राचारमा करीब ३० वटा मेलहरु फर्किएबाट पररास्ट्र मन्त्रालयको जस्तो संबेदनशील मन्त्रालयको वेब साइट समेत अपडेट नगरिएको पाइयो । फलत: यो अभियानको पहिलो बर्षको कार्यक्रममा कुटनैतीक नियोगहरुका तर्फबाट अस्ट्रेलिया, चीन र मलेशियाका दूताबास र न्यू साउथ वेल्स, अस्ट्रेलियाको कन्सुलट जनरलको सहयोग र सहभागितामा नै सीमित रहन गयो ।

नयाँ किसिमको राष्ट्रियताको प्रश्न र चुनौति :

भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS [1] द्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ । उनीहरुको लागि महत्वपूर्ण बुद्ध र बुद्धका उपलब्धीहरु हुन, तर बुद्धका बारे प्राप्त जानकारीको श्रोतको नियतबारे भने उनीहरु अनभिज्ञ देखिन्छन । किनकि मौन अवस्थामा रहेका नेपाल सरकार, नेपाली संचार माध्यमहरु र बुद्धिजीविका कारण नेपालको तुलनामा धेरै गुणा सशक्त देखिने भारती संचार माध्यम र बुद्धुजीविको एकलौटी र एकतर्फी अभियानले बिस्वमा नै यतिसम्म प्रभुत्व जमाउन सफल भयो कि अधिकांश देशका पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी लेखाउने बातावरण बनिसक्यो र झन्डै ९०% चिनीया बुद्धिस्टहरु समेत यही भ्रमको शिकार भएको पाईन्छ । त्यसैले लुम्बिनीको कारण नेपालको रास्ट्रियतामाथि आँच आउने जुन किसिमको नयाँ समस्या देखा परेको छ त्यस्को निराकरण गर्नु हाम्रो सामू एउटा प्रमुख चुनौति हुन आउने देखिन्छ । यहाँनेर अनौठो कुरो के छ भने भारत सरकार यस अभियानमा मौन बसेको छ र उस्ले कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको छैन । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेर झन्डै अन्तिम अवस्थामा पुगिसकेको नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ । र बर्तमान सरकारका संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले पनि एउटा टेलिभिजन अन्तर्बार्तामा भारत सरकारले नै यस किसिमको दाबी आधिकारिक रुपमा नगरेको कुरा उल्लेख गर्नु भएको छ । भारतको आधिकारिक सरकारी निकायसंग पनि बुद्ध भारतमा जन्मेको आधार छैन भन्ने कुराको पुस्टि यो पत्रले पनि प्रस्ट पार्छ :

From: National Archives of India
To: Rana 1616
Sent: Tue, February 2, 2010 12:57:35 AM
Subject: Re: BUDDHA’S BIRTH PLACE/CONTROVERSY AGAIN/ THE POST-AMERICAN WORLD

F.No. 11-2/2010-R-I,
Government of India,
National Archives of India,
Janpath, New Delhi-110 001,
From: archives@nic.in
To : “Rana 1616”rana1616@yahoo.com
F.No. 11-2/2010 R-I
Subject: Buddha’s birth place.
Sir,
This has reference to your e-mail dated 18 January 2010 on the aforementioned subject. I am to inform you that the desired information is not available in the record holdings of National Archives of India. However, you may contact the following addresses for eliciting the desired information.
Yours faithfully,
for Director General of India,
Government of India.

त्यसो भए समस्या कहाँ त?
भारत सरकार बुद्ध भारतमा जन्मेको भन्ने बिषयमा मौन बसी कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको देखिन्न । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेपछि करीब ८०% काम सकाइ २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले जोडका तोड साथ काम हुँदा पनि नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ । २००९ मा भारतले कपिलबस्तु दिवस नै मनायो । के यो संभब छ कि भारत सरकार यी संपूर्ण गतिबिधिबाट अनभिज्ञ छ? के यो संभब छ कि आफ्न कार्यक्रम, लेख र पुस्तकहरु मार्फत दुनियाँभरको जानकारी भएको देखाउने किसिमले बिस्लेषण गर्ने अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरिया बुद्धको जन्म स्थानका बारेमा अनभिज्ञ छ? उस्को The Post American World जलाइयो, उन्को कार्यको बिरोध गरिएको कैयौं समाचार र बिरोधका प्रतिकृयाहरुका लिंकहरु पठाइएका छन, उनकै फ्यान क्लबमा उन्को त्यस कार्यको प्रसस्त बिरोध भएको छ, तर आजसम्म उन्ले नैतिकताका आधारमा कुनै पनि किसिमले क्षमा याचना गर्ने नैतिकता प्रदर्शन नगरी अमेरिकामा बसेर पनि भारतीय मानसिकताकै प्रदर्शन गरिरहेका छन । त्यसैले यो समस्याको जड भनेको नियत र नैतिकताको हो, यो समस्याको आधार भनेको छिमेकीसंग गरिने व्यबहारको पुरानै बानीको निरन्तरताको हो ।

