Labels
- Article (43)
- Interview (4)
- Kapilvastu Day Movement (6)
- Miscellaneous (2)
- News (195)
- Own Pen (41)
- Science and Technology (7)
- Visual (2)
- अन्तरबार्ता (2)
- कथा/लघु कथा (1)
- गीत/कबिता (17)
- नियात्रा (2)
- लेख/निबन्ध/बिचार (37)
- समाचार (17)
Thursday, March 24, 2011
“आपोकालिप्सिस” : एउटा “आपोकालिप्सिस” ढाल्नुछ
Wednesday, January 12, 2011
एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर
- मधु माधुर्य ( हाल: मस्को ), कपिलवस्तु दिवस अभियान यूरोप संयोजक
कोठामा छिरेपछि
कविले सफेद पानामा "शान्ति" कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो
यता, कवितामा उसले
नारी-स्वतन्त्रताको खाका कोर्दै थियो
उता अस्पतालमा, उनको श्रीमती
गन्दै थिई कविको प्रहारले सिर्जेको
नीलडामरुपी टाटुहरु
मसँग कविले
पुरस्कार किन्नु राम्रो काम होइन भन्दै थियो
मेरो साथीसँगको गोप्य भेटमा कविले
यो सालको पुरस्कार र सम्मान
उसैलाई चाहियो भनी चाकडी गर्दै थियो
कविले आफूलाई
प्रकृति र सौन्दर्यको प्रेमी भन्यो
बगैंचा छिरेपछि
सुँघ्दै टिप्दै फूल निमिट्यान्न पार्यो
उसले कविता चोर्नु अपराध भन्यो
मौलिक कविता कोर्ने अभ्यास-क्रममा
उसले धेरै कविताहरुको आफैले अनुवाद गर्यो
अखबारमा प्रकाशित ती कविताहरुमा
आफ्नो नाम देखेर दंग पर्यो
उसको कविता जुलुसमा जान असमर्थ देखेपछि
ऊ आफै आन्दोलनमा उत्र्यो
पुलिसको २-४ डन्डी खायो,
ऊ जेल पर्यो र नेता बन्यो
जेलबाट निस्केको केहि महिनामा
विपक्षी दलको सरकारमा ऊ मन्त्री बन्यो
अहिले उसलाई
देश बोल्ने कविता मन पर्दैन
भोका कविका स्वरहरु मन पर्दैनन्
कसैले सीमा मिचेको /नक्कली कपिलवस्तु बनाएको प्रसंग मन पर्दैनन्
कुनै बेला ऊ आफैले कवितामा मागेको संबिधान मन पर्दैन
घुसखोरी र भ्रष्टाचार विरुद्धको कविता मन पर्दैनन्
उसैको विरोध गरेको भान हुन्छ कि के हो ?
कविको हूल देखेपछि उसले लाठीचार्ज गर्ने आदेश दिन्छ
ऊ त चिल्लो गाडीमा सलल ... उसलाई कल्ले चिन्छ ?
यो सबै नाटक देखिसकेपछि
मैले मेरो अन्तिम कविता च्यातें
र कवि नहिड्ने लामो बाटो हिंडे
लाकुरी भन्ज्यांग पुगेर थकाइ मार्न खोज्दा
बनभोज खानेहरुले "आलो-कविता" मागे
अलिकति आफैलाई चिमोटें
ऐना हेर्दा पो थाहा भयो -
निधारमै "कवि" कोरिएको रहेछ
हत्केलामै "कवि" कोरिएको रहेछ
नेपथ्यभित्र र बाहिरको दिनचर्या
मेरो कर्म पो रहेछ
र चीसो डाँडामा
आफूलाई अलपत्र छाडेर
म गाउँ पसेँ !
Sunday, January 9, 2011
समानान्तर दृश्यहरु
- डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !
भगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले -
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु
आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ?
पश्चिम फर्काउने हो भने
उसको आँखाले
असान्जको विकिलिक्स क्यामराले हालसालै खिचेको
बेडरुममा लम्पसार अमेरिकाको नाङ्गो फोटो देख्न सक्छ
मान्छेको औपचारिक/ नक्कली हाँसो देख्न सक्छ
र भड्किन सक्छ उसको वृत्ति, मनोवृत्ति र समाधि !
