Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Saturday, November 19, 2011

पत्रकार नविन पोखरेल कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित

Posted by Ram Kumar Shrestha on November 18, 2011
 
 
 
 
 
 
Rate This
१७ नोभेम्बर, लण्डन: नेपाली पत्रका संपादक एबं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार नविन पोखरेलले वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु बिस्तृत रुपमा कान्तिपुर दैनिकमा १३ कार्तिक (अक्टोबर २९) र कार्तिक १६ (नोभेम्बेर २) र नेपाली पत्रको बर्ष ६, अंक १८ मा प्राथमिकताका साथ प्रकाशित गरेर म्युजियमको ध्यानाकर्षण गरेकै कारण संग्रहालयले फेसबुकको आफ्नो पेजमा नोभेम्बर ४ तारिख दिनको ३:४६ बजे संग्रहालयले बुद्ध नेपालमा नजन्मेको भनी उल्लेख नगरेको सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर संग्रहालयलाई दबाब दिन जन परिचालन गर्ने सहज वातावरण तयार भएको थियो । छोटो समयमा नै सोही सूचनामा भएको ब्यापक जन दबाबका कारण नोभेम्बर ७ तारिख दिनको ११:०५ मा संग्रहालयले वुद्ध लुम्बिनी नेपालमा जन्मिनु भएको उल्लेख गर्ने सूचना जारी गरेको थियो । यसरी विस्वभरका त्यत्ति  ठूलो संख्याका पर्यटकहरुले अबलोकन गर्ने ब्रिटिश संग्रहालयमा वुद्धबारे भ्रामक जानकारी सच्याउने बातावरण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा पत्रकार नविन पोखरेललाई कपिलवस्तु दिवस अभियानले बिभिन्न देशमा तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा कपिलवस्तु दिवस अभियान वेलायत राष्ट्रिय समितिले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको तेश्रो कपिलवस्तु दिवस कार्यक्रमका वीच सम्मान गरेको छ ।

सम्मान गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे, कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथ र कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रमाणपत्र राजदुत महामहिम डा सुरेशचन्द्र चालिसे र माननीय भान्ते आनन्द पथले संयुक्त रुपमा प्रदान गर्नु भयो । प्रमाणपत्रमा लेखिएको छ, “वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने ब्रिटिश संग्रहालयमा बुद्धबारे राखिएको भ्रामक जानकारीसम्बन्धी सामग्रीहरु तयार गरी संग्रहालय र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएर जानकारी सच्याउने वातारण सहज बनाउने महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएकोमा सम्मान स्वरुप यो प्रमाणपत्र प्रदान गरिएको छ ।”

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011
 
 
 
 
 
 
Rate This
१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो । 

Saturday, July 30, 2011

May the Corrupt Rot भ्रष्टाचारीलाई किरा परोस्

Posted by Ram Kumar Shrestha on July 29, 2011

बुद्धको जीवनी एनिमेसन फिल्ममा

Posted by Ram Kumar Shrestha on July 29, 2011
 
Rate This
सन्तोष रिमाल, काठमाडौं, साउन १३- ’म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथाझल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।
‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।

Friday, June 3, 2011

अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल

Posted by Ram Kumar Shrestha on May 30, 2011
 
Rate This

झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो । ४३ भन्दा बढि देशको सहभागिता रहेको यो पर्वमा नेपालले सबैको ध्यान एकोहोर्‍याउन सफल भयो । फोटो खिच्ने, ब्रोसर लिने, बुद्दका बारेमा सोध्ने कति कति । हैरान भए, भ्याइ नभ्याइ थियो नेपालको जानकारी दिन बसेका फ्रान्सेली मित्रहरुलाई । साँच्चै नेपालले आफ्नो गौरव देखाएरै छोड्यो । अमेरिका, बेलायत जस्ता विश्वका धनी देशले लाखौं खर्च गरेको तुलनामा नेपालले सामान्य आर्थिक खर्च र मेहनतकै भरले विश्वलाई चकित पार्न सफल भयो ।
पर्वको आखिरमा सबै भन्दा ठूलो आकर्षण यहि साकेला न्रित्य भयो । फ्रान्सेली किशोरीहरुले जम्मा तिन घण्टा जतिकै प्रयासमा यो टपक्कै टिपीहाले । यो न्रित्य सिकाउन भनेरै नेपाली दुतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठकी पत्नी समेत रहेकी निता श्रेष्ठ करिब चार दिन पहिले पुगेकि थिइन् आफ्ना दुई छोरी जैनु र निजूको पढाइ छुटाएर ।

