Pages

Sunday, March 27, 2011

गैरआवासीय नेपाली संघद्धारा बौद्धमा गरिने पूजाको सन्दर्भमा सुझाब

जापानमा गएको महाभूकम्प तथा सुनामीका कारण अत्यन्त ठूलो जन धनको क्षति हुन गएको सन्दर्भमा गैरआवासीय नेपाली संघले समबेदना एवं शान्तीको कामना गर्दै जापान सरकार तथा जापानी जनता प्रति शोक एवं सम्वेदना संदेश पठाउने उद्धेश्यले तथा दिवगंत आत्माहरुको चीर शान्ति एवं अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्य लाभ एवं दुई देशका जनता र सरकार वीचको सम्बन्धलाई अझ सुदृढ र गाढा बनाउन जापानका महामहिम राजदूत तात्सुओ मिजुनोको समुपस्थितिमा जापान सरकार एवं जापानी जनताका नाममा गरिन लागेको पूजा कार्यक्रमम आयोजना गर्दै छ बौद्धमा । यसै सन्दर्भमा कपिलबस्तु दिवस अभियान जापान संयोजक ओम गुरुङले उक्त पूजा बौद्धको सट्टा बुद्धको जन्मस्थान लुम्बिनी अथबा त्यसबेलाको राजाधानी कपिलबस्तुमा आयोजना गर्न सकिएको खण्डमा अझ राम्रो हुने सुझाब सहित गैरआवासीय नेपाली संघका अध्यक्ष देबमान हिराचनलाई अनुरोध गर्दै पत्र लेख्नु भए थियो । गैरआवासीय नेपाली संघका तर्फबाट निमन्त्रणा सहित पठाइएको पत्र र सुझाबको लागि पठाइएको पत्र दुबै जानकारीको लागि यहाँ राखिएको छ ।
आदरणीयय हिराचन दाई,
सादर नमस्कार !


आश छ आरामै नेपाल पुग्नु भयो होला । पुजाको निमन्त्रणाको लागि धन्यवाद, तर कार्य ब्यस्तताले गर्दा यस माहन कार्यमा आफू सहभागी हुन नसक्ने कुरा जानकारी गराउनु चाहन्छु र सफलताको पूर्ण कामना गर्दछु । दाई, यदि हुनसक्छ भने यो महान पुजा बौद्धमा नभै लुम्बिनी अथवा  कपिलवस्तुमा गर्नसके बिभिन्न अर्थमा अति नै उत्तम हुने थियो पुजाको साथसाथै बुद्ध जन्मिएको ठाउँको पनि प्रचार प्रसार हुनेहुनाले - एक तिरले दुई शिकार भने झै । सम्भवना भएसम्म यसबारे बिचार गरिदिनु हुन बिनम्र अनुरोध गर्द्छु । र बरु कपिलवस्तु दिवस अभियानको तर्फ़बाट सस्थागत होस वा ब्यक्तिगत तवरले केही गर्नुपर्ने भए जानकारी गराउनु होला ।
हस्त धन्यवाद,

उही भाई,
ओम

No comments:

Post a Comment