पूर्व फर्काउने हो भने
उसको आँखाले
भारतवर्षमा अर्को एउटा नकल्ली कपिलवस्तु देख्न सक्छ
जहाँ ऊ जन्मेकै छैन
संविधान बिनाको कुनै एउटा हिमाली देश देख्न सक्छ
बिदेशी हितको खातिर
आफ्नै देश बेच्न उद्दत नेताहरु देख्न सक्छ
उत्तर फर्काउने हो भने
विश्व- आर्थिक ठेकेदार तिब्बत मास्तिरको देश देख्न सक्छ
जहाँ औतारी “बुद्ध”हरूलाई “पर्सन नोनग्राड” घोषणा गरिएको छ
तल धरतीतर्फ फर्काउने हो भने-
द्वन्द्द,अभाव, आँसु, रगत, रोग, विनास र सन्तापका
सात समुद्र देख्न सक्छ
“मृत्यु उपहार” लिएर बस्ती-बस्तीमा
सान्ताक्लाउसको भेषमा
घुमिरहेका मनुवाहरू देख्न सक्छ
र मैले चुपचाप उसको टाउको आकाशतिर फर्काइ दिएँ
अब माथिबाट जल्ले जे खसाए पनि
बुद्धको टाउकामाथि टुटुल्को उठ्ने खतरा छंदैछ
अहोरात्र
बादलमुनि
ओसामाको घुँयत्रो-निशाना छल्दै
अट्टहासले मारेको मेलोसेभिच र सद्दामको कंकालको खोजीमा
“प्रजातान्त्रिक बम” लिएर उडदैछ
एउटा भोको
अथकित
आदिम चील !
०१ जनवरी २०११
हाल: मस्को, रसिया
Thursday, December 16, 2010
गजल (मेरो हो सुस्ता!!)
– पोष्टराज चापागाइ लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ? | |
Sunday, December 5, 2010
कपिलबस्तु दिवस: कतारमा दोस्रो कपिलबस्तु दिवस भब्य रुपमा सम्पन्न
३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।
कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्.....................
गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो
कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली
जहाँ जहाँबाट सक्छौ त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट
स्वागतम् ! ..............................
सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु
सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ
जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ
स्वागतम् !..............................
सम्मानैमा झुक्छ शिर यो अन्यायमा कहाँ झुक्छ
लाखौ कोशिश गरेपनि झुटको खेति कहाँ लुक्छ
देशले मागे हाँसी हाँसी ज्यानै दिन बानी हाम्रो
लुम्बिनी र गौतमबुद्ध यी आँखाका नानी हाम्रो
देश हाँक्ने नेताहरु रमाएनी ह्वीस्की पिउँदै
खबरदार आँखा नलाऊ नेपाली छन् अझ ज्यूँदै
स्वागतम् ! स्वागतम् ! ......................
Sunday, November 21, 2010
गजल
By उमा सुबेदी
Sunday, October 31, 2010
गलत लाग्छ मलाई मेरो देशको इतिहास
(घुम्ने मेचमाथि अन्धो मान्छे/भूपि शेरचन)
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर
र
ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
Friday, September 3, 2010
आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको – राम कुमार श्रेष्ठ
बान्की परेको अनुहार,
छरितो जीउ-डाल,
हरिणका जस्ता ठूला ठूला आँखा,
मोतीका दाना जस्ता दाँत,
घायल पार्ने मृदु मुस्कान,
सबैलाई लठ्ठ्याउने मीठो बोली,
परिस्थिति अनुसार जवाफ दिने सुन्दर कला,
त्यसैले
क्षमता होस् नहोस्
तिम्रो सामीप्यताको कल्पनामा डुबुल्की मार्छन् सबै जसो-
न त उपहार ल्याउदै भक्तिभाब देखाएर थाक्छन
न त प्रसंशा गरेर नै,
धेरै जीउँदो शहीद भैरहेछन् तिम्रो लागि-
विकास गर्ने भन्दा विकास खानेहरु,
आश्वासन पाउँनेहरुभन्दा आश्वासन बाँड्नेहरु,
प्रशासनद्वारा हाकिनेभन्दा प्रशासन हाँक्नेहरु,
योजना पाउनेभन्दा योजना बनाउने र बाँडनेहरु,
ब्यापारीहरु र पत्रकारको त झन कुरै भएन
“स्पोन्सर” गर्न ब्यस्त छन -
आखिर लगानी न हो,
Wednesday, August 11, 2010
प्रभू आशिर्बाद
प्रिय,
मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ -
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?
