Pages

Sunday, November 21, 2010

गजल


By उमा सुबेदी

धमिलियो रगतले लुम्बिनीको पानी आज
बुध्द डुल्ने फुलबारीमा युद्धको कहानी आज

डराउँछन् पाइलाहरू सन्मार्गमा लाग्न पनि
दिनदहाडै आँगनीमै लुटिँदैछन् आनी आज

नेपालका मान बुध्द एसियाकै सान बुद्ध
परार्इका भयैा अरे बोल्छन् लाज नमानी आज

फेरि अब शान्तिक्षेत्र नेपाल भनी चिनाउने
जन्माउन सके हुन्थ्यो बुध्द जस्तै ज्ञानी आज

No comments:

Post a Comment