भारत किन यसो गर्दैछ त?
यूनेस्कोले बिस्व संपदा सूचिमा पारिसकेको वास्तबिक लुम्बिनी नेपालमा हुँदाहुँदै नक्कली लुम्बिनी बनाएर जानाजान दुनियाँको अगाडि कुनै न कुनै दिन पूर्ण रुपमा नांगिने काम किन गरिरहेको होला त भारतले ? यस्का पछाडि ‘मानो लगाएर मुरी भित्र्याउने’ भारतीय नीति रहेको स्पस्ट देखिन्छ । किनकि बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायित भारतले बुद्धलाई बलजफ्ती भारती प्रमाणित गर्दै नक्कली लुम्बिनी मार्फत बिस्वको भ्रमित टुरिस्टलाई भारतमा भित्र्याएर दीर्घ कालीन फायदा लिने अभिप्रायले भारत यो दुस्प्रयास गर्दैछ सत्यका पर्यायबाचि बुद्धमाथि असत्यको खेती गरेर । कुरोको चुरो यही हो भन्ने देखिन्छ ।

समस्याको समाधान के त?
वास्तबमा यो समस्या लामो समयसम्म समस्याको रुपमा रहन सक्तैन यदि नेपाल सरकारले यस्लाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याको समाधनका लागि नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थानका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्ने हो भने यी समस्या र यी समस्याको प्रिस्ठभूमिमा रहेर देखा परेका र पर्ने अन्य समस्याहरु स्वत: कमजोर भएर जानेछन । जाकारीया जस्ता प्रब्रितिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन र उठाइहाले पनि कुहिराको काग हुनेछन । नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसंग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ता कि दिग्भ्रमित बिस्व जनमतमा भएको भ्रम निवारणमा सहयोग पुगोस । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्नु पर्दछ जुन कार्य ब्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुन सक्छ ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको उक्त गुरु योजना आधा शताब्दीभन्दा बढी समय ब्यतित भैसक्ता पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको र त्यसतर्फ कुनै चासो नै दिएको नदेखिएकोले यसतर्फ पनि नेपाल सरकारलाई घच्घच्याउनु आबस्यक देखिन्छ । यस्ले गर्दा बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याएर वास्तबिक कुरालाई स्वत: स्फूर्त रुपमा प्रचार प्रसार गर्न सघाउ पुग्छ ।

कपिलबस्तु दिवस अभियानको जिम्मेवारी के त?
नक्कली लुम्बिनी र विस्वभरी नै बुद्धको जन्मस्थलको सम्बन्धमा सिर्जना गरिएको भ्रमका कारण नेपालले दुई किसिमका समस्याहरु सामना गर्न परिरहेको छ: राष्ट्रियताको र पर्यटनको । दिग्भ्रमित हजारौं पर्यटक बुद्धको जन्मस्थल भन्दै भारत जाने गर्छन् यथार्थ बोध नहुनाले । यस किसिमका समस्याहरु सरकारी तर्फबाटै समाधानका लागि प्रयास गरिंदा समस्या समाधान छिटो र सहज हुने भएकोले नेपाल सरकारलाई नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्न र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थलका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्नका लागि दबाब दिइनु पर्छ । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्न झकझक्याउनु पनि यस अभियानले आफ्नो कर्तब्यको रुपमा लिनेछ नेपाल सरकार, नेपाली बुद्धिजीबि र नेपाली संचार क्षेत्रमा यस्तो संबेदनशील बिषयमा दायित्व बोधले प्राथमिकता पाउन नसकेको पृष्ठभूमिमा । त्यसरी नै यस किसिमका समस्याहरुलाई समाधान गर्न आफ्नो क्षमताले भ्याएसम्म बिभिन्न तवरले प्रयासरत रहनु यस अभियानको एउटा मुख्य जिम्मेवारी हुनेछ ।

हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन र माथि उल्लेख गरिएका कारणले गर्दा बिस्वका अधिकांश जनता दिग्भ्रमित छन । ती दिग्भ्रमित जनताका अज्ञानताका कारण PBS तथा गुगल जस्ता समस्याहरु देखा परिरहन्छन । सरकारको संलग्नता बिना यो समस्या समाधान बर्षौं लाग्न सक्छ कयौं बुद्धिजीबिको भगिरथ प्रयासको बाबजुद पनि । अत: समस्याको गांभीर्यताको कारण नेपाल सरकारको प्रत्यक्ष सकृय सहभागिता बिना समस्या समाधान सहज छैन, तर पनि सरकारलाई पनि आबस्यक दबाब दिंदै सबैले नागरिकीय जिम्मेवारी बोध महसूस गर्दै आ-आफ्नो क्षमताले सक्दो योगदान दिने हो भने निकट भबिस्यमा यो समस्या समस्याको रुपमा देख्न नपर्न पनि सक्तछ ।