सगरमाथा दिवस मनाउँदै नेपाली झण्डा अष्ट्रेलियाको आकाशमा

Posted by Ram Kumar Shrestha on June 1, 2011
 
Rate This
ऋषि आचार्य, सिड्नी, जेठ १८ – सगरमाथा दिवस मनाउने क्रममा नेपाली झण्डा पहिलो पटक अष्ट्रेलियाको आकाशमा १४ हजार फिटको उचाइमा फहरायो।अष्ट्रेलियास्थित नेपाली राजदुतावास, नेपाली महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स तथा नेपाली समाचार अनलाइन असनेपालन्युजको संयुक्त आयोजनामा अष्ट्रेलियाका पर्यटकको ध्यान खिच्न यस्तो कदम चालिएको हो।

भारतीय बिस्तारबाद बिरुद्ध लण्डनको अन्तरराष्ट्रिय कार्यक्रममा माओबादी नेता बसन्त

Posted by Ram Kumar Shrestha on June 1, 2011
 
Rate This
यही जुन १२ तारिखका दिन भारतीय बिस्तारबादद्धारा नेपाल तथा छिमेकी मुलुकहरुमा गरिएका अन्यायपूर्ण हस्तक्षेप र भारतभित्रै पनि भारती जनताद्धारा गरिएका न्यायोचित आन्दोलनका बिरुद्ध गरिएका श्रीन्खलाबद्ध दमनको बिरोधमा लण्डनमा अन्तरराष्ट्रिय कार्यक्रम आयोजना गरिदै छ । उक्त कार्यक्रममा बक्ताका रुपमा भारतकी चर्चित लेखिका तथा उपन्यासकार एबं “The God of Small Things” उपन्यासका लागि १९९७ को बूकर पुरस्कारकी बिजेता अरुनधती रोय, “Imperialism and Proletarian Revolution in 21st Century” का लेखक तथा एनेकपा माओबादी पोलिटब्यूरो सदस्य बसन्त (ईन्द्र मोहन), अमेरिकाको उप्सला कालेजबाट साहित्यमा मानार्थ डक्टरेट उपाधी प्राप्त एबं “Red Star Over India” का लेखक स्वीडेनका डा  जान मिर्डाल र क्यानडाबाट इस्ट इण्डिया डिफेन्स कमिटिका महासचिब हरभाजन चीमा हुनुहुन्छ । कार्यक्रममा बक्ताहरुको प्रस्तुति, प्रस्नोत्तर र फिल्म प्रदर्शन हुनेछ । 
उक्त कार्यक्रम इण्टरनेशनल क्याम्पेन अगेन्स्ट वार अन पिपुल अफ इण्डिया (ICAWPI) को प्रायोजनमा संयुक्त नेपाली मोर्चा यूरोप (UNF Europe), इण्डियन वर्कर्स एसोशियसन {GB), AFPRISA, TKM, 100FCC, WPRM-Britain, UFSO, CCRC लगायत अन्य संस्थाहरुको आयोजना र कन्फेडेरेशन फ्रम वर्कर्स फ्रम टर्की इन यूरोप (ATIK), प्रगतिशील नेपाली समाज यूके, कपिलबस्तु दिवस अभियान र एण्टी कास्ट डिस्क्रिमिनेशन {ACDA) को सहयोगमा हुन लागेको हो । 

Monday, May 16, 2011

अस्ट्रेलियामा कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 16, 2011
 
Rate This
यही अप्रिल १५ तारीखका दिन २५५५ औं बुद्ध जयन्ती मनाउँदै सिड्नीको क्यानटेबरी सामुदायिक हलमा बसेको सिड्नीका सामुदायिक अगुवाहरुको भेलाले ११ सदस्यीय कपिलवस्तु दिवस रास्ट्रिय समिति, आस्ट्रेलियाको गठन गरेको छ  ।
समितिको आगामी बैठकहरुले क्रमश: अन्य स्टेटका प्रतिनिधिहरुलाई पनि रास्ट्रिय  समितिमा समाबेश गर्दै लाने गरी हाललाई  समितिका सदस्यहरुमा निम्न ब्यक्तिहरु चयन गरिएको छ :
१. निमा शेर्पा                         राष्ट्रिय संयोजक
२. डा नारायण प्रधान                संयोजक
३. चित्र तुम्बाहाम्फे                  संयोजक
४. लील गुरुंग                       संयोजक
५. भीमसेन सापकोटा               संयोजक
६. सुजन नेउपाने                    संयोजक
७. सानु घिमिरे                      संयोजक
८. यादब देवकोटा                   संयोजक
९. गंगा सापकोटा  ( पर्थ )         संयोजक
१०. सुदीप गौचन                    संयोजक
११. चंचल ढकाल                    संयोजक