प्रिय तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ? -
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।
देख्यौ त प्रिय मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आबस्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।
लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।
२४ मइ, २००९
Published in www.mulbato.com Link: http://www.mulbato.com/?p=3413&cpage=1#comment-1943
www.dcnepal.com Link http://www.nepalipress.com/news_main_n.php?id=710
http://www.facebook.com/note.php?note_id=111418411275
http://nepalarab.com/literature_view.php?id=246
http://www.sahityasagar.com/2009/05/blog-post_692.html
http://www.samakalinsahitya.com/?show=detail&art_id=1268
http://www.nepalupclose.com/News-Details.aspx?PostID=14241
संकल्प
*रामकुमार श्रेष्ठ
उफ !
दिन निकै बितिसक्ता पनि
हामी त अझै अलमस्तिएछौं –
आफूले आफैलाई नबुझ्ने गरी;
हामी त आफै हराइ सकेछौं
आफ्नो पहिचान नै गुमाउने गरी ।
समय त आखिर समय न हो
आफ्नो गति लिइ छाड्छ;
त्यस्को गति नबुझ्नु त
हाम्रो आफ्नै कमजोरी हो
त्यस्को गतिमा आफू समाहित हुन नसक्नु त
हाम्रो आफ्नै लाचारी हो ।
हेर त –
संगै यात्रा गर्नेहरु मात्र पनि
कहां कहां पुगिसकेछन्
अनि
मानब-मानब बीचको अन्तराललाई निहार त
हामी त मानब मूल्यबाट नै बिाचत भै सकेछौं
तर पनि हामीलाई कति प्यारो हो
हाम्रो आफ्नै आलस्यता;
हामीलाई कति सुन्दर हो
हाम्रो आफ्नै गुड्डी हकाईंहरु;
हामी कति गर्बान्वित हौं
आफ्नै प्रशंसाप्रति
त्यसैले अब त अबिलम्ब
संकल्प गरिहाल्नु पर्छ
भोलि भोलिको कुसंस्कार तोडेर
हाम्रा यी कुलतहरुलाई तिलाजलि दिदैं
अबिरल कठोर यात्रा शुरु गर्न
र
बिहानको झुल्के घाममा त
हामीले निकै दूरी तय गरी सक्नु पर्नेछ
र धेरैलाई उठाइ सक्नु पर्नेछ
एक्काइसौं शताब्दी अनुरुपको
उद्धेस्य पुरा गर्न
हाम्रो साथ दिनु भनेर ।
एउटा आत्मा कहानि
*रामकुमार श्रेष्ठ
कामै भए पनि ए साथी हो
सुन न त एउटा आत्मा कहानि
गाइजात्रै गाइजात्रामा एउटा थपनि।
कसैले भनेन-
हिमाल तिम्रो हातबाट गुम्छ,
पहाड तिम्रो हातबाट गुम्छ,
तर ढुक्कसँग भनिदिएँ
अति गर्बसाथ हुँकारीदिएँ-
तराइ तिम्रो हातबाट गुम्छ-
कस्को छ यस्तो स्वच्छ अनि निस्कलंकित मन,
भित्र जे छ त्यही बोलिदिएँ,
मनको कुरा खोलिदिएँ-
राजदूत् होइन मन्त्री हुँ त
केको कुटनीति, भने भन्छन यसलाई सूदनीति !
लाज कस्ले केको लागि मान्ने यहाँ,
भ्रस्टाचार गर्नु गरेर पनि फुर्ति लगाउने ठाउँमा,
रातो पासपोर्ट बेचेर पनि शानको जीबन बिताउने गाउँमा,
पुरुष भएर सुत्केरी भत्ता खाएँ त के भो ?
लाटा सुधा जनताले बारम्बार पत्याएकै हो।
भाषाको तौर तरीका किन याहाँ
कुरोको चुरो चाहिन्छ जाहाँ,
बिरोधको लागि बिरोध गर्नु पो थियो -
चर्किरहेको बिबाद सेना समायोजनको,
बोल्न हुने नहुने थाहा के मलाई -
ओकलिदिएँ अन्तर्कुनामा लुकिरहेको थियो जो ।
गोर्बाच्योभले त शान्ति नोबेल पुरस्कार पाए,
मैले भने कठै बरा त्यो चिताउने कसरी हाय,
मैले जे बोलें त्यो पुरा भए पनि लछार्पाटो लाउन त सकिन्छ नै के र ?
कुर्सी ओगटिरहने सूत्राधार मात्र नभए होला त अरु के र ?
युगान्तकारी युद्ध
*रामकुमार श्रेष्ठ
युद्ध लडिरहेका छौ रे तिमी
देशमा आमूल परिवर्तन ल्याउन,
युद्धस्तरमा लाग्ने योद्धाको रुपमा चिनाउन,
तर तिम्रो यो कस्तो युद्ध हो कुन्नि ?
न कसैले कुनै परिवर्तनको अनुभूति नै गर्न पाउने,
न समाज परिवर्तनका कुनै सम्यन्त्र नै कसैले देख्न पाउने,
खैर केही छैन
परिवर्तनको अनुभब त तिमीले गरेका नै छौ,
अनि तिम्रा आफन्त, साथी-भाइ र आसेपासेले गरेका नै छन -
अरुले गरे नातावाद, कृपावाद, अन्याय, अत्याचार, भ्रष्टाचार
आफूले गरे बिकासको सूत्राधार -
शायद यही त होला तिम्रो युगान्तकारी परिवर्तनको परिभाषा
जुन तिमी दिने गर्थ्यौ
र आशाको त्यान्द्रो झुन्ड्याउदै
ठूलो समूह तिम्रो साथ दिदै पछि-पछि लाग्थे,
तर बिचराहरु खुइय: सुस्केरा हाल्छन पस्चाताप गर्दै आज -
उनीहरुको लागि त पुरानै घाऊ बल्झिरहेछ
पुन: पुन: दोहोरिएर पुरानै डरलाग्दो ईतिहास ।
युगान्तकारी परिबर्तनपछि त
देश शान्त हुनु पर्ने हो
आँधि हुरिपछिको स्वच्छ रमाइलो बातावरण जस्तै,
जनताहरु खुलस्त रमाउन सक्नु पर्ने हो
केटाकेटी अभिभाबकको मायामा रमाए जस्तै,
भाषण र आस्वासन खाँदा खाँदा
सुकेनासको महामारिको चपेटामा परेका जनताहरु
अब त बिकास खाएर निरोगी हुन पाउनु पर्ने हो,
भरपर्दो भाबिस्यसंगै निर्धक्क सुत्न पाउनु पर्ने हो
तर ख्वै ? के हो यो ?
सपना जस्तै लाग्ने बारम्बारका तथाकथित यी परिवर्तन
किन आइरहन्छन हामीलाई जिस्काउन ?
अब त हामीले गीता हात हातमा लिनु पर्यो -
महाभारतका कथा सुनाउदै
सही नयाँ नयाँ योद्धा जन्माउन,
जस्ले अर्जुनको जस्तो युगान्तकारी युद्ध लडन सकोस
समाजको लागि आवश्यकतानुसार
पितालाई पिताको रुपमा
अनि गुरुलाई गुरुको रुपमा दण्डवत गर्दै
धर्म रक्षाको लागि बाण चलाऊने आट गर्न सकोस,
नत्र त केटाकेटिको जस्तै
ख्याल-ख्यालको अर्थहीन वेहुला कति पटक फेर्ने ?
बिरालाले बच्चा सार्दै सिर्जना गर्ने छिन छिनको घर जस्तै
नपुंसक नालायक मान्छे मात्र कति फेर्ने?
त्यसैले अब त अर्जुन जन्माउने अभियानमा लाग्नु पर्यो
जस्ले युगान्तकारी युद्ध लडोस
र नयाँ युगको सूत्रपात गरोस्
जहाँ सबै
युद्धबाट फर्किएको श्रीमानको काखमा
श्रीमती भाब्-बिभोर हुँदै लुटपुटिए जस्तै
लुटपुटिन सकुन,
हराउन सकुन,
नझस्किकन ढुक्कसँग सुत्न सकुन ।
Published in www.shrijana.com on 16/10/2008 Link: http://www.shrijana.com/000/?p=606
देवता
*रामकुमार श्रेष्ठ
ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता
सवै नै चाहन्छन् त गर्छ के एउटा ।
जाने चुनाब पनि देवता हो रे वाद पनि देवता
नेता जति जनता भए जनता जति नेता ।
घाम पनि देवता हो रे जुन पनि देवता
देश उँभो लाग्दैन नि भ्रष्टाचारी फेर्दा ।
पानी पनि देवता हो रे हावा पनि देवता
जनता आफै बुझ्ने भए नेता खान्छन् कावा ।
धूलो पनि देवता हो रे माटो पनि देवता
अझै पनि गल्ती ढाक्ने धुत्र्याईं त्यागि देऊ नेता ।
देश नै आमा हो रे अनि हो रे देवता
इतिहासले धिक्कार्छ है नटुक्र्याउ यस्लाई नेता ।
मन पनि देवता हो रे भावना नि देवता
भाषणले बिगि्रसक्यो कर्म गर नेता ।
जताततै देवतै देवता ख्वै देखिन्न नि एउटा
सत्कर्मले जन्माउँछ रे जताततै देवता ।
२३ मइ २००८
Published link: http://www.khasskhass.com/devata.htmनमस्ते !
रामकुमार श्रेष्ठ
आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं
बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं
तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू
मन लागे स्वीकार मन नलागे नस्वीकार
तर मलाई थाह छ –
नस्वीकारेर पनि त धरै छैन नि
किनकि
तिमी पनि अनभिज्ञ त छैनौ कि तिम्रो सामू तेर्सिने हरेक नमस्ते
योभन्दा अब्बल दर्जाको हुने छैन –
ती कि त औपचारिकताबश पस्किएका हुन्छन्
कि त स्वार्थपूर्बक
आदरपूर्बक र श्रद्धापूर्बक पाउने नमस्ते त
तिम्रो जीबनमा इतिहास बनिसक्यो
जसरी कि गुन्द्रुक ढिंडो सुकुल अनि चप्पल
तिम्रो लागि इतिहास बनिसके ।
नेताज्यू तिमीले आफ्नो इतिहास त बिर्सिसक्यौ होला
तर हामीलाई त हिजै जस्तो लाग्छ –
तिमी मन्त्री भएपछि पत्नी सहित भोज जाने बेलामा
सारी साम्रोसंग लगाउन रेखा भाउजूले सिकाउनु भएको,
देउसी भैलो खेल्नेहरु आउँदा दिने केही नभएर
तिम्री श्रीमति पल्लाघरे दाइकहाँ लुक्न गएकी,
तिम्रो छोरो बिरामी पर्दा हामीहरुले चन्दा उठाएर जोगाएको,
तिम्री छोरीले उपल्लाघरे जानकीको जडौली घाँघरमा लाज जोगाएकी
तर
अब त तिमी अरबपति भएका छौ
ठूला ठूला कुरा गर्दै आफ्नो अनुकूलता कुराहरु तोडछौ मोड्छौ
मानौं सबै भेंडा हुन र सबै तिमीलाई पत्याइ रहुन्
आफै बुद्धू हुँदै अरुलाई बुद्धू बनाउने धृष्टता गर्छौ
त्यसैले तिम्रो यो बहादुरीलाई मेरो पुनः नमस्ते ।
देश त आमा हुन् भन्दै देशको मुहार फेर्ने बग्रेल्ती योजनाका कथाहरु सुनाउछौ
अनि त्यही आमालाई डुबाउने गरी भ्रष्टाचार गरी शोषण रहित समाजकॊ गीत गाउँछौ
नाताबाद कृपाबाद र फरियाबादमा चुर्लुम्म डुबी समानताको गुड्डी हाक्छौ
आफ्नो गल्ती लुकाउन अरुमाथि दोष निर्धक्क थुपार्छौ
आमाको चोक्टा लुछ्न खोज्दै र लुछ्दै राष्ट्रियताको मन्त्र जप्छौ
त्यसैले तिमी जस्ता पुरुषार्थीलाई मेरो नमस्ते ।
राजनीतिज्ञ नै नभए पनि सबैलाई जस्तै थाहा छ
गोर्बाच्योभ किन र कसरी अच्चम्मैसंग हराए
तर नेल्सन मण्डेलाको ९० औं जन्म दिनमा संसारमा सबै किन रमाए
लेण्डुप दोर्जे आफ्नो इतिहास संझदै आफै किन कहालिए
तर महात्मा गांधी इतिहासमा संधै संधै किन चम्किए
यति बुझ्न पनि नसक्ने सुस्त मनस्थिति भएका काला बिराले नेताहरुलाई
मेरो कोटी कोटी नमस्ते !
२९ जुन २००८
Published Link: http://www.nepaljapan.com/read.php?section=literature&topic=headlines&id=14214
http://www.khasskhass.com/namaste.htm
Broadcasted by Nepali Online Radio: http://nepaliradio.org/2009/07/16/103rd-episode/
NepalikavitaWednesday, July 21, 2010
नीद पनि जागै बस्यो, तिम्रो मीठो बोली सुन्न
नीद पनि जागै बस्यो, तिम्रो मीठो बोली सुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
दिन बित्यो बल्लतल्ल, रात ढल्न बाँकी नै छ
धैर्य मेरो टुटी सक्यो, आफैं गल्न बाँकी नै छ
ढुकढुकीकै पुकार रै'छ, सम्झाउँदा छुँदै छुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
कोल्टे फेर्दै सास तान्दै, आफैँ बीच बिझाउँछु
मेरो नीद तिमी त्यहाँ, कसरी म निदाउँछु !
परेलीको बाँध फुट्ला, सक्दिनँ म एक्लै थुन्न
एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न ?
Saturday, July 3, 2010
आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको
सुन्दरी प्रतियोगितामा बिजयी भएर ताज पहिरी
सिंहासनमा बिराजमान तिमी साँच्चै सुन्दरी छ्यौ रे -
बान्की परेको अनुहार,
छरितो जिउ डाल,
हरिणका जस्ता ठूला ठूला आँखा,
मोतिका दाना जस्ता दाँत,
घायल पार्ने म्रिदु मुस्कान,
सबैलाई लठ्ठ्याउने मिठो बोली,
परिस्थिति अनुसार जबाफ दिने सुन्दर कला,
त्यसैले
क्षमता होस नहोस
तिम्रो सामिप्यताको कल्पनामा डुबुल्की मार्छन् सबै जसो-
न त उपहार ल्याउदै भक्तिभाब देखाएर थाक्छन
न त प्रशंशा गरेर नै,
धेरै जिउँदो शहीद भैरहेछन् तिम्रो लागि-
बिकास गर्नेभन्दा बिकास खानेहरु,
आश्वासन पाउनेहरुभन्दा आश्वासन बाडनेहरु,
प्रशासनद्वारा हाकिनेभन्दा प्रशासन हाक्नेहरु,
योजना पाउनेभन्दा योजना बनाउने र बाडनेहरु,
ब्यापारीहरु र पत्रकारको त झन कुरै भएन
“स्पोन्सर” गर्न ब्यस्त छन -
आखिर लगानी न हो,
तिमी भने आसेपासेकाहरुलाई ठीक्क पार्दैमा ठीक छ-
शायद सुन्दरताको परिभाषा तिमीलाई नै थाहा छैन कि !
नत्र जति सुन्दरी प्रतियोगिता भए पनि
जति समयले कोल्टो फेरे पनि
ख्वै त तिमी भित्रको केही नयाँपना अनि सुन्दरता ?
रोबोटले झैं औपचारिकता मात्र कति निभाउने हो ?
सधैं परंपरा मात्र कति थामथाम थुमथुम पार्ने हो ?
प्यारी सुन्दरी,
साँच्चै तिमी सुन्दरी नै हौ भने त
सुन्दरताले मलजल पाउनु पर्ने होइन र?
तिमीले सुन्दरताको सृष्टि गर्नु पर्ने होइन र?
त्यसो होइन भने त मलाई तिम्रो सुन्दरता किन चाहियो र ?
तिमीप्रति न त मेरो कुनै आशक्ति हुने छ
न त कुनै सपना
मलाई त त्यस्ती सुन्दरी चाहिएको छ
जस्को हरेक सृस्टिमा सुन्दरता बर्सियोस
काली, कोप्ची, छ्याकटी जस्तो भए पनि केही फरक पर्दैन
मात्र हुन पर्यो सुन्दर भाबना
ता कि हाम्रो सहबासमा भाबनात्मक एकता हुन सकोस
अनि
नयाँ नयाँ बुद्ध, न्युटन, आईन्स्टाइन, दाँते, गेटे,
पुश्किन, म्याडम क्युरी, मदर टेरेसाहरु
जन्माउन सकियोस
समय अनुसार चल्नेहरु त बग्रेल्ती जन्मेकै छन
मलाई त समय चलाऊने र हाक्ने
नयाँ नयाँ सन्तति चाहिएको छ !
नयाँ नयाँ सारथी चाहिएको छ ! !
नयाँ नयाँ युगद्रष्टा चाहिएको छ ! ! !
नमस्ते !
आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं
बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं
तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू
मन लागे स्वीकार मन नलागे नस्वीकार
तर मलाई थाह छ –
नस्वीकारेर पनि त धरै छैन नि
किनकि
तिमी पनि अनभिज्ञ त छैनौ कि तिम्रो सामू तेर्सिने हरेक नमस्ते
योभन्दा अब्बल दर्जाको हुने छैन –
ती कि त औपचारिकताबश पस्किएका हुन्छन्
कि त स्वार्थपूर्बक
आदरपूर्बक र श्रद्धापूर्बक पाउने नमस्ते त
तिम्रो जीबनमा इतिहास बनिसक्यो
जसरी कि गुन्द्रुक ढिंडो सुकुल अनि चप्पल
तिम्रो लागि इतिहास बनिसके ।
नेताज्यू तिमीले आफ्नो इतिहास त बिर्सिसक्यौ होला
तर हामीलाई त हिजै जस्तो लाग्छ –
तिमी मन्त्री भएपछि पत्नी सहित भोज जाने बेलामा
सारी साम्रोसंग लगाउन रेखा भाउजूले सिकाउनु भएको,
देउसी भैलो खेल्नेहरु आउँदा दिने केही नभएर
तिम्री श्रीमति पल्लाघरे दाइकहाँ लुक्न गएकी,
तिम्रो छोरो बिरामी पर्दा हामीहरुले चन्दा उठाएर जोगाएको,
तिम्री छोरीले उपल्लाघरे जानकीको जडौली घाँघरमा लाज जोगाएकी
तर
अब त तिमी अरबपति भएका छौ
ठूला ठूला कुरा गर्दै आफ्नो अनुकूलता कुराहरु तोडछौ मोड्छौ
मानौं सबै भेंडा हुन र सबै तिमीलाई पत्याइ रहुन्
आफै बुद्धू हुँदै अरुलाई बुद्धू बनाउने धृष्टता गर्छौ
त्यसैले तिम्रो यो बहादुरीलाई मेरो पुनः नमस्ते ।
देश त आमा हुन् भन्दै देशको मुहार फेर्ने बग्रेल्ती योजनाका कथाहरु सुनाउछौ
अनि त्यही आमालाई डुबाउने गरी भ्रष्टाचार गरी शोषण रहित समाजकॊ गीत गाउँछौ
नाताबाद कृपाबाद र फरियाबादमा चुर्लुम्म डुबी समानताको गुड्डी हाक्छौ
आफ्नो गल्ती लुकाउन अरुमाथि दोष निर्धक्क थुपार्छौ
आमाको चोक्टा लुछ्न खोज्दै र लुछ्दै राष्ट्रियताको मन्त्र जप्छौ
त्यसैले तिमी जस्ता पुरुषार्थीलाई मेरो नमस्ते ।
राजनीतिज्ञ नै नभए पनि सबैलाई जस्तै थाहा छ
गोर्बाच्योभ किन र कसरी अच्चम्मैसंग हराए
तर नेल्सन मण्डेलाको ९० औं जन्म दिनमा संसारमा सबै किन रमाए
लेण्डुप दोर्जे आफ्नो इतिहास संझदै आफै किन कहालिए
तर महात्मा गांधी इतिहासमा संधै संधै किन चम्किए
यति बुझ्न पनि नसक्ने सुस्त मनस्थिति भएका काला बिराले नेताहरुलाई
मेरो कोटी कोटी नमस्ते !
२९ जुन २००८
Published Link: http://www.nepaljapan.com/read.php?section=literature&topic=headlines&id=14214
http://www.khasskhass.com/namaste.htm
Broadcasted by Nepali Online Radio: http://nepaliradio.org/2009/07/16/103rd-episode/
Nepalikavita