१९७०-१९७२ को उत्खननमा कपिलबस्तुमा प्राप्त भएका २८ ट्रक पुरातात्विक महत्वका सामग्रीहरु भारतले लगेर अझै नफर्काएको कुराहरु उठिरहेका छन । भारतले भारतबाट बेलायतले लगेका सामग्रीहरु भारतलाई नै फर्काउनु पर्छ भनी अबाज उठाइरहेका छन भने हामी नेपालीले पनि यस किसिमका आबाज उठाउइनु असान्दर्भिक देखिन्न अन्तरराष्ट्रिय कानुन र उनीहरुकै दृष्‍टिकोणबाट पनि ।

कपिलबस्तु दिवस अभियानले गरेका गतिबिधिहरु:
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तरराष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने, रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । प्रो डा कबिताराम श्रेष्ठद्धारा लिखित बुद्धको जीवनीमा आधारित अनुसन्धनमूलक उपन्यास “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” छपाउने कार्य भैरहेको छ । त्यसरी नै यस्ले यस अभियान, बुद्ध, बुद्धिज्म, कपिलबस्तु जस्ता बिषयमा जानकारी मूलक हुने कपिलवस्तु दिवस भिडिओ बनाएको छ करीब १४ मिनेटको । यस किसिमका कार्यलाई अभियानको उद्धेस्य प्राप्तीका लागि भबिस्यमा अझ सशक्त पारिनेछ ।

अनौठो संयोग:
यो एउटा अनौठो संयोग नै मानिनु पर्छ कि यो अभियानमा सकृय हुनेहरु अधिकांश बिदेशमा बस्नेहरु नै देखिन्छन । शुरुमा समाचार प्रकाशित गर्नेदेखि लिएर यस अभियानमा सकृय हुनेहरु अधिकांश नेपाल बाहिर बस्नेहरु नै छन र यस अभियानका गतिबिधिहरु प्रचार प्रसार गर्न सहयोग गर्ने सन्चारका माध्यमहरु पनि नेपाल बाहिरबाट नै सन्चालन भैरहेका देखिन्छन । र यस्ले नेपाल बाहिर बस्नेहरु ब्यस्त जीवनका बाबजूद पनि देशप्रति जिम्मेवारी महसूस कुन हदसम्म गर्दा रहेछन भन्ने देखाउँदछ ।

संस्थागत:
उपर्युक्त चुनौतिहरुलाई सामना गर्दै उल्लिखित उद्धेस्यहरु प्राप्तीका लागि र अहिलेसम्म गरिदैं आएका गतिबिधिहरुलाई नियमित र अझ सशक्त किसिमले अगाडि बढाउन संस्थागत गरिनु पर्ने महसूस गरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा पछि दुइ जना थपी २१ जना पुर्याउने गरी हाललाई १९ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा), बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड), भानु पौड्याल, संयोजक (क्यानडा), बिनय शाह, संयोजक (हङकङ), चन्द्र राई, संयोजक (क्यानडा), डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान), हरि नेपाली, संयोजक (कतार), लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल) लक्ष्मण पुरी, संयोजक (नेपाल), लक्ष्मी सिंखडा, संयोजक (अमेरिका),ओम गुरुङ, संयोजक (जापान), राज श्रेष्ठ, संयोजक (नेपाल),रामहरि श्रेष्ठ, संयोजक (वेलायत), सन्तोष न्यौपाने, संयोजक (बेल्जियम), सानु घिमिरे, संयोजक (अस्ट्रेलिया), शैलेश श्रेष्ठ, संयोजक (अमेरिका), शम्भु कट्टेल, संयोजक (अमेरिका), र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) छन । अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी नौ जनाको सेक्रेटरियटको ब्यबस्था गरिएको छ, जस अनुसार बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र अर्को ब्यबस्था नहुन्जेलसम्मको लागि सन्तोष न्यौपाने (यूरोप हेर्ने) । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहनेछ । दिग्भ्रमित बिस्व जनताका बीच यथार्थ कुरा लैजाने जस्तो चुनौतिपूर्ण कार्य पनि यस अभियानको एउटा प्रमुख उद्धेस्य भएको कारण यस उद्धेस्य पूर्तिका लागि भानु पौड्याललाई बिशेष संयोजकको रुपमा चयन गरिएको छ ।

अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन हाललाई ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएको छ जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ र उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिनेछ ।

अभियान संस्थागत भएपछि यस्ले बिभिन्न देशमा बिभिन्न संस्थाहरुसंग मिलेर २५५४ औं बुद्ध जयन्ती मनाएको छ । वुद्ध जयन्ती मनाउने क्रममा यस्का उद्धेस्यहरु प्रस्ट्याउने क्रममा नक्कली कपिलबस्तुका प्रसंग पनि धेरै ठाउँमा उठाइएका छन र बिशेष: गरेर नेपालमा उज्यालो ९० नेटवर्क एफएमले कपिलबस्तु दिवस अभियानका सार्क संयोजक राज श्रेष्ठसंग कुराकानी गर्ने एउटा छुट्टै लामो कार्यक्रम आयोजना गरिदिएर र सिडनी अस्ट्रेलियाको नेपाली आवाज रेडियोले कपिलवस्तु दिवस अभियानका अस्ट्रेलिया संयोजक सुजन न्यौपानेलाई पनि वुद्ध जयन्तीसंबन्धी बिशेष कार्यक्रममा सहभागी गराइदिएर यस अभियानबारे जानकारी सर्ब साधारण बीच लैजाने राम्रो अबसर प्रदान गरिदिएका छन । कपिलबस्तु दिवस अभियानको बिस्व कार्य समिति गठन भएको समाचार करीब ४ दर्जन रास्ट्रिय अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित हुनुले पनि यो नयाँ अभियान प्रचार प्रसारमा सहयोग पुगेको देखिन्छ ।

उपसंहार:
कपिलवस्तु दिवस अभियानका उद्देस्यहरुलाई सरलीकरण संक्षेपिकरण गर्दा ब्यक्तिगत खुशी र सुखीपना तथा विस्व शान्ती प्राप्तीका लागि वुद्धका सन्देश तथा बिधिहरुलाई विस्वका जनताका बीच अरु घनिभूत गरिनु पर्ने एउटा पाटो हो भने अर्को पाटो हो सत्यका पर्यायबाची वुद्धको नामबाट नाजायज फायदा लिनको लागि सिर्जित भ्रम विस्वब्यापी भएको र सत्यको रक्षाकै लागि दिग्भ्रमित बिस्वका नागरिकहरुमा रहेको भ्रमलाई निस्तेज गरिनु पर्ने । यी उद्धेस्यहरु पुरा हुँदा अन्य उद्धेस्यहरु स्वत: पुरा हुनेछन । यी प्रश्नहरु बिशेषत: संपूर्ण नेपालीको साझा चिन्ताको बिषय भएकोले कलमकर्मी, संचारकर्मी र बुद्धीजीबिहरुले अन्य सर्ब साधारणहरुले जस्तै यस्को संबेदनशीलतानुरुप महत्वबोध गरिदिएर तदनुरुप आ-आफ्नो क्षमतानुरुप केही गर्न कार्यतत्परता दर्शाउने हो भने बिशेषत: दोस्रो पाटोको समस्या जटील हुँदा हुँदै पनि समाधान हुन समय नलाग्न सक्छ । बिस्व सामू नेपाललाई अरु बढी चिनाउन सहायक सिद्ध हुन सक्ने मात्र नभएर देशमा भैरहेको शान्ति प्रकृया र बिस्व शान्तिमा भैरहेका प्रयासहरुमा समेत सांकेतिक अर्थ र महत्व राख्न सक्ने हुनुका अतिरिक्त यस किसिमका कार्यहरुमा उत्प्रेरकको रुपमा काम गर्न सक्ने यस्तो निर्बिबाद अभियानलाई सफल बनाउनुलाई नागरिक कर्तब्यकै रुपमा लिएर ऐक्यबद्धता जनाएको खण्डमा वास्तबमा यो समस्या समस्याको रुपमा रहन सक्तैन लामो समयसम्म ।

[1] PBS is made up of more than 350 local public noncommercial TV stations and reaches more than 115 million people each month through on-air and online content, and, increasingly, in other platforms. PBS content is available on air through its local stations and, for many programs, online, in the form of podcasts, blogs, video clips, and full episodes.

Key programs include PBS KIDS & PBS KIDS GO! series, as well as NATURE, MASTERPIECE, ANTIQUES ROADSHOW, GREAT PERFORMANCES , BILL MOYERS JOURNAL, TAVIS SMILEY, WASHINGTON WEEK, FRONTLINE and THE PBS NEWSHOUR

Published links:

Kapilvastu Day Blog

Cosmicenergy

Nepalisamachar

DCNepal