Wednesday, May 11, 2011

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । 

Sunday, April 10, 2011

कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित

काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।

कार्यक्रमका केही थप फोटाहरु: 

Wednesday, March 30, 2011

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण


[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको 'नेपाल सम्बन्धि सूचना सुधार कार्यदल'को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।
बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको 'नेपाल सम्बन्धि सूचना सुधार कार्यदल'मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो ।

Sunday, March 27, 2011

गैरआवासीय नेपाली संघद्धारा बौद्धमा गरिने पूजाको सन्दर्भमा सुझाब

जापानमा गएको महाभूकम्प तथा सुनामीका कारण अत्यन्त ठूलो जन धनको क्षति हुन गएको सन्दर्भमा गैरआवासीय नेपाली संघले समबेदना एवं शान्तीको कामना गर्दै जापान सरकार तथा जापानी जनता प्रति शोक एवं सम्वेदना संदेश पठाउने उद्धेश्यले तथा दिवगंत आत्माहरुको चीर शान्ति एवं अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्य लाभ एवं दुई देशका जनता र सरकार वीचको सम्बन्धलाई अझ सुदृढ र गाढा बनाउन जापानका महामहिम राजदूत तात्सुओ मिजुनोको समुपस्थितिमा जापान सरकार एवं जापानी जनताका नाममा गरिन लागेको पूजा कार्यक्रमम आयोजना गर्दै छ बौद्धमा । यसै सन्दर्भमा कपिलबस्तु दिवस अभियान जापान संयोजक ओम गुरुङले उक्त पूजा बौद्धको सट्टा बुद्धको जन्मस्थान लुम्बिनी अथबा त्यसबेलाको राजाधानी कपिलबस्तुमा आयोजना गर्न सकिएको खण्डमा अझ राम्रो हुने सुझाब सहित गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनलाई अनुरोध गर्दै पत्र लेख्नु भए थियो । गैरआवासीय नेपाली संघका तर्फबाट निमन्त्रणा सहित पठाइएको पत्र र सुझाबको लागि पठाइएको पत्र दुबै जानकारीको लागि यहाँ राखिएको छ ।

भारतीय प्रहरीले नेपाल पसेर दुईजना समाते

By अमन कोइराला
सर्लाही, चैत्र १३ – भारतीय प्रहरीले आइतबार बिहान नेपाल प्रबेश गरि सर्लाहीको सिमाबर्ती बलरा गाविसका दुई ब्यक्तिलाई पक्राउ गरेको छ । अन्य केहीलाई कुटपिट समेत गरेको स्थानीयले बताएका छन् ।
बलरा गाबिस-१ लक्ष्मीपुरका अबधेस मिश्र र राजीव मिश्रलाई बिहान पौने चारबजे ५०/६० को संख्यामा आएका भारतीय प्रहरीले पक्राउ गरेका हुन् । बिहान अध्यारैमा ठूलो संख्यामा आएका भारतीय प्रहरीले गाउँ घेरा हाली ४ वटा घरमा छापामारी गरेका थिए । पक्राउ पर्ने अबधेस र राजीव बाबु छोरा हुन् । अन्य तीनजनालाई पक्राउ गरि सिमामा लगेर कुटपिट गरि छाडिदिएको स्थानीयले बताए ।
मिश्रको घरबाट लाइसेन्स प्राप्त एकथान हतियार समेत भारतीय प्रहरीले लगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भारतीय प्रहरीले नेपालमा आएर नेपालीलाई गिरफ्तार गरेको सुचना पाएपछि बास्तबिकता बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘नेपाल प्रबेश गरेर कुनैपनि नेपालीलाई पक्राउ गर्न पाईंदैन,’ जोशीले भने, ‘हामी बुझ्दै छौं । यो गलत कृयाकलाप हो ।’
भारतीय प्रहरी सीमा सम्म जिपमा आएर करिब ५ सय मिटर उत्तरमा रहेको बलराको लक्ष्मीपुर गाउँ सम्म पैदल आएका थिए । गाउँलाई चारैतिरबाट घेराबन्दी गरि उनीहरुले घर घर पसेर तलासी लिएका थिए । करिब ४५ मिनेट गाउँमा बिताएर साँढे चारबजे उनीहरु फर्किएको स्थानीय बासिन्दाले जानकारी दिए । राती अचानक ठूलो संख्यामा भारतीय प्रहरी प्रबेश गरेर नेपालीलाई पक्राउ गरेपछि गाउँले त्रसित भएका छन् ।
@ekantipur

‘बहादुर नेपाली’लाई अस्ट्रेलियाली पदक

ऋषि आचार्य, सिड्नी, चैत १३- हतियारधारी लुटेरा समातेर प्रहरीलाई बुझाउने एक नेपाली विद्यार्थी अस्टे्रलिया सरकारको ‘बहादुरी’ पदकबाट सम्मानित हुँदैछन्। काठमाडौं चाबहिलका सरोज खतिवडालाई अस्टे्रलिया सरकारले ‘द अस्ट्रेलियन ब्रेभरी डेकोरेसन्स’ दिने घोषणा गरेको हो। गभर्नरल जनरल (बेलायतकी महारानीका प्रतिनिधि) को कार्यालय, क्यानवेराले बहादुरी प्रदर्शन गरेबापत उक्त पदक प्रदान गर्न लागेको बेहोरासहित आफूलाई पत्र दिएको खतिवडाले नागरिकलाई बताए।
अध्ययन सिलसिलामा अस्टे्रलिया रहेका खतिवडाले सन् २००८ मा अन्नाडाले आइजिए (अस्ट्रेलियन स्वामित्वमा सञ्चालित) नामक सुपरमार्केटमा लुटपाट गर्न खोज्ने हतियारधारी लुटेराबाट हतियार खोसेर उसलाई प्रहरीलाई बुझाइदिएका थिए।
प्रहरीले ज्यान जोखिममा राखेर सुपरमार्केटका ग्राहक तथा कर्मचारी सुरक्षा गरेको भन्दै पदकका लागि सिफारिस गरेको थियो। मुखमा स्कार्फ बाँधेको र सन ग्लास लगाएको लुटेरालाई उनले नियन्त्रणमा लिन उनले ज्यानको जोखिम मोलेका थिए।
विदेशी नागरिकलाई पदक प्रदान गर्न सम्बन्धित देशको सरकारबाट अनुमति लिनुपर्ने प्रावधानअनुसार अस्ट्रेलिया सरकारले नेपाल सरकारबाट अनुमति लिइसकेको र गभर्नर कार्यालयले छिट्टै विशेष कार्यक्रमबीच पदक प्रदान गर्ने जानकारी गराएको खतिवडाले जनाए। 

Wednesday, March 23, 2011

माओवादी, एमाले र फोरमबीच सहमति (सहमतिपत्र सहित)


काठमाडौ, चैत्र ९ - सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकार फोरमका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगायत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस सहमतिले फोरमलाई सरकारमा सहभागी हुने ढोका खोलेको छ ।

Thursday, March 17, 2011

‘कुनै पनि अवस्थामा सेना समायोजन नगर्न’ भारतको दबाब

काठमाडौँ, चैत १ (नागरिक)- भारतले कुनै पनि अवस्थामा माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन नगर्न दबाब दिएको खुलासा विकिलिक्सको एउटा गोप्य दस्तावेजले गरेको छ।
तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सन् २००७ को जुन १८ तारिखमा वासिङटनमा पठाएको ‘गोप्य’ दर्जा दिइएको सो केबलमा तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीबाट प्राप्त जानकारी भन्दै सो विवरण दिइएको हो।
केबलका अनुसार दिल्ली भ्रमणमा गएका नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र भारतीय विदेशमन्त्री प्रणव मुखर्जीबीच भएको भेटमा राजदूत मुखर्जी पनि उपस्थित थिए। सो भेटमा विदेशमन्त्री मुखर्जीले “कुनै पनि अवस्थामा” माओवादीलाई नेपाली सेनामा समायोजन नगर्न भनेका थिए।
२०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा माओवादी समेत सहभागी भइसकेको र संविधान सभाको निर्वाचन हुन बाँकी अवस्थाको सो केबलमा भारतले त्यस्तो दबाब दिएको खुलेको हो।
तत्कालीन समयमा माओवादी ज्यादतिहरुलाई दण्ड दिन चुक्ने गृहमन्त्री कृष्णप्रसाद सिटौला नै ‘समस्याको ठूलो अंश रहेको’ विदेशमन्त्री मुखर्जीले राजदूतलाई बताएको केबलमा उल्लेख छ।

नेपाललाई असफल बनाउने यस्तो छ भारतीय प्लान

१ चैत्र, काठमाडौं । माओवादी-एमाले गठवन्धन र संविधानसभाप्रति बेखुस देखिएको छिमेकी मुलुक भारतले कस्तो योजना बनाइरहेको होला ? आफ्नो नेपाल नीति असफल भएको महसुस गरिरहेको भारतले अब कस्तो रणनीति अबलम्बन गर्ला ? अहिले धेरैको मनमा यो प्रश्न खेलिरहेको छ ।
एमाले-माओवादीको सत्ता गठवन्धन भारतसित राम्रो सम्बन्ध बनाउन प्रयास गरिरहेका बेला भारतले भने नेपालमा अस्थिरता उत्पन्न गर्न अहिलेका शक्तिहरुलाई कसरी खेलाउने र आफ्नो प्रभुत्व जमाउने भन्ने विस्तृत कार्ययोजना तयार पारि नेपालभित्रका आफ्ना मित्रहरुमार्फत कार्यन्वयनको तयारी थालिरहेको खुलासा भएको छ ।
हालै भारत भ्रमणमा गएका सूर्यबहादुर थापा, पशुपतिसमशेर राणा तथा मधेसवादी दलका नेतासँग भारतले आफ्नो नयाँ योजना पेश गर्दै सोहीअनुसार अघि बढ्न सुझाएको छ ।
भ्रमणपछि नेताहरुले भारतले बनाएको नयाँ योजना कार्यन्वयनका लागि छलफल गरिरहेको स्रोतले बतायो । ती भेटमा सहभागी स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार झलनाथ खनाल नेतृत्वको सरकारलाई असफल बनाउने र नेपालमा अस्थिरता कायम गर्ने रणनीति भारतको छ । त्यसका लागि उसले आफु अनुकुल चल्ने लोकतान्त्रिक गठवन्धन निर्माणका लागि लविङसमेत थालेको छ । ‘माओवादी-एमाले गठवन्धन बन्नुलाई भारतले आफ्नो नेपाल नीति असफल भएको निष्कर्ष निकालेको छ’ उच्च स्रोतले अनलाइनखबरलाई भन्यो-’अब भारतले नेपालप्रति नयाँ रणनीति अबलम्बन गर्दैछ ।’
भारतको संस्थापन पक्षले खनाल नेतृत्वको सरकारलाई असहयोग गर्ने र पूर्णरुपमा असफल पर्ने रणनीति अख्तियार गरेको ती स्रोतहरुको दावी छ । भारतीय संस्थापन पक्षका बिश्वासपात्र मानिएका सूर्यबहादुर थापाले लोकतान्त्रिक मोर्चा बनाउन अघि सारेको प्रस्ताव भारतीय प्रस्ताव भएको उनीहरुको दावी छ । मोर्चा निर्माणपछि नेपाली दलहरुबीच ध्रुवीकरण उत्कर्षमा पुग्ने र त्यसले संविधान जारी हुन नसक्नेमा भारत ढुक्कप्रायः छ ।
संविधान सभाको म्याद एक दुई महिना थपेरै भएपनि संविधान जारी गर्ने तयारीमा लागेको खनाल-प्रचण्ड गठवन्धनको तयारीलाई निस्तेज पार्न कुनैपनि हालतमा म्याद थप्न नदिने रणनीतिमा भारत लागेको छ । जसका लागि फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावना पार्टी लगायतका मधेसवादी दल उपयोगी हुने भारतको बिश्वास छ । ‘तोकिएको समयमा संविधान नबनेको अवस्थामा संविधानसभाको म्याद थप्न खोजिए मधेसवादी दलहरु सामुहिक राजीनामा दिएर संविधानसभाबाट बाहिरिनेछन् ।’- स्रोतले भन्